Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, December 18, 2014

मन्त्री रिजाल रोधीमा मस्त, कांग्रेसीजन कुरा काटन मै ब्यस्त

सञ्चार मन्त्री मिनेन्द्र रिजाल रौशिक छन् । यही रौशिकताका कारण मन्त्री रिजाल बेला बेलामा चर्चा र परिचर्चामा आउँछन । खासगरी, कांग्रेसी नेता र कांग्रेसी पत्रकार बिच उनका रमाइला र रौशिक गफहरु धेरै नै हुन्छन्, सुन्दा पनि अनौठो लाग्ने । गत प्रेस युनियन (कांग्रेस निकट पत्रकारहरुको संस्था)को चुनावमा उनका धेरै किस्सा यो ब्लगरले पनि सुन्यो। थाहा पायो कि, मन्त्री रिजालका रमाइला घटनाहरु कति धेरै रहेछन् भनेर । प्रेस युनियन चुनाव ताका उनको बर्खास्तीका खबर बाक्लै सुनिए, उनको सट्टामा आनन्दप्रसाद ढुंगानालाई सञ्चार मन्त्रीको जिम्मेवारी दिन लागिएको समाचार पनि बाहिर आए । तर, अन्तिममा उनको वर्खास्ती रोकियो । (यहाँ क्लिक गरेर पढनु होस, त्यो बेला के सम्म भएको थियो भनेर । ) युवतीको मामिलामा निकै कमजोर भनेर प्रचार भएका अर्थात जाने बुझिएका मन्त्री रिजाल नेपाल टेलिभिजनको अध्यक्षमा निर शाह नियुक्ती प्रकरण, प्रेस युनियन चुनावमा संस्थापन पक्षको पराजय, नेपाल टेलिकममा नियुक्ती, सरकारी सञ्चार माध्यम गोरखापत्र र रेडियो नेपालमा भएका नियुक्ती र चुनावका कारण कांग्रेसी पत्रकारको उनी तारो बने । धेरै कांग्रेसी पत्रकारहरुले उनलाई खेदे पनि । त्यसपछि प्रधानमन्त्री सुशिल कोइरालाले उनलाई बोलाएर दुई घन्टा प्रस्टीकरण पनि लिए । त्यस मध्ये दुई प्रश्न चाँही यहाँ ब्लगमा उल्लेख गर्दैछु ।
जुन दिन आनन्दप्रसाद ढुंगानालाई सपथ खुवाइने भनिएको थियो, त्यसको अघिल्लो दिनको् घटना हो । प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेर आए पछि प्रधानमन्त्रीसँग भएको बातचितका बारेमा उनले आफु निकट केहीलाई सुनाएका थिए । उनले प्रधानमन्त्रीसँग भएका गफ सुनाएका केही मध्येले यी कुराहरु चुहाएका हुन, जुन यो ब्लगरसम्म आइपुगेको थियो ।
प्रधानमन्त्रीको पहिलो प्रश्न थियो, ‘नेपाल टेलिभिजनमा निर शाह (कहिले दरबारिया, कहिले माओवादी, पछिल्लो समय कांग्रेसी भएका) लाई कसरी अध्यक्ष बनाउनु भयो, मलाई आएको रिर्पोट अनुसार उहाँको छोरी कारण निर शाहलाई अध्यक्ष बनाइएको भन्ने सुनिन्छ नी, कुरो के हो ?’ प्रधानमन्त्रीको हप्कि र दप्कीका बिच रिजालले उत्तर दिएका थिए- ‘प्रधानमन्त्रीज्यू, यसमा मेरो केही दोष छैन, निर शाहलाई मैले आफैले अध्यक्ष बनाएको होइन्, प्रकाशमानजी (उपप्रधानमन्त्री प्रकाशमान सिंह)ले सिफारिस र दबाब दिए पछि मात्रै मैले नियुक्ती गरेको हु, यसमा मेरो कुनै इन्ट्रेष्ट छैन ।’ उनले आफुले नभई प्रकाशमान सिंहको दबाबमा निर शाहलाई नियुक्ती दिएको जवाफ दिए पछि प्रधानमन्त्री अलि शान्त भए ।
दोस्रो प्रश्न थियो, ‘प्रेस युनियनको चुनावमा संस्थापन पक्षले किन हारयो ? र, देउवाजीको मान्छेले कसरी जित्यो ? जबकी संस्थापन पक्षलाई जिताउने जिम्मेवारी तपाईलाई दिएर मैले पठाएको थिएँ ।’ संस्थापन पक्षका शिब लम्साललाई पोखरामा सम्पन्न युनियनको चुनावमा हराउँदै देउवा पक्ष (अझ देउवाका प्रेस सहयोगी पनि) का बद्री सिग्देल बिजयी भए पछि प्रधानमन्त्रीको आक्रोश मन्त्री रिजाल माथी थियो । उनले त्यो बेला जवाफ दिएका थिए– ‘यसमा मेरो केही गल्ति छैन, संस्थापन पक्षलाई जिताउन मैले ठुलो कसरत गरे, केहीलाई जिताए पनि तर अध्यक्षका उम्मेदवारलाई भने सकिन् किनकी उम्मेदवार नै गतिलो परेन, उम्मेदवार नै 'अन पपुलर' रहेछ ।’ मन्त्री रिजालले उम्मेदवार चयन गर्ने जिम्मा पार्टी प्रवक्ता दीलेन्द्रप्रसाद बडुले पाएको र उनले गलत तथा अन-पपुलर ब्यक्तिलाई उम्मेदवार बनाएका कारण आफुले केही गर्न नसकेको तरर संस्थापन पक्षका अरुलाई जिताउने भने सफल भएको भन्दै बिजयी उम्मेदवारको नाम उल्लेख गरेका थिए ।
प्रधानमन्त्रीका धेरै प्रश्नको उत्तर दिए पछि त्यो बेला रिजालको मन्त्री पद जोगिएको थियो । प्रधानमन्त्रीको प्रश्नको जवाफ तथा उत्तर–दक्षिण सबै दिशातिर मन्त्रीवाट रिजाललाई बर्खास्त नगर्न चर्को दबाब परे पछि उनको पद बालाबाल बचेको थियो । जबकी, मन्त्रीको सपथ खान ढुंगना तयार भएर बसिसकेका थिए । र, ढुंगानाले काभ्रेको एउटा बैंकमा कार्यरत आफना छोरालाई सपथमा उपस्थित हुनका लागि काठमाडौंमा बोलाइसकेका पनि थिएँ । यहाँ क्लिक गर्नुहोस् 
आज फेरी एउटा अनलाईनले उनको बारेमा एउटा समाचार लेखेछ । त्यो समाचार पढे पछि मन्त्री रिजालका पुराना घटना सम्झनामा आएर अहिले ब्लगमा लेखेको हुँ । ‘सञ्चारमन्त्री दिउसै डान्सवारमा मस्त’ भन्ने शिर्षकको सो समाचारले मलाई उनको युवती प्रसङ्ग र रौशिक बानी ब्योहोरा फेरी याद आयो । 
सो अनलाईनले अगाडी यस्तो लेखेको छ– मुलुकमा संविधान निर्माणको चटारो परिरहेका बेला सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल भने दिउँसै युवतीहरुसँग रोधी क्लबमा डान्स गरिरहेको भेटियो । बुधबार अपरान्ह ११ बजेदेखि १ बजेसम्म मन्त्री रिजाललाई जुनेली रोधी क्लबमा युवतीसँग डान्समा मस्ती गर्दै गरिएको भेटिएको हो । दरबारमार्गको हट ब्रेडसँगै रहेको जुनेली रोधी क्लबले दोस्रो वर्ष पुगेको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सहभागी हुन मन्त्री रिजाल ११ बजे पुगेका थिए । वार्षिक उत्सवको औपचारिक कार्यक्रम सकिएपछि मन्त्री रिजाल युवतीसँग मस्त डान्स गरेर दिउँसो १ बजे बाहिरिएका थिए । उक्त कार्यक्रममा केही पत्रकारहरु पनि सहभागी थिए । मन्त्री रिजालले युवतीसँग डान्स गरेर दृश्य मोबाइलमा कैद गरेका छन् । उक्त भिडियोको फुटेज यु-टुयुबमा राखिने बताइएको छ ।
सञ्चारमन्त्री डा. रिजाल रंगीन मिजासका छन् । उनको कमजोरी भनेकै युवती भएको बताइन्छ । केही महिना अघि बेलायत भ्रमणका बेला मन्त्री रिजाललाई खैरे युवतीसहित होटलमा आपत्तिजनक अवस्थामा दुई पत्रकारहरुले नै भेटेको चर्चा लण्डनमा अहिले सम्म सेलाएको छैन । मन्त्री रिजाल त्यस बेला दूतावासमा नबसी विम्बलीको सस्तो मस्तो होटलमा बसेका थिए ।  









 
 
 

No comments:

Post a Comment