Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, May 15, 2013

गजल

यो पीउने बेला साथी, नछुटिने हातका कुरा नगर
तिमी हामी जिउँदो लास, प्रेम घातका कुरा नगर

यता फर्की उता हेर, ती सबै हामी जस्तै हुन
झरेर ओइली जाने, पीपल पातका कुरा नगर

छोड सबै ती अतित, जे हुनु सब भइसक्यो
रोई रोई अझै पनि, पाउने साथका कुरा नगर

तिमीसँग एउटा मन त्यो बाहेक के नै रहेछ र ?
ऊ ठुलो आफु सानो, रोएर जातका कुरा नगर

हार खायौं तिमीले पनि, मैले पनि खाएको छु
बरु अलिकति थपिहाल, बिताएका रातका कुरा नगर



No comments:

Post a Comment