प्रकाश तिमल्सिना, काठमाडौं, पुस १९ - प्रधानमन्त्री बाबुराम भट्टराईले
राजनीतिक पृष्ठभूमिका स्वतन्त्र व्यक्तिलाई चुनावी सरकारको नेतृत्व दिन
तयार रहेको बताएका छन्। ‘राजनीतिक पृष्ठभूमिका स्वतन्त्र व्यक्तिलाई चुनावी
सरकारको नेतृत्व दिन विपक्षी दल तयार भए म राजीनामा दिन तयार छु,' एमाले
वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बुधबार प्रधानमन्त्री
भट्टराईले भने।
विपक्षी दलले अघि सारेका कांग्रेस सभापति सुशील कोइरालालाई कुनै हालतमा नेतृत्व हस्तान्तरण नगर्ने उनले दोहो¥याए। ‘राजनीतिक पृष्ठभूमिका स्वतन्त्र व्यक्तिलाई वैशाखमै चुनाव गराउने सर्तमा नेतृत्व हस्तान्तरण गर्न तयार छु, त्यसका लागि तपाईंले पहलकदमी गर्नुस्,' नेपाललाई भेट्न गएका प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर सुशीलजीलाई सरकार नेतृत्व दिने कुरा हुँदै हुन्न।'
प्रधानमन्त्री भट्टराईले राजनीतिक पृष्ठभूमिका स्वतन्त्र व्यक्ति भनेर कसैको नाम भने लिएनन्।
यसअघि उनले बालुवाटारमा नेवाः राज्यसमिति प्रचार विभागको टोली र मकवानपुर पुगेका बेला स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन नहुने अभिव्यक्ति दिएका प्रधानमन्त्री भट्टराईले बुधबार भने स्वतन्त्र व्यक्तिका लागि आफू तयार रहेको सन्देश दिएका छन्।
प्रधानमन्त्री भट्टराईको प्रस्तावलाई नेता नेपालले ठाडै अस्वीकार गर्दै कोइरालालाई समर्थन गर्ने निर्णयबाट एमालेले पछि नफर्केको जवाफ दिएका छन्। ‘अनिमात्र कुरा गरौंला।' एमालेसहित विपक्षी दलले कोइरालालाई समर्थन गर्ने स्पष्ट निर्णय गरे पनि माओवादी भित्र भने व्यक्तिपिच्छे धारणा आएकाले समस्या भएको नेपालको भनाइ थियो।
नेपालले आफ्नो धारणा पार्टीमा निर्णय गराउन प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। ‘तपाईंले राखेको यही प्रस्ताव पार्टीमा निर्णय गराएर आउनुहोस्,' नेपालले भट्टराईलाई सोधे, ‘सक्नुहुन्छ ?'
नेपालका चुनौतीबारे प्रधानमन्त्रीले कुनै उत्तर नदिए पनि आफ्नो पार्टीले कुनै हालतमा कोइरालालाई प्रधानमन्त्री स्वीकार गरेर नजाने दाबी गरेका थिए। ‘कुनै पनि हालतमा माओवादीले कोइरालालाई समर्थन गर्ने निर्णय गर्दैन, त्यो भूल पार्टीबाट हुँदैन,' प्रधानमन्त्रीले नेपालसँग भनेका थिए। राष्ट्रिय सहमतिको बाधक आफू नभएको भन्दै प्रधानमन्त्री भट्टराईले वैशाखमा चुनाव गराउन आफू अझै तयार रहेको जिकिर गरे।
नेपालसँग उनले पहिलो आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको आकार दिने, त्यसमा सहमति नभए गठबन्धनभित्रैको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र साना दलबाट प्रधानमन्त्री खोज्ने दोहो¥याएको उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए। ‘प्रधानमन्त्रीले पुरानै एजेन्डा राख्नुभयो, त्यसमा सहमति हुन सक्दैन भने सबैलाई मान्य हुने राजनीतिक पृष्ठभूमिका स्वतन्त्र व्यक्तिको चुनावी सरकार गठन गरौं भन्नुभयो,' पाण्डेले भने।
‘गैरराजनीतिक प्रधानमन्त्री मान्दैनौं'
त्यसलगत्तै नेता नेपाललाई भेट्न कोटेश्वर निवास पुगेका सत्तारुढ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गैरराजनीतिक नेतृत्वमा सरकार गठन हुन नसक्ने बताएका छन्।
‘गैरराजनीतिक व्यक्तिलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नु हुँदैन,' ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो पार्टी र मधेसी मोर्चा दुवैलाई त्यो मान्य हुँदैन।'
ठाकुरले राजनीतिक दलभित्रबाटै सरकारको नेतृत्व गराउनुपर्नेमा जोड दिए।
तपाईं एउटा कुरा गर्नुहुन्छ, प्रचण्डजी अर्को कुरा गर्नुहुन्छ, पार्टीमा फेरि अर्को निर्णय हुन्छ,‘तपाईंहरुको राष्ट्रिय सहमतीय सरकार निर्माणको आधिकारिक निर्णय के हो ? त्यो निर्णय लिएर आउनुहोस – माधवकुमार नेपाल

No comments:
Post a Comment