Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, December 7, 2012

२२ वर्षपछि हुने माओवादी महाधिवेशन राजधानीबाट सारियो

प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर २२- २० वर्षपछि एकीकृत नेकपा माओवादीको महाधिवेशन माघ २० देखि हेटौंडामा हुने भएको छ। आज बिहान बसेको केन्द्री पदाधिकारीको बैठकले काठमाडौंमा माघ १४ देखि महाधिवेशन गर्ने भन्ने यसअघिको निर्णय परिवर्तन गरेको हो।
बैठकले निर्णयअनुसार माघ १९ गते सबै प्रतिनिधिले सम्पर्क गर्नुपर्ने समय तोकेको छ। यसअघि स्थगित भएको जिल्ला अधिवेशन कार्यक्रम पुस २५ देखि माघ १० गतेसम्म गरिसक्ने निर्णय गरेको छ।
राज्य समिति अधिवेशन बारे भने बैठकले केही निर्णय लिएन। यसअघि माघ १४ गतेदेखि काठमाडौंमा महाधिवेशन गर्ने निर्णय थियो। बीस वर्षपछि आयोजना हुन लागेको महाधिवेशनका लागि केही महिनाअघि पार्टीका सम्पूर्ण संयन्त्रहरु भंग गरी महाधिवेशन आयोजक समितिमा परिवर्तन गरिसकिएको छ।
पुष्पकमल दाहाल २२ वर्षदेखि लगातार पार्टी नेतृत्वमा रहँदै आएको अवस्थामा महाधिवेशन मिति तय भएको हो। २०४८ सालमा चितवनमा भएको महाधिवेशनबाट दाहाल पार्टीको महामन्त्री बनेका थिए। त्यसको झण्डै १० वर्षपछि २०५७ सालमा भूमिगत कालमा भारतमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट दाहाल अध्यक्ष बनेको १० वर्ष भन्दा बढी भइसकेको छ।

No comments:

Post a Comment