Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, January 29, 2013

सेनामा समूहगत प्रवेश हुन्नः दाहाल

काठमाडौँ, माघ १७ (नागरिक) - सत्तारुढ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली सेनामा समूहगत प्रवेश गराउन नहुने अडान राखेका छन्।
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा निर्वाचित गर्नुअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको चर्चित चारबुँदे सहमतिमा सेनामा समूहगत प्रवेश गराउने समझदारी गरेका दाहालले आफ्नो महाधिवेशनमा पेस गर्ने प्रतिवेदनमा भने त्यसलाई ठाडै इन्कार गरेका छन्।
'बृहत शान्ति सम्झौताका आधारमा नेपाली सेनाको लोकतान्त्रिक र जनमुक्ति सेनाको सम्मानजनक समायोजन गरी सर्वसमावेशी, पूर्ण समानुपातिक, लोकतान्त्रिक सिद्धान्त अनुरुपको राष्ट्रिय सेना गठन गरिनेछ,' नेपाली राष्ट्रिय सेना उपशीर्षक अन्तर्गत पृष्ठ ५१ मा छ, 'तर, समावेशिताको नाममा राष्ट्रिय सेनाभित्र जातजाति, जनजाति, भूगोल आदिका नाउमा अलग्गै समूहको विशेष प्रवेश तथा इकाई खडा गरिने छैन।'


हेटौंडामा सुरु हुने सातौं महाधिवेशनका लागि तयार पारिएको 'नेपाली क्रान्तिको नयाँ संश्लेषणः आजको ऐतिहासिक आवश्यक्ता' शीर्षकको प्रतिवेदनको पृष्ठ ५१ मा दाहालले उल्लेख गरेको सोही प्रतिवेदन महाधिवेशनमा छलफल हुनेछ।

अध्यक्ष दाहालले आफ्नो सत्ता भए १८ वर्ष उमेर पुगेका सबै नेपालीलाई अनिवार्य सैनिक तालिमको व्यवस्था दिलाउने पनि उल्लेख गरेका छन्। 'राष्ट्रिय सुरक्षा हितलाई ध्यानमा राखी १८ वर्षमाथिका स्वस्थ नागरिकलाई सैनिक शिक्षा र तालिम व्यवस्था गरिनेछ।'

No comments:

Post a Comment