Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, December 16, 2014

बाबुरामलाई 'अध्यक्ष' दिने भनेपछि माओवादीमा हल्लीखल्ली

एकीकृत नेकपा माओवादी भित्र अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्ने प्रसङ्ग माओवादीको आन्तरिक राजनीति देखी समग्र राष्ट्रिय राजनीतिमा चर्चा र परिचर्चाको बिषय बनेको छ । दुई दशक बढी लामो पार्टी नेतृत्वमा रहेका दाहालले गत आइतवार पद छाडने र महाधिवेसनमार्फत भट्टराईलाई दिने बताए पछि अहिले माओवादी भित्र पनि हल्ली खल्ली सुरु भएको छ । बाबुराम भट्टराईले मुखै खोलेर मलाई अश्यक्ष चाहियो भने पछि आफु पद छाडन तयार भएको प्रचण्डले गत केन्द्रीय समिति बैठकमा नै बताई सकेका छन् । त्यसका लागि महाधिवेसन आयोजना गर्नेसहित अध्यक्ष दाहालले ८ वटा प्रस्ताव गरे पछि त्यसमा अहिले दायाँबायँ दुवै कोणवाट बहस सुरु भएको छ । माओवादी भित्रै चलेको सार्वजनिक बहसलाई यहाँ उल्लेख गरिएको छ । सामाजिक सञ्जालहरुमा माओवादी नेताहरुले प्रचण्डले बाबुरामलाई नेतृत्व हस्तान्तरण गर्ने बिषयलाई कसरी लिइरहेका छन त ? सामाजिक सञ्जालमा कोही प्रचण्ड नै हुनु पर्छ भनिरहेका छन, कोही बाबुरामलाई पटक्कै स्विकार गरेका पनि छैनन ? केही प्रतिनिधि आवाजहरु तपाईका लागि पनि ।

देबेन्द्र पौडेल, भट्टराई निकट नेता
टुट, फुट र विभाजन नेपाली कम्युनिष्ट आन्दोलनको रोग हो । यो रोग माओवादीलाई पनि लागेको छ । विचारमा नयाँ, संगठनमा नयाँ , संस्कार र संस्कृतिमा नयाँ र समग्र नेतृत्वमा नयाँ पनको खोजी सहित माओवादी आन्दोलनको पुनर्गठनको पूर्व सन्ध्यामा छ । लामो समय नेतृत्व सहांलेका क. प्रचण्डकै प्रस्तावमा डा. वावुराम भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्ने र फुटेकाहरुलाई पनि एकिकरण गर्ने कुराले फेरी एक पटक माओवादी आन्दोलन टुट – फुटको रोगबाट पुनर्गठनको अध्यायमा प्रवेश गर्ने संकेत देखिएको छ । यसले बिगतका कैयौं आशंकाहरुको अन्त्य गर्दै प्रचण्ड – वावुरामको एकतालाई नयाँ उचाईमा पुर्याउने छ र नेपाली वामपन्थी आन्दोलनको पुर्नगठनको लागी बाटो खोल्ने छ । पार्टी भित्र र वाहिरका यो एकतालाई भाड्न खोज्ने महारोगी अतिवादीहरुको सलवलाहट बाट हामी सबै सतर्क होऔं ।

विश्वभक्त दुलाल आहुती, नारायणकाजी निकट नेता
उनीहरूले भने, " हामीहरू मिल्यौं । " नमिल्नुभन्दा मिल्नु राम्रो कुरा हो। तर उनीहरूले भनेनन् ,"हामीहरू फेरियौं,कमसेकम अब फेरिन तयार भयौं । " हो उनीहरूले यसो पटक्कै भनेनन् जुन आजको मुख्य आवश्यक कुरा हो!

एस दाहाल, प्रचण्ड पुत्र
- कार्यकर्तामा निराशा ! कार्यकर्तालाई कति तडपाउने ??? साच्चै प्रचण्डले अध्यक्ष छोडे भने के होला? एउटा अध्याय पुरा नगरी यो छोड्ने कुरा आउदैन ! यो अध्याय विचमै छोड्दा शायद कोहीपनि सन्तुष्ट हूने छैनन् । र अर्को उत्तराधिकारी समकालिन भन्दा पनि अर्को पुस्तालाई सुम्पने कुरा हो । आफु भन्दा उमेरले जेठोलाई होईन ! यसकालागि ABC.. माओवादी एकताबद्ध हुनु पर्छ, क्षमता, योगदान र कटिबद्धताको आधारमा प्रकृया अनुसार उत्तराधिकारी सुम्पनु पर्दछ। र म प्रचण्ड पछि भनेर उफ्रेर के काम ! त्यसरी उफ्रेर हुने भए को/को उफ्रने ??पदकैलागि एउटा नेताले यो बोलेछ अर्कोले के? कोही रेडियोमा मै अध्यक्ष भन्न तिर लागेछ कोही पत्रिकामा !! कार्यकर्ता रहलान् र यसरी हानथाप गर्दा ?? कस्ले नेता मान्ने? मै त मान्दिन होला ।
- प्रचण्ड-बाबुरामलाई सल्लाह सुझाव दिनु एउटा कार्यकर्ताको अधिकार हो । खराब हूंदै छ भन्नु राम्रो हो । हामी कार्यकर्तानै नभए को नेता हून्छ । नेताले कार्यकर्ता बनाउने भन्दा कार्यकर्ताले नेता बनाउने हो ।

समीर पाण्डे, माओवादी कार्यकर्ता
यदि प्रचण्डले नेतृत्व छोडे ए माओवादी आदि दर्जनमा बिभाजन हुने पक्का छ ।

जनार्दन शर्मा, प्रचण्ड निकट नेता
- एक पटक हाम्रो सामु खुल्नुहोस !
हामिले जज गर्न पाऊ !!
आफ्नो लागि होईन, इतिहासका लागि ईमान्दार बन्न सिकौ !!!
इतिहासको आवाज सुन्ने नायक र नसुन्ने खलनायक बाहेक केही हुन सक्दैन !!!!
चरम व्यक्तिगत महत्वाकांक्षा पूणार्थ जे गर्न पनि पछि नपर्ने , बिघटनमा जिवन देख्न समेत पछि नपर्ने, निरासाको पहाडमा सफलता देख्ने द्वन्दवाद त हुदै होईन, त्यो राजनीतिक ईमान्दारीता पनि हुदै होईन, त्यही नेता सफल हो जो इतिहास प्रति ईमान्दार बन्छ ।
- संगठनलाई बिघटन होईन संगठित गरौं त्यसका लागि एकता अनिवार्य छ । त्यो बिघटनका लागि होईन । एकता फेरी आर्को गुट बनाउन, फेरी अझ ठूलो बिघटन गर्न, समय लिएर फेरी विभाजित हुनकालागि नभएर आफै भित्र रहेको खराबीलाई त्याग्दै, सबैलाई नयाँ भट्ठीमा होम्दै इतिहासको जिम्मेवारी पुरा गर्न एकतावद्ध हुनुको बिकल्प छैन । यो नै इतिहासको तथ्यको स्विकार हुनेछ

ओम लामिछाने, माओवादी कार्यकर्ता
- कस्तो पार्टी वनेछ यो डिनर लञ्च के के जाती गरेर यि दुई मिल्दा पार्टी सवै मिल्ने रे....... अनि दुई नमिल्दा केही पनी नमिल्ने (विचार /शिद्धान्त) यो पार्टी कि /प्रा.लि हो ..........वाकी नेताहरु चाही के रहेछन् कुनी...........???

शालिकराम जम्मरकट्टेल, प्रचण्ड निकट नेता
- एकिकृत ने.क.पा.(माओवादी ) को नेतृत्व परिवर्तन को कुरा र नेपालीको एउटा उखान मिल्दोजुल्दो लाग्यो ।बच्चा पाउने कहिले कहिले भोटो सिउने अहिले भने जस्तै -महाधिबेशन कहिले हुने हो ,देशको राजनीतिक अबस्था के हुने हो ,जेठो मामा को यो गति ,कान्छो मामा को कुन गति , मेरो भांग्राको धोती भने जस्तै नहोस ।

हरिबोल गजुरेल, प्रचण्ड निकट नेता
-माओवादी आन्दोलन हो, पार्टीमात्र होइन । यसलाई सफल पार्न सबैले आत्मसमिक्षा गरेर एक ठाउँमा आउनै पर्छ, सबैले मिलेर बिगारेको यथार्थ हो, कम बेसी मात्र हो। एक अर्का माथि दोष लगाएर आफ्नो पक्ष क्रान्तिकारी भनेर आत्मरति लिन सकिन्छ तर हुने बिनास नै हो। माओवादीहरूले पहल लिन नसकेको मात्र हो, आत्मसमर्पण गरेका छैनन। एमालेलाई रातो कार्पेट बिच्छ्याउनेहरूले एमाओबादीका क.प्रचण्ड र क.वाबुरामलाुई गालि गरेको सबैले सुनेकै हुनु पर्छ। लेफ्ट,सेन्टर र राईट पार्टीमा सदैब रहिरहन्छ एकैठाउँमा बसेर बहस गरेर निकास निकाल्न सकिन्छ । मुख्य कुरा विचारको विकास गर्न नसकेको हो। यो चुनौतिको सामना गर्न तीनलाई एक बनाउनै पर्छ, नत्र तीनमा अडिदैन नौ हुन जान्छ।

अशोक जयसबाल, दाहाल निकट नेता
कम्युनिष्ट पार्टीमा लिडरसिपको बहस जरुरी छ । प्रचण्ड कमरेडले बाचुन्जेल नेतृत्व गर्नुपर्छ भन्ने होइन, उत्तराधिकारी अगाडी लगाउनु पर्छ । तर, यतिबेला क्रान्तिकारी आन्दोलनमा कठिनाई सामना गरिरहेको बेला नेतृत्वको बहस बेमौसमको बाजा हुन पुगेको भान हुन्छ । एक कार्यकाल कमरेड प्रचण्ड नै पार्टी नेतृत्व गरेर राम्रो हुन्छ नत्र पार्टी विघटनको दिशामा जान्छ । 

रबिन्द्र श्रेष्ठ, पुर्व माओवादी नेता -
ओरालो लागेको मृचण्डलाई बाबुरामले पनि लखेट्छ ।

No comments:

Post a Comment