Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, March 14, 2013

जेलवाट जेपी गुप्ता भन्छन– प्रजातन्त्रको आधार समाप्त

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चूनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाएर प्रमुख चारदलले प्रजातन्त्रको न्यूनतम आधार समाप्त पारेको आरोप पूर्वमन्त्री जेपी गुप्ताले लगाएका छन् । गुप्ताले नेपालका राजनीतिक दलहरु असक्षम भएको प्रमाण विश्व सामु दिएको बताउँदै निकासका लागि गरिएको यस प्रयासलाई सकारात्मक रुपमा पनि लिएका छन् ।

 जेल जीवन विताई रहेका पूर्वमन्त्री गुप्ता डिल्लीबजारस्थित जेलमा मधेश डटकमका सम्पादक बी.पी.साहसँग विशेष कुराकानी गर्दै राजनीतिक दलहरुले मुलुकको निकासका लागि गरेको यो निर्णयले प्रजातन्त्रको आधारभुत सिद्धान्त समाप्त पारेको बताएका हुन् । गुप्ताले भने–“प्रमुख राजनीतिक दलहरुले प्रजातन्त्रको आधारभुत सिद्धान्तलाई समाप्त पारी चालेको यो कदमलाई म विरोध पनि गर्दिन, न त समर्थन नै गर्छु । मुलुकको निकासका लागि गराईएको यो दुर्घटनाले सकारात्मक परिनाम देओस् भन्ने आशा गरेको छु ।


 यसरी संविधान बन्न सक्दैन

दलहरुले संविधानका आधारभुत विषयमा सहमति नगरी सरकार परिवर्तन गर्दा अझै पनि संविधान बन्ने वातावरण नबनेको गुप्ताले बताएका छन् । सहमति विना संविधान बन्नेप्रति शंका व्यक्त गर्दै गुप्ताले दलहरुले संविधानका विषयमा पनि सहमति गरेर सरकार परिवर्तन गरेको भएको संविधान बनाउन सहज हुने बताएका छन् । गुप्ताले भने–“दलहरुले संविधानका आधारभुत विषयमा सहमति गरेको छैन, यस्तै अवस्थामा संविधान बन्न कठिन छ ।
 
मधेशी मोर्चा पनि चुके

 पूर्वमन्त्री गुप्ताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र तीनदलले गरेको राजनीतिक सहमतिमा मधेशी मोर्चा चुकेको बताएका छन् । गुप्ताले नागरिकता र मतदाता नामावलीका विषयमा गरेको सहमति आधार विना भएको बताएका छन् । उनले भने–“नागरिकता र मतदाता नामावलीका विषयमा गरिएको सहमति विश्वसनिय छैन, भोली केही अडचन आउन सक्छ, मधेशी मोर्चा र मधेशी जनता सचेत बस्नुपर्छ ।
गुप्ताले आगामी संविधानसभाको निर्वाचनले मधेशलाई अधिकार सम्पन्न बनाउन नसक्ने ठोकुवासमेत गरेका छन् । गुप्ताले भने–“अहिले मधेशवादी दलहरु निर्वाचनमा जानका लागि आतुर देखिएका छन् तर आगामी निर्वाचन अथवा संविधानसभाले मधेशका मुद्दालाई समाधान गर्न सक्दैन ।” 
source: jpgupta.com

No comments:

Post a Comment