Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, March 27, 2013

भट्टराई सरकारवाट लाखौ रकम लिने एमाओवादी नेता चिनिराखौ न त !!!

प्रधानमन्त्रीका रुपमा बाबुराम भट्टराईले बालुवाटारमा १८ महिना १८ दिन गुजारेर गत फागुनको अन्तिम दिन पुरानै डेरा सानेपामा फर्किसकेका छन् । शितल निवासस्थित राष्ट्रपति भवनमा प्रधानन्यायधिस खिलराज रेग्मी नेतृत्वमा अन्तरिम चुनावी मन्त्री परिषदका सपथ ग्रहण कार्यक्रम पछि ‘मुस्ताङ म्याक्स’ छोडेर बलेरोमा सानेपा गएको पनि दुई हप्ता बढी भयो । ‘आर्थिक मितब्यायिता’ र ‘भ्रष्टचारामा शुन्य सहनशिलता’का कुरा गर्ने भट्टराईले आफु सरकारवाट बाहिरिए पछि पनि मुस्ताङ चढेको भए धेरै राम्रो सन्देश जान्थ्यो तर उनले बाँकी जीवनमा त्यो लागु भने गर्न सकेनन् । जसकाकारण पनि ‘बाबुराम ढोंगी’ हुन भन्ने आलोचना गर्नेलाई छुट दिएका छन् । तर, अहिलेको प्रसङ चाँही अलि फरक पाटोको छ । नियमित मेरो ब्लग पढने रुकुमका पाठक जीवन मल्लले त्यसलाई यहाँ समेटने प्रयास गरेको छु ।
भट्टराई सरकारले एमाओवादी कार्यकर्ताका लागि बाँडेको रकमको आकार र नामावलीको फेहरिस्त पठाएका छन् ।
एमाओवादी नेता बामदेव क्षेत्री पार्टी भित्र भट्टराई पक्षधर हुन्, अवध राज्य समितिमा उनी कुनै बेला सह–इन्चार्जको महत्वपुर्ण जिम्मेवारीमा थिए । उनले भट्टराई सरकारवाट  राहत भन्दै १ लाख ५० हजार लिएका रहेछन् ।
संघीयता बिरोधी पार्टी राष्ट्रिय जनमोर्चा छोडेर आएका डिलाराम आचार्य अहिले एमाओवादीको तमुवान राज्य समिति इन्चार्ज छन् । मुलुकमा संघीयता कुनै पनि हालतमा स्विकार्य छैन भनेर करिब ६ वर्षसम्म भाषणबाजी र लेखन तथा प्रतिवेदन पेश गर्ने आचार्य पछि एमाओवादीमा प्रवेश गरेका हुन् । एमाओवादीमा प्रवेश गरे पछि आचार्यले राज्य समिति इन्चार्ज मात्रै पडकाउन सफल भएनन, भट्टराई सरकारवाट राहतको नाममा ३ लाख रुपैँया पनि लिन सफल भएछन् । एमाओवादी जानु अघिसम्म अनामनगरका फुटपाथमा आचार्य हिडिरहेको दृश्य देख्नेहरु अहिले पजेरोमा सरर हावा खाँदै काठमाडौ–पोखरा गरेको देख्न थाले पछि चिया गफ जम्न थालेको छ ।
चुणामणी खडका चाँही प्रचण्डका प्रमुख स्वकिय सचिव हुन् । भतीजा समिर दाहाल केन्द्रिय कार्यालयमा सरुवा भए पछि उनको स्थानमा प्रचण्डलाई नातेदार खडकालाई आफना मुख्य सहयोगी बनाएका हुन र छन् । उनै खडकाले चाँही भट्टराईमार्फत ३ लाख रुपैयाँ मात्र लिएका रहेछन् । बारा जिल्लाका एमाओवादी नेतृ गीता कडेँल ३ लाख रुपैयाँ लिन सफल भएकी रहिछन् ।
सद्यै सद्यै बेथीति र बिकृतिको विरोध गर्ने भन्दै नाम कहलिएका बामपन्थी लेखक हुन्– खगेन्द्र संग्रौला । उनी यसरी लेख्छन, कोही ब्यक्ति मन परेन भने त्यो ब्यक्ति÷नेतालाई भित्तामा पु¥याउन खोजी हाल्छन् । आज सम्म प्रचण्डको बिरोधमा भने नलेखेका उनै खरा लेखक संग्रौलाले चाँही इजिप्ट जाने टिकटका लागि भन्दै भट्टराई सरकारवाट १ लाख ६७ हजार रुपैया लिएका पो रहेछन् । राज्यको पैसामा टिकट किनेर इजिप्ट जादाँ संग्रौलासँगै ‘उर्गेनका घोडा’ नामक उपन्यासका लेखक युग पाठक पनि गएका रहेछन् । दुवै लेखक सरकारी पैसामा इजिप्ट घुमेर आइसकेका छन् ।
कहिले प्रचण्ड, कहिले भट्टराई तिर लाग्दै आएका बाराका पुर्व सभासद शिवचन्द्र कुशवाहा पनि भट्टराई सरकारवाट  रकम हात पार्न सफल नेता मध्ये एक हुन् । उनले चाँही जम्मा १ लाख ७८ हजार राहात पाएका रहेछन् है । अर्थमन्त्री बर्षमान पुनका सिफारिसमा मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरलाई ५ लाख रुपैया दिलाई दिएका रहेछन् र त अध्यक्ष पुन आजकाल निकै हर्सित मुद्रामा देखिन थालेका रहेछन् ।
झापाका एक इमान्दार नेता थिए, पुर्व सभासद गौरीशंकर खडका । सभासद रहदै उनको क्यान्सरका कारण देहवसान भयो । पछि, उनकै नाममा गौरी शंकर स्मृति प्र्रतिष्ठान खोलिएछ । र, त्यसका अध्यक्ष भईछिन्– धर्मशिला चापागाँई । उनै खडकाको नाममा भट्टराई सरकारले ३० लाख रुपैयाँ उपलब्ध गराई दिएका रहेछन् । त्यस तै, झापाका एमाओवादी इन्र्चाज झलकमान दर्लामी अध्यक्ष रहेको जनयोद्धा संरक्षण केन्द्रलाई पनि अर्को ३० लाखको गडडी दिइएको छ । झापामा मात्रै ६० लाख रकम प्रतिष्ठानको नाममा गएको रहेछ ।
उता, सुदुरपश्चिमको कन्चनपुरमा रहेको भीमदत्त स्मृति प्रतिष्ठानलाई ३० लाख रुपैयाको अर्को गडडी दिइएको रहेछ । एकीकृत माओवादी कञ्चनपुर सदस्य लोकराज पन्त त्यसको अध्यक्ष छन । ००७ साल पछिको चर्चित भिमदत्त बिद्रोहलाई सम्मान स्वरुप सो रकम उपलब्ध गराइएको तर्क पनि ठिकै छ । पन्तको नाममा गएको सो पैसा नाती पुस्ताले अहिले चलाइरहेको छन् ।
पहिला आफै अध्यक्ष रहेको पछि जनमोर्चावाट माओवादी भएका स्वनाम साथीले नेतृत्व गर्दै आएको भट्टराईको माक्र्सवादी अध्ययन प्रतिष्ठानले ६० लाख रुपैयाँ राहत पाएको छ । तर, साथी भने आफुले सो रकम नवुझेको तर्क पछि सम्म दिइरहन्थे, अहिले के भयो त्यो पैसा वुझ्न भने पाइएको छैन् ।
भट्टराईले आफ्ना पार्टीका नेता र सोसँग संवन्धितलाई मात्रै लाखौ रकम बाडेका छैनन्, आफुलाई सहयोग गर्दै आएका अन्य पार्टीका नेताहरुलाई पनि रकम बाडन चुकेका रहेनछन् ।
पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका सहयोगी पुर्व स्वतन्त्र सभासद सरुदल हक मियाँले पनि मोटै रकम पाएका रहेछन् । प्रधानमन्त्री भट्टराईले उनलाई मात्रै ५ लाख रुपैयाँको राहात उपलब्ध गराई दिएका रहेछन् । भट्टराई सरकारका उद्योग मन्त्री अनिलकुमार झाले नेतृत्व गरेको संघीय सदभावना पार्टीका महासचिव महेशप्रसाद यादव पनि रकम पाउने गठबन्धनका भाग्यमानी नेता हुन् । उनले २ लाख रुपैया राहात पाका रहेछन् ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पुर्व सभासद जयराम यादव धेरै रकम पाउने केही नेता मध्ये पर्छन । पैसा लिदाँ गच्छदारसँग रहेका तर अहिले भने पुर्व संंचारमन्त्री राजकिशोर यादवले नेतृत्व गरेको फोरम गणतान्त्रिमा प्रवेश गरेका माननीय जयरामजीले ७ लाख रुपैयाँको गडडी बोक्ने मौका पाएका रहेछन् । स्वास्थ्य मन्त्री राजेन्द्र महत्तो नेतृत्वको सदभावनाका सह–अध्यक्ष लक्ष्मणलाल कर्णलाई उपचारका लागि भन्दै ४ लाख रुपैया दिई सकेको पो रहेछन त ।
उता, माओवादीले राष्ट्रपतिमा उम्मेदवार उठाएका रामराजा सिंहलाई भट्टराई सरकारले राष्ट्रिय सम्मान मात्रै दिएन्, उनको नाममा खोलिएको प्रतिष्ठानलाई पनि मोटै रकम दिइएको रहेछ । बिरामी सिंहलाई इन्जेक्सन दिएर संविधानसभामा लैजादाँ पनि चुनाव भने जिताउन सफल भएको थिएन, त्यसै बिषयलाई लिएर सिंह अन्तिम समयसम्म पनि रुष्ट हुदैँ आएका थिए । तर, अहिले भने भट्टराई सरकारले रामराजा स्मृति प्रतिष्ठानलाई ३० लाख रुपैयाँ दिएर उनको योगदानको कदर गरेको छ । त्यसैगरी, थारु कल्याणकारी सभाका नेता सत्यनारायण चौधरीलाई ५ लाख रुपैया पाइसकेका छन् ।
भट्टराई सरकारका बनमन्त्री यदुवंश झाको पार्टी माले समाजवादीका अध्यक्ष जगतवहादुर वोगटी चाँही नियमित पैसा पाउने भाग्यमानी नेता मध्ये पर्छन । उपचारको नाममा प्रचण्ड नेतृत्वको सरकारमा पनि, माधव नेपालको सरकारमा पनि, भट्टराई सरकारमा पनि उनले पैसा पाइरहेका छन् । खिलराज सरकारसँग पनि त्यही मौका कुरेर बसेका हुनसक्छन, ख्याल चाँही गर्नै पर्छ । तर अरु प्रधानमन्त्रीले कति दिए, त्यो अहिले ख्यालमा आएन तर भट्टराईले भने उनलाई ५ लाख दिएका रहेछन ।
कहिले आफ्नै लुगा च्यातेर, कहिले सिंहदरवार मै चार तला माथीवाट कुर्सी फालेर नौटंकी गरिरहने दलित जनजाति पार्टीका अध्यक्ष तथा पुर्व सभासद विश्वेन्द्र पासवान यस्तो भाग्यमानी नेता, जसले ब्यक्तिगत रुपमा सवैभन्दा बढी रकम लिन सफल नेता हुन् । भट्टराई नेतृत्वको सरकारलाई सहयोग गरेका पासवानले सवैभन्दा वढी १० लाख रुपैयाँ लिएका रहेछन् ।
भट्टराईले आफना पार्टी र आफ्ना सहयोगीलाई मात्रै रकम दिएका रहेनछन्, उनले एकजना प्रतिपक्षका नेतालाई पनि रकम दिएको खुल्न आएको छ । नेकपा संयुक्तकी पुर्व सभासद कल्पना राणालाई उनले १ लाख राहत दिएका रहेछन् ।
सरकारका पुर्व सचिव चुमानसिंह वस्नेतलाई ५ लाख, नेपाल उद्योग वाणिज्य महासंघलाई १० लाख, नेपाल राष्ट्रिय हिन्दी सम्मेलन गर्न ५ लाख दिएका भट्टराईले जादाँ जाँदै सवै पार्टीका महिला सभासद सहभागी रहेको संस्था अन्तरपार्टी महिला सञ्जाललाई ३० लाख रकम दिइएको पाइयो ।
नारायणकाजीको मन त त्यस्तो लोभी पापी होइन, तर राज्यवाट पैसा लिएर संवन्धित ब्यक्तिलाई नदिएको आरोप पनि सँगसँगै लागेको रहेछ । बेलायतमा पक्राउ परेका कुमार लामालाई छुटाउन नारायणकाजीले २ करोड बुझेको रहेछन तर रिहाई चाँही लामाको परिवारले ४८ लाख धरौटी राखेर निकालि सकेको कुरा पो आयो । त्यो पैसा के भयो र कता गयो ? वुझन भने सकिएन् ।
भट्टराई सरकारले चालु आर्थिक बर्षमा सहयता र राहातको नाममा आठ महिना भित्र ९ करोड ७५ लाख २४ हजार बाँडेका रहेछन् तर पाउने सबैको नाम र राहात रकम भने पाउन सकिएन । अहिलेलाई जति नाम र रकम उपलब्ध भयो, त्यति नै राखे । फेरी पछि थप नाम र रकम उपलब्ध भएमा उल्लेख गरुला ।
यद्धपी, नाम र राहात रकम उपलब्ध गराई दिएकोमा जीवनजीलाई मुरीमुरी धन्यबाद ।


No comments:

Post a Comment