Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, March 6, 2013

बाँदरमुढे पीडितको राहत रकममा यस्तो रै’छ बिबाद !!!

प्रकाश तिमल्सिना
काठमाडौं, फागुन २२
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालद्धारा गत साता माडीमा बाँदरमुढे पीडितलाई दिने भनी घोषणा गरिएको ६० लाख रुपैयाँको राहात प्याकेज बिबादित हुने क्रम रोकिएको छैन् ।
सरकारले रकम निकास नगरिदिएको भन्दै पार्टी कोषवाटै राहत दिने एमाओवादीको निर्णय र प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकिय सचिव विश्वद्धिप पाण्डेले सरकारले राहात निकासा गराइसकेको भन्दै खण्डन गरे पछि राहत रकम पुनः बिबादमा आएको हो । फागुन १७ गते सरकारले कुनै रकम निकासा नगरे पनि माडी महोत्सवको उदघाटनमा अध्यक्ष दाहालले राहत निकासा गराएर आफु आएको अभिब्यक्ति दिएका थिए ।

पार्टी उपाध्यक्ष भट्टराई नेतृत्वको सरकारले अध्यक्ष दाहालले कबुल गरे अनुसार रकम उपलब्ध नगराए पछि मंगलबार बिहान पार्टीको आन्तरिक कोषवाट सो राहात दिने निर्णय गरेको नेता अमिक शेरचनले बताए । ‘सरकारले रकम दिन माननेन, पार्टी अध्यक्षले नै सार्वजनिक रुपमा बोलिसकेको बिषय भएकाले पार्टीको आन्तरिक कोषवाट राहत दिने निर्णय गरेका छौ’ शेरचनले संचारकर्मीसँग भने, ‘महाधिवेसनवाट बचेको केही रकम र पार्टीको आन्तरिक कोषवाट थपेर राहात दिने निर्णय भएको छ ।’ लाजिम्पाटस्थित दाहाल निवासमा शेरचनले पार्टीले निकासा गराउने सो रकम लिएर आफै माडी जाने जानकारी पनि दिएका छन् । माडी शेरचनको निर्वाचन क्षेत्र पनि हो ।
तर, सो निर्णय सार्वजनिक नभएको दुई घन्टा भित्रै प्रधानमन्त्री भट्टराईको स्वकिय सचिव विश्वद्धिप पाण्डेले भने फेसबुकमार्फत खण्डन गरेका छन् । सरकारले रकम निकासा गराइसकेको दावी गर्दै पार्टीको निर्णय र शेरचनको अभिब्यक्ति दुवैमा प्रधानमन्त्रीका तर्फवाट आपत्ति नै जनाउन पुगे । ‘द्धन्द्धपीडितलाई विशेष राहत दिने सबन्धमा बाँदरमुढे घटनाका पीडितहरुलाई शान्ति मन्त्रालय मार्फत रु ६० लाख दिने निर्णय केही दिन अघि भइसकेको छ’ पाण्डेले फेसबुकमा लेखेका छन्, ‘सरकारले बाँदरमुढेका पीडितहरुलाई राहत दिन मानेनन भन्ने कुरामा कुनै सत्यता छैन ।’ प्रधानमन्त्री भट्टराईलाई बिबादमा ल्याउन र बदनाम गराउन सो हत्कन्डा अपनाइएको बालुवाटारको भनाई रहेको छ ।
सो बारे जिज्ञासा राख्दा सरकारका प्रवक्ता तथा संचारमन्त्री राजकिशोर यादवले सरकारले बाँदरमुढे पीडितको नाममा कुनै राहात रकम निकासा नगरेको बताएका छन् । ‘बाँदरमुढे घटनाको पीडितको नाममा कतै पनि रकम निकासा गराइएको छैन’ मन्त्री यादवले नागरिकसँग भने, ‘मन्त्री परिषदमा सो प्रस्ताव पनि आएको छैन, आयो भने छलफल गर्न सकिन्छ ।’ उनका अनुसार प्रस्ताव आए पछि मात्र कति रकम उपलब्ध गराउने भन्ने वारेमा मन्त्री परिषदमा छलफल हुन्छ । अध्यक्ष दाहालले अभिब्यक्ति दिए अनुसार राहात रकम उपलब्ध गराउन नसके पछि माडी पीडितले भने असन्तुष्टी जनाउन पुगेका छन् ।
०६२ साल जेठ २३ गते युद्धकालमा माओवादीले राखेको एम्बुसमा परेर ३२ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । सोही घटनालाई लिएर अध्यक्ष दाहालले पार्टीका तर्फवाट सार्वजनिक रुपमा नै माडीमा माफी मागेका थिए भने सँगसँगै ६० लाख रुपैयाँको राहात  प्याकेज दिने घोषणा पनि गरेका थिए । जसकाकारण उनी अप्ठ्यारोमा पर्दै आइरहेका छन् ।

No comments:

Post a Comment