
आज विश्वभर अन्तराष्ट्रिष्य प्रेस स्वतन्त्रता दिबस मनाईदैछ । अभिब्यक्ति तथा प्रेस स्वतन्त्राको विश्वभर वकालत र बहस हुन्छ । र, भनिन्छ त्यो संवैधानिक हक पनि हो । त्यही पत्रकार नेताको पनि समाचार लेख्छन र जनताका पनि । पत्रकार साहुका पनि समाचार लेख्छन, आसामीका पनि । पत्रकार धनीका पनि समाचार लेख्छन र गरिबका पनि । पत्रकार सत्तापक्षका समाचार पनि लेख्छन, र प्रतिपक्षका पनि । सबैका समचार लेख्छन तर पत्रकार आफ्ना समाचार चा“ही कमै लेख्छन् । तर तीनै समाचार लेख्ने नेपालका पत्रकारको स्थीति र पत्रकारिताको अवस्थिीति कस्तो छ त भनेर यदी जान्ने इच्छुकाहरुका लागि आज पत्रकारले लेखेका फेसबुक स्टाटस र गरिएका टिवट हेर्दा भने छलङ्गै हुन्छ ।
एउटा पत्रकार समाचार बन्नका लागि उसमाथी भौतिक आक्रामण नै गरिनु पर्छ र ? त्यो त नपर्नु पर्ने हो । तर, यहा यही चलन बढी छ । पत्रकारका पनि अरु मानिसका जस्तै आफ्नै खाले दुःख हुन्छन । दुःख भए पनि समाचार दिन उ चुक्दैन र समाचार दिइरहन्छ र जनतालाई सुसुचित बनाई रहन्छ । नेपालका कुरा गरौं, प्रेस स्वतन्त्रता दिबसका दिनमा नै अदालत स्वयंले त्यसलाई लत्याएको समचार भंगेरे अक्षरमा आज बाहिर आयो, यसले नै देखाउछ, नेपाल प्रेसका लागि कति उपयुक्त देश हो ? भनेर ।
यहाँ त्यो कुरा गरिन्न, यहाँ चाँही मसँग फेसबुकमा र टिवटरमा साथी रहेका केही पत्रकारहरुको स्टाटस साभार गरेर राखेको छु । मलाई लाग्छ, यी साभार गरिएका स्टाटसले नै नेपालको पत्रकार र पत्रकारिताको स्थीतिलाई राम्रैसँग देखाउँछ । लाग्छ, यसका लागि अरु कुनै अनुसन्धान नै जरुरी छैन, यी स्टाटस नै काफी छन् । हेरौ न त कस्ले कस्तो स्टाटस राख्यो र पत्रकारिताको बास्तबिकता ल्याउन मद्यत ग¥यो ?
# अबिरल थापा (कबितामा)
अप्रकाशित समाचार
तलब
नपाएर सय दिन पुगेको उपलक्ष्यमा
एक बिहान
उसले आत्मबिद्रोह गर्ने विचार ग¥यो र
लेख्न बस्यो आजसम्म लेख्न नसकेको समाचार
र लेख्यो हेडलाइन
भोक भोकै मर्दैछन पत्रकार
समाचार सार यस्तो थियो
घरबेटीहरु साँढे भएका छन
श्रीमतिहरु कालिमाता भएका छन
प्रेमिकाहरु लोडसेडिङ भएका छन
भट्टी साहुनीको हाँसोमा मादकता छैन
सागको सुकुटी सकिएको पनि एक हप्ता भइसक्यो,
छिमेकीका प्रेसर कुकरहरु हरेक दिन टियर ग्याँस फयाक्छन्
र, रुवाउँछन मेरा निर्दोष छोराछोरीलाई
हाकिमको अनुहार र बाऊको अनुहार उस्तै लाग्छ
दुबैले चाहेको बेला कहिल्यै पैसा दिएनन,
बाऊ पढदै जा भन्थे,
हाकिम लेख्दै जा भन्थे
कस्को लेखिएन र समाचार जिन्दगीमा आफ्नो बाहेक
कस्को लेखिएन र अत्याचार जिन्दगीमा आफ्नो बाहेक
पहिला यो कलम हतियार जस्तो लाग्थ्यो
आजकाल निगालाको ठुटो जस्तो लाग्छ
भो अब लेख्दिन समाचार र गर्दिन आत्मदाह
पछि लाग्दिन भाषण गर्ने जुकाहरुको
र, गर्दिन अक्षरहरुको खेती बाँझा पन्नाहरुमा
र, गर्दिन बलात्कार मेरा कुमारी सपनाहरुको
# राजन कुईकेल
आज विश्व प्रेस स्वतन्त्रता दिबस । ठुला नारा तर कम उपलब्धीका बिच नेपालमा मनाइएको छ । बास्तबिक गिट्टी कुटेर बाँचेका पत्रकारहरुको अवस्था साँच्चै दयनिय नै छ । नौ महिनासम्म तलब नपाउँदा पनि पत्रकार हुँ भनेर हिडन वाध्य छन, नेपालका धेरै पत्रकार । कस्ले न्याय गर्ने ती साथीहरुलाई
# शिवानी सिंह थारु
पत्रकारहरुलाई बाहिर थुनेर लोकमान केस स्वतन्त्र घुमीरहेछ सर्वोच्च
अदालतमा।प्रश्न अब के होला हैन; लोकमान कार्की अख्तियार प्रमुख कहिले होला
हो।यहाँ त्यो कुरा गरिन्न, यहाँ चाँही मसँग फेसबुकमा र टिवटरमा साथी रहेका केही पत्रकारहरुको स्टाटस साभार गरेर राखेको छु । मलाई लाग्छ, यी साभार गरिएका स्टाटसले नै नेपालको पत्रकार र पत्रकारिताको स्थीतिलाई राम्रैसँग देखाउँछ । लाग्छ, यसका लागि अरु कुनै अनुसन्धान नै जरुरी छैन, यी स्टाटस नै काफी छन् । हेरौ न त कस्ले कस्तो स्टाटस राख्यो र पत्रकारिताको बास्तबिकता ल्याउन मद्यत ग¥यो ?
# अबिरल थापा (कबितामा)
अप्रकाशित समाचार
तलब
नपाएर सय दिन पुगेको उपलक्ष्यमा
एक बिहान
उसले आत्मबिद्रोह गर्ने विचार ग¥यो र
लेख्न बस्यो आजसम्म लेख्न नसकेको समाचार
र लेख्यो हेडलाइन
भोक भोकै मर्दैछन पत्रकार
समाचार सार यस्तो थियो
घरबेटीहरु साँढे भएका छन
श्रीमतिहरु कालिमाता भएका छन
प्रेमिकाहरु लोडसेडिङ भएका छन
भट्टी साहुनीको हाँसोमा मादकता छैन
सागको सुकुटी सकिएको पनि एक हप्ता भइसक्यो,
छिमेकीका प्रेसर कुकरहरु हरेक दिन टियर ग्याँस फयाक्छन्
र, रुवाउँछन मेरा निर्दोष छोराछोरीलाई
हाकिमको अनुहार र बाऊको अनुहार उस्तै लाग्छ
दुबैले चाहेको बेला कहिल्यै पैसा दिएनन,
बाऊ पढदै जा भन्थे,
हाकिम लेख्दै जा भन्थे
कस्को लेखिएन र समाचार जिन्दगीमा आफ्नो बाहेक
कस्को लेखिएन र अत्याचार जिन्दगीमा आफ्नो बाहेक
पहिला यो कलम हतियार जस्तो लाग्थ्यो
आजकाल निगालाको ठुटो जस्तो लाग्छ
भो अब लेख्दिन समाचार र गर्दिन आत्मदाह
पछि लाग्दिन भाषण गर्ने जुकाहरुको
र, गर्दिन अक्षरहरुको खेती बाँझा पन्नाहरुमा
र, गर्दिन बलात्कार मेरा कुमारी सपनाहरुको
# राजन कुईकेल
आज विश्व प्रेस स्वतन्त्रता दिबस । ठुला नारा तर कम उपलब्धीका बिच नेपालमा मनाइएको छ । बास्तबिक गिट्टी कुटेर बाँचेका पत्रकारहरुको अवस्था साँच्चै दयनिय नै छ । नौ महिनासम्म तलब नपाउँदा पनि पत्रकार हुँ भनेर हिडन वाध्य छन, नेपालका धेरै पत्रकार । कस्ले न्याय गर्ने ती साथीहरुलाई
# शिवानी सिंह थारु
# लेनिन बन्जाडे
![]() |
माओवादीद्धारा मारिएका ज्ञानेन्द्र खडका |
# गणेश पाण्डे
भोको पेट vs प्रेस स्वतन्त्रता !
# यादव देवकोटा
प्रेस वास्तबमा स्वतन्त्र नै छैन । कि यो म्यानुपुलेट छ, पूर्वाग्रही छ कि हिनताबोधले ग्रस्त । बाँकी यो अर्कमन्यताबाट ग्रस्त छ । विश्वभर सबैतिर । यो दुखबाट पत्रकारिता निस्कन सक्यो भने प्रेस स्वतन्त्रता दिवस मनाएको सार्थक होला । नत्र उही दाहालजीले मजदुर दिवस मनाएको जस्तै होला ।
# तिर्थ अधिकारी
हामी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेछौँ । चरम आर्थिक संकट र अपमानमा । मालिकहरु लाचार देखिन्छन् । मजदुरहरु निरीह ।
# नरेन्द्र साउद
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण श्रमजीवि पत्रकारहरुलाई हार्दिक बधाई तथा शुभकामना ।
# हरिनारायण गौतम
![]() |
राज्यद्धारा मारिएका कृष्णसेन इच्छुक |
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हार्दिक शुभकामना !
# हिम बिष्ट
नेपाली पत्रकारिताका बारेमा चर्को आलोचना हुनु, असन्तुष्टी देखिनु र यसमा स्वयं पत्रकार सहभागि हुनु सुदुढीकरणको संक्रमणमा प्रवेश गर्नु हो । यसलाई शुभ संकेतका रुपमा लिनुपर्छ । सबैलाई विश्व स्वतन्त्रता दिवसको शुभकामना
# बिनोद ढकाल
जहाँ पारिश्रमिक माग्ने स्वतन्त्रता गुमिरहेको छ, त्यहाँ विश्व प्रेस स्वतन्त्रताको दियो बाल्नु, प्रभातफेरी गर्नु र नेता शैलीको भाषण दिनुको कति अर्थ हुन्छ रु पत्रकारहरु स्वतन्त्र छैनन्, हुन पाएका छैनन्, कतै न कतैबाट प्रभावित छन् । दल, समुह र साहुबाट । जय पत्रकार !!
# योगेश ढकाल
यहाँ तलबको चिन्ता छ
तिमी स्वतन्त्रताको कुरा गर्छौ ।
गीतकार कृष्णहरि बरालको गीतलाई प्यारोडी शैलीमा श्रमजीवी पत्रकारले यसरी गाए, प्रेस स्वतन्त्रता दिवसका दिन शान्ति वाटिका रत्नपार्कमा ।
# उजीर मगर
घर न घाटको भइयो त । हिजोसम्म नेपाल पत्रकार महासघ हाम्रो भनेर आन्दोलन हाँकियो । अहिले त पुरै अछुत पो गराए हँ र?
# रामकुमार एलन
हरेक दिन साथीहरु फोन गर्छन्, मलाई राससले हटायो । गोरखापत्रमा पाँडेपजनी गरियो । पारिश्रमिक पाइएन । टेलिभिजनमा ताला लगाउन लागेको । आन्दोलन गर्न लागेको । अनि भृकुटी मन्डपको अलि परका चोकहरुमा गुट उपगुटमा पत्रकार विभाजित भएर पेसाकै उछितो काढिरहेका हुन्छन् । विश्व प्रेस स्वतन्त्रता दिवसमा एक भएर जुलुस गर्दैमा, टेलिभिजनमा झल्याकझुलुक देखाउँदैमा, पुरानै नेताहरुलाई अतिथि बनाएर एक घण्टा सम्वाद गर्दैमा कहाँ तिनको पीडा भुल्न सकिन्छ र?
# माधव धिताल
कमसेकम ७-८ महिनादेखि रोकिएको तलब दिएर पत्रकारहरुलाई रेडियो तथा टेलिभिजनमा समाचार संकलन तथा समाचार बाचन गर्न सक्ने गराऊ । नभए मिडियाका ुसाहूु भन्न रूचाउनेहरू तिनै रिपोटरहरु गर्ने काम विना तलब ७-८ महिना गर । अनि मात्रै थाहा हुन्छ तलब नपाउँदाको पीडा । नत्र साहू भन ठान्नेहरूले नलाए हुन्छ प्रेस स्वतन्त्रताको खोक्रो नारा ।।।।।
# अनिल योगी
लोकतन्त्रको मर्म के हो भन्ने कुरा बुझन नसक्दा आएको समस्या हो यो पनि । अर्को कुरा चाकडि गर्ने काम पत्रकारिता भित्र मौलायो अनि मा¥यो मालिकले ।
# राजेश केसी
हाम्रै व्यवसायिक कमजोरी र गैरजिम्मेवारीपनले नागरिक प्रेसको पक्षमा सहजै उभिन छाडे । आज अदालतले निषेध गर्दा "तिमी को हौ र? भन्छन् ।...स्वार्थ पहिचान गरौं बरु, प्रेस स्वतन्त्रत चैं हुनै पर्छ !
# दिपेन्द्र कुवँर
प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबैलाइ शुभकामना । मजदुर भएको स्वीकार्दै लडौं । पत्रकारिताको बेइज्जत गरेर खानेहरुको जगजगी घटोस । काम गरेर तलव पाउँ भनेर चिच्याउन नपरोस् ।
# ओमबन्धु कार्की
साहुजीको तल्ला चाटेर बाँच्नु पर्ने अवस्थावाट पत्रकारहरु मुक्त हुन् । गल्ला साहुको ऱ्याकेटिंगको भागेदार भएर टुकुचा नहुन् । विश्व प्रेस स्वतन्त्रता दिवसको यहि शुभकामना .....
# शिव लम्साल
विश्व प्रेश स्वतन्त्रता दिवसका उपलक्षमा सम्पूर्ण संचारकर्मी मित्रहरुला हार्दिक वधाई तथा शुभकामना।
# छिमेकी बिष्णु
आज मे ३ । अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस स्वतन्त्रताका पक्षाधर संपूर्णमा हार्दिक मंगलमय शुभकामना ।
# भानुभक्त आचार्य
पत्रकारको राजनीतिक आस्था हुनसक्छ तर कुनै राजनीतिक दल हुँदैन । पत्रकारिता क्षेत्र आफैंमा समाजवादी दल हो । समाजको सर्वाङ्गीण हितका लागि पत्रकारिता गरौं । यो वा त्यो दलका लागि होइन । चौथो अंङ्ग हुनलाई बाँकी तीन अंङ्गहरूसँगको संलग्नता छोड्नु पर्दछ । पत्रकारितामा खिलराज रेग्मीजस्तो एकैपटक प्रधानमन्त्री र प्रधानन्यायाधीश हुन मिल्दैन ।
# मिडिया कुराकानी
सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस ।
आवाज विहिनहरुको आवाज बन्नुपर्ने मिडिया राजनीतिक स्वार्थ प्रेरित छन्, शक्तिको वरपर घुमिरहेका छन् । आर्थिक स्वार्थले मिडिया उत्पादक र पाठक उपभोक्तामा सीमित भएका छन् । कम जनशक्ति र लगानीमा उच्चतम् प्रतिफल कमाउने लगानीकर्ताको ध्येय छ । सामाग्री उत्पादनमा लगानी छैन । समाचार कक्षहरुसँग योजना छैन । पत्रकारबीच सिक्ने सिकाउने संस्कृति छैन । पत्ररकालाई जीवनयापन गर्न पुग्ने पुग्ने तलब छैन । पत्रकारको क्षमताविकासका लागि तालिम छैन । # मिडिया # स्वतन्त्रता
# श्वेता सिंह
आज विश्व प्रेस स्वतन्त्रता दिवस,नेपाल पत्रकार महासंघले आज संविधानसभाको चुनाव मार्फत लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारको हितमा हाम्रो अभियान भन्ने नारा तय गरेको छ ।
तर अपसोच ! श्रमजीवि पत्रकारको हितको बिषय सधै नारामा मात्रै सिमित छ।वास्तविक रुपमा नै श्रमजीवि पत्रकारको हकहित व्यहवारमा देखिने चै कहेले देखि हो र ?
# रमेश विष्ट
श्रमजिबि पत्रकारका माग पुरा भयो भने त त्यसलाई भजाएर खाने ठेकेदरका दुकान बन्द हुन्छ ।
# सागर घिमिरे
आज प्रेस स्वत्रन्त्रता दिवस । नेकपा एमाले निकट प्रेस चौतारीका "स्वतन्त्र" पत्रकार, नेपाली कांग्रेस निकट प्रेस युनियनका" स्वतन्त्र" पत्रकार अनि एनेकपा माओवादी निकट क्रान्तिकारी "स्वतन्त्र" पत्रकारहरु सबैलाई शुभकामना । र, बाँकी श्रमजीवि पत्रकारहरुले त मजदुर दिवसकै दिन खुसी मनाउनु भयो होला ।
# फणी महत
प्रेस स्वातन्त्रता हा हा हा गजव छ बा ! कस्लाइ चाहिएको छ ह यो ?
# निलाम्बर आचार्य
आज प्रेस स्वतन्त्रताबिना मानव अधिकार र नागरिक स्वतन्त्रताको कल्पना गर्न सकिदैन। स्वतन्त्र र जिम्मेवार प्रेस खुला र सभ्य समाजको मापक पनि हो।
# सञ्जिव
निष्पक्षता आआफ्नो बुझाइ हो । सबैले आफूलाई मन परेको कुरा निष्पक्ष र मन नपरेको कुरा पक्षपाती देख्छन् । पत्रकारहरू स्वतन्त्र भने हुन आवश्यक छ ।
# सरोजराज अधिकारी
प्रेस स्वतन्त्रतासँगै सुद्धिकरणको पनि कुरा गर्या भए आज प्रभातफेरीमा म पनि जान्थे तर पत्रकारको परिचयपत्र भिरेका केही दलालसंगै उभिन मन लागेन ।
# नारायण अमृत
पत्रकारहरु अर्कै ग्रहबाट आएका प्राणी होइनन् । यही समाजका अंग हुन् । पत्रकारितामा भएका अवगुणहरु न्युनिकरणका लागि सहयोग गरौँ
# गिरिश पोखरेल
पत्रकारहरुलाई जे जे भन्नु छ आजै भनौ उनीहरुको स्वतन्त्रता दिवस हो त्यसैले भन्ने र लेख्नेलाई नि स्वतन्त्राता छ, सबैको जय होस :))
# अनिल बोगटी
प्रेस स्वतन्त्रता खोजिंरहंदा जवाफदेहिता र जिम्मेवारीबोधको पनि मनन गरौं होला है ।
# बज्रेश खनाल/ केदारशर्मा
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्दा सत्ता जोगिने भए राणा शासन २०८ वर्ष र पञ्चायत ९३ वर्ष टिक्ने थिए।
# किरण भण्डारी
सरमजिवी पत्रकारबाट हामी आफै श्रमजिवी पत्रकारमा रुपान्तरण हुन सकेमात्र प्रेस स्वतन्त्रता दिवस सार्थक हुन्थ्यो ।
# रबी मिश्र
एकदिन एक पत्रकार मित्रसँग म बाहिर निस्कदै थिए...दरर पानि पर्यो ... तिनले प्रेस कार्ड देखाए तर पानि रोकिएन... चिच्याए-खै प्रेस स्वतन्त्रता ?
माथि उल्लेख गरिएका पत्रकारका स्टाटसका कुरा मात्र के गर्नु ? केही दिन अघि मात्रै एउटा अनुसन्धानकर्ता संस्थाले विश्वको सवैभन्दा झुर जागिर भनेको समाचार संबाददाता (पत्रकार)लाई चिनाइदिएको थियो । नेपालका पत्रकारले लेखेका स्टाटस र सो अनुसन्धानकर्ता संस्थाले गरेको निक्र्यौल मिलेको जस्तो देखिन्छ । जे होस, पत्रकार भोकभोकै काम गर्छन तर पनि जनतालाई सु सुचित गराई रहन्छन् ।
No comments:
Post a Comment