म एमालेका नेता झै यो चाँही जोड गरेर म शंका गर्न सक्दिन् कि मदन भण्डारीको ‘हत्या’मा माओवादीको संलग्नता छ भनेर ? तर, म यो चाँही भन्न सक्छु कि सो मदनको
‘हत्या’मा भने माओवादीको बढी नै चासो छ, उसलाई जति चासो सायद अरुलाई छैन् । माओवादीमा देखिएको यही चासो नै माओवादीलाई शंका गर्ने प्रशष्त आधारहरु
हुन, जो एमाले नेताहरु आजकाल त्यसलाई नयाँ बहस बनाइरहेका छन् । भलै,
माओवादीको सो घटनामा एमाले नेताले शंका गरेको झै भोली पुष्टी नहोस्,
संलग्नता नभएको होस्, म कामना गर्दछु ।
हुन त भण्डारी र जीबराज आश्रितको ‘जीप दुर्घटना’मा ‘मृत्यु’ भयो, भनिदै आएको छ तर धेरै मानिस जसो म पनि यो चाँही विश्वास गर्दिन कि उनको "दुर्घटनामा नै मृत्यु भयो" भन्ने कुरालाई । किन पनि भने, सोही जीपका चालक अमर लामा बाँच्ने तर भण्डारी र संगठन विभाग प्रमुख आश्रितको चाँही मृत्यु हुने, कसरी ? अरुलाई जस्तै मलाई पनि यही प्रश्नले भण्डारी र आश्रितको मृत्यु भएको स्विकार गर्न नसकेको हो ।
मलाई एमाले र माओवादी नेता विच भण्डारीको ‘मृत्यु’को बिषयलाई लिएर पछिल्लो समय जुहारी चले पछि केही तथ्यगत प्रश्न अन्तरमनमा खेलिरहेका छन् । ती कुराहरु मलाई पहिला देखी नै खेल्थ्यो, तर आज समयले संयोग मिलाई दिएको छ कि त्यसरी खेलेका प्रश्नलाई सार्वजनिक गरिदिने ।
पहिला सुरु गरौं, माओवादी मुखपत्र जनादेशका प्रसङ्गलाई जोडेर । जनादेश, माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको नाममा दर्ता भएको साप्ताहिक पत्रिका हो र माओवादीको मुखपत्रिका पनि । जुन बेला माओवादी युद्ध भर्खर भर्खरै सुरु भएको थियो, त्यो बेला जनादेशमा मदन भण्डारीको ‘मृत्यु’को बिषयलाई लिएर नियमित जसो एउटा आलेख छापिन्थ्यो– टिएन शर्माको नाउँमा । सो समाचारको दिनुको एउटै उदेश्य देखिन्थ्यो कि– भण्डारीको हत्यामा एमालेका शिर्ष नेता नै स्वयं संलग्न रहेका छन् । मैले नवुझे पनि सुनेको भरमा भण्डारी प्रति मेरो चासो थियो र त्यही चासोले नै हो, मैले जनादेश साप्ताहिक नियमित पढेको । त्यो पढे पछि मेरो बाल मष्तिष्कमा जमिसकेको थियो कि, एमाले भित्र नै छन, भण्डारीको हत्याराहरु ।
युद्धकालिन माओवादी मुखपत्रले गज्जबको खुलासा ग¥यो भन्ने लाग्थ्यो र अब कहिले मंगलवार आउला भन्ने मेरो मष्तिष्कमा सद्यै खेल्थ्यो । मैले पैसा तिरेर किनेको पहिला पत्रिका पनि जनादेश नै हो । भण्डारीको हत्या अघि र पछिका कुरा लेख्ने ‘टिएन शर्मा’ भन्ने ब्यक्ति जस्तो ठुलो पत्रकार कोही पनि छैन भन्ने पनि लाग्थ्यो र एमालेका नेताहरु नबोलेको देख्दा कतै उनीहरु नै संलग्न छन, र त नबोलका हुन भन्ने पनि लाग्थ्यो । उनै पत्रकार शर्माले ‘भण्डारीको टाउको ठोकिएको ढुंगो दासढुंगाको यति औं सिढीँमा राखिएको छ’ भन्ने सम्म लेखेका हुन्थे । भण्डारीको जीप दुर्घटना हुदाँ शर्मा भने प्रत्यक्ष उपस्थित नै थिए झै गरी शर्मा जनादेशमा लेखिरहन्थे । जे होस, मलाई जनादेश र टिएन शर्मा भन्ने पत्रकार निकै मन प¥यो र त मैले खाजा खाने पैसा छुटाएर त्यो पत्रिका किन्थे । शर्मा र जनादेशले त्यतिबेला भण्डारीको हत्यामा स्वयं एमालेका नेता संलग्न छन भन्ने चाँही मलाई चाँही बनाइदिएको थियो, सायद अरुलाई पनि ।
तर, एकदिन जनादेशका पत्रकार तीनै शर्मा भने हिजो गाली गर्दै आएको एमालेमा प्रवेश गरेको समाचार पढे र उनले प्रवेश गर्ने बेला जनादेशमा गलत लेखेको भन्दै माफी पनि मागेको पढे । उनलाई त्यसरी लेखेकोमा पश्चताप पनि गरेको पनि थाहा पाएँ । र, त्यसले यो सत्य उदघाटन ग¥यो कि टिएन शर्मा भनेर जनादेशमा लेख लेख्ने त "नक्कली पत्रकार" पो रहेछ, जो पश्चतापले एमालेमा प्रवेश गरिरहेका छन् । कता कता शर्माको त्यो पीडा पनि पढे । (कसैलाई उनको बास्तबिक नाम थाहा भए, खबर पाऊ) । त्यसपछि जनादेशमा लेखिएको समाचार भण्डारी संवन्धी सबै झुटो मात्र होइन, माओवादीले "प्रोपगन्डा"का लागि मात्र लेखाउँदो रहेछ भन्ने मलाई महशुश भयो । र, मैले त्यो पत्रिका नै पढन नै छाडिदिए । अझसम्मै पनि मलाई जनादेश प्रति विश्वास लाग्दैन किनभने मेरो विश्वासलाई त्यो पत्रिकाले यसरी तोडिदिएको थियो कि मैले आजसम्म त्यो पत्रिका किनेर पढेको छैन् । यो थियो, धेरै बर्ष अघिको कुरा, जति खेर म स्कुले जीवनमा नै थिएँ ।
त्यसपछि, अमर लामा हत्याको प्रसङ्ग जोडौं । अज्ञात ब्यक्तिको समुहले डिल्लीबजारस्थित ‘ताजाखबर’को कार्यालयमा बसिरहेका भण्डारीका जीप चालक अमर लामालाई अपहरण गरी लिएर गई दिए । त्यति बेला लामा सोही पत्रिकाको प्रमुख पनि थिए । भण्डारी हत्या पछि नेपाली कांग्रेसमा प्रवेश गरेका लामा पछिल्लो समयमा पत्रिका संचालन गरेर बस्थे । मेरा एकजना आफान्त पनि लामाको पत्रिकामा नै काम गर्थे । लामा सद्यै हतास र केही नभएजस्तो/केही नपुगेजस्तो मनोबिज्ञानमा प्रायः देखिन्थ्यो । मेरा ती आफान्तका अनुसार, भण्डारीको मृत्यु पछि लामालाई कुनै पनि हालतमा मनमा शान्ति मिलेको छैन किनपनि भने उनको हाउभाऊ र ब्यवहारले सद्यै त्यस्तो नै देखाउँथ्यो ।
कालिकास्थानवाट अपहरण गरी त्यति बेला लामालार्ई टेकु, कालिमाटी, बल्खु हुदैँ किर्तिपुर चौकमा लगेर गोली ठोकी हत्या गरियो । तर, माओवादी शान्ति प्रक्रियामा आए पछि भने माओवादीका एक लडाकु कार्यकर्ताले लामाको हत्या आफुले गरेको भन्दै नयाँ पत्रिकामार्फत एउटा ‘सगर्ब’ आलेख छपाए । र, लामालाई हत्या गर्नुको स्पष्टीकरण पनि दिने कोशिश त्यही पत्रिकावाट गरिएको थियो । मलाई सम्झना भए अनुसार, सो पत्रिकामा लामाको हत्या गर्ने ती ‘महान क्रान्तिकारी’ले ‘अगाडी सुरक्षा चेकजाँच भए पछि लामाको हत्या गर्न बाध्य भएको’ भन्दै स्पष्टीकरण दिएका छन् । उनको भनाई अनुसार, बास्तवमा माओवादी अमर लामालाई कब्जामा लिएर भण्डारीको ‘हत्या’ कसरी भयो ? भनेर जानकारी लिन चाहान्थ्यो, त्यसमा किर्तिपुरको सुरक्षा चेकजाँच अबरोध भयो र बाध्यताबस उनलाई मार्नु प¥यो । कुरा, यहाँसम्म त उनको ठिकै हो । उनका कुरा सरसर्ती हेर्दा माओवादीको नियत सफा नै देखिन्छ ।
तर, लामाको हत्या भने अरु सामान्य मानिस जस्तोको हत्या भने पक्कै पनि थिएन र होइन पनि । लामाको हत्या गर्नु भनेको भण्डारीका मृत्यु बारे खुल्न नसकेका सारा रहस्यको पनि हत्या हुनु हो, भयो । चालक लामा मात्र देखिएका यस्ता एक्ला साक्षी थिए, जसले भण्डारी-आश्रितका हत्याका बारेमा धेरै रहस्य खुलाउन सक्थे । लामा मात्रै निर्विकल्प ब्यक्ति हुन्, जसले भण्डारीको सो हत्याको रहस्य खुलाउन सक्छन, यो मेरो मात्रै होइन, भण्डारी प्रति चासो राख्ने आम मानिस विश्वास र अपेक्षा थियो । स्पष्टीकरण दिने कार्यकर्ताले भने अनुसार पनि त्यो देखिन्छ । तर, उनलाई माओवादीले यति सजिलै हत्या गरिदियो कि भण्डारी बारे खुल्न सक्ने सारा रहस्य नै सदाका लागि बन्द गरिदियो ।
लामाको हत्याको स्पष्टीकरण पढे पछि माओवादीका एक जिम्मेवार नेतालाई मैले सोधेको थिएँ, ‘माओवादीले अमर लामालाई किन अपहरण ग¥यो, किन हत्या ग¥यो र शान्ति प्रक्रियामा आए पछि किन मैले मारेको हुँ भन्दै गर्बका साथ किन फेरी स्पष्टीकरण दियो त ?’ जबकी लामाको हत्या भइसकेको धेरै समय गुज्रिसकेको थियो । पहिला त उनले केही बोल्न चाहेनन, तर मन मिल्ने भए पछि उनले एकदिन चाँही त्यो घटनाका बारेमा थप कुरा पनि भन्दै "संकेत" गर्दै भनेका थिए कि, ‘यसको कथा नै लामो छ, समय लिएर पछि कुनै दिन भनौंला ।’ जसरी सशष्त्र प्रहरीका तत्कालिन महानिरिक्षक कृष्णमोहन श्रेष्ठलाई गोली हानेर मार्ने माओवादी भित्र एउटा जिम्मेवार ब्यक्ति छ तर बाहिर भने उभिने अझैसम्म अर्कै छ । त्यसैगरी, लामा हत्याको बिषयलाई पनि सोही अनुसार वुझ्न त्यति बेला नै उनले मलाई सुझाव दिएको थिएँ । र, ‘जुँगा चल्यो कुरा वुझ्यो’ भने झै लागे पछि केही दिन उनको पछि पनि लागे । परिणाम, उनको मुखवाट केही यस्ता कुराहरु सुनिए, जुन सुनेर म छाँगावाट खसे जस्तो नै भएँ । यो कुरा त्यही बेला मसँग भनिएको थियो, जुन बेला माओवादी भित्र चर्को अन्तरसंघर्ष चलिरहेको थियो । भौ गो, अब त्यता तिर नजाऊँ ।
जनादेशमा टिएन शर्माको लेख र किर्तिपुरमा लामाको हत्यामा माओवादी संलग्नतालाई जोडेर केही प्रश्न भने उसलाई अवश्य गर्न सकिन्छ । ठाउँ नै छैनन भन्न चाँही म सक्दिन् । त्यसका लागि प्रशष्त आधार छन्, तथ्यसहित प्रश्न पनि राख्न सकिन्छ । जस्तो कि, पहिलो प्रश्न, ‘युद्धकालमा हुदै नभएको कुरा जोडेर माओवादीलाई नक्कली टिएन शर्मा खडा गरी भण्डारीको हत्या बारे सनसनीपुर्ण आलेख लेख्न किन जरुरी थियो ?’ ‘कुन उदेश्यले सो आलेख लेखियो ?’ ‘कतै त्यसको रहस्यलाई डाइभर्ट गर्न त माओवादीले सो बनाबटी आलेख त बनाएको थिएन ?’ ‘आम मानिसको सेन्टिमेन्टलाई धक्का पुग्ने गरी भट्टराईको नाममा दर्ता भएको पत्रिकाले त्यसो के त्यसै ग¥यो त ?’ ‘के एमालेका नेतालाई बदनाम गराउन मात्रै त्यसो गरिएको थियो र ?’ यस्ता कयौं प्रश्न छन, जसको उत्तर अझै पनि माओवादीले दिएको छैन् ।
दोस्रो, ‘थानकोटमा आएर प्रहरी चौकी नै उडाउन सक्ने माओवादीलाई कहाँ–कहाँ सुरक्षा जाँच हुन्छ भन्ने थाहा थिएन र ?’ ‘के त्यो तल्लो स्तरमा निर्णय भएर मात्रै लामालाई अपहरण गरिएको थियो त ? ‘लामाको हत्याले एउटा सिंगो रहस्यको हत्या हुन्छ भन्ने माओवादीलाई ज्ञान नभएको हो र ?’ ‘लामाको हत्या अरु सामान्य मानिस जस्तोको हत्या होइन भन्ने कुरा के अपहरणमा खटिएका र खटाउनेलाई थाहा थिएन र ?’ ‘के हत्या नै नगरी अपहरणकारी लामालाई छोडेर भाग्न सक्दैनथे र, जबकी उनीहरुको मुख्य उदेश्य त लामाको मुखवाट भण्डारीको हत्याको रहस्य खोलाउनु थियो ?’ ‘किन मुख्य उदेश्यवाट बिचलित भई अपहरणकारीले किर्तिपुरको मुख्य बजारमा लगे पछि एक्लो प्रमाण र एक्ला साक्षीलाई सजिलै हत्या गरिदिए ?’ र, ‘शान्ति प्रक्रियामा आए पछि नयाँ पत्रिकामा फेरी त्यसको किन स्पष्टीकरण दिइयो र दिन आवाश्यक ठानियो ?’ यस्ता कयौं प्रश्न छन, जसले माओवादीलाई शंका घेरामा भने अबश्य उभ्याउँछ ।
माथीका घटनाक्रमले यो चाँही अवस्य देखाइरहेको छ कि कतै न कतै भण्डारीको हत्याको बिषयलाई लिएर पहिला देखी नै माओवादी जोडिदै आएको छ । जनादेशमा टिएन शर्माका झुटा बिबरण लेख्ने देखी एकमात्र साक्षी लामाको इहलिला समाप्त पार्ने र नयाँ पत्रिकमा स्पष्टीकरण दिएको घटनाक्रमसम्म माओवादी जोडिएकाले शंका गर्ने आधार खडा भएका हुन् ।
यो आशंका बिश्वेश्वरप्रसाद कोइरालाको शत्रु कथा झै हुन पनि सक्छ । जे होस, अब साँच्चै नै अनुसन्धान गर्ने हो भने कालिकास्थान (डिल्लीबजार)वाट लामालाई अपहरण गरेर किर्तिपुरमा हत्या गर्ने ती माओवादी लडाकु र टिएन शर्मावाट सुरु गर्नुपर्छ । र, एमालेका जिम्मेवार नेताहरुले नै माओवादीतर्र्फ चौर औला ठडाएर प्रश्न उठाई सकेपछि उसले पनि यसको जवाफ दिनु जरुरी भइसकेको छ । नत्र, यो बिषयले आंशका र शंका भने सदैव कायम राख्छ । दुई पार्टी विच झन शत्रुता बढाउन जोड गर्नेछ ।
No comments:
Post a Comment