Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, March 27, 2013

झालाई केन्द्रिय सदस्य मात्रै देऊ–एमाओवादी मधेसी नेता

तत्काल एमाओवादीमा प्रवेश गर्न लागेका एमालेका पुर्व  पोलिटब्युरो सदस्य रामचन्द्र झालाई केन्द्रिय सदस्यको मात्र जिम्मेवारी दिन पार्टीका मधेसी नेताले नेतृत्वलाई दबाब दिएका छन् ।
झालाई सचिव÷स्थायी समिति मध्येको पद दिएर प्रवेश गराउने तयारी भए पछि एमाओवादीका ‘युद्धकालिन’ मधेसी नेताले झालाई केन्द्रिय सदस्य भन्दा बढी हैसियत नदिन नेतृत्वलाई सुझाव दिएका हुन् । सोही कारण गत चैत ९ गते पार्टी प्रवेश गराउने तयारी बिबादका कारण रोकिन पुगेको थियो ।
‘संविधानसभामा तेस्रो हैसियत पाएको एमाले पार्टीको  पोलिटब्युरो सदस्यले ठुलो पार्टीमा पाउने भनेको केन्द्रिय सदस्य मात्रै हो, नेतृत्वलाई यही सुझाव दिएका छौ’ उनले भने, ‘सचिव÷स्थायी समिति दुवै हामी मान्दैनौ, न त मधेस ब्युरो इन्चार्ज नै स्विकार्य छ ।’ उनका अनुसार एमालेका पोलिटब्युुरो सदस्य भएकाले सोही पदमा समायोजन गरेमा भने विचार गर्ने पक्षमा मधेसी नेता छन् ।

सकेसम्म सचिव नभए स्थायी समितिसहित मधेस ब्युरो इन्चार्जको जिम्मेवारी दिएर पार्टी प्रवेश गराउने तयारी भए पछि एमाओवादीका युद्धकालिनहरु झाको विपक्षमा उभिन पुगेका छन् । ‘युद्धकालिन’ भन्दा माथिल्लो तहमा ‘गैर–युद्धकालिन’लाई जिम्मेवारी दिए पार्टीका सम्पुर्ण जिम्मेवारीवाट अलग हुने मधेसी नेताको चेतावनी छ ।
अध्यक्ष शर्माले भने झालाई पार्टीले ठुलै जिम्मेवारी दिएर प्रवेश गराउने बताए । ‘झालाई सम्मानजनक पद दिएर पार्टी प्रवेश गराइन्छ, अहिले उहाँ पार्टीको सम्पर्कमा नै हुनुहुन्छ’ शर्माले भने, ‘बिरोध हुनु स्वभाविक हो तर एमालेका ‘थिंक ट्यांक’ झाजीलाई एमाओवादीमा ल्याएर मात्र जित्न सकिन्छ भन्ने हाम्रो कुरा हो ।’ उनका अनुसार झालाई एमाओवादीमा ल्याएर मात्र माओवादी मधेसमा बलियो हुनेछ् । सो कुरा पार्टी भित्रका नेताले वुझ्नु पर्ने उनको भनाई छ ।

No comments:

Post a Comment