काठमाडौं, माघ ३ (नागरिक)- पाँच वर्षका लागि पुनः मोहन वैद्यलाई अध्यक्ष
चयन गर्दै नेकपा-माओवादीको साता लामो सातौं महाधिवेशन मंगलबार सकिएको छ।
पुस २५ देखि राजधानीमा भएको महाधिवेशन नेतृत्व र केन्द्रीय कमिटीको आकार
विवादका कारण दुई दिन लम्बिएको हो। महाधिवेशनले पुरानै कमिटीलाई निरन्तरता
दिने सहमति जुटाएको छ।
अध्यक्ष वैद्यले पेस गरेको ‘जनयुद्धको जगमा जनविद्रोह' को लाइनलाई महाधिवेशनले परिमार्जनसहित पारित गरेको केन्द्रीय सदस्य महेन्द्र पासवानले जानकारी दिए। ‘पुरानो कमिटीमा रहेका ४३ जनालाई निरन्तरता दिने र बाँकी ८ जनालाई पदाधिकारीले नियुक्त गर्ने गरी ५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिने भएको छ,' पासवानले नागरिकसँग भने, ‘पदाधिकारी, पोलिटब्युरो सदस्य यथावत नै राखेर सांगठनिक संरचना तय गरिएको छ।' जसअनुसार हालका उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्दले पुनः निरन्तरता पाएका छन्। रिक्त ८ स्थानमा भने केन्द्रीय कमिटीलाई निर्णय गर्ने अधिकार दिइएको उनले जानकारी दिए।
यसैगरी, पोलिटब्युरो सदस्यमा हरिभक्त कँडेल, खड्गबहादुर विश्वकर्मा, पम्फा भुषाल, हितमान शाक्य, कुलप्रसाद केसी, इन्द्रमोहन सिग्देल, धर्मेन्द्र बास्तोला, नारायण शर्मा पुनः चयन भएका छन्। पोलिटब्युरो ८ सदस्यीय रहेकोमा पाँचजनालाई थप गर्ने निर्णय महाधिवेशनले लिएको छ।
केन्द्रीय सदस्यमा राम आचार्य, महेन्द्र पासवान, भरत बम, दिलीप प्रजापति, उमा भुजेल, महेश्वर दाहाल, कृष्णदेव सिंह दनुवार, सन्तोष बुढा, जयपुरी घर्ती, ईश्वरी दाहाल, सुरेश आलेमगर, मायाप्रसाद शर्मा पुनः चयन भएका छन्। यसैगरी, चन्द्रहरि सुवेदी, अनिल शर्मा, सावित्रीकुमार काफ्ले, हिमाल किराँती, सूर्यप्रसाद सुवेदी, यशोदा सुवेदी, सरला रेग्मी, पवनमान श्रेष्ठ, दिनेश शर्मा, पदम राई, श्रीराम ढकाल, पूर्ण घर्ती, अमृता थापामगर, श्रीनाथ अधिकारी र सन्तोष बुढालगायत दोहोरिएका हुन्।
पार्टी नेतृत्व र पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने तथा केन्द्रीय कमिटीको आकार बढाउनेबारे समझदारी नभएपछि केन्द्रीय आयोजक कमिटी पुरानो कमिटीलाई नै निरन्तरता दिने पक्षमा पुगेको एक केन्द्रीय सदस्यले बताए। वैद्यलाई संरक्षक, महासचिव रामबहादुर थापालाई पार्टी अध्यक्ष र नेत्रविक्रमलाई महासचिवमा लैजानुपर्ने एउटा समूहको धारणा तथा अर्को समूहले अध्यक्षमा पुनः वैद्य, उपाध्यक्षमा थापा र महासचिवमा चन्दलाई लैजाने भित्री प्रयास गरे पनि दुवै प्रयास सफल हुन नसकेको ती सदस्यको भनाइ छ।
केन्द्रीय सदस्य पासवानले कम्युनिस्ट पार्टीको आधारभूत सिद्धान्तअनुसार ‘जसको विचार उसैको नेतृत्व' भन्ने नीतिअनुसार नै पुनः वैद्यकै नेतृत्वमा केन्द्रीय कमिटी चयन भएको जानकारी दिए। ‘८५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव आयोजक कमिटीले गरेको थियो तर महाधिवेशन प्रतिनिधिले पुरानै कमिटीलाई निरन्तरता दिएर केहीलाई मात्र केन्द्रमा लैजान सुझाव दिएपछि ५१ सदस्यीय बनाइएको छ।' सचिव देव गुरुङले पेस गरेको केन्द्रीय परिषदको नयाँ अवधारणा महाधिवेशनले अस्वीकार गरेको छ।
यसैगरी, पार्टी विभाजनपछि वैद्य नेतृत्वको माओवादीमा रहँदै आएका तीन केन्द्रीय नेताले भने पार्टी परित्याग गरेका छन्। कुमार दाहाल र कृष्णध्वज खड्काले पार्टी परित्याग गरेको जानकारी बन्दसत्रमा दिइएको थियो।

No comments:
Post a Comment