Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, March 31, 2013

रातारात कम्युनिष्ट पार्टीहरु घटेछन, थाहा नै पाइएन्

नेपाल कम्युनिष्ट पार्टी स्थापना काल देखी आजसम्म ६१ पटक विभाजन भइसकेको तथ्यांक बेला बेलामा आउँछन् र आइरहेका छन् । कहिले कुरा नमिलेर, कहिले पद नमिलेर, कहिले लोभले त, कहिले ब्यक्तिगत रिसले पार्टी बिभाजन हुने गरेका छन् । विचार र राजनीतिका कारण
नेपालका कम्युष्टि पार्टी बिभाजन भएको कसैले कुरा गर्छ भने त्यो ‘गफ’ भनेर उडाउने धेरै नै भइसकेका छन्, नेपाल खाल्डोमा । आज एउटा पार्टीमा भएको कम्युनिष्ट नेता भोली अर्को पार्टीमा हुन्छ र पर्सि अर्कोमा । नेपालको कम्युनिष्ट आन्दोलन यसरी नै क्रमशः बदनाम र कुख्यात भइरहेको छ । तर, अहिले कम्युनिष्ट पार्टीको संख्या घटदा पनि खुसी हुने समाचार भने प्रकाश उज्यालोसम्म आइपुगेको छ ।
बहुदल स्थापना पछि धेरै कम्युनिष्ट पार्टी नेकपा एमालेको नाममा एकीकरण हुन पुगे । त्यसले आफु खुसी चल्दै आएका कम्युनिष्ट पार्टीको संख्या सिमिति पारिदियो । पुनः कम्युष्टि पार्टीहरुमा क्रमशः पहिरो जान थाल्यो । विभाजन खहरे झै एकाएक देखा पर्न थाल्यो । जुन अहिल्यै चलिराखेको अवस्था छ । अन्तिम पटक प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन भयो र मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन भयो । ६० प्रतिशत भन्दा बढी कम्युनिष्ट पार्टीको पक्षमा देखिएको मुलुकको जनमतमा त्यसले नराम्ररीसँग धक्का लगाउने काम ग¥यो । ‘बुर्जुवा लोकतन्त्रवादी’, ‘दक्षिणपन्थी’ र ‘यथास्थीतिवादी’ हरुलाई त्यो विभाजनले खुसीको सन्देश दिलाई दियो । बिश्वभरी क्रमशः असफल भइरहेको ‘कम्युनिष्ट आन्दोलन’लाई यो विभाजनले निकै मलजल गर्ने काम ग¥यो । अनि ‘शत्रु’ले भन्न पाए– ‘भन्दै थियौ नि कम्युनिष्टहरुले गरि खादैनन्, प्रचण्डको पार्टी विभाजनले फेरी त्यसलाई पुष्टी ग¥यो ।’ जे होस, यो एउटा नमिठो क्षण थियो, नेपालको कम्युनिष्ट आन्दोलनका लागि ।
साना कम्युनिष्ट पार्टीहरु भने एकिकृत भएर मुलुकमा कम्युनिष्ट पार्टीको संख्या घटाएर निकै राम्रो सन्देश दिएका छन् । एक दर्जन पनि जनमत नभए पनि नयाँ कम्युनिष्ट पार्टी बनाई नेता भएर बसेकाहरु पनि नयाँ पार्टीमा एकताको लिस्टमा देखिन पुगेका छन् । न त्यो कम्युनिष्ट पार्टीको नाम जनताले सुनेका थिए, न त कसैलाई त्यसको नेता यो हो भनेर कसैले चिनेको अवस्था नै थियो । सम्भवतः एकता प्रक्रियामा आएका मध्ये केही कम्युनिष्ट पार्टी ‘झोले र कोठे’ पनि थिए र हुन् ।
कम्युनिष्ट दर्शनका ठुल–ठुला ठेली पढने तर जनतामा जान नसक्ने र ब्यवाहारिक हुन नसक्ने कम्युनिष्ट पार्टीका नेताको यतिखेर बुद्धी आएछ कि क्या हो, नेपाल कम्युनिष्ट पार्टी नामक नयाँ पार्टी गठन गरेका छन् ।
नयाँ नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध हुन पुगेको सबैभन्दा ठुलो दल नेकपा माले समाजवादी हो । जो सीपी मैनालीसँग छुट्टिएर निमार्ण भएको हो । सो पार्टीसँग  विघटित संविधानसभामा चार जना सभासद चाही थिए है, यो शक्ति चाँही लुकाईदिनु हुन्न । जसको नेतृत्व पुर्व मन्त्री जगतवहादुर वोगटीले गरिराखेका थिए । अर्को पुराना कम्युनिष्ट नेता ऋषी कट्टेलले नेतृत्व गरेको नेकपा एकीकृत पनि त्यसमा समाहित छ । जनताको तहसम्म नाम सुनिएका पार्टी र नेता भने यी दुई दलका मात्रै हुन, अरु प्रायः गुमनाम नै थिए । 
कमै मात्रै नाम सुनिएका र नेतृत्व कसले गरिराखेको छ ? भन्ने थाहा नपाइएका कम्युनिष्ट पार्टी मध्ये नेकपा संयुक्त माक्र्सवादी, माक्र्सवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माले बिद्रोही र अग्रगामी बिचार समुह नाम गरेका ६ वटा पार्टी देखा परेका छन, एकता प्रक्रियामा । एकता प्रक्रिया पछि निमार्ण भएको पार्टीको नेतृत्वको जिम्मेवारी ऋषि कट्टेललाई  दिइएको छ ।
नयाँ पार्टीका महासचिव तिलक थापामगरले एकीकृत पार्टीले कम्युनिष्ट आन्दोलनमा भएका विकृति÷विसंगतीको भण्डाफोर गर्दै जाने बताएका छन् । ‘नयाँ पार्टीले कम्युनिष्ट आन्दोलनलाई उचाईमा पु¥याउन एउटा भए पनि इटा थप्ने काम गरेको छ’ थापाले एकछिन अघि भने, ‘नेपालमा कम्युनिष्ट पार्टीहरु फुटदैनन मात्रै, जुटछन पनि भन्ने सन्देश दिन केही हदमा हामी सफल पनि भएका छौं ।’
कट्टेलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको पार्टी तत्कालै निर्वाचन आयोगमा दर्ता हुनेछ । दुई जना सह–अध्यक्ष रहनेछन्, बरिष्ठताको आधारमा क्रमशः जगतवहादुर बोगटी र लोकनारायण सुबेदी । दुई जना सह–अध्यक्ष भएको पहिलो कम्युनिष्ट पार्टीको रेकर्ड यसले बनाएको छ । त्यसो त चार जनालाई उपाध्यक्ष बनाउने कार्य गरेको अर्को रेकर्ड पनि यही पार्टीको खातामा गएको छ । एकीकरण पछि पनि सानै रहेको नयाँ पार्टीमा भने चार–चार जना उपाध्यक्ष छन्, आखिर सवैलाई चित्त वुझाउनु त प¥यो । ती चार भाग्यमानी हुन– टंक राई, यदुवंश झा, रामवहादुर भण्डारी, हरिदेव ज्ञवाली ।
परम्परागत  केन्द्रिकृत नेतृत्वलाई परित्याग गरी बहुपदीय प्रणालीमा गएको सो पार्टीका महासचिवमा तिलक थापामगर रहे, उनी माले समाजवादीमा पनि महासचिवको हैसियतमै थिए । सचिवमा भने शरणविक्रम मल्ल चयन भएका छन । एकीकरण अघिको आ–आफ्नो पार्टीमा रहेका पोलिटब्युरो, केन्द्रिय सदस्य तथा राष्ट्रिय प्रतिनिधी सदस्य भने सोही हैसियतमा नयाँ पार्टीमा पनि रहने सौभाग्य एकीकरणको कागजपत्रमा उल्लेख गरिएको छ ।
जे होस, कम्युनिष्ट पार्टी टुट फुट भइरहेको अवस्थामा ६ वटा साना कम्युनिष्ट पार्टी बनेर एउटै सिंगो पार्टी निमार्ण हुनु चाँही राम्रो नै हो । त्यस माथी संविधानसभाको चुनाव पनि त लागेको छ, सबैलाई जित्नु पनि छ । साना दललाई त अझ नमिलेर सुख पनि त छैन, गम्भिर कुरा त यहाँ निर न छ । फुटाउन त दुई मिनेटमा सकिन्छ, बनाउन भने निकै नै मेहनत गर्नुपर्छ । यो चेतना चाँही नयाँ पार्टीका नेतालाई पक्कै छ । जे होस, वामपन्थी विचारका आस्थावानलाई एउटा सन्देश चाँही राम्रो दिएको छ, नेपाल कम्युनिष्ट पार्टीले ।
मिल्नुहोस, अघि बढनुहोस र देशमा परिवर्तन ल्याउनुहोस भनेर जनताले कम्युनिष्ट पार्टीलाई ६० प्रतिशत भन्दा बढीको जनमत दिएको हो, त्यसलाई फुटाएर लत्याउने होइन ।

एकीकृत पार्टीको नयाँ नाम
नेपाल कम्युनिष्ट पार्टी

मिलेका कम्युनिष्ट पार्टीहरु
१. नेकपा माले समाजवादी
२. नेकपा एकीकृत,
३. नेकपा संयुक्त माक्र्सवादी,
४. माक्र्सवादी कम्युनिष्ट पार्टी नेपाल,
५. नेकपा माले बिद्रोही
६. अग्रगामी विचार समुह

को नेता कुन जिम्मेवारीमा

अध्यक्षः ऋषि कट्टेल,
सह–अध्यक्षः जगतवहादुर बोगटी, लोकनारायण सुवेदी,
उपाध्यक्षः टंक राई, यदुवंश झा, रामवहादुर भण्डारी, हरिदेव ज्ञवाली,
महासचिवः  तिलक थापामगर,
सचिवः शरणविक्रम मल्ल
पोलिटब्युरो, केन्द्रिय सदस्य तथा राष्ट्रिय प्रतिनिधी यथावत



No comments:

Post a Comment