Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, November 9, 2015

उता मधेस जल्दा, यता उपेन्द्रको कार्यालयमा भने नाचगान

सरकारी वार्ता टोलीका संयोजक कमल थापाले सोमवार अपरान्ह १ बजे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परराष्ट्र मन्त्रालयमा वार्ता हुने भनेर टविट गरे ।
तर, सप्तरीको रुपनी र भारदहको सडकमा खाट, पलङ नै राखेर बाटो बन्द गरे पछि प्रहरीले बल प्रयोग गरेर मोर्चाका कार्यकर्तालाई पक्राउ गरि हिरासतमा लियो । परिणाम, त्यही निउँँमा सोमवारका लागि तय गरिएको वार्तामा मधेसी मोर्चाले आउँदिन भन्यो, वार्ता हुन नै सकेन ।
तर, उता मधेसमा धमाधम कार्यकर्ता पक्राउ परिरहदाँ र आन्दोलनमा निरन्तर खटिरहेको बखतमा भने यता काठमाडौंमा उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा भने अचम्मको दृश्य सोमवार अपरान्ह देखा परेको छ ।
सोही पार्टीका शिर्ष नेता कार्यकर्ता पक्राउ परेको निऊँमा वार्ता नगर्ने भनिरहेको बेला तीनकुने स्थित उपेन्द्रको कार्यालयमा भने मज्जैसँग नाचगान सम्पन्न भयो । तीनकुनेस्थित आज भएको नाँचगान आफैमा पनि ऐतिहासिक हो, त्यसैले यो ब्लगमा अटाउने मौका पायो ।

यतिखेर मधेसका मुद्धा लिएर सो पार्टी सिंगो आन्दोलनमा होमिएको आज ८६ दिन भईसकेको छ तर केही निकास निस्किरहेको छैन । तराईमा सोही पार्टीका नेता र कार्यकर्ता ज्यानको परवाह नगरी निरन्तर आन्दोलनमा होमिरहेको बेला त्यही पार्टीका केही कार्यकर्ता भने केन्द्रीय कार्यालयमा रमाइलो गरिरहेका छन् ।
सोमवार अपरान्ह त्यहाँ बाजागाजा बजाएर उपेन्द्रको कार्यकर्ताले देउँसी भैलोको रिहल्सन गरे, त्यहाँ सोध्दा भनियो– ‘भोली बौद्धमा देउसी भैलो खेल्ने कार्यक्रम छ, त्यसैले रिहल्सन गरिरहेका हौं ।’ बिद्यार्थी संगठनका पहलमा भोली देखी सुरु हुन लागेको उक्त देउसी भैलो कार्यक्रमको रिहल्सनका लागि केन्द्रीय कार्यालय रोजेका हुन ।
सोमवार साउन्ड सिस्टम बजाएर उनीहरुले दिनभर केन्द्रीय कार्यालयमा रिहल्सन गरे, नाँचे, गाए र रमाइलो गरे । मानौ, त्यो पार्टी कार्यालय नभएर डान्स सेन्टर हो । वरपरका छिमेकी पनि रमाइलो मानेर त्यो रिहल्सनको मज्जा लिए । बिद्यार्थी संगठनका अध्यक्ष बिबेक राईको नेतृत्वमा उक्त रिहल्सन केन्द्रीय कार्यालयमा गरिएको बुझिन आएको छ ।
केही समय पहिलासम्म बैदेशिक रोजगार बिभाग रहेको उक्त भवनलाई फोरम नेपालले अहिले आफनो केन्द्रीय कार्यालय बनाएको छ । सो कार्यालयमा आजकाल मधेसी समुदायका कम र पहाडीया (जनजाति) समुदायका कार्यकर्ता बढी भेटिन्छन, देखिन्छन् । तपाई स्वयं पनि त्यहाँ पुग्दा यो सोच्न सक्नु हुन्छ  कि ‘के यो उपेन्द्र यादवको पार्टी कार्यालय नै हो त ? यदी हो भने मधेसी समुदायको अनुहार नै देखिन्न त ?’ तपाईको मनमा पनि यो चाँही आई हाल्छ । जस्तो, मेरो मनमा पनि आएको थियो ।
मधेसी समुदाय भन्दा पहाडीया समुदायका अनुहार बढी रहनुको कारण हो– उपेन्द्र यादवले तत्कालिन संघीय समाजवादी पार्टी, नेपालसँग पार्टी एकता । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी पार्टीसँग एकीकरण गरेपछि उनको कार्यालयमा मधेसी रंग हराएको हो र पहाडीया रंगले घ्याच्चै थिचेको अवस्था रहेछ ।
उग्र जातीय कुरा गर्ने भनेर प्रचारित राईका कार्यकर्ताले केन्द्रीय कार्यालय कब्जा जमाए पछि मधेसी समुदायका नेता कार्यकर्ता कम जान थालेका छन् । मधेसी समुदाय आफनै केन्द्रीय कार्यालयमा नै मधेसी समुदाय आजकाल अल्पमतमा पर्दै आएका छन् ।
भाषा, भेषभुषा र सोचमा नितान्त फरक भएपछि कार्यालयमा जानु र आउनुको कुनै स्वाद र मज्जा नभएको कात्र्तिक १५ गते एकजना मधेसी नेताले सुनाएका थिए । ‘समावेशी र समानुपातिकको एउटा राम्रो उदाहरण भए पनि ‘उग्र’ र ‘उग्र’ बिचको कुरा नमिल्दा समस्या आउने रहेछ’ तीनको अनुभव पछिल्लो वार्ताको क्रममा सुनेको थिए ।
जे होस, तीनकुने पुगियो भने रमाइलो दृश्य नै देखिन पाइन्छ । भेडा भेडासँग, बाख्रा बाख्रासँग भने जस्तो सो पार्टीको केन्द्रीय कार्यालयमा पनि ‘पहाडीया पहाडीया’ सँग, मधेसी मधेसीसँग नै आपसी कुराकानीमा ब्यस्त रहदाँ रहेछन, त्यो अस्ति पनि देखिएकै हो, आजकाल पनि देखिन्छ नै ।
आज चाँही उनै अशोक राईका पुर्व कार्यकर्ताले अपरान्ह १ बजे देखी ४ बजेसम्म केन्द्रीय कार्यालयमा मादल ठटयाउँदै, गीतार हान्दै रमाइलो गरे । डिजेको प्राक्टिस पनि त्यहाँ भएको थियो, आइ एम डिस्को डान्सर टाइपका गीतहरु पनि त्यहाँ पुरै घन्कीन पुगे । अघि ४ बजेसम्म रमाइलो गरेका उनीहरु अहिले चाँही  नाँच्दा नाँच्दा, गाउँदा गाउँदा थाकेररु लखतरान भएर सुस्ताई रहेका छन् ।
जे होस, उपेन्द्र कार्याकर्ताको ताल देखेर एकछिन चाँही रमाइलो नै लाग्छ । तर के गर्नु सोही पार्टीका अन्य कार्यकर्ता भने दिनहुँ प्रहरीसँग ढुंगामुढा गर्दै, प्रहरी लाठी खाँदै, जुध्दै मधेसका मुद्धा स्थापित गराउन लागिरहेका छन, अर्कातिरका कार्यकर्ता भने केन्द्रीय कार्यालयमा नै नाँचगान गरेर रमाइलो गरिरहेका छन । जुन दृश्य सोमवार तीनकुनेमा देखियो र त यो ब्लग लेखियो ।




No comments:

Post a Comment