अप्रेशन
ध्रुवे’लाई टुङ्ग्याउँदै ध्रुवे मारिएको खुलासा
चितवन, बारा र पर्सामा लामो समयदेखि उदण्डता प्रर्दशन गर्दै आएको जंगली हात्ती ‘ध्रुवे’को हत्या भएको समाचार नेपाल सन्देशलाई प्राप्त भएको छ । माडीमा मारिएका वोटे दम्पतिको शव सडकमा राखेर ध्रु्वे मार्नुपर्ने माग राख्दै प्रर्दशनमा उत्रिएकाहरुलाई थामथुम पार्न ध्रुवे माथि वारेन्ट जारी गरिएपनि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा हात्ती जस्तो दुर्लभ जंगली जनावरको हत्या गर्न नहुने भन्दै विरोध भएपछि निकुञ्ज प्रशासन पछि हटेको थियो ।
त्यसको दुई महिना नपुग्दै ध्रुवेले पुन माडीको एकघरमा रातको समयमा घरमा आक्रमण गरेपछि त्यसको तीनदिन पछि माडीको वसन्तपुर नजिकको खोला तटमा ‘अप्रेशन ध्रुवे ’ लाई टुङ्ग्याउँदै ध्रुवेलाई मारिएको थियो–कसरास्थित चितवन राष्ट्रिय निकुञ्जका एक कर्मचारीले नेपाल सन्देशसँग भने । मन्त्रालयदेखि निकुञ्ज प्रशासनसम्म सबैलाई ध्रुवे मारिएको जानकारी छ, तर कोही पनि औपचारिकरुपमा यसबारे बोल्न चाहदैनन्–उनले भने ।
अप्रेशन ध्रुवेमा खटिएको सेनाको टोलीले ध्रुवेलाई सिध्याइसकेको भन्दै कसरास्थित नेपाली सेनाका एक अधिकृतले नेपाल सन्देशले प्राप्त गरेको ध्रुवे हात्तीको हत्या सम्बन्धि सूचनाको पुष्टि गरेका छन् । नाम नवताउने सर्तमा टेलिफोनमा उनले भने–तपाईहरुले पाएको सूचना सही हो । वन्य जन्तु हत्या गरेको भन्दै विरोध आउन सक्ने भएकाले घटनालाई गुपचुप राखिएको छ । यो बिषयमा औपचारिक रुपमा कसैसँग नबोल्नु भन्ने निर्देशन छ ।’
गुपचुपमै ध्रुवे मारिएकाले पछिल्लो समय ध्रुवे समाचारमा आउन छाडेको भएपनि ध्रुवे हत्याको सार्वजनिक पुष्टि गर्न वन मन्त्रालयका कुनै पनि कर्मचारी यो बिषयमा बोल्नै चाहदैनन् । कोही थाहा छैन भन्ने त कोही ए हो र हामीले पनि त्यस्तै सुनेको हो भनेर पन्छिने गरेका छन् ।
ध्रुवे सम्वन्धि विवरण विस्तारमा
राष्ट्रिय सहमतीय सरकार निर्माणको बहसलाई ओझेल पार्ने गरी पुस १ देखि चितवन राष्ट्रिय निकुञ्जको एउटा हात्तीको चर्चामा मुलुकभरका सञ्चारमाध्यम केन्द्रित भए । ध्रुवे नाम गरेको हात्तीले चितवन, माडीको गर्दी ९ का बोटे दम्पत्तीको घरमा आक्रमण गरी घरका दम्पतीको हत्या गरेपछि सबैलाई रोमाञ्चित बनाउँदै ध्रुवे रातारात ‘सेलिब्रेटी’ बनेको थियो । ध्रुवे नामको जंगली हात्ती को आक्रमणबाट ६५ वर्षीय बोटे र उनकी श्रीमती ६० वर्षीया जरिया बोटेको ज्यान गएको थियो । स्थानीयले मान्छे मार्ने हात्ती मार्नु पर्ने, मृतक परिवारलाई प्रति परिवार १०र१० लाख रुपैंयाँ दिनु पर्ने, निकुञ्जबाट माडी जाने बाटो फराकिलो पार्नु पर्ने लगायत माग राखी स्थानीय प्रर्दशनमा उत्रिएका थिए ।
दम्पतीको हत्यासँगै ध्रुवेले विगत चार वर्ष भित्रमा मारेका मानिसको संख्या १४ पुगेपछि स्थानीयवासीको धैर्य र आक्रोशले सीमा नाघ्यो । ध्रुवेलाई मार्नुपर्ने मागसहित स्थानीयवासी आन्दोलित भएपछि ध्रुवे मार्न निर्देशन दिन स्थानीय प्रशासन बाध्य भयो । त्यसपछि ध्रुवे एकाएक चर्चाको शिखरमा पुग्यो । ध्रुवेको पक्ष र विपक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मत विभाजित हुन पुग्यो । ध्रुवेलाई मार्नुहुँदैन भन्ने आममानिसको आवाज फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालका स्टाटसमार्फत अभिव्यक्त हुन थाले । तर, ध्रुवे आक्रमणको सिकार बनेका माडीबासीले भने दबाब समूह निर्माण गरेर ध्रुवे हत्याका पक्षमा सडक तताउने काम गरे ।
सञ्चारमाध्यमले ध्रुवेसम्बन्धी समाचार, फिचर आदि प्रकाशनर प्रसारण गरेपछि ध्रुवेप्रतिको चासो मत्थर हुनुपर्नेमा ध्रुवे उल्टै ‘मिथक’ बन्न पुग्यो अजंग शरीरको हात्ती, त्यसमाथि जंगली छिनभरमै प्रकट हुने, अनि बिलाइहाल्ने राति बस्तीमा पसेर उत्पात मच्चाउने र बिहान नहुँदै गायब हुने चितवन राष्ट्रिय निकुञ्जको बाक्लो एवं घना जंगलभित्र सुइँकुच्चा ठोक्ने र क्षणभरमै गायब हुने ध्रुवे एउटा रहस्य बन्न पुग्यो ।
चिसो मौसम भएकाले नजिकैको वस्तु पनि राम्रोसँग देख्न नसकिनेगरी बाक्लो हुस्सु लागेको थियो । हुस्सुको ‘कभर’मा छिनमै प्रकट हुने र क्षणभरमै बेपत्ता हुने गरेर ध्रुवेले जगलाई ‘बेवकुफ’ बनाइरहँदा पुस १ बाट निकुञ्ज प्रशासन र सेना ध्रुवे ढाल्न तम्सियो । ध्रुवे मार्न ४० नेपाली सैनिक, १५ निकुञ्ज कर्मचारी, प्राविधिक र हात्ती सारे गरी ७० जना तैनाथ गरिएको थियो ।
महिनौ बितिसक्दा पनि ध्रुवे फेला नपरेको बताउने गरिएको थियो । १५ पुसबाट रेडियो कलर रिसिभरको सम्पर्कमै नआउनेगरी ध्रुवे बेपत्ता भएपछि आजित भएको बताउने गरिएको थियो । ध्रुवेले बस्तीमा पसेर ताण्डव मच्चाएको त्यो पहिलो घटना भने थिएन । करिब चार वर्षदेखि ध्रुवेले निकुञ्जआसपासका बस्तीमा दुस्ख दिँदै आएको थियो ।
ध्रुवे आतंक मच्चिनुका कारण यौन र मनोविज्ञानसम्मत छन् । प्रजननका बेला ऊ ढोईसँग लहसिन्थ्यो, जुन सामान्य हो । हात्ती सामान्यतया १३ देखि १५ वर्षमा वयस्क हुन्छ । वयस्क भएपछि यौन तृष्णा तीव्र भएको संकेत उसको कान पछाडिको भागबाट बग्ने तरल पदार्थले दिन्छ । यस्तो बेला यौनसम्पर्क गर्न नपाए हात्ती बहुलासरह हुन्छ र रिसको झोंकमा सामु जे पर्यो , त्यसलाई आक्रमण गर्ने र उत्पात मच्चाउने काम गर्छ । विविध कारणले यौनतृप्तिबाट ध्रुवेलाई निषेध गरिएपछि रिसको झोकमा उसले मच्चाएको आतंकलाई कारण देखाई हात्ती मार्नुपर्छ भन्ने गलत जिकिर गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता कमलजंग कुँवर बताउँछन् । ‘हात्ती वा अन्य जनावरले मच्चाउने मानवीय क्षतिलाई कारण देखाएर जनावर मार्ने नजिर बसाल्नुहुँदैन,’ उनले भने, ‘यसो हुनुमा जनावरको वासस्थान जंगल मासेर बस्ती बसाउने मानिसको अझ बढी दोष छ ।
जंगल मानिसको नभई जनावरको वासस्थान हो भन्ने सबैले बुझ्नुपर्छ ।’ पोस्टमा खटिएका ध्रुवे नामका सैनिकलाई आक्रमण गरी मारेपछि उसको नाम ध्रुवे बनेको हो । ध्रुवेको रिसको पारो कम हुने छनक नदेखिएपछि र आक्रमणको शृखलालाई बढाउँदै लगेपछि गत मंसिरमा डार्ट (बेहोस हुने सुई लगाएर) गरेर ध्रुवेको घाँटीमा रेडियो कलर (जिपिएस) जोडिएको थियो । त्यसैबेला उसको एउटा दाह्रा काटिएको थियो ।
ध्रुवेले पछिल्लोपटक चितवनको माडीमा मानवीय क्षति गराएपछि स्थानीयवासीको आक्रोश तारो बन्ने डरले स्थानीय प्रशासनले तत्कालै संरक्षित जन्तुको सूचीमा सूचीकृत हात्ती मार्न निर्देशन दिएपछि स्थानीयको आन्दोलन सेलायो । तर, संरक्षणकर्मी र पशुअधिकारकर्मी यसको विरोधमा उत्रिए ।
यसबाहेक फेसबुक, ट्विटर तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पत्रपत्रिकाका ‘पाठक प्रतिक्रिया’ खण्डमा ध्रुवेलाई मार्न नहुने भनाइ बढ्न थाल्यो । पहिले पहिचान वन्यजन्तुविद् डा. मुकेशकुमार चालिसेका अनुसार स्थानीयको आक्रोश शान्त पार्ने बहानामा सोचविचार नगरी ध्रुवे मार्न खोज्नु ठीक थिएन । ‘सबै जंगली हात्ती उस्तै देखिन्छन् । यस्तोमा अरू हात्तीले बस्तीमा आक्रमण गरेको दोष पनि ध्रुवेलाई जाने भएकाले कुन हात्तीले क्षति पुर्याएको हो भन्ने कुराको असली पहिचान हुनुपर्थो ,’ उनले भने । राति हात्तीले आक्रमण गर्ने भएकाले सबै दोष ध्रुवेमाथि थोपरिएको हुनसक्ने आशंका गर्दै उनले भने, ‘पहिले हात्ती पहिचान गर्नुपथ्र्यो र समाधानको विकल्पबारे सोच्नुपर्थ्र्यो ।’ उनका अनुसार कसैले जिस्क्याएमा र चलाएमा मात्रै हात्तीले मानिसलाई आक्रमण गर्छ ।
हात्ती रिसाएको थाहा पाए उसको छेउछाउ नजाँदै बेस जानकार अनुसार जोडीसँग संसर्ग गर्न नपाएको खण्डमा ध्रुवेकै शैलीमा सबै हात्तीले रूख भाँच्ने, ठुल्ठूलो आवाजले कराउने, अन्य हात्तीलाई आक्रमण गर्नेलगायत उपद्रो गर्छन् । यस्तो बेला उसले नजिकको बस्ती पुगेर आतंक मच्चाउन पनि बेर लगाउँदैन ।
source: nepalsandesh.com

No comments:
Post a Comment