Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, April 2, 2013

प्रचण्डलाई निस्काषन गर्ने ‘फुच्चे’ नेताको धाक

प्रकाश तिमल्सिना

नेपाली जनता दलका अध्यक्ष हरिचरण साह गठबन्धनको भावना विपरित हिडेकाले सयोजक दाहाललाई निष्काषन गर्नु पर्ने माग आफुले राखिराखेको बताए । ‘हिजो जे भनेर गठबन्धन बनाइएको थियो, त्यो उदेश्य अनुरुप संयोजक हिडनु भएको छैन,’ साहले नागरिकसँग भने, ‘त्यसकारण उहाँ र उहाँको पार्टीलाई गठबन्धनवाट पहिला निष्काषन गर्नुपर्छ भन्ने हाम्रो पार्टीको माग रहेको छ ।’ 

साझा चुनावी घोषणा–पत्र बनाएर जाने तयारीमा रहेको एकीकृत माओवादी नेतृत्व संघीय लोकतान्त्रिक गठबन्धनवाट आबद्ध दल बाहिरिने क्रम सुरु भएको छ.....
गठबन्धन नेतृत्वकर्ता दल एमाओवादी लोकतान्त्रिक पद्धती विपरित चलेको तथा आफुखुसी निर्णय गरी गठबन्धनमा आउने मात्र गरेको भन्दै असन्तुष्ट रहदै आएका दल क्रमशः बाहिरिन थालेका हुन् । राजेन्द्र महत्तो नेतृत्व नेपाल सदभावना पार्टी, नेकपा (माले समाजवादी), नेपाली जनता दल गठबन्धनवाट बाहिरिएका छन भने अन्य साना दल पनि बाहिरिने तयारीमा पुगेका छन् ।
सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संयोजक दाहालले अन्य पार्टीसँग कुनै सर–सल्लाह नै नगरी गठबन्धनले सँगै चुनाव लडने अभिब्यक्ति दिएको आरोप लगाए । ‘प्रचण्डजीले गठबन्धनले साझा चुनावी घोषणा पत्र बनाएर निर्वाचनमा जाने कुरा गर्नु भएको छ तर हामीलाई भने थाहा छैन’ कर्णले नागरिकसँग भने, ‘गठबन्धनवाट चुनाव लड्ने सम्भावना पनि हाम्रो पार्टीले देखेको छैन ।’ गठबन्धनको बैठकमा सहभागी हुन छाडेको सदभावना निर्वाचन तयारी भन्दै तराई–मधेसमा एकल प्रचार प्रसारमा खटिएको छ ।
माले समाजवादीका महासचिव तिलक थापामगरले गठबन्धन नेतृत्वकर्ता दल एमाओवादी अलोकतान्त्रिक पद्धतिमा गएकाले गठबन्धनबाट आफ्नो दल बाहिरिएको बताए । ‘प्रचण्ड नेतृत्वको गठबन्धनवाट हामी ब्याक भइसकेका छौं,’ थापमगरले नागरिकसँग भने, ‘पेरिस डाँडामा भएको अन्तिम वैठकमा नै संयोजकज्युलाई अब गठबन्धनमा हामी रहेनौ भनेर जानकारी दिइसकेका छौ ।’ गठबन्धन भित्र कुनै छलफल नगरी प्रधान न्यायधीस खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार निमार्ण गरेको भन्दै आवद्ध अन्य दल पनि असन्तुष्ट बनेको थापामगरको भनाई छ ।
जनता दल युनाइटेडका निमित्त अध्यक्ष किरण मगरले दाहालको नेतृत्वको गठबन्धनवाट निर्वाचन लडने पक्षमा आवद्ध साना १४ दल नभएको बताए । ‘एमाओवादीसँग साझा चुनावी घोषणा पत्र बनाएर गठबन्धनमार्फत चुनाव लडने पक्षमा अब साना दल छैनन्,’ मगरले नागरिकसँग भने, ‘अब निर्वाचनमा छुट्टाछुट्टै चुनावी एजेन्डा लिएर जान्छौं, साझा चुनावी नारा हुदैन् ।’ उनका अनुसार पटक पटक बसेका साना दलको छुट्टै वैठकले सो निर्णय गरेको उनको भनाई छ ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साह गठबन्धनको भावना विपरित हिडेकाले सयोजक दाहाललाई निष्काषन गर्नु पर्ने माग आफुले राखिराखेको बताए । ‘हिजो जे भनेर गठबन्धन बनाइएको थियो, त्यो उदेश्य अनुरुप संयोजक हिडनु भएको छैन,’ साहले नागरिकसँग भने, ‘त्यसकारण उहाँ र उहाँको पार्टीलाई गठबन्धनवाट पहिला निष्काषन गर्नुपर्छ भन्ने हाम्रो पार्टीको माग रहेको छ ।’
साझा चुनावी घोषणा पत्र बनाएर गठबन्धनवाट संयुक्त निर्वाचन लडने संयोजक दाहालको प्रस्ताव षडयन्त्रले भरिएको आरोप साहको छ ।
यता, मंगलवार बानेश्वरस्थित नेपाल परिवार दलका कार्यालयमा बसेका गठबन्धन आवद्ध साना १४ दलको बैठकमा पनि गठबन्धनवाट चुनाव लडने कुनै सम्भावना नभएको धारणा आएको छ । बैठकमा नेपाः राष्ट्रिय पार्टी, संघीय सदभावना पार्टी, चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल दलित जनजाति पार्टी, संघीय लोकतान्त्रिक मोर्चा (थरुहट), नव नेपाल निमार्ण पार्टी, नेपाली जनता दल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय सदभावना पार्टी लगायतका गठबन्धन आवद्ध दल सहभागी रहेका छन् ।
‘हिजो हामीलाई नै माइनस गरी प्रधानन्यायधिस नेतृत्वमा चुनावी सरकार बनाउने एकीकृत माओवादी नेतृत्वको गठबन्धनवाट अब नैतिकताका आधारमा चुनाव लडने ?’ परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने, ‘धेरै पार्टीले गठबन्धनवाट चुनाव लडने सम्भावना नभएको भनाई राखिरहेका छन् ।’ उनका अनुसार १ प्रतिशत मत नल्याउने पार्टीलाई मान्यता नदिने निर्वाचन आयोगको प्रस्तावमा गठबन्धन नेतृत्वकर्ता पार्टी एमाओवादी मौन बसेकोमा साना दल असन्तुष्ट छन् ।

No comments:

Post a Comment