नेत्रविक्रम चन्द, बिप्लव यतिखेर नेकपा–माओवादीका सचिव छन् । उनका अध्यक्ष हुन, मोहन(पोखरेल) बैद्य, परम्परागत कम्युनिष्ट स्कुलमा हुर्केका बैद्यलाई खासगरी एकीकृत माओवादीकाले ‘जडसुत्रवादी’ भन्छन, तर आजसम्म बैद्यले यो आरोपलाई स्विकार गरेका छैनन् । उनै बैद्यले प्रचण्ड–बाबुरामले ‘क्रान्तिलाई धोका दिएको’ भन्दै गत असार ५ गते बिधिवत रुपमा पार्टी विभाजन गरे । उनले त्यतिबेला भनेका थिए– ‘प्रचण्ड–बाबुरामले धोका दिए, अब हामी क्रान्ति गरेर देखाउँछौं ।’ भयो भएन, त्यो तपाईआफै मुल्यांकन गर्नुहोस् । तर, यहाँ भने अलि फरक प्रसङ्ग जोडन खोजेको छु, त्यो के हो भने बिप्लवले नेता भुमीगत हुनुपर्छ भनी गरेको प्रस्तावमा बैद्यसहित अरुले जिम्मेवार तथा ठुला नेताले के के भने त ? बिप्लबको सो प्रस्तावले कस कसलाई तर्सायो त ? त्यसलाई यहाँ उल्लेख गर्न प्रयास गरेको छु ।
चाबहिल, मैजुवहालको डेरामा बिप्लवले आफुले भुमिगत हुन शिर्ष नेतालाई प्रस्ताव गरे पछि कस कसले के भने त ? भन्ने बारेमा आफु निकट केही केन्द्रिय नेता तथा कार्यकर्ताका सामु रमाइलो प्रसङ्ग सुनाएका छन् । त्यो दिन बिप्लवको निवासमा उनका केही खास मानिस मात्र थिए, जो बिप्लवको सो कुरा सुन्न सौभाग्य पाएका थिए । त्यहाँ रहेका मध्य एक जना केन्द्रिय सदस्यले मलाई सुनाए कि ‘बिप्लवजीले भुमिगत हुन राखेको प्रस्तावले धेरै नेताको मुटुमा ढयाङग्रो पो बजेछ, सबै नाई नाई हुदैन पो भन्दा रहेछन् त ।’ नाम चाँही उल्लेख गरिन् (माफ गर्नुहोला, किन गरिन, त्यो तपाई आफै नै वुझ्नु होस्) तर प्रसङ्ग भने यहाँसम्म जोडन खोजेको छु ।
पहिला कुरा सुरु गरौं, बैद्यवाट नै । बिप्लबले बैद्यलाई भनेछन्, ‘उस्तै प¥यो भने दाई, तपाई हामी सबै भुमिगत हुनुपर्छ, तपाई तयार हुनुहुन्छ कि हुनुहुन्न ?’ अचानक आफ्ना विश्वासिला बिप्लवको सो प्रस्ताव सुने पछि बैद्य एक छिन त अकमकाए छन् । किन बिप्लवले यो कुरा सोधिरहेको छ ? बैद्यले त एकछिन सोच्नै पनि सकेनन् । तैपनी भनेछन, ‘सबै साथी तयार हुन्छन भने म पनि तयार नै छु’ वैद्यले भनेछन् । तर, उनको एउटा भनाई चाँही थियो, ‘म दमको बिरामी छु, मेरो आजकाल दाँत दुख्ने समस्या पनि सुरु भएको छ, अस्ति भर्खर दाँत निकाले, के गर्ने, नगर्ने ?’ उनले आफ्नो उमेर भुमिगत हुनका लागि वाधक भएको बिप्लवलाई सुनाए । बिप्लवले बैद्यका कुरा सुने पछि अगाडी भनेछन, ‘हजुरको स्वास्थ्यमा कुनै पनि असर नगरी राख्छु, तपाईलाई लुकाउने र छुपाउने जिम्मा मेरो, हजुरले त्यसको कुनै चिन्ता नै गर्नुपर्दैन् ।’ तर पनि बिप्लवले अध्यक्ष बैद्यको मनोविज्ञान भने ‘कति दुःख बेसाउनु’ भन्ने खालको देखे । र, बिप्लवले अगाडी प्रस्ताव गरेछन, ‘भारतमा बस्न सक्ने अवस्था त तपाईलाई हुन्न, प्रचण्ड–बाबुरामले नै पहिला झै यो पटक पनि पक्राउ गराउँछन त्यसैले म दाईलाई म चीन तिर लुकाउँछु नि हुन्न ?’ बैद्य एकछिन गम खाएछन र पनि ‘त्यसो भए त ठिकै छ, अरु साथीहरुसँग कुराकानी गर्नुहोस् त’ भन्दै बिप्लवको प्रस्तावलाई स्विकार गरेका रहेछन् ।
त्यसपछि बिप्लवले उपाध्यक्ष सीपी गजुरेल ‘गौरब’ कहाँ फेरी एक पटक भुमिगत हुने प्रस्ताव लगेछन् । ‘प्रस्ताव सुन्ने बितिक्कै गौरबजी त निकै नै तर्सनु भयो’ बिप्लवले आफनो डेरामा नेताहरु सामु सुनाए, ‘उहाँ त मलाई सबैले चिन्छन, यति धेरै फोटो छापिसक्यो कि विश्वको जुन सुकै कुनामा गए पनि मलाई नचिन्ने मानिस नै छैनन् मलाई अरुलाई भन्दा निकै नै गा¥हो छ ।’ त्यसपछि बिप्लवले फेरी विश्वस्त पार्दै भनेछन, ‘दाई क्रान्ति नै गर्ने हो भने फेरी एकपटक भुमिगत हांै, होइन भने तपाई हामी सबै चुपचाप बसौ ।’ भारतमा पनि पक्राउ खाएको, युरोप तथा अमेरिकामा गएर लुक्ने अवस्था पनि नभएको र उमेर पनि धेरै भइसकेको भन्दै गजुरेलले भुमिगत नै हुने कुरा इन्कार गरि दिएछन् । ‘मैले उहाँलाई पनि चीनमा सेटल गराई दिन्छु तपाईलाई खाना बस्न कुनै समस्या हुदैन भनेको उहाँले कुनै निर्णय दिन सक्नु भएन्’ बिप्लवले सुनाए । गजुरेलको कुरा थियो, अबको वाँकी जिन्दगी भनेको छोराछोरीको कमाई खाने बस्ने र सार्वजनिक पार्टीमा निरन्तर सक्रिय हुने तर भुमिगत भने नभईहाल्ने देखिन्थ्यो ।
त्यसपछि बिप्लवले देव गुरुङको प्रसङ्ग झिके । बिप्लवका अनुसार गुरुङ चाँही अझै एकपल्ट भुमिगत हुन पनि तयार रहेको देखिन्छ । उनी देशबाहिर भन्दा पनि मुलुक भित्रै भुमिगत भएर बस्न सक्ने अवस्था अझै रहेको भन्दै त्यसका लागि कसैले पनि खुट्टा कमाउन नहुने तर्क बिप्लवका अगाडी राखेका रहेछन् । ‘देव दाईलाई भुमिगत हुन कुनै डर छैन, देशको स्वाधिनताका रक्षाका लागि अझै म भुमिगत हुन त के मर्न पनि डराईदिन भन्दै उहाँमा पुरानै जोश अझै देखिन्छ’ बिप्लवले ठम्याएका रहेछन्
खडकवहादुर विश्वकर्मा चाँही कतिखेर पार्टीले भुमिगतको निर्णय गर्ला र ? आफु हुन पाउँ भनेर बसेको जस्तो देखिन्छन रे । त्यस्तै मनोबिज्ञानमा अर्का नेता धर्मेन्द्र बाँस्तोला पनि रहेका छन्, जो अहिले पार्टीका विदेश बिभाग प्रमुख पनि छन् ।
बिप्लवको नजरमा भुमिगत हुनै नचाहानेमा चाँही महासचिव रामवहादुर थापा बादल र प्रवक्ता पम्फा भुषाल रहेका रहेछन् । ‘बादजीलाई मैले प्रस्ताव त गरेको छैन तर मलाई लाग्छ, उहाँले जोरपाटी छोडनु हुन्न, उहाँ त्यही बसी बसी बाँकी उमेर कटाउन चाहानु हुन्छ’ बिप्लबले त्यो दिन सुनाए, ‘पम्फाजीलाई पनि सहरीया जीवनले छपक्कै छोपिसकेको छ, उहाँलाई अब गाउँमा गएर जनताका बाँस बसेर क्रान्ति गर्छु भन्ने पनि लाग्दैन् ।’ बिप्लवले त्यो दिन भने अनुसार अब पार्टीका ठुला र पुराना नेता फेरी पनि भुमिगत हुन चाँहदैनन् । त्यसैले होला, उनीहरुको साथ अब रहला भन्ने पनि बिप्लवलाई लाग्न छाडेको रहेछ ।
‘तर तल्लो तहमा रहेका हाम्रा युवा साथीहरु मलाई कतिखेर भुमिगत हुने ? कतिखेर फेरी आन्दोलन गर्ने ? भनेर हैरान पारिराखेका छन्’ बिप्लवले एकदर्जन जति नेता सामु भने, ‘मलाई लाग्छ, ती युवा साथीहरुको भावनालाई पनि कदर गर्न र क्रान्तिलाई निष्कर्षमा पु¥याउन हाम्रा अग्रज दाजुहरुले फेरी एकपटक भुमिगत हुने साहास गर्नुपर्छ तर अझै सक्नु भएको छैन् ।’ उनका अनुसार ठुला नेता सबैलाई परिवारिक मायामोह, सार्वजनिक परिचय, प्रचण्ड–बाबुरामले छोडे पछि अब कुनै पनि खाले क्रान्ति सम्भव छैन भन्ने लाग्दो रहेछ ।
त्यो दिनको छलफलका प्रसङ्ग सुन्दा, प्रचण्ड र बाबुरामले ‘युद्धका स्परिट’ अर्थात उदेश्य र मान्यतालाई ‘धोका दिएको’ तुष अझै पनि बिप्लवसँग रहेको देखिन्छ, त्यो तुषलाई उनी ‘अर्को क्रान्ति’ मार्फत पुरा गर्न त खोजिरहेका छन् । तर, उनका पार्टीका ठुला नेताले ‘थरथरी कामे पछि’ र ‘खुट्टा कमाए पछि’ स्वयं बिप्लवचाँही के गर्ने भन्ने बारेमा अझै रनभुल्लमा छन् । हुन त बिप्लवले आफ्नो डेरामा चाँही भुमिगतको सो प्रस्ताव राखेर ‘नेताको मुटु छामेको’ मात्र भने तर मलाई लाग्छ, उनले मुटुमा मात्रै छामेनन् । नेताको मनोबिज्ञान पनि सो प्रस्ताव राखेर वुझने कोशिश गरेका थिए ।

No comments:
Post a Comment