Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, March 26, 2013

‘प्रचण्डज्यु, सर्वहारा अधिनायकत्ववादी र लोकतन्त्रवादीको एउटै साझा चुनावी घोषणापत्र कसरी हुन सक्छ ?’

प्रकाश तिमल्सिना
एकीकृत माओवादी नेतृत्व संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन साझा घोषणापत्र बनाएर चुनावमा जाने निर्णय अन्यौलमा पर्ने देखिएको छ ।
गठबन्धन संयोजक एमाओवादी अध्यक्ष दाहालले साझा चुनावी घोषणा पत्र निमार्णका लागि एजेन्डा प्रस्ताव गर्न माग गरे पनि आवद्ध दल भने त्यसमा विश्वस्त हुन सकेका छैनन् ।
गठबन्धनमार्फत साझा घोषणा पत्र बोकेर निर्वाचनमा जान ब्यावहारिक रुपले सम्भव नभएको संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले बताए । ‘गठबन्धनले एउटै एजेन्डा र मुद्धा लिएर जानु त राम्रो कुरा हो तर ब्यवहारिक रुपमा त्यो कसरी सम्भव छ ? भन्ने प्रश्न अवश्य उठ्छ ?’ झाले नागरिकसँग भने, ‘हामीलाई यसमा त्यति विश्वास छैन् ।’
उनका अनुसार फरक फरक राजनीतिक दृष्टिकोण भएका धेरै पार्टी बिच कसरी साझा चुनावी घोषणा पत्र निमार्ण हुन सक्छ भन्नेमा गठबन्धन नेतृत्व पहिला स्पष्ट हुनुपर्छ ।
राष्ट्रिय सदभावना पार्टीका अध्यक्ष रामनरेश यादवले फरक–फरक दलको अस्तित्व भएको तथा बहुदलीय ब्यवस्थामा साझा चुनावी घोषणा पत्र असम्भव भएको बताए । ‘आ–आफना दलका छुट्टाछुट्टै अस्तित्व छन, दृष्टिकोण र योजना छन् तर एउटै चुनावी घोषणा पत्र भए अन्य दल किन चाहियो त ?’ रायले नागरिकसँग भने, ‘एउटै चुनावी घोषणा पत्र अरु दलको अस्तित्व नहुने  देखिन्छ ।’ फरक–फरक दलका अस्तित्वमा साझा चुनावी घोषणा पत्रले नामेट पार्न सक्ने खतार भएकाले सर्तक हुनु पर्ने रायको भनाई छ ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले एमाओवादीसँग साझा चुनावी घोषणा पत्र बनाएर जान नसक्ने बताए । ‘कम्युनिष्ट सर्वसत्तावाद स्थापना गराउने उदेश्यले आएको माओवादीसँग कसरी लोकतन्त्रवादी दलले साझा एजेन्डा बनाएर जान सक्छन ?’ साहले प्रश्न गर्दै भने, ‘प्रचण्डजीले प्रस्ताव गर्न राम्रो हो तर मान्ने÷नमान्ने भन्ने कुरा हाम्रो हो ।’ जनता दल छुट्टै एजेन्डा लिएर चुनावमा जाने भन्दै एमाओवादीले आफ्ना एजेन्डा लागु गराउन गठबन्धनको साहारा लिन खोजेको उनको आरोप छ ।
जनता दल युनाईटेडका निमित्त अध्यक्ष किरण मगरले संयोजक दाहालले राखेको प्रस्तावका बारे आवद्ध दलहरुमा छलफल भइरहे पनि एउटै चुनावी घोषणा पत्र बनाउने निर्णय भने नभइसकेको बताए । ‘सबै दल भित्र संयोजकको प्रस्तावमा छलफल गरिराखेका छन तर अहिलेसम्म साझा चुनावी घोषणा पत्र बनाएर जाने भन्नेमा कुनै निर्णय भइसकेको छैन ।’ उनका अनुसार आगामी १६ गते बस्ने गठबन्धनको पुर्ण वैठकले मात्र सो बारेमा अन्तिम निर्णय गर्नेछ् ।
गठबन्धन आबद्ध सवै दलका चुनावी घोषणा पत्रका राम्रा, जनहित र उल्लेखनीय बुदाँलाई माओवादीले आफ्नो चुनावी घोषणापत्रमा राख्ने योजना अनुसार सो प्रस्ताव गरेको अर्का साना दलका अध्यक्षले दावी गरेका छन् । ‘गठबन्धनमा रहेका अरु दलका राम्रा र गतिला बुदाँलाई टिपेर आफनो चुनावी घोषणापत्रमा राख्ने उदेश्यले सो प्रस्ताव माग गरिएको हो, त्यसको अर्को उदेश्य देखिएको छैन्,’ उनले भने, ‘भोली चुनावमा अरु दलमा किन जानु हुन्छ ? हामी नै त्यही गर्छौ, हामीलाई भोट दिनुहोस भन्दै जानलाई यसो गरिएको हो ।’ प्रधानन्यायधिस नेतृत्व चुनावी सरकार निमार्ण गर्दा गठबन्धनलाई उपेक्षा गरेर धोका दिएका एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेस मोर्चाको विश्वास र आश्वासनमा नपर्ने उनको भनाई छ ।
जातीय राज्यको वकालत गर्ने माओवादी र त्यसको विपक्षमा उभिदै एक मधेस स्वायत्त प्रदेशको वकालत गर्ने मधेसी मोर्चा कसरी मिलेर जान सक्छन ? भन्ने बारे आफुले नवुझेको पनि उनले बताए । संघीयताका मुद्धामा साझा एजेन्डा बन्न नसक्ने भएकाले गठबन्धनको चुनावी घोषणा पत्र हुन नसक्ने पनि उनको दावी छ । ‘माओवादीले हामीलाई चुनावमा गाली नगरोस भनेर यो साझा घोषणा पत्रको अवधारणा ल्याएको हो’ उनले भने ।
प्रवक्ता प्रेमवहादुर सिंहले भने आगामी पुर्ण वैठकमा साझा चुनावी घोषणा पत्र निमार्णका लागि सवै दलले धारणा पेश गर्न लागिरहेको बताए । ‘गठबन्धनले साझा चुनावी घोषणा पत्र बनाउनका लागि आ–आफनो पार्टीमा छलफल गरेर बैठकमा पेश हुनेछन, त्यसैका आधारमा साझा चुनावी घोषणा पत्रका बारे निष्कर्ष निकालिने छ ।’ गठबन्धनको सो साझा चुनावी घोषणापत्रसहित आवद्ध दलले पनि आफनो पार्टीको छुट्टै घोषणा पत्र लिएर निर्वाचनमा जान सक्ने गरी बैठकमा निर्णय हुने प्रवक्ता सिंहले जानकारी दिए ।

No comments:

Post a Comment