Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, August 19, 2016

समावेशी-समानुपातिक नबनाए पछि तमलोपा भित्र बहिस्कार

नयाँ संविधानमा समावेशी र समानुपातिकलाई छुटाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लामो समयसम्म आन्दोलन गरयो । त्यस पछि संविधान जारी भएको १७ दिनमा समानुपातिक र समावेशीलाई संविधान संसोधनमार्फत संवोधन गरियो तर मोर्चाले भन्यो, त्यो अझै अपुर्ण भयो । जसकारण संविधान  संसोधनलाई मोर्चाले स्वामित्व लिन मानेनन र अझै पनि औपचारिक रुपमा लिएको छैन ।
तर, सोही मोर्चाको घटक रहेका संघीय समाजवादी फोरम नेपालको संगठन चाँही समावेशी समानुपातिक नभएको भन्दै पार्टीमा अजेन्डा उठयो तर अध्यक्ष उपेन्द्र यादवले त्यसलाई सम्वोधन गरेनन । परिणाम, रिजवान अन्सारी र वीरबहादु लामाहरु पार्टी नै छाडेर हिडे । अहिले फेरी संविधानमा समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलन गर्ने तमलोपाको आन्तरिक संगठन समावेशी र समानुपातिक नभएको भन्दै त्यो पार्टीमा चर्को बिबाद देखा परेको छ । जसकारण निवर्तमान महामन्त्रीद्धय गोबिन्द चौधरी र जितेन्द्र सोनाल पार्टी कार्यालय आउनै छाडेका छन । पार्टी संगठनलाई समावेशी र समानुपातिक बनाउन देशब्यापी रुपमा अध्यक्ष महन्थ ठाकुरलाई चर्को दबाब परेको छ। 



नयाँ संविधानमा समावेशी र समानुपातिकलाई समावेश नगरेको भन्दै आन्दोलन गर्ने तराई मधेस लोकतान्त्रिक पार्टी स्वंयको सांगठानिक संरचना नै सोही अनुसार नहुदाँ सो पार्टीमा तिव्र असन्तुष्टी प्रकट भएको छ ।

तराई–मधेसका उच्च जात हावी भएको पार्टी भनेर परिचित तमलोपाले गत साउन ३० गते केन्द्रीय समितिलाई पुर्णता दिने भन्दै सार्वजनिक गरेको सुची समावेशी र समानुपातिक नभए पछि सो पार्टीमा तिव्र असन्तुष्टी प्रकट भएको हो । साउन ३० गते सार्वजनिक सुचीलाई सच्चाउन भन्दै देश भरीवाट अध्यक्ष महन्थ ठाकुरसहितका पार्टी नेतृत्वलाई तिब्र रुपमा दबाब समेत परेको छ ।

पार्टी स्थापना भएको ८ बर्ष पछि गत असार ६–९ मा महाधिवेसन सम्पन्न भएपनि रामग्रामस्थित महाधिवेसन स्थलवाट नेतृत्व चयन हुन नसके पछि करिब दुई महिना पछि काठमाडौंवाट नेतृत्व चयन गरिएको हो । तर, काठमाडौंमा नेतृत्व चयन गर्दा समावेशी र समानुपातिक अबधारणामा रुपान्तरण नगरे पछि निवर्तमान महामन्त्रीद्धय गोबिन्द चौधरी र जितेन्द्र सोनालले पार्टी केन्द्रीय कार्यालय, बिजुलीबजार आउन नै छाडेका छन ।

ठाकुर बिरुद्ध महाधिवेसनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गर्ने चौधरीलाई मनोनित केन्द्रीय सदस्यमा सिमित गरिएको छ भने अर्का महामन्त्री सोनाललाई केन्द्रीय सदस्यमा सिमित बनाइएको छ । तर, यसअघि केन्द्रीय समितिमा मात्रै रहेका बृजेशकुमार गुप्ता र  जंगीलाल रायलाई महामन्त्रीको जिम्मेवारी तोकिए पछि दुवै पुर्व महामन्त्रीद्धय केन्द्रीय कार्यालय आउन छाडेका हुन ।

‘समावेशी र समानुपातिकका लागि भनेर हामीले आन्दोलन ग¥यौ तर यही पार्टी भित्र समावेशी र समानुपातिकलाई ध्यान दिइएन भन्ने कुरा चारैतिरवाट आएका छन्,’ चौधरीले नागरिकसँग भने, ‘पार्टी कार्यकर्ताको सो आवाजलाई सम्वोधन हुनेछ भन्नेमा विश्वास गर्दछु ।’ तर, घाँटीमा समस्या भएर बिरामी भएकाले मात्रै केन्द्रीय कार्यालय नगएको उनको प्रस्टोक्ती छ ।

पार्टी केन्द्रीय समितिलाई पुर्णता दिने नाऊँमा ५८ जनाको नाम सार्वजनिक गर्दा दुई दर्जन बढी उच्च जातको परेको अर्का केन्द्रीय सदस्य सुरेश मण्डलले बताए । ‘दुई दर्जन बढी उच्च जातवाट केन्द्रीय समितिमा प्रतिनिधि गराए पछि समावेशी र समानुपातिकको सिद्धान्तमा धज्जी उडाउने काम गरिएको छ,’ मण्डलले नागरिकसँग भने । उनका अनुसार देशभरीवाट पार्टीलाई समावेशी र समानुपातिक बनाउनका लागि केन्द्रमा दबाब परेको छ ।


तमलोपामा मयार्दाक्रम अनुसार पनि महत्वपुर्ण जिम्मेवारीमा उच्च जातको नै हावी हुन पुगेको छ । अध्यक्ष ठाकुर, बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्षद्धय बृषेशचन्द्र लाल र सर्बेन्द्रनाथ शुक्ला सबै उच्च जातका नेता हुन् । त्यस मध्ये बिस्तारित केन्द्रीय समितिमा अल्पसंख्यक, जनजाति र मुुसलमान समुदायलाई कम ठाउँ दिइएकोमा सो पार्टीमा तिव्र असन्तुष्टी सतहमा आएको हो ।

सिरहा र बारा जिल्ला कमिटिको बैठकले पार्टीलाई समावेशी र समानुपातिक बनाउनका लागि लिखित रुपमा केन्द्रमा पत्र पठाउने तयारी गरेका छन् । त्यसका लागि दुवै जिल्ला कमिटीले औपचारिक रुपमा नै निर्णय गरिसकिएको बुझिएको छ ।
केन्द्रीय समिति चयन गर्दा तराईका सुनसरी, उदयपुर र बर्दियावाट प्रतिनिधि नगराए पछि सो जिल्लाका जिल्ला समितिहरुले केन्द्रमा असन्तुष्टी पोखेका छन । ‘बर्दियावाट कोही पनि केन्द्रीय समितिमा नपरे पछि अध्यक्षलगायतलाई ध्यानाकषर्ण गरायौं’ बर्दियाका नेता कृष्ण यादवले नागरिकसँग भने । उनका अनुसार जिल्ला कमिटीले निर्णय गरेर केन्द्रलाई त्यस वारेमा ध्यानाकषर्ण गराई सकिएकाले पुर्नबिचार हुन सक्ने आश्वासन आएको छ ।
तराई–मधेसका २२ जिल्ला मध्ये तीन जिल्लावाट कोही पनि केन्द्रीय समितिमा नपरे पछि सुनसरीवाट पनि खेद ब्यक्त गरिएको छ । ‘यस जिल्लावाट ३ जनाले केन्द्रीय समितिमा उम्मेदवारी दिएका थिए तर एकजना पनि अटाएनन, नेतृत्वले के गरेको हो, गर्न खोजेको हो ? बुझनै सकिएन्’ जिल्ला कोषाध्यक्ष धनञ्जय मिश्रले भने ।

समावेशी र समानुपातिकको मुद्धा उठाए पनि बिद्यान र केन्द्रीय समितिको विस्तारको संरचनाले सो पार्टीलाई क्षेत्रीय पार्टीमा पुनः सिमित गरेको छ । तराई–मधेस केन्द्रित दलहरुले आफुलाई रुपान्तरण गर्दै पहाडी र हिमाली जिल्लामा समेत संगठन र जिम्मेवारी विस्तार गर्दा सो पार्टीले भने त्यसलाई अबमुल्यन गरेको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टीमा बिद्यानतः आरक्षण तोक्दै जिम्मेवारी तोकिए पनि तमलोपा भने त्यस सबालमा साँघुरो देखिएको छ ।

अघिल्लो केन्द्रीय समितिमा पहाडे मुलका अर्जुनकुमार रञ्जितलगायत केही केन्द्रीय समितिमा अटाए पनि महाधिवेसन पछिको कार्याकालमा भने कुनै पनि पहाडे समुदायका ब्यक्ति अटाउन नसक्नु त्यसको उदाहरण हो । तर, सोही पार्टीको बिद्यार्थी संगठन तराई मधेस बिद्यार्थी फ्रन्टमा भने पहाडे मुलका ब्यक्ति केन्द्रीय समितिमा समावेश छन । ‘बिद्यार्थी संगठनमा पहाडे मुलका साथीहरु छन तर माऊ पार्टीमा नहुदाँ राम्रो सन्देश गएन’ फ्रन्टको अध्यक्ष मनिष मिश्रले भने ।

यता, सम्धिनी इन्द्रा झालाई सांसद बनाएका अध्यक्ष ठाकुरले सम्धी उमाकान्त झालाई केन्द्रीय समितिमा मनोनयन गर्न भ्याएका छन् । पहिलो पटक तमलोपाले प्रेमचन्द्र झालाई अपाङता भएको ब्यक्तिको कोटावाट केन्द्रीय समितिमा लगेको छ । पार्टीलाई पुर्णतः समावेशी र समानुपातिक ढाँचामा रुपान्तरण गर्नका लागि अध्यक्ष ठाकुर र नेतृत्व माथी निरन्तर दबाब परे पछि ठाकुर सर सल्लाहमा ब्यस्त रहेका छन् ।
 







No comments:

Post a Comment