Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, February 10, 2017

चन्दलाई महानिरिक्षक बनाउन देउवाको प्रचण्डलाई तीन फोन

नेपाल प्रहरीको प्रहरी महानिरिक्षक नियुक्ती प्रकरणका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बिचमा संवन्ध चिसिन पुगेको छ ।
नेपाल प्रहरीमा तेस्रो मर्यादाक्रममा रहेका जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षक नियुक्त गर्न सभापति देउवाले पटक पटक आग्रह गरे पनि प्रधानमन्त्री दाहालले अस्विकार गरिदिदाँ संवन्धमा चिसोपना बढर्दै गएको हो । जसकाकारण प्रहरी महानिरिक्षकको नियुक्ती अब फागुन २ गते मात्रै हुनेछ ।
बिहिवार बसेको मन्त्रीपरिषद बैठकवाट नै चन्दलाई प्रहरी महानिरिक्षक बनाउन देउवाले दबाब दिएका थिए तर देउवाको दबाबलाई भने प्रधानमन्त्री दाहालले अस्विकार गर्र्दै बिहिवारको बैठकवाट कुनै निर्णय लिएनन् ।

‘सिंहदरवारमा ४० मिनेट मन्त्री परिषद बैठक बस्दा देउवाले तीन–तीन पटक फोन नै गरेर चन्दलाई नियुक्तीको निर्णय गर्न दबाब दिनु भयो तर प्रधानमन्त्रीले कुनै निर्णय गरि दिएनन्’ देउवा निकट स्रोतले  भन्यो । प्रधानमन्त्री दाहाललाई चन्दलाई प्रहरी महानिरिक्षिक बनाउनु पर्ने सत्ताको प्रमुख सहयोगी कांग्रेस सभापति देउवाको चर्कै दबाब परिरहे पनि उनले भने कुनै निर्णय लिएका छैनन् ।

बुधवार साँझ पनि दाहाल र देउवाबिच उक्त बिषयलाई लिएर छलफल भएको थियो । वालुवाटारको उक्त भेटमा चन्दलाई नियुक्त गर्न देउवाले दबाब दिएका थिए तर नेपाल प्रहरीको तेस्रो मर्यादाक्रममा रहेका चन्दलाई प्रहरी महानिरिक्षक बनाउन प्रधानमन्त्री दाहाल भने अनिच्छिुक रहदैँ आएका छन् । जुन धारणा देउवासमक्ष प्रधानमन्त्री दाहालले स्वंयले समेत राखेका थिए । 

प्रधानमन्त्री दाहाल भने प्रहरी संगठनको मर्यादा मिचेर चन्दलाई नियुक्ती गर्न पक्षमा अझै छैनन् । ‘प्रधानमन्त्रीज्यू, मयार्दा मिचेर जानुहुन्न भन्ने पक्षमा अझै हुनुहुन्छ,’ दाहाल निकट स्रोतले भन्यो, ‘अझै पनि देउवाजीलाई सम्झाउन सकिन्छ कि भनेर प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाह अनुसार नै बिहिवार निर्णय नगर्नु भएको हो ।’ उनका अनुसार सभापति देउवाको चर्कै दबाब आए पनि उनले पुर्नबिचार गर्छन कि भन्ने विश्वासमा प्रधानमन्त्री दाहालले उक्त निर्णय नलिएका हुन, स्रोतले भन्यो । 

दुई दिन अघिसम्म उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि पनि सिलवाललाई नै प्रहरी महानिरिक्षक बनाउनु पर्ने भन्दै अडान कस्दै आएका थिए तर अन्तिम समयमा निधिको समेत सभापति देउवाको सामु केही जोरजुलुम लागिरहेको छैन् । चन्दलाई महानिरिक्षिक बनाउँदा प्रहरी संगठनको सिस्टम बिगारेको आरोप आफु माथी जीवनभर लाग्ने भएको भन्दै प्रधानमन्त्री दाहालले झै गृहमन्त्री निधिले पनि देउवाको चन्दको प्रस्ताव स्विकार गरिसकेका छैनन । जसकाकारण पनि पार्टी सभापति देउवाले चन्दलाई प्रहरी महानिरिक्षकमा बनाउन चर्कै प्रधानमन्त्री दाहाललाई चर्कै दबाब दिए पनि बिहिवारको मन्त्रीपरिषद बैठकमा भने गृहमन्त्री निधीले प्रस्ताव नै पेश गरेनन् । 

‘प्रहरी महानिरिक्षक संवन्धी कुनै पनि प्रस्ताव बैठकमा पेश भएको छैन,’ खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको म्याद थप्ने बाहेक कुनै निर्णय भएन् ।’ उनका अनुसार प्रहरी महानिरिक्षकका बारेमा आगामी बैठकमा सो निर्णय लिइनेछ ।
चन्दलाई प्रहरी महानिरिक्षक बनाउनका लागि देउवाले लिएको अडानका कारण प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधि दुबै हैरान छन् । ‘प्रधानमन्त्री र गृहमन्त्री अन्तिम समयसम्म देउवाजीलाई ‘सम्झाउने’ भन्ने सहमति भए पछि बिहिवारको मन्त्री परिषद बैठकमा उक्त प्रस्ताव नलगेका हुन्,’ निधि निकट स्रोतले भन्यो । दाहाल र निधि बिच जेठ २ गते मात्रै प्रहरी महानिरिक्षक नियुक्तीको निर्णय लिने भित्री सहमतिसमेत भएको छ । 

स्रोतका अनुसार तेस्रो मर्यादाक्रममा रहेका चन्दले भारतीय जनता पार्टी अध्यक्ष अमित शाह र भारतीय राजदुत रञ्जित रेमार्फत देउवालाई दबाब बढाएको बुझिएको छ । इन्टरपोलको सम्मेलन अघि बिरामी भएको भन्दै उपचार गर्ने बाहनामा भारत पुगेका चन्दले भारतीय पक्षलाई ‘सेटिङ’ गराएर फर्किएको र आगमी सरकारको नेतृत्वको लागि ठिक्क परिरहेका देउवालाई चन्दको नियुक्ती बाध्यता हुन पुगेको स्रोतले बतायो  ।

No comments:

Post a Comment