Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, April 3, 2013

आक्रोशित प्रचण्डले भने– ‘निलकण्ठेले त खुसुखुस (जेल) हाल्ने दाउ गरयो’

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती
प्रकाश तिमल्सिना
एकीकृत माओवादी नेतृत्व संघीय लोकतान्त्रिक गठबन्धनको बैठक बुधवार पार्टी मुख्यालय पेरिसडाँडामा चलिरहेको थियो । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा निकै तनावमा देखिन्थे र सोही अनुसार बैठकमा प्रस्तुत भए । बिहान अन्तरिम चुनावी परिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर गठबन्धनको वैठकमा पुगेका प्रचण्ड प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसँग भने निकै आक्रोशित रुपमा प्रस्तुत भए पछि सहभागी अन्य दलका नेता भने निकै नै छक्कै परे । त्यस्तो आक्रोशित मुडमा प्रचण्डलाई उनीहरुले कहिल्यै देखेका थिएनन् ।
खासमा प्रचण्ड प्रमुख आयुक्त उप्रेतीसँग दुईवटा कुरामा रिसाएका रहेछन – पहिलो, ९० दिनमा निर्वाचन गर्छु भनेर सपथ लिएको तर सो प्रतिवद्धता पुरा नगरेको । दोस्रो, निर्वाचन आयोगले सोमवार सरकारले सिफारिस गरेको  ‘संविधानसभा सदस्यको निर्वाचन संवन्धमा ब्यवस्था गर्न बनेको अध्यादेश’ मस्यौदामा फौजदारी अभियोग लागी सजाँय पाएकाले छ बर्षसम्म उम्मेदवारी दिन नपाउने उल्लेख गरी सरकार प्रमुख रेग्मीसमक्ष वुझाएकोमा । प्रचण्डले यी दुई विषयलाई लिएर प्रमुख आयुक्त उप्रेती ‘ट्रयाक भन्दा बाहिर गएको’ मात्रै भनेनन, माओवादी नेता/कार्यकर्तालाई जेल हाल्ने दाऊ उप्रेतीले गरेको सम्म भन्ने भ्याए । गठबन्धनका सवै नेता सामु उनले सवै औलालाई एकै ठाउँमा जोडेर भनि दिए– ‘निलकण्ठेले असार मै निर्वाचन गराऊला भनेको त हामी सवैलाई खुसुखुसु (जेल) हाल्ने तयारी पो गरेछ ।’ निर्वाचन गराउने जिम्मेवारी भन्दा पनि बाहिर गएर ‘फौजदारी’ को बुदाँ उल्लेख गराएर आफुहरुलाई निर्वाचनमा उम्मेदवारी दिन वाटै रोक्ने उप्रेतीले ‘जालझेल’ गरेको आक्रोशित प्रचण्डको आरोप थियो ।
गत सोमवार सरकार प्रमुख रेग्मीलाई वुझाइएको अध्यादेश मस्यौदामा  दफा १९ (क) मा उल्लेख गरिएको बिषयमा प्रचण्डको आपत्ति रहेको देखिन्थ्यो । निर्वाचन आयोगले रेग्मीसमक्ष पु¥याइएको मस्यौदाको दफा १९ (क) मा भनिएको छ ‘ज्यान, चोरी, डाँका, अपहरण, जर्वजस्ती करणी, मानवबेचविखन, तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहादानी दुरुपयोग, लागु औषध, कैदवाट भागेको वा अरुलाई भगाएको, जासुसी, संरक्षित बन्यजन्तु र बनस्पति, पुरातात्विक बस्तु, भन्सार, चोरी निकासी, पैठारीमा कसुरमा अदालतको फैसालावाट सजायँ भुक्तान गरेको ६ वर्ष पुरा नभएका ब्यक्ति उम्मेदवार बन्न नपाउने ।’ यही बुदाँमा प्रचण्डले आपत्ति जनाउँदै त्यसलाई कुनै हालतमा पास गर्न नदिने बताए र सहयोग गर्न अन्य साना दललाई पनि आग्रह गरे ।
बिहान रेग्मी सँग भएको भेटमा पनि दाहालले सो बुदाँ हटाउन माग गरेको त्यहाँ बताए । ‘अध्यक्ष (रेग्मी) ज्युलाई पनि मैले यो बुदाँ खारेज नगरी अध्यादेश पास भयो भने हामी मान्दैनौ भनेको छु, उहाँ यसमा पोजिटिभ (सकारात्मक) हुनुहुन्छ ।’ दाहालले रेग्मीले सो बुदाँलाई हटाएर निर्वाचन अध्यादेश राष्ट्रपति कहाँ सिफारिस गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
रेग्मी सकारात्मक भएको तर उप्रेती भने ‘निऊँ खोज्दै’ षडयन्त्रको तानाबुना गरेको थप आरोप पनि प्रचण्डको थियो । प्रचण्डले बोले पछि एमाओवादी प्रवक्ता अग्नि सापकोटा पनि के कम उनी अरु भन्दा धेरै नै कडकिएका थिए । उनले भने, ‘निलकण्ठेले धेरै नाँच देखाइरहेको छ, चुनाव नगर्ने र नाँच देखाउने काम ग¥यो यसले ।’ माओवादीका सवै नेता एकै स्वरमा कराउन थाले पछि साना दलले पनि हो हो मिलाए । अन्ततः वैठक सो बुदाँ हटाउन माग गर्ने निर्णय गर्दै सकियो ।
त्यसो त १ प्रतिशत मत नल्याउने दलले संविधानसभा भाग लिन नपाउने भनी निर्वाचन आयोगले गरेको ब्यवस्था उल्टाउन सहयोग नगरे गठबन्धन नै तोडने ‘थ्रेट’ प्रचण्डलाई दिए पछि थप तनाबमा परे । रेग्मीलाई ज्ञापन पत्र बुझाएर गठबन्धनको बैठकमा सहभागी हुन गएका साना दलले एक प्रतिशतको ‘थ्रेस होल्ड’ नहटाएर गठबन्धन तोडने चेतावनी दिए पछि प्रचण्ड सोही बैठकवाट ब्याक हटेका छन, जबकी सो बुदाँ प्रचण्डसहित प्रमुख राजनीतिक दलको सहमतिमा पास गराइएको थियो । ‘एक प्रतिशतको थ्रेस होल्ड हटाउन म पहलकदमी गर्छु, तपाईहरुले फौजदारीको कुरा पनि भोली उठाई दिनुपर्छ ।’ त्यसपछि प्रचण्ड र साना दलको कुरा मिल्यो । अहिले केही बेर पछि हुने वैठकमा दुवै पक्षले सोही अनुसार कुरा  राख्दैछन् ।
अर्को अचम्म त के भयो भने गठबन्धनको बुधवारको वैठकमा बिजयकुमार गच्छदार, राजेन्द्र महत्तो, राजकिशोर यादव, महेन्द्र यादव उपस्थित भएनन् । २१ दलको गठबन्धन हाँकेका प्रचण्डले सवैलाई सहभागी गराउन प्रवक्ता प्रेमवहादुर सिंहलाई निर्देशन दिए । सिंहले पनि सवैलाई फोन गरेर वैठकमा सहभागी हुन अनुरोध गरे तर तराई मधेस लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महेन्द्र यादवले भने सिंहलाई अनौठो जवाफ दिएछन् । वैठकमा सहभागी हुनका लागि अनुरोध गरेका सिंहलाई यादवले भनिदिएछन्, ‘गठबन्धन अझै पनि ज्युँदै छ र ?’ यादवले गठबन्धन बिघटन भइसकेको र अस्तित्व नभएको कुरा राखे पछि सिंह तीन छक परे । जो गठबन्धनमा सुनाए । 
जे होस, गठबन्धनवाट राजेन्द्र महत्तोको नेपाल सदभावना पार्टी, माले समाजवादी, नेपाली जनता दल भने बाहिरिसकेका छन् । तर, गठबन्धन जारी नै छ ।



No comments:

Post a Comment