Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, February 1, 2013

भट्टराई सरकारका मन्त्री कस्ता छन र तीनीहरुको सम्पत्ति कत्ति छ त ?

प्रकाश तिमल्सिना
इतिहास मै सवैभन्दा धेरै संख्याका मन्त्री मण्डल (४९) बनाएर चर्चित भएका प्रधानमन्त्री बाबुराम भट्टराईसँग अहिले १६ जना मात्रै मन्त्री छन् । तर बाँकी १० मन्त्रालय खाली नै छन । जेठ १४ पछि खाली स्थानमा कसैलाई नियुक्त गर्न सकेका छैनन् । ती सवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री भट्टराईले जेठ १४ देखी नै सम्हाल्दै आएका छन । भन्नेहरु के पनि भन्छन भने, मन्त्री नभएका मन्त्रालयको छायाँ मन्त्रीको रुपमा प्रधानमन्त्री पत्नि हिसिला यमीले जिम्मेवारी लिन्छिन् । र, हस्तक्षेप पनि बढाई रहन्छिन् । भट्टराई सरकारका १६ मन्त्री कस्ता कस्ता छन ? उनीहरुको सम्पत्ति कत्ति छ त ?

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र÷स्थानिय विकास मन्त्रालय हेर्छन । राष्ट्रियताका बिषयमा प्रधानमन्त्रीसँग निकै टक्कर परिरहने श्रेष्ठले ‘राजिनामा हातमा राखेर मन्त्रालय सम्हालिराखेको छु’ भन्छन । राजिनामा हातमा राखेर मन्त्रालय चलाउनु जति आनन्द अरुमा छैनन, उनी सार्वजनिक रुपमा नै यी कुरा भन्छन् । ‘जुवा खेले’ भन्दै भट्टराईले भारतसँग गरेको बिप्पा, जलस्रोत संवन्धी सम्झौता र भारतीय कम्पनीलाई विमानस्थलको ब्यवस्थापनको जिम्मेवारी दिने निर्णयको निरन्तर विरोधमा छन् । तर, उनको केही पनि लागेको चाँही देखिदैन् । नेपालको राजनीतिमा जीवनभर भुमिगत भएका श्रेष्ठ संविधानसभामा मन्त्रीपरिषदमार्फत सदस्य भएर सार्वजनिक भएपछि यो वा त्यो बहानामा निकै चर्चा र परिचर्चामा आई रहन्छन् । पछिल्लो समयमा राष्ट्रियता प्रतिको उनले राखेको अडानले बामपन्थी वीच एउटा सकारात्मक छाप छोडि भने रहेका छन् ।
३१ वर्ष कांग्रेसको राजनीतिमा लागेका विजय गच्छदारलाई पंञ्चायतकाल मै अखिलका नेता फणिन्द्र तिमल्सिनालाई हत्या गरेको अभियोग थियो । गिरिजाप्रसाद कोइरालाको कार्यकाल देखी हालीमुहाली गर्दै आएका गच्छदार उपेन्द्र यादव नेतृत्वको फोरमवाट संविधानसभामा निर्वाचित भए । एक वर्ष पछि पार्टी विभाजन गरेर फोरम लोकतान्त्रिक गठन (२०६५) गरी अध्यक्ष पनि भए । लगत्तै, माधव नेपाल सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारी पाए । ०६८ भदौं देखी भट्टराई सरकारमा उनी सामेल छन् । बहुदलीय ब्यवस्था पछि सवैभन्दा सरकारी पदमा बस्ने मध्ये उनको नाम पनि अग्रस्थानमा आउँछ । भ्रष्टचारी भनेर उनलाई धेरैले आरोप लगाउँछन तर प्रमाण पु¥याउन भने सक्दैनन । उनको यो चलाखीवाट विरोधीहरु भने निकै हैरानमा परेका छन् ।
हृदयेश त्रिपाठी भट्टराई मन्त्रीपरिषदका सवैभन्दा धनी मन्त्रीमा पर्छन । गजेन्द्र नारायण सिंह नेतृत्वको सदभावनामा १८–२० वर्षसम्म रहेका त्रिपाठी लोकतन्त्रको स्थापना पछि महन्थ ठाकुर नेतृत्वको तमलोपा पार्टीमा प्रवेश गरे । बहुदल कालमा धेरै पटक सार्वजनिक लेखा समितिका सभापति भएका मन्त्री अहिले सरकारी गाडी प्रयोग गर्दैनन् । तर, आफ्नो विग्रिएको गाडीलाई सरकारी खर्चमा (करिब १२ लाख) बनाएर चढिरहेको चाँही धेरैलाई उनले थाहा दिएका छैनन् । अन्डरवल्र्डसँग नाम जोडिएका त्रिपाठीले आफ्नो कार्यकालमा भने काठमाडौंका सडक भने निकै फराकिला बनाइदिएका छन् ।
पोष्टवहादुर वोगटी माओवादी पार्टीका जिम्मेवार नेता अर्थात सचिव हुन् । संगठनको हिसावले उनी प्रचण्ड निकट देखिन्छन् । उनी प्रचण्डका पुर्व सम्धी पनि हुन् । पछिल्लो समय भट्टराईको पक्षमा उभिए पनि सार्वजनिक हुन नचाहने मन्त्री वोगटी ‘डिजेल प्लान्ट’ कमीसनमा मुछिएको भनेर वेला बेलामा चर्चामा आइरहेका हुन्छन् । तर, माओवादी भित्र भने उनी इमान्दार छबि भएको नेता मध्येमा अझै पनि गनिन्छन् ।
शान्ति मन्त्री टोपवहादुर रायमाझी माओवादी भित्र भट्टराई लाइनका एक स्पष्ट नेताका रुपमा चिनिन्छन् । युवा नेतामा उनको नाम अग्रस्थानमा आउँथ्यो, त्यो सम्भावना पनि उनमा थियो पनि तर पछिल्लो भने उनी बिबादमा मुछिदै छन् । मन्त्री र मन्त्री पत्नि विच पुल्चोक निवासमा भएको झगडाले अन्ततः उनको घर विग्रिएको अवस्था छ । आफनो पक्षमा भए पनि बाबुरामले ‘यो पटक वस्नु र नयाँलाई अबसर दिनुपर्छ’ भन्दै मन्त्री नभई नयाँलाई अबसर दिन भनेका थिए तर पछि प्रचण्डले बोलाएर उनलाई मन्त्री नै बनाई दिए, भट्टराई भने हे¥या हे¥यै । शान्ति मन्त्री भए पनि श्रीमतिका कारण उनका घरमा भने निकै अशान्ति मच्चिएको छ ।
राजेन्द्र महत्तोले गजेन्द्रनारायणको पार्टी सदभावना छोडेका छैनन् । आफुलाई मधेसका मसिहा सम्झने महत्तो बेला बेलामा गच्छदार र महन्थ ठाकुरलाई सार्वजनिक रुपमा गाली गलौज गरेर तराई– मधेसमा चर्चा बटुल्छन् । मन्त्री मन्त्री भइरहनु पर्ने उनको कमजोरी हो । लोकतन्त्र स्थापना पछिका प्राय सरकारमा उनी मन्त्री नै छन् तर पनि भन्छन– मधेसलाई राज्यले हेप्यो । सिनामंगल र बानेश्वरको घरमा अख्तियार प्रवेश गरेको छ तर पनि उनले मन्त्री पद भने छोडेका छैनन् । सरकारका मन्त्री भए पनि नारायणकाजी जस्तै प्रतिपक्षी नेताको जस्तो भुमिकामा बेला बेलामा देखा परिरहन्छन् ।
वर्षमान पुनलाई माओवादी भित्र ‘प्रोपोगन्डा मास्टर’ भनेर चिनिन्छ । कुनै पनि प्रोपगन्डा मच्चयाउनु प¥यो भने प्रचण्डले पुनलाई अघि उभ्याउछन रे । कानुनमा स्नातक पुन युद्धकालका भने सफल कमाण्डर मानिन्छन् । क्षमता नभए पनि प्रचण्डले टपक्क टिपेर ल्याएका भनिने पुन अहिले अर्थमन्त्रीको जिम्मेवारीमा छन । तर, अर्थशाष्त्रका बारेमा कुनै ज्ञान नभएका मन्त्री भए भनेर एकपटक निकै चर्चा र आलोचना पनि भयो । अर्थमन्त्रालय समाले पछि कुनै चमात्कारीक काम गरेको सुनिएको चाँही छैन । ‘मगर भएर पनि बाहुन वुद्धी भएको नेता’ भन्नेहरु पनि माओवादी भित्रै धेरै छन् ।
युद्धकालमा पार्टी एकता गरेर माओवादीमा प्रवेश गरेका दीननाथ शर्मा माओवादीका प्रवक्ता थिए । सद्यै एउटै कुरा गर्ने तर नयाँ कुनै इन्फर्मेसन नदिने प्रवक्ताको रुपमा पत्रकार विच छबि बनाएका छन् । नातावाद र कृपावादका विरोध गर्ने उनै माओवादीका नेता शर्माले आफ्नो स्वकिय सचिवमा भने छोरीलाई नै रोजेका छन् । पालुङटारसम्म बाबुरामको पक्षमा लागेका शर्मा धोवीघाटमा पुग्दा त्यसको विपक्षमा उभिए । जे होस, उनी मन्त्री छन तर उल्लेखनीय काम गरेको अझै सुन्न पाइएको छैन् ।
महेन्द्र प्रसाद यादव एमालेमा थिए पछि महन्थ ठाकुरको पार्टी तमलोपामा गए । सो पार्टीमा रहदाँ सधै हृदयेश त्रिपाठीको पेलाईमा परेका कारण यादव मन्त्री हुन पाएनन अनि ११ सभासद लिएर पार्टी विभाजन गरी तमलोपा, नेपाल गठन गरे । नभन्दै, भट्टराई सरकारमा उनी मन्त्री नै भएर देखाई दिए । मन्त्री भए लगत्तै ‘प्रिपेड घुस’ लिएको कारण उनी चर्चित भए । तर, ‘भ्रष्टचारमा शुन्यसहनशिलता’ अपनाउने भन्ने प्रधानमन्त्री भट्टराईले उनलाई सरिता गिरी (तत्कालिन श्रममन्त्री)लाई झै निकाल्न सकेनन् । भट्टराई सरकारले राखिराख्नु पर्छ भन्ने कसैले अहिले भन्छ भने त्यसमा यादवको नाम अग्रस्थानमा आउँछ ।
अनिलकुमार झा रौतहटका हुन् । स्थानिय निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका झा अहिले चाँही उद्योग मन्त्री छन् । राजेन्द्र महत्तो पार्टी अध्यक्ष रहुन्जेल मन्त्री हुन सक्ने सम्भावना नदेखे पछि पार्टी विभाजन गरेर संघीय सदभावना पार्टी बनाए । लगत्तै, केही महिना पछि नै मन्त्री भए । मधेसका राजनीतिमा राम्रो दख्खल राख्ने मन्त्री झाले हेटौडा सिमेन्ट कारखानाका राजनीतिक नियुक्ती गर्दा मोटो रकम लिएको गाईगुई चल्यो, सुक्यो । उनकी श्रीमति भारतमा आयुर्वेद डक्टर छिन् ।
राजकिशोर यादव चाँही भाग्यमानी मन्त्री हुन् र निकै चलाख पनि । जव संस्थापक अध्यक्ष जेपी गुप्ता भ्रष्टचारको आरोपमा जेल गए तब यीनको दिन खुल्न सुरु ग¥यो । लगत्तै, नन्दनकुमार दत्तलाई मन्त्रीमण्डलवाट फिर्ता बोलाएको निर्णय फोरम गणतान्त्रिकले ग¥यो । तर उनले जालसाँझी गरी आफुलाई मन्त्रीका लागि पार्टीले सिफारिस गरेको भन्दै प्रधानमन्त्री भट्टराईलाई नक्कली फोटोकपी वुझाए । र, सुचना तथा संञ्चार मन्त्री भए, पार्टीका अरु नेता हेरा हे¥यै । सरकारका भन्दा पनि भट्टराईका प्रवक्ताका रुपमा अगाडी प्रस्तुत हुने यादवले जवजस्ती विरगञ्जमा पार्टी अधिवेसन गरी आफु अध्यक्ष भए । गत साताको सरकार पक्षीय गठबन्धन सभामा आठ सय मोटरसाइकलका लागि खर्च (तेलको कुपन बाड्ने) दिने मन्त्री यादव निकै रमाईला र फरासिला छन् ।
केशवमान शाक्य काठमाडौंका रैथाने नेवार हुन् । नेपाः राष्ट्रिय पार्टीको संविधानसभामा एकमात्र सभासद थियो । भट्टराई सरकारलाई समर्थन गरेकै भरमा मन्त्री नै पडकाई दिए । कहिल्यै मन्त्रीको चान्स नपाउने शाक्यले मन्त्री भए पछि आफ्नो मन्त्रालयमा नेवार अधिकृत खोजी गरे तर पाएनन् । उनले त्यो झोक खुलामञ्चको माघ १७ गतेको आमसभामा पोखे ।
क्रिश्चियन धर्मका प्रचारक मन्त्री एकनाथ ढकालले अझै बन्ध्याकरण गरेका छैनन् । जबकी उनका ६ छोरी भइसको छन् । कहिल्यै कन्डम प्रयोग नगर्ने भनेर चर्चामा आएका मन्त्री ढकाल गोरखाका हुन् । गत १४ जेठमा निर्वाचन गराउने भट्टराई सरकारको निर्णयमा आपत्ति जनाउँदै राजिनामा दिएको बताउने उनै उनै मन्त्री ढकालले लाज पचाए, तर पाएको मन्त्री पद भने छोडेनन् । ढकाल अहिले भट्टराईका विश्वासिला मन्त्रीका रुपमा चिनिन्छन, खासगरी भारतसँग लाईन मिलाउनका लागि भट्टराईले यीनलाई नै प्रयोग गरिरहेका छन् । गरिबी निवारण मन्त्री भए पनि गरिबी निवारण कोषको जिम्मेवारी हेर्न नपाएको पीडा भने ढकालसँग निकै चर्को छ ।
एमाले, सीपी मैनालीको माले हुदै पार्टी विभाजन गरेर माले समाजवादी गठन गरे पछि मात्र यदुवंश झाको मन्त्री हुने भाग्य खुल्यो । सर्लाहीका झा आफ्नो गृह जिल्लामा पुग्दा गाडी नदिएको भन्दै बन अधिकृतलाई हातपात गरेर चर्चामा आए । अहिले फेरी पार्टी महाधिवेसनका नाममा चन्दा आतंक मच्चाइरहेको समाचार सार्वजनिक पनि भइरहेको छन तर छोडेका भने छैनन् ।
बद्रीप्रसाद न्यौपानेको भाग्य भने निकै बलियो छ । क्याबिन रेष्टुरेन्टका मालिक न्यौपाने एकाएक मन्त्री भए । केशव मैनालीले चुरे भावरको नाममा तराईमा आन्दोलन गरेर पार्टी बनाए । तर, यीनै न्यौपानेसहित मिलेर पहिला मैनालीको सभासद पद नै खाए, पछि अध्यक्षवाट नै हटाई दिए । दुःखमा आन्दोलन गर्ने मैनाली, मन्त्री खाने बद्री न्यौपाने । त्यो रिसले महासचिव भुमीराज निरौलाले उनलाई पार्टीवाट निस्काषन गरेको सार्वजनिक गरे तर मन्त्रीवाट फिर्ता ल्याउन भने सकेनन् ।
युवती कान्डमा परेर बेला–बेलामा मिडियामा छाइरहने मन्त्री न्यौपानेका दिन बलेको देख्दा जीवनभरी राजनीति गरेर पनि मन्त्री हुन नपाउनेले के सोच्दा होलान ? म पनि छक्क पर्छु ।

प्रधानमन्त्री तथा  मन्त्रिहरुको सम्पत्ति विवरण

कुन मन्त्रीको सम्पत्ति कत्ति ? त्यो हेर्नका लागि मन्त्रीको नाममा क्लिक गर्न सक्नु हुन्छ ?


डा. बाबुराम भट्टराई
श्री बिजयकुमार गच्छदार
श्री नारायणकाजी श्रेष्ठ


हृदयेश त्रिपाठी
पोष्टबहादुर वोगटी


टोपबहादुर रायमाझी
राजेन्द्र महतो
वर्षमान पुन
दीनानाथ शर्मा
महेन्द्रप्रसाद यादव
अनिलकुमार झा


राज किशोर यादव
डा. केशवमान शाक्य
एकनाथ ढकाल
यदुवंश झा
वद्रीप्रसाद न्यौपाने         

No comments:

Post a Comment