गुप्ता चैत ५ गते रिहाँ हुदैं
राज्यले षडयन्त्र गरेर मधेसलाई कमजोर पार्ने मधेसका प्रखर तथा जुझारु नेता जयप्रकाश प्रसाद गुप्तालाई जेल पठाइएको कुरा सर्वविविदतै छ । आफ्नो जेल सजाय पुरा गरी यही चैत ५ गते उहाँ रिहा हुुदै हुनुहुन्छ । तसर्थ, उहाँलाई स्वागत गर्न तल उल्लेखित स्थानमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं ।
आयोजक
मधेसी युवा संगठन
मधेसी विद्यार्थी संगठन
कार्यक्रम
२०६९ चैत ५ सोमवार
समयः बिहान ११ः०० बजे
स्थानः डिल्लीबजार, जेल परिसर, काठमाडौं ।
केही समययता भ्रष्टचारको आरोपमा सदरखोर डिल्लीबजार जेलमा रहेका मधेसी नेता जयप्रकाशप्रसाद गुप्तालाई पछ्याइरहेको छु । तत्कालिन कांग्रेस सरकारमा रहदाँ गुप्ताले आर्थिक अनियमितता र भ्रष्टचार गरेको आरोपमा हाल उनी अहिले जेलमा छन् । उनी भ्रष्टचारी हुन्, जो सर्वोच्च अदालतले नै पुष्टी गरिसकेको छ ।
नेपालको राजनीतिक इतिहास मै बहालवाला मन्त्री जेल गएको तथ्य थिएन । त्यसकारण पनि गुप्ता अरु राजनीतिक नेता भन्दा यो मानेमा फरक छन कि बाबुराम भट्टराई सरकारमा बहालवाला मन्त्री (संचारमन्त्री) रहेकै अवस्थामा उनी जेल गएका थिए । कुनै पनि पार्टी अध्यक्ष जेल गएको अर्को रेकर्ड पनि उनीसँग सुरुक्षित छ । जेल यात्रामा रहदाँ उनी फोरम गणतान्त्रिकका अध्यक्ष थिए । नेपालको इतिहासमा पहिलो घटनाको रुपमा गुप्ता प्रकरण अंकित हुन पुगेको छ ।
मन्त्री रहेकै अवस्थामा फैसला सुन्न उनी आफै सर्वोच्च अदालतमा उपस्थित भएका थिए । त्यो दिन म पनि पनि सर्वोच्चमा उनको फैसला कुरेर बसेको थिए । त्यो दिन त्यही भयो, जुन साराले अपेक्षा गरेका थिए । अन्ततः उनी सर्वोच्चको फैसाला अनुसार मन्त्रीवाट गुप्ता कैदीको रुपमा दर्ज हुन पुगे । सर्वोच्च अदालत परिसरवाटै उनी आफ्ना कुरा राखेर सदरखोर ०६८ फागुन १२ गते जेल गए । त्यो दृश्यका एक साक्षी पनि हुँ । त्यो दिन मैले उनको अनुहारमा कुनै त्यस्तो अनौठो प्रतिक्रिया झल्केन् । सदा झै पत्रकारका सामु उभिए र आफ्नो कुरा सहज ढंगले राखे । मानौ, उनी अब जेल होइन, मन्त्री क्वाटर गइरहेका छन् भन्ने सवैजसोलाई महशुश गराएर गए ।
कयौं अपराधी अदालतले जेल चलान गर्ने फैसाला गरे पनि भागेर, लुकेर हिडिरहेका छन् । तर, भ्रष्टचारी पुष्टी भए पनि राज्यको कानुनलाई भने गुप्ताले निकै मान्छन् भन्ने त्यो दिनको दृश्यले देखाइरहेको थियो । सोही प्रकृतिको मुद्धा खेपेका कांग्रेस नेता चिरिञ्जीवि वाग्लेले सर्वोच्चको फैसाला अनुसार कैद स्विकार गर्न मानेनन, पछि प्रहरीले पक्राउ गरी उनलाई सदरखोर पु¥यायो । तर, गुप्ता आफ्नो अन्तिम फैसाला सुन्न अदालतको वेञ्चसम्म झन्डावाल गाडी लिएर गए र हत्कडी लगाएर फर्किए । सर्वोच्चको फैसालालाई उनले अटेर गरेनन्, फैसाला सहर्ष नै स्विकार गरे । अपराध स्विकार गर्नु गुप्ताको सवैभन्दा ठुलो महानता हो, उनी भ्रष्टचारी प्रमाणित भए पनि । मलाई उनको यो दृश्य निकै सुन्दर लागेको हो, त्यही बेला ।
तर, फैसाला पछि सर्वोच्च परिसरमा उनले जसरी मधेसको रंग दिन असफल प्रयास गरे, मलाई लाग्छ त्यो ठिक थिएन् र होइन पनि । उनलाई मधेसी भनेर रङ्गको आधारमा जेल हालिएको थिएन, सर्वोच्चले भ्रष्टचारी भनेर जेल चलानको फैसाला सुनाएको थियो । त्यो भन्दा अघि उनकै सहकर्मी पहाडीया मुलका चिरञ्जीवि वाग्ले जेल गएको उदाहरण बनिसकेको अवस्था थियो । सोही प्रकृतिका मुद्धामा अहिले उनी बसेकै जेलमा खुमवहादुर खडका पनि पुगेका छन् । त्यसैले अब पनि जेल बाहिर निस्केर उनले जेल चलानलाई राजनीतिक र मधेसी रङ्ग दिन खोजे भने त्यसले उनको उचाई थप घटाउने छ ।
मानिसहरु के सोच्छन र वुझदछन भने मधेस र मधेसी जनताको कसैले भलो गर्छ भने त्यो कि त उपेन्द्र यादवले गर्छन कि त गुप्ताले नै । हाल मधेसमा कसैसँग एजेन्डा छ भने यी दुवै समकालिन नेतासँग मात्र छ भनेर अझै पनि चर्चा परिचर्चा हुन्छन् । मधेस एजेन्डा दुवै नेताको प्राथमिकता हो । जसकाकारण गुप्ताले पनि आफ्नो राजनीतिक जीवन यात्राले धेरै कुरा सिकिसकेका छन्, सिक्नु जरुरी छ ।
बेला बेलामा डिल्लीबजार जेलवाट गुप्ता आफ्नो धारणा बाहिर ल्याउँछन् । र, चर्चामा रहन्छन् पनि । खासगरी मधेस र मधेसी जनताका सवालमा उनका क्रिया प्रतिक्रिया आइरहन्छ । उनै गुप्ता आफ्नो जेल जीवनको १८ महिने सजाय गुजारेर आगामी चैत्र ५ गते सदरखोरवाट रिहा हुदैछन् । सर्वोच्चको फैसाला अघि पनि हिरासतमा बसेको तथा स्वयं अदालतमा उभिएर हतकडी लगाएका कारण उनको जेल सजायमा केही छुट हुन पुगेको छ, हो ।
गुप्ताको जेल रिहाई भने भब्य रुपमा गरिने भएको भएको छ । जसका लागि मधेसी युवा संगठन र मधेसी विद्यार्थी संगठनले चैत ५ गते जेल परिसरमै औपचारिक कार्यक्रमको आयोजना गर्ने घोषणा गरेका छन् ।
चैत ५ गते बिहान ११ बजे सम्पुर्ण कागजी प्रक्रिया पुरा गरे पछि सदरखोरवाट गुप्ता बाहिर निस्कने वित्तिक्कै दुई संगठनले उनको स्वागत गर्नेछन् । अबिर माला, नारावाजी र जयजयकार गरी उनको रिहाईको स्वागत गरिने जनाइएको छ । गणतान्त्रिक फोरमका भातृ संस्थाका रुपमा रहेका ती संगठनले सार्वजनिक सुचना जारी गरेर उपस्थीतिका लागि अनुरोध गरेका छन् ।
नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम, नेपालका सह–अध्यक्ष हुदै फोरम गणतान्त्रिकका संस्थापक अध्यक्ष भएका बेला उनी जेल गएका हुन् । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहाकार हुदैँ संचारमन्त्री भएका गुप्ता पछि कांग्रेस छोडे । मधेस आन्दोलनताका उपेन्द्र यादव नेतृत्वको फोरममा रहेका गुप्ताले पछि यादवलाई छोडेर फोरम गणतान्त्रिक गठन गरेका थिए । तर, उनी जेल परे सँगै उनको पार्टी भने विभाजित हुन पुगेको अवस्था छ । पार्टीका एक नेता राजकिशोर यादव बाबुराम भट्टराई सरकारका प्रवक्ता तथा संचार मन्त्रीको जिम्मेवारी छन भने नन्दनकुमार गुप्ता अलग्गिएका छन् । यसरी अलग भएका दुवै नेताले आफु नै पार्टी अध्यक्षको दावी गरिरहेका छन् । गुप्ता निस्के पछि दुवै नेताले के गर्छन ? त्यो भने हेर्न वाँकी नै छ ।
तर, धेरैको अनुमान यो छ कि भ्रष्टचारी प्रमाणित भए पछि नेपालको कानुन अनुसार चुनावी प्रतिस्पर्धा गर्न नपाए पनि उनी राजनीतिक दल मै रहेर क्रियाशिल हुन्छन् । मधेसी जनतालाई अधिकार सम्पन्न गराउनु र उनीहरुको पहिचान स्थापित गराउन गुप्ता योगदान रहन सक्छ, त्यो स्वागतयोग्य हुन्छ । तर, जेलवाट निस्केर गुप्ताले रङ्गको आधारमा राजनीति भने अब गर्नु हुदैन् । मलाई लाग्छ, राष्ट्रलाई पहिलो सर्र्त राखेर राजनीतिमा पुनः उत्रे भने उनले उचाई लिन सक्छन् ।

भबिस्यमा राम्रो गरे जनताले उन्को गल्ती बिर्सेंलान तर उन्लाई स्वागत को भब्य तयारी नै सबै भन्दा ठुलो गल्ती हो। किन भने उनी सजाय काटेर निस्केक पूर्व अपराधी हुन।
ReplyDelete