प्रकाश उज्यालो
एमालेमा राजिनामा दिएका पोलिटब्युरो सदस्य रामचन्द्र झालाई एकीकृत माओवादीमा महत्वुर्ण जिम्मेवारी दिने कुरा आए पछि त्यहाँ असन्तुष्टी देखिन थालेको छ । जसका कारण एमाओवादी मधेसी नेताहरु अहिले नेतृत्वलाई घुक्र्याउने मात्रै होइन, झालाई सचिव÷स्थायी समिति दुई पद मध्ये कुनै एक पद दिएमा पार्टी नै छोडने तयारीमा छन् । जसको नेतृत्व गरिराखेका छन– केन्द्रिय सदस्य तथा भोजपुरा राज्य समिति इन्चार्ज प्रभु साहले । अहिले सर्वत्र चर्चा÷परिचर्चा हुन थालेको छ कि साहले नयाँ पार्टी खोल्छन कि खोल्दैनन् । त्यसमा जान्नु भन्दा अघि नयाँ पार्टी गठन र तयारीको पृष्ठभुमीका बारेमा अलिकति वुझौं ।
एमाओवादी भित्र मधेस मुद्धा जहिल्यै अघि रहदै आएको छ । सत्य यो हो कि मधेसमा अझैसम्म माओवादी नेता स्थापित हुन सकेका छैनन् । कुनै समय माओवादीमा रहेका प्रभावशाली नेता तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चाका जयकृष्ण गोइत यतिखेर जनतान्त्रिक तराई मधेसी मुक्ति मोर्चा गठन गरेर भुमिगत छन् । त्यसपछि मोर्चाका अध्यक्ष रहेका मातृका यादवले पनि एमाओवादी परित्याग गरी नेकपा माओवादी बनाएर बसेका छन् । त्यसपछिकी अध्यक्ष रामकुमारी यादवको देहवसान भइसकेको छ भने उनका सन्तानहरु सवै जसो वैद्य माओवादी तिर लागेका छन् । यादव पछि मोर्चाका अध्यक्ष सम्हालेका कृष्णदेव सिंह पनि वैद्य तिर नै छन् । माओवादीमा रहेका प्रभावशाली नेताहरु धमाधम एमाओवादी मधेस विरोधी भएको भन्दै तितिरबितिर भए पछि वाँकी रहेका नेतृत्व पंक्तिका प्रभु साह मात्रै वाँकी छन् ।
मोर्चाका संस्थापक महासचिव तथा युद्धकालमा बाबुराम भट्टराई नेतृत्वको क्रान्तिकारी जनपरिषदको ‘सभामुख’ भइसकेका प्रभु साहलाई स्थान नदिई अध्यक्ष प्रचण्डले तमलोपावाट रामकुमार शर्मालाई ल्याएर अध्यक्ष बनाइदिए । ज्यान जोखिम राखेर तथा घर÷परिवार केही नभनी युद्धकालमा पार्टीमा आफु सहभागी हुने तर ठुला ठुला पदमा भने भने पछि आएका शर्मा जस्ताले ठाउँ पाउन थाले पछि प्रभु साहले मात्रै होइन, महेन्द्र पासवानले पनि त्यही बेला आपत्ति जनाए । तर, पनि प्रचण्डका सामु उनीहरुको केही लागेन । त्यसैले, पासवान वैद्य तिर लागे ।
उता, संविधानसभा निर्वाचनमा पासवानले जमानत जफत गराएका विश्वनाथ साह मिथिला राज्य समिति इन्चार्जको जिम्मेवारी पाएर पासवानको नेता भएर एमाओवादीमा आएदिए तर बिजयी पासवान भने भुमिका बिहिन । ‘हार्ने नेता जित्ने कारिन्दा’को टसलले गर्दा एकचोटी पनि मिथिलाको पुर्ण वैठक नबसी कार्यकाल नै सकियो ।
गोइत, मातृका, पासवान, कृष्णदेव हिडे पनि प्रभु साह भने एमाओवादीमा रहे । त्यसो युद्धकालमा माओवादीका सहयोगी उपेन्द्र यादव पनि मधेसी जनअधिकार फोरम, नेपाल गठन गरेर चुनावमा होमिए । माओवादीले मधेसलाई स्विकार गर्न नसकेको उनको आरोप यथावतै छ ।
खासमा प्रभु साह भट्टराई निकट नेता हुन् । भट्टराईलाई पार्टी भित्र सांगठानिक रुपमा बलियो बनाउनका लागि जति योगदान उनको देखिन्छ, त्यति योगदान सायद अरुको छैन होला । त्यसैले पालुङटार प्लेनममा सिंगो मधेस भट्टराईको पक्षमा उभिन पुग्यो । भट्टराईलाई हरेक ठाउँमा काँध थाप्ने काम प्रभुले नै गरिदिए तर पनि पार्टी भित्र कुनै ठुलो स्थान पाएनन् ।
सातौं विस्तारित वैठक पछि भोजपुरा राज्य समितिका इन्चार्जको जिम्मेवारी त दिइयो तर एमाओवादीमा पछि आएकी अञ्जना विशंखेलगायतले सद्यै तनाबमा राखि नै राखे । कारण, प्रभुको अरुलाई नगन्ने प्रवृति पनि समस्याको रुपमा रहन गयो । त्यसमाथी, विश्व युवा हिन्दु संघका अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु मुछिए र मन्त्रीवाटै राजिनामा दिन बाध्य भए ।
पार्टी भित्रै सद्यै दबिनु पर्ने तथा आफन मागलाई सम्वोधन गर्न पार्टीले हिच्किचाउन थाले पछि साहले मधेस कम्युनिष्ट पार्टी खोल्ने तयारी स्वरुप सबै संविधानसभामा रहेका सवै कम्युनिष्ट पार्टीका सभासदको गोप्य बैठक डाके । संविधानसभा विघटन हुनु अघि सायद ०६८ फागुन तिर हुनुपर्छ, न्यायप्रणाली समितिको हलमा सो वैठक बस्यो । त्यो बेलासम्म संविधानसभा अन्तर्गतको सो विषयगत समितिका सभापति उनी नै थिए । जसमा एमालेका गोपाल ठाकुर (अहिले अशोक राईको पार्टीमा), नेकपा माले समाजवादीका यदुवंश झा, नेकपा संयुक्तकी रामशिला ठाकुर र अधिकांस माओवादीका शिर्ष मधेसी सभासद सहभागी सो वैठकले एउटा अवधारणा नै बनायो । हिन्दीमा ड्राफ्ट भएको सो अवधारणामा नयाँ मधेस कम्युनिष्ट पार्टी निमार्णको पुर्वधारको रुपमा त्यसलाई सोही बैठकमा प्रस्तुत गरियो, सवैजसो त्यो प्रस्तावमा एकमत नै देखियो । मधेसमा बुर्जुवा लोकतन्त्रवादी दल रहेको तर स्थापित कुनै पनि कम्युनिष्ट पार्टी नभएको सन्दर्भमा सो योजना अघि सरेको थियो । तराईमा छुट्टै कम्युनिष्ट पार्टी बनाएर जान सके प्रभावशाली हुने तर्क खासमा साह र ठाकुरको देखिन्थ्यो । त्यसको तयारीका लागि सवै पार्टीवाट एक–एक जना सदस्य रहने गरी कार्यदल पनि बनाइयो । सोही अवधारणा हातमा परे पछि राजधानी दैनिकमा रहदै मैले त्यो समाचार लेखेको थिएँ । जुन प्रथम पृष्ठमा छापिएको थियो ।
नेत्रविक्रम चन्दका अवधारणमा अनुसार जनस्वयंसेवक ब्युरो गठन गर्ने भन्दै किर्तिपुरमा आयोजना गरिएको तयारी भेलामा सो बारे प्रश्न उठयो । अध्यक्ष प्रचण्डलाई नै सहभागीले प्रश्न सोधे पछि त्यसको पुर्र्ण जानकारी नभएको र राजधानीमा पढेको मात्र जवाफ दिए । ‘प्रभुजीलाई सोधेर म जवाफ दिन्छु’ भन्दै उनले त्यसलाई त्यही बिट मारिदिए । पछि प्रभुलाई निवासमा बोलाएर उनले सो प्रयासलाई थामथुम पार्ने कोशिश गरे ।
यद्धपी, नयाँ पार्टी गठनको सो प्रयासमा भने साह नै लागिरहेको अशोक जयसवालले भृकृटीमण्डप विस्तारित वैठकमा कुरा उठाई दिए । जयसवाल खासमा प्रभुको मानिस थिए । जयसवाललाई रौतहट–२ वाट टिकट दिने काम उनै साहले गरे र रौतहट जिल्ला इन्चार्ज पनि बनाई दिए । जब जयसवालले आफनो नाता पर्नेसँग दोस्रो बिबाह गरी पहिलो श्रीमतिलाई बेजोग बनाइदिए त्यसपछि पार्टीले उनलाई कारवाही ग¥यो र पार्टीका सवै पदवाट निलम्बन नै गरिदियो । पछि, सेक्रटरी अन्जना विशंखेले त्यो निर्णयलाई उल्टाइ दिइन् र जयसवाललाई थमौति गरेको सार्वजनिक गरिन् । त्यसपछि सुरु भएको थियो जयसवाल र साहको झगडा, जुन अहिलेसम्म जारी नै छ ।
जयसवाललाई कारवाही गरे पछि साहले एमाले नेता माधव नेपाललाई चुनाव हराउने देवेन्द्र पट्टेललाई रौतहट इन्चार्ज बनाए । त्यसपछि एउटै जिल्लामा जयसवाल र पट्टेल जिल्ला इन्चार्जका रुपमा लामो समयसम्म रौतहटमा रहे नै रहे । त्यही रिसले हुनुपर्छ, जयसवालले प्रभु साहको नयाँ पार्टीको योजनाका बारेमा भृकुटीमण्डपमा भए भरका सवै कुरा बेलिविस्तार सुनाए । ‘प्रभु साह मधेस कम्युनिष्ट पार्टी बनाउने भनेर तराई–मधेसका २२ जिल्लासम्म पुगेको छ, यो ओपन सेक्रेट छ’ जयसवालले त्यो बेला हजारौ कार्यकर्ताका सामु भनिदिए, ‘माओवादीमा रहेर नयाँ पार्टी खोल्ने प्रभु साहलाई कारवाही गर्नुपर्छ ।’ यो त्यही दिनको कुरा हो, जुन दिन प्रचण्डमाथी आफनै कार्यकर्तावाट कुर्सी प्रहार भएको थियो । त्यस पछि साह भोजपुराको इन्चार्ज भए, त्यो कुरा त्यही थामुथुम भयो ।
अहिले पार्टी भित्रका ‘युद्धकालिन’लाई माइनस गरेर ‘गैर युद्धकालिन’ तथा भारत र नेपाली दुवै तिर नागरिकता लिएका भन्दै सर्वोच्चको मुद्धा ब्योहोरी रहेका झालाई सचिव दिने कुरा आए पछि प्रभु साहहरु निकै आक्रोशित हुन पुगेका छन् । ‘युद्धकालिन’ माओवादी नेताको नेतृत्व गरेका साहले झालाई सचिव वा स्थायी समिति सदस्यको जिम्मेवारी दिए मात्रै पनि नयाँ पार्टी गठन गर्ने पक्का पक्की छ, उनी निकटहरु यसै भन्छन् । तर, साह भने अझै यसलाई स्विकार्दैनन र आफुसँग त्यस्तो कुनै योजना नभएको मात्रै बताउँछन । यद्धपी, उनी अहिले मिडियाको सम्पर्क बाहिर छन् ।
साह निकट एक मधेसी नेताले भने झालाई सचिव र स्थायी समिति सदस्य दिए पार्टी परित्यागको घोषणा हुनसक्ने सम्भवाना उत्तिकै छ । तर, त्यसलाई रोक्ने प्रभु साहहरुको सर्त छ– माओवादीमा मधेसीको उचित सम्मान हुनुप¥यो र झालाई बढीमा पोलिटब्युरोसम्म मात्रको जिम्मेवारी दिनुपर्छ । पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा मात्रै होइन, विभाग र ब्युरोमा पनि उत्तिकै स्थान मधेसीलाई दिनुप¥यो । अब के हुन्छ ? त्यो चाँही हेर्न बाँकी छ ।

No comments:
Post a Comment