जेल पुगेकी इरानी कलाकार अतेना फरगदानी |
आफनै देशका नेताको काटुर्न बनाउने एक जना इरानी महिला कलाकारलाई १२ बर्षको सजायँ दिइएको छ । उनले त्यही नेताको काटुर्न बनाएको थिइन, जसले परिवार नियोजनको फैसाला लिन सक्ने इरानी जनताको अधिकार प्रति रोक लगाउने काम गरेका थिए । त्यसवाट चित्त नबुझेर इरानी कलाकार अतेना फरगदानी ती नेताको कार्टुन बनाएकी थिइन, तर त्यही कार्टुनले उनलाई १२ बर्ष बढी समयका लागि जेल पु¥याउने काम गरेको छ ।तेहरानको कथित रेब्युशनरी कोर्टमा फरगदानी बिरुद्ध ‘पेन्टिङको माध्यमवाट सांसदको बेइज्जती’ गरेको भन्दै मुद्धा दायर भएको थियो । लामो छलफल र बहस पछि १८ मेमा फरगदानी बिरुद्ध उक्त अदालतमा उजुरी गरिएको थियो, त्यसको केही समय भित्रै उनलाई सो सजायँ सुनायो । सांसदको बेइज्जती गरेको ठहर गर्दै सो अदालतले १२ बर्ष ९ महिना जेल सजायँ तोकेको हो । जुन सजायको इरानका केही बरिष्ठ कानुन बिज्ञले भने अदालतको सो फैसाला प्रति असन्तुष्टी जनाएका छन । उनीहरुको तर्क छ – ‘फरगदानी माथी सुनाइएको सजायँ धेरै नै हो, जो आवश्यक नै थिएन ।’
अतेना फरगदानीले बनाएको कार्टुन, जसले १२ बर्षका लागि जेल पुरयायो |
तर, फरगदानीका एक नातेदारका अनुसार सो फैसाला बिरुद्ध उच्च अदालतमा उनले अपिल गर्दैछिन् । उनका नातेदारले फोकस न्युजसँग कुराकानी गर्दै भने, ‘हामी यो सजायँवाट निकै दुःखी छौ तर फरगदानी आफै चाँही निकै आशावादी देखिएकी छिन्, त्यसैले उनी यो सजायँको खिलाफमा अपिल गर्दैछिन् ।’ फरगदानी अदालतको सो फैसालालाई उल्टाउँदै उच्च अदालतले न्याय गर्नेमा विश्वस्त देखिएकी छिन् ।
यद्धपी, उनलाई रेभुस्लनरी अदालतका सुरक्षाकर्मीहरुले फरगदानीलाई घरवाट नै पक्राउ गरेर जेल पु¥याएका छन । हाल तेहरानस्थित एविन जेलमा राखिएकी फरगदानीलाई हप्तामा एक पटक मात्रै अरुले भेटन पाउने छिन्, त्यो भन्दा बढी मौका अरुलाई दिइएको छैन । तर, कस्का बिरुद्ध उनले काटुर्न बनाएकी थिइन, त्यो भने खुलाइएको छैन् ।

No comments:
Post a Comment