Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, December 31, 2015

उपेन्द्र यादव र राजेन्द्र महत्तोका सहयोगी बिच भाले भिडन्त

पछिल्लो समय संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो बिचको आन्तरिक कलह सडकमा आएको छ । हुन त यो कलह भित्र भित्रै पहिला देखी नै रहदैँ आएको थियो । मधेस आन्दोलन र मागका बारेमा पनि दुवै नेता बिच निकै फरकपना रहदैँ आएको हो । महत्तोले खोजेको मधेस र यादवले खोजेको मधेसमा नै भिन्नता छ, यसबारे पछि बहस गरौला । तर, अहिले चाँही महत्तो र यादव बिच भएको आरोप प्रत्यारोपमा दुवै नेताका निकट सहयोगीहरु पनि खुलेर मैदानमा आएका छन् । ती दुई नेताका सहयोगीहरुका कुरा सुन्दा र पढदा पनि महत्तो र यादव बिच कति धेरै भिन्नता छ भन्ने कुरा प्रस्ट हुन्छ । यी आवाज औपचारिक र निर्णायक भने होइनन् । तर, प्रतिनिधिमुलुक भने अवस्य हुन् ।
आज मात्रै सुरुमा राजेन्द्र महत्तोको भतिजा उपेन्द्र महत्तोले उपेन्द्र यादव प्रति कटाक्ष गर्र्दै फेसबुकमा स्टाटस लेख्ने काम गरे । खासमा संघीय समाजवादी फोरमका फेसबुक स्टाटसलाई आधार मानेर उपेन्द्र महत्तोले यस्तोलेखे । जहाँ उपेन्द्र यादव प्रति प्रश्न गरिएको थियो ?

१. आन्दोलनकारीसँग प्रहरीको गोली खान, लाठी खान, आँसु ग्यास खान सस्तो लोक प्रियता हो की दमन गर्ने सँग काठमाण्डौमा चिया बिस्कुट खान ?

२. आफ्नो जिम्मेवारी पाएको बिराटनगर नाकामा नबसी काठमाण्डौ बस्नु सस्तो लोक प्रियता हो की अर्को अध्यक्षले जिम्मेवारी बाट भाग्दा त्याहाँ गएर बस्नु ?

३. आन्दोलन घोषणा गरेर काठमाण्डौ बस्नु सस्तो लोक प्रियता हो की आन्दोलनकारी सँगै आन्दोलन गर्न ?

४. के यो ईस आन्दोलनमा शाहदत दिने बिर शहिदहरूले सस्तो लोकप्रियताको लागी ज्यान दिएका हुन् ?

५. के आन्दोलनमा घाईतेहरूले सस्तो लोकप्रियताको निम्ती घाईते भएका हुन् ?


राजेन्द्र महत्तोको भतिजो उपेन्द्रले फेसबुकमार्फत प्रश्न तेसाए पछि उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरासियाले एककदम अघि बढेर उल्टै प्रश्न तेर्साए । जसको जवाफ उनले राजेन्द्र महत्तो र उनका सहयोगीहरुसँग मागेका छन् । उपेन्द्रका प्रेस सहयोगीले मागेका प्रश्न चाँही यस्ता छन् ।



विवादित नेता राजेन्द्र महतोका केही स्टन्टहरु,
----------------------------------------------
1. चिकित्सकले तीन दिनभित्रै डिस्चार्ज गरिसक्दा पनि आफ्नै जिद्धीमा धरान अस्पतालमै बसिरहनु सस्तो लोकप्रियता होइन ?
2. सामान्य चोटपटकलाई गम्भीर देखाएर आन्दोलन क्यास गर्न खोज्नु सस्तो लोकप्रियता होइन ?
3. तत्कालीन संविधानसभाबाट राजीनामा दिएर पनि अहिले व्यवस्थापिका संसद्बाट महिनै पिच्छे लाखौं रुपैया तलब सुविधा बुझ्नु सस्तो लोकप्रियता होइन ?
4. मोर्चाभित्रै रहेर उपेन्द्र यादव र महन्थ ठाकुर लगायतका नेता विरुद्ध भ्रामक प्रचारबाजी गर्नु र उटपट्याङ आरोप लगाएर आफू चोखो बन्न खोज्नु सस्तो लोकप्रियता होइन ?
5. मोर्चाका नेताहरुको अवमुल्यन गर्दै आफू क्रान्तिकारी बन्न खोज्नु सस्तो लोकप्रियता होइन ?
6. चिनियाँ झन्डा जलाएर उल्टै उपेन्द्र यादवमाथि आरोप लगाउनु सस्तो लोकप्रियता होइन ?
7. विरगंजका जिल्ला अध्यक्ष प्रदिप यादवको नेतृत्वमा महिनौंदेखि सीमानाका ठप्प हुदाँ पनि आफैले नाका बन्द गरेको जस्तो भ्रम सिर्जना गर्नु सस्तो लोकप्रियता होइन ?
8. हरेक वार्तामा आफ्ना प्रतिनिधि पठाउने अनि वार्तामा किन गएको भन्दै यादव र ठाकुरमाथि प्रहार गर्नु सस्तो लोकप्रियता होइन ?
9. ‘मधेशको मसिहा’ बन्ने चक्करमा आन्दोलनमा होमिएको जस्तो देखाएर वार्ता विरोधी गतिविधि गर्दै हिड्नु सस्तो लोकप्रियता होइन ?
10. मोर्चाको निर्णय विपरीत मिडियामा प्रचारबाजी गर्दै हिड्नु सस्तो लोकप्रियता होइन ?
11. काठमाडौं नआउने अनि मधेशमा ठूलो क्रान्तिकारी झै चटक देखाउदै हिड्नु सस्तो लोकप्रियता होइन ? र, पनि महतोजीको शीघ्रस्वास्थ्य लाभको कामना ।

मेरो पनि कुरा छ, 
उपेन्द्र महत्तो र महेश चौरासिया बिचको यो भाले भिडन्तमा आफुलाई चाँही पर्न मन लागेन । उनीहरुको कुरा राखिदिए तर कुनै प्रतिक्रिया भने जनाउन मन पनि लागेन । किनभने, दुवै मेरा मित्र हुन । दुई मित्र बिच परेको भिडन्तमा आफु पर्न मन लागेन तर दुवैको कुरा भने यहाँ समावेश गरिदिए । मैले चाँही ‘जुगाँ चल्यो कुरा बुझयो’ जस्तो अनुभुत गरे । बाँकी के के हो, त्यो बुझने जिम्मा तपाईलाई छाडेर यो ब्लग तयार पारे । धन्यवाद ।
 

 

No comments:

Post a Comment