Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, February 27, 2013

बैद्य माओवादीको गोप्य छानबिन समितिले के गर्दैछ ?

प्रकाश तिमल्सिना
काठमाडौं, फागुन १६
मोहन बैद्य नेतृत्व नेकपा–माओवादीको मधेस ब्युरोमा देखिएको बिबादका बारे छानबिन गर्न गठित इश्वरी दाहाल नेतृत्वको समितिले अनुसन्धान प्रक्रिया जारी राखेको छ ।
दाहालको नेतृत्वमा गठित सो तीन सदस्सीय छानबीन समितिले मिथिला र भोजपुरा राज्य समिति अन्तर्गत पर्ने जिल्ला तहमा नै पुगेर सोधपुछ÷छानबिन गरी काठमार्डौं फर्केको छ । समितिमा हस्तवहादुर केसी र एकराज भण्डारी सदस्य छन् ।
‘मिथिला र भोजपुरामा देखिएको पार्टी आन्तरिक बिबादको बारेमा गठन गरेको मेरो नेतृत्वको समितिले भुगोलमा गएर छानबिन तथा सोधपुछ गरी भर्खरै फर्केको छ’ दाहालले नागरिकसँग भने, ‘केहीसँग अझै सोधपुछ गर्नुपर्ने भएकाले प्रतिवेदन वुझाउन भने केही दिन अझै लाग्ने भएको छ ।’ पुस २७ मा सम्पन्न पार्टी महाधिवेसनका लागि हुने अधिवेसन र प्रतिनिधि चयनका विषयमा मिथिला र भोजपुरामा तिब्र बिबाद देखिए पछि दाहालको नेतृत्वमा पार्टी केन्द्रले छानबिन समिति बनाएको हो ।

‘मिथिलामा खास गरी धनुषा जिल्ला समिति र महोत्तरीको शिक्षक संगठनको नेतृत्वको विषयलाई लिएर बिबाद देखा परेको हो’ मधेस ब्युरोका सह–इन्चार्ज महेन्द्र पासवानले नागरिकसँग भने, ‘असारे काका ( दाहाल) नेतृत्वको छानबिन समितिले सोधपुछ र छलफल गरेर जानुभयो, त्यसले दिएको रिर्पोट अनुसार पार्टीले आवाश्यक निर्णय लिनेछ ।’ उनका अनुसार धनुषा जिल्लाका इन्चार्ज महादेव यादवलाई हटाएर देवेन्द्र यादवलाई जिम्मेवारी दिए पछि धनुषामा र शिक्षक संगठनमा इन्चार्ज तेजु अधिकारी र महादेव यादवको समानान्तर समिति निमार्ण गरे पछि महोत्तरीमा बिबाद देखा परेको हो ।
धनुषा र महोत्तरीमा देखिएको बिबादले मिथिला राज्य समिति र धनुषा जिल्लामा अझै पनि अधिवेसन नै हुन सकेको अवस्था छैन् । ‘यी दुई जिल्लामा देखा परेको बिबादले राज्यको अधिवेसन उदघाटन भएर पनि बन्द सत्र भने सुरु नै नगरी स्थगित गरेका थियौं’ पासवानले नागरिकसँग भने, ‘जसका कारण महाधिवेसनमा पनि दुवै पक्षका छुट्टा–छुट्टै प्रतिनिधित्व गराउने काम गर्न हामी बिबश भयौं ।’ मधेस ब्युरो÷ राज्य समिति र जिल्ला समिति विच बिबाद हल हुन नसके पछि महाधिवेसन बन्द सत्रको दोस्रो दिन सम्म पनि प्रतिनिधि प्रवेश गर्न पाएका थिएनन् ।म
मिथिलामा झै मधेस ब्युरो इन्चार्ज हरिभक्त कडेँल र भोजपुरा राज्य समिति इन्चार्ज राम आचार्य एकातिर तथा सो राज्य अन्तर्गतका रौतहट, बारा र पर्सा जिल्ला कमिटि अर्को तिर रहदै आएका छन् ।
पार्टी विभाजन लगत्तै सुरु भएको भोजपुराको समस्या लामो समय सम्म पनि हल हुन नसकेको पछि दाहाल नेतृत्वको समितिले गत हप्ता तीनै जिल्लाको स्थलगत भ्रमण गरी छानबिन गरेको छ । महाधिवेसन अघि पार्टीका अन्य सवै राज्य समितिका अधिवेसन सम्पन्न भए पनि भोजपुरा राज्य र सो अन्तगर्तको रौतहट जिल्ला अधिवेसन भने अझै पनि हुन सकेको छैन् ।
त्यही बिबादका विच नै राज्य र जिल्ला कमिटिीहरुले महाधिवेसनका लागि छुट्टा–छट्टै प्रतिनिधि चयन गरे पछि माओवादी नेतृत्व थप समस्या परेको थियो । कसैगरी पनि बिबाद हल हुन नसके पछि माओवादीले दुवै पक्षवाट चुनिएका प्रतिनिधिलाई बन्द सत्रको तेस्रो दिनमा मात्र प्रवेश गराएको थियो । जसका कारण अन्य राज्यवाट एक प्रतिनिधिले धारणा राखे पनि भोजपुरावाट भने राज्य समितिको तर्फवाट सुर्यनाथ यादव र जिल्ला कमिटिवाट धिरज पट्टेलले वेग्ला वेग्लै धारणा राखे । जसका कारण माओवादी केन्द्रिय कार्यालयले दुवै राज्यको समस्या हल गर्न छानबिन समिति बनाएको हो ।
मधेस ब्युरो इन्चार्ज कडेँलले छानबिन समितिले आफनो कार्य जारी राखेकाले सोही प्रतिवेदन र केन्द्रको निर्देशनको प्रतिक्षा गरिरहेको बताए । ‘महाधिवेसनको संघारमा देखा परेको मिथिला र भोजपुराको बिबादका बारेमा छानबिन समितिले आफ्नो काम गरिरहेको छ, त्यसैको प्रतिक्षामा हामी छौं’ कडेँलले नागरिकसँग भने, ‘समितिले दिएको रिर्पोट पछि केन्द्रले लिने निर्णय पछि मधेसमा पार्टीको काम उच्च गतिमा जान्छ ।’ दाहाल नेतृत्वको सो छानबिन समितिले बनाएको प्रतिवेदन ब्युरोलाई स्विकार्य भएको कडेँलको भनाई छ ।

No comments:

Post a Comment