Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, January 14, 2015

'प्रक्रियामा जान नचाहनेले कहिल्यै सुख दिदैनन्' – मह जोडी

ह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संविधान निमार्णको प्रक्रियालाई अस्विकार गर्नेले कहिल्यै पनि सुख नदिने बताएका छन् । चन्द्रपुर– रौतहटमा ‘धुवाँ’ टेलिफिल्मको छायाँकन छाडेर सम्मान लिन काठमाडौं फर्केका महजोडीले संविधान निमार्णबारे आफनो धारणा राख्दै सहमति जुटाउन नसके प्रक्रियामा गएर भए पनि संविधान बनाउने धारणा राखेका हुन । ‘सकेसम्म नेताहरुले संविधान सहमतिमा नै बनाउन, सहमति जुटाउन नसके प्रक्रियामा भएर पनि संविधान बनाएर हामीलाई दिनु पर्छ,’ कलाकार श्रेष्ठले भने, ‘अहिले जो जो प्रक्रियामा जान चाहदैनन, तीनले पहिला नै चुनावमा जानु हुदैनथ्यो, ख्याल गर्नुहोस जो प्रक्रियामा जान चाहदैन, त्यस्ले कहिल्यै पनि सुख दिदैन् ।’ कुनै पनि दल बिशेषको नाम उल्लेख नै नगरी मह जोडीले प्रक्रियामा जाने अस्विकार गर्नेहरुले देशको नियम कानुन, जनता र आफनै प्रतिवद्धतालाई कहिल्यै नमान्नेको रुपमा चित्रित गरेका छन् ।

नागरिक समुहको कार्यक्रममा सहभागी हुन काठमाडौं फर्केका मह जोडीले संविधान निमार्णबारे पछिल्लो समय खुलेर आफनो धारणा राखेका हुन । ‘दुई–दुई पटक संविधानको नाममा चुनाव भएको छ तर अझै संविधान बनेको छैन्, कतिञ्जेल कुर्नु जनताले पनि’ श्रेष्ठले अन्नपुर्ण होटलमा भने, ‘प्रक्रियामा जाने सबैभन्दा बैज्ञानिक प्रणाली पनि हो, त्यसैले यसलाई जसले अस्विकार गर्छ, त्यो लोकतान्त्रिक हुदैँ होइन् ।’ श्रेष्ठले माघ ८ भित्रै संविधान दिने प्रतिवद्धता जनताले नगरेको भई राजनीतिक दलको नेताहरुले गरेकाले आफनै बचन र प्रतिवद्धता फर्केर हेर्न सुझाव दिए ।
जातीय र क्षेत्रीयताको आधारमा बनाइने संघियताले राष्ट्रको भलो हुन नसक्ने श्रेष्ठको भनाई छ । ‘जातीय राज्यको कुरा गर्नु भनेको सुतिरहेको बाघलाई ब्युत्याउँनु हो, तर ख्याल गर्नु पर्ने कुरा चाँही के हो भने जसले त्यसलाई ब्युत्याउँछ, सबैभन्दा पहिला खाने उसैलाई हो,’ श्रेष्ठले भने, ‘राष्ट्रिय गान सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ भन्ने भावको संघीयता बनाउनु पर्छ ।’ शान्त भएर बसेको हिमाल, पहाड र तराई बिचको संवन्धमा बिभेद र बिद्धेष फैलाउने संघीयताको बिपक्षमा सबै हुनु पर्ने श्रेष्ठको भनाई छ ।
आफनै बचन र प्रतिवद्धताको ठेगान नभएको नेता नहुने श्रेष्ठको भनाई थियो । ‘आफनै बचन र प्रतिवद्धताको ठेगान नभएको पनि कही नेता हुन्छ र ? तर यो त नेपालमा मात्रै भइरहेको छ,’ श्रेष्ठले भने, ‘के माघ ८ मा संविधान दिन्छौ भनेर हाम्ले भनेको हो र तीनै नेता आफैले भनेका होइनन, लिखित रुपमा सही छाप गरेका होइनन ? अनि अहिले माघ ८ मा संविधान नआए आकाशै खस्दैन भन्न पाइन्छ ?’ उनका अनुसार आफनो बोली अनुसार प्रतिवद्धता पुरा नगरे जनता सडकमा उत्रने छन् ।

‘जातीय राज्यको कुरा गर्नु भनेको सुतिरहेको बाघलाई ब्युत्याउँनु हो, तर ख्याल गर्नु पर्ने कुरा चाँही के हो भने जसले त्यसलाई ब्युत्याउँछ, सबैभन्दा पहिला खाने उसैलाई हो’  - मदनकृष्ण श्रेष्ठ
अर्का कलाकार हरीबंश आचार्यले संघीयतालाई ‘तेर्सो गरी गरी चिरेर’ बिभाजन गर्न नहुने तर्क राखेका छन् । ‘हुन त अहिले झगडा काक्रोलाई झै देशलाई पनि ठाडो गरी चिर्ने कि तेर्सो गरी चिर्ने भन्नेमा नै देखिन्छ,’ आचार्यले भने, ‘तर, देशलाई बिबेक नै नपु¥याई तेर्सो गरी चि¥यो भने देश टुक्रन पनि सक्छ, यसमा ख्याल गर्न जरुरी छ ।’ अघिल्लो संविधानसभावाट संविधान बनाउँदा रक्तपात हुने खतरा धेरै भए पनि तुलानात्मक रुपमा अहिले त्यो खतरा कम भएको आचार्यको बुझाई छ ।
आफैले गरेको प्रतिवद्धता अनुसार माघ ८ मा संविधान निमार्ण नभएमा जनता सडकमा उत्रने दावी आचार्यको छ । ‘धेरैलाई अहिले के लाग्दै गएको छ भने फेरी एकपटक हामी सडकमा उत्रने बेला भएको छ, त्यो महशुश भएको पनि छ,’ आचार्यले प्रतिवद्धता जनाए, ‘आवाश्यक्ता पर्ने बितिक्कै हामी सडकमा उत्रन तयार छौ ।’ संविधान नदिने नेताहरुको ताल देखेर धेरैले महजोडीलाई राष्ट्रपति र प्रधानमन्त्री बनेर देश चलाउन आग्रह गरेको प्रसङ्ग पनि उनले सुनाए ।
‘तर हामीले भन्ने गरेका छौ, कलाकारले आफनो कलाकारिता गर्ने हो, देश बनाउने नेताले नै हो, नेताको बिकल्प नेता नै हो, अरु होइन’ आचार्यले भने, ‘तर, नेपालमा नेता बदनाम भयो, जबकी सबैभन्दा सम्मानित नेता हुन जरुरी थियो ।’ उनका अनुसार नेताले बेलैमा संविधान जनतालाई दिएर आफनो छवी सुर्धाने मौका सदपयोग गर्नु पर्ने सुझाव दिए ।

No comments:

Post a Comment