मुलुककै दोस्रो मर्यादाक्रममा रहेको उपराष्ट्रपतिमा चुनिँदा शनिबार एकीकृत नेकपा माओवादी नेता नन्दबहादुर पुन कालो भादगाउँले टोपीमा व्यवस्थापिका संसद भवनको दर्शकदीर्घामा थिए। संसद सदस्य नभएकाले दर्शकदीर्घामा बसेका पुनलाई सभामुख ओनसरी घर्तीमगरले विजयी घोषणा गरेपछि सुरक्षाकर्मीले घेरेर बाहिर ल्याए।
विगतमा माओवादी लडाकु प्रमुखसमेत रहेका पुनका चारवटा प्रसंग यस्ता छन् जो कमै मानिसलाई मात्र थाहा छ। पहिलो, उनी सरकारबाट नियुक्ति पाएका स्थायी शिक्षक थिए । दोस्रो, उनी मात्रै माओवादीका यस्ता नेता हुन्, जसको 'जनयुद्ध' अघि नै टाउकोको मोल तोकिएको थियो।
तेस्रो, उनी उपराष्ट्रपति निर्वाचित भइरहँदा माटोले पोतेको सामान्य टहरोमा जीवनयापन गरिरहेका छन् । र, चाैथाे, माओवादीका शीर्ष नेतामध्ये उनी मात्रै सम्भवतः यस्ता एक्ला नेता हुन्, जसले शान्ति प्रक्रियापछि अहिलेसम्म राज्यको कुनै पनि लाभको पद लिएको छैन।
एमाओवादी महासचिव कृष्णबहादुर महराका विद्यार्थीसमेत रहेका उपराष्ट्रपति पुन सशस्त्र द्वन्द्वमा लाग्नुअघि स्थायी शिक्षक थिए । रोल्पाको राङसी गाविसस्थित जनसेवा निमावि (हाल उमावि) मा उनी पढाउँथे । उनका विद्यार्थीमध्ये जयपुरी घर्ती र तारा घर्ती अहिले पनि माओवादीको उपल्लो तहमा छन् ।
सशस्त्र द्वन्द्व सुरु हुनुअघि पुनलाई स्थानीय प्रशासनले टाउकोको मूल्य ३५ हजार तोकेर खोजबिन गरेको छोरा दीपेश बताउँछन् । 'प्रहरीबाट बच्नका लागि बुबाले घरमै २५ मिटर लामो सुरुङ पनि बनाउनुभएको थियो,' दीपेशले नागरिकसँग भने ।
पार्टीमा नन्दकिशोर पुन 'पासाङ' ले चिनिने उनी कपनमा बाँसको टहरोमा बस्दै आएका छन् । भूकम्पपछि डेरा बसेको घर खतराजन्य भएपछि आफैंले टहरो निर्माण गरी त्यसमा उनी बस्दै आएका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएकाले अब उनी कान्तिपथस्थित बहादुर भवनमा बस्नेछन् ।
पिता रामसुर पुन र माता मनसरा पुनको कोखबाट २०२२ कात्तिक ७ गते राङसी–९, रोल्पामा जन्मेका पुन परिवारका पाँच दाजुभाइमध्ये माइला हुन । उनका दुई छोरा छन् । उनको एकजना भाइको युद्धको क्रममै निधन भएको थियो । हस्तमाली पुनसँग प्रेमविवाह गरेका उपराष्ट्रपति पुन मिर्गाैलाका बिरामी छन् ।
२०३७ सालमा जनसेवा निमावि, राङ्सीमा अनेरास्ववियु छैटौंको एकाइ अध्यक्षको जिम्मेवारी लिएर राजनीतिमा प्रवेश गरेका पुन माओवादीका सैन्य क्षेत्रको जिम्मेवारी अन्तिमसम्ममा सम्हाल्ने एक्ला शीर्ष नेता हुन् ।
सशस्त्र द्वन्द्व सुरुआतको पहिलो दिन अर्थात २०५२ फागुन १ गते पुन होलेरी चौकी आक्रमण गर्दा सहकमान्डरको भूमिकामा थिए । ०५८ कात्तिकमा 'जनमुक्ति सेना, नेपाल' घोषणा गर्दा बटालियन स्तरको सैन्य संरचना घोषणा गरिएको थियो, जसको कमाण्डर उनैले पाए । ०५९ सालको बिग्रेडस्तरको संरचना निर्माण हँुदा पनि उनी नै कमान्डर थिए ।
उनको नेतृत्वमा पहिलो पटक सदरमुकाम आक्रमण (डोल्पाको दुनै), पहिलो क्षेत्रीय सदरमुकाम आक्रमण (कर्णालीको जुम्ला) भएको थियो । दाङको घोराही, अछामको मंगलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी आक्रमण उनकै नेतृत्वमा भएको हो । रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाही सेनालाई पराजित गर्दा पुन नै कमान्डर थिए ।
सशस्त्र द्वन्द्व सुरु भएको एक वर्षपछि पुन आफैंले बाह्र बोर बन्दुक बनाएका थिए । उनले त्यसपछि थ्री–नट–थ्री राइफल, कटुवा पेस्तोल, टु–इन्च मोर्टार, ८१ एमएम मोर्टार सेल बनाएका थिए । उनले 'इतिहासका रक्तिम पाइला' र आधारभूत सैन्य कोर्स भाग १–५ सम्मका पुस्तक लेखेका छन् ।
माओवादी लडाकु हस्तान्तरण तथा समायोजनमा उल्लेखनीय भूमिका खेलेका पुन त्यसपछि मात्रै सैन्य जिम्मेवारीबाट मुक्त भएका थिए । हाल एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका पुन गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग काठमाडौं–४ मा पराजित भए । उनै पुन सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै उपराष्ट्रपति पदमा निर्वाचन भएका छन् ।

No comments:
Post a Comment