Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, December 30, 2012

१ लाख ५० हजारमा बलात्कार गर्न पाइन्छ ?’


प्रकाश तिमल्सिना
काठमाडौं, पुष १४
बालुवाटारस्थित प्रधानमन्त्री निवास अघिल्तिर प्ले कार्ड बोकेर धेरै मानिसहरु धर्नामा बसिरहेका छन । उनीहरुको भाषामा धर्ना स्वतस्र्फूत हो, जहाँ कुनै आयोजक छैनन् । स्वतस्र्फुत धर्नामा रहेका मध्ये एक जनाको छात्तिमा ‘एफो’ कागज टाँसिएको छ । र, त्यसमा लेखिएको छ– ‘के १ लाख ५० हजारमा बलात्कार गर्न पाइन्छ ?’
प्रहरी र अध्यागमन कर्मचारीवाट पैसा र इज्जत दुवै लुटिएकी भोजपुरकी सिता राईलाई क्षतिपुर्तिसहित १ लाख ५० हजार राहत दिए पछि प्रदर्शनकारीले ‘प्ले कार्ड’मार्फत सरकारसँग सो प्रश्न गरेका हुन् । ‘दोषी र अपराधीलाई फौजदारी कारबाही नगर्ने तर पीडितलाई १ लाख ५० हजार रुपैया दिएर नारी अस्मिताको उपहास गर्ने काम सरकारले जसरी ग¥यो, त्यसको विरुद्धमा यो स्वतस्र्फुत धर्ना हो’ सहभागीता जनाउन पुगेकी अधिकारकर्मी रेणु राजभण्डारीले भनिन् । दोषीलाई फौजदारी कारवाही नगरी राहत मात्र दिने निर्णय गरेर सरकारले घटनाको गम्भिर ‘उपहास’ गरेको राजभण्डारीको आरोप छ ।

साउदी अरबवाट मंशिर ३ गते स्वदेश फर्किदा त्रिभुवन अन्तराषर््िट्रय विमानस्थलमा अर्कैको पासपोर्टमा राई विदेश गएको खुलेको थियो । सो कमजोरीको फाइदा उठाउँदै प्रहरी र अध्यागमनका कर्मचारीले राईको ‘पैसा र इज्जत दुवै लुटने’ काम गरेका थिए । सो घटना सार्वजनिक भए पछि विहिवार सरकारले पीडितलाई राहत स्वरुप १ लाख ५० हजार क्षतिपुर्ति दियो । प्रर्दशनकारीका अनुसार बलात्कारमा प्रत्यक्ष संलग्न प्रहरी जवान पर्शुराम बस्नेत र रकम लुटमा संलग्न अध्यागमनका नायब सुब्बा सोमनाथ खनाललाई सरकारले फौजदारी अभियोगमा अझै पनि मुद्धा दर्ता गर्न आनकानी गरिरहेको छ ।

यता, ‘पैसा लुटी बलात्कार गरेको’ भन्ने सार्वजनिक भएको लामो समयसम्म भइसक्दा पनि दोषीलाई कारवाही नभएको र घटनामा सरकार पुरै उदासिन रहेको भन्दै प्रधानमन्त्री माताहातको रहेको महिला सशक्तीकरण समन्वय समितिको सल्लाहाकार पदवाट आरजु देउवाले बिहिबार राजिनामा नै दिइन् ।  सोही दिन सरकारले पीडित राईलाई राहत स्वरुप १ लाख ५० हजार दिने निर्णय गरेको थियो । तर, दोषीलाई कारवाहीको प्रक्रिया भने ‘गुपचुप’ नै राखे पछि प्रदर्शनकारी यसरी स्वतस्फुर्त सडकमा उत्रिएका हुन ।
‘राज्यले दोषीलाई विभागीय कारवाही मात्रै गरेर उन्मुक्ति दिने काम गरिरहेको छ तर त्यस्तो जघन्य अपराधमा संलग्न भएको पुष्टी भइसक्दा पनि फौजदारी अभियोगमा मुद्धा चलाउन कार्य भने अझै सरकारले गरेको छैन्’ भण्डारीले भनिन, ‘नेपालको प्रचलित कानुन अनुसार उनीहरुलाई कारवाही हुनुपर्छ, सरकारी कर्मचारीलाई गरिने विभागिय कारबाहीले मात्रै पुग्दैन् ।’ त्यसको लागि नै यो धर्ना हो, जहाँ अन्य महिला हिंसाका सरोकारका बिषय पनि त्यहाँ जोडिएको छ ।
‘बिना आयोजक गरिएको स्वतन्त्र नागरिक अभियान’ले जारी गरेको पर्चा अनुसार पीडित राईलाई प्रहरी हवल्दार बस्नेतले गेष्टहाउसमा लगि बलात्कार गरेको तथा सुब्बा खनालले उनले कमाएर ल्याएको २ लाख १८ हजार त्यही बेला लुटेर रित्तो हात फर्काई दिएका थिए । स्वयं पीडित युवतीले पनि ‘घर पु¥याईदिन्छु भन्दै झुक्याएर गेष्टहाउसमा लगेर बस्नेतले बलात्कार गरेको र खनालले पैसा लुटेको, थापाथली प्रसुती गृहमा जचाउँदा अहिले आफु गर्भवती भएको रिर्पोट आएको’ पनि सार्वजनिक गरी सकेकी छिन् ।
‘घटनामा संलग्न दोषीलाई कुनै पनि कारवाही नगरी राहत मात्रै दिने कार्य गरेर सरकारले बलात्कार मुल्य तोक्ने काम गरेको छ’ धर्नामा सहभागी त्रिचन्द्र कलेजकी विद्याथी रमिला श्रेष्ठले नागरिकसँग भनिन, ‘हामी कसैमाथी गरिएको बलात्कारको मुल्य सरकारवाट खोजिरहेका छैनौ, मात्र हामी दोषीलाई कारवाही भएको हेर्न चाहान्छौं ।’ प्रधानमन्त्री भट्टराईले महिलामाथी पछिल्ला दिनमा भएको हिंसाले आफुलाई चिन्तित बनाएको भन्दै कारवाही गर्ने प्रतिवद्धता जनाएका छन । ‘तर ठुलै दबाब नदिइकन दोषीलाई कारवाही गर्नुहुन्छ भन्ने हामीलाई विश्वास लागेको छैन’ अभियानमा सहभागी अपर्ण श्रेष्ठले नागरिकसँग भने । उनका अनुसार महिला हिंसाको विरुद्ध र न्यायको पक्षमा बालुवाटारमा ‘क्यानडल लाइट’  प्रर्दशन गरिएको छ ।
यद्धपी, हिजोवाट सुरु भएको सो धर्नामा स्वत स्र्फुत रुपमा सीएनएन हिरो पुष्पा बस्नेत, संञ्चारकर्मी नारायण वाग्ले, मिस नेपाल सदिक्षा श्रेष्ठ, कराँते खेलाडी दिपक विष्ट, कलाकार नम्रता श्रेष्ठ, कर्मा, प्रचण्डमान श्रेष्ठ, अधिकारकर्मी मन्दिरा त्रिपाठी, लिलि थापा, बन्दना राणा, रमण श्रेष्ठलगायतले ऐक्यवद्धता जनाउन बालुवाटार पुगेका थिए ।
बलात्कृत राईसहित अनामनगरस्थित कृष्ण प्रसाईको घरमा लास फेला परेकी सरस्वती सुवेदीले, गत असार १६ गते देखी हराईरहेकी छोरीमैया महर्जन, जलाएर मारिएकी नेपालगञ्जकी हासमी र बाराकी एक बालिकालाई पनि न्याय दिनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै धर्नाकारीले माग राखेका छन् । ‘हामीलाई दण्डहिनता भन्दा पनि अहिले दन्डहिनताको पक्षमा उभिने सरकार देखी डर लागिरहेको छ’ अधिकारकर्मी त्रिपाठीले धर्नामा भनिन् । उनका अनुसार जबसम्म पीडितले न्याय पाउने सुनिश्चित हुदैन, दबाबका लागि धर्ना बालुवाटारमा जारी नै रहन्छ ।
http://www.nagariknews.com/news-highlights/139-highlights/51208-2012-12-30-03-12-13.html

1 comment:

  1. k garnu nepal ko kanun kasaile najanun van6n kyare. hunata tapaiharulai nai thaha hola nepalko situation. jasle j gare pani hune.

    ReplyDelete