Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, May 12, 2014

‘बाबुरामको अस्विकार अघि बिराटनगरमा भएको चाँही यो हो’

हाम्रो २ सय ६९ जनाको केन्द्रीय समिति थियो । त्यसलाई ९९ मा झार्ने प्रतिबद्धता गएको केन्द्रीय समितिले गरिसकेको थियो । सर्कुलर पनि भएको थियो, र कार्यविधि पनि सोही अनुसार बनाइएको थियो । २६९ लाई ९९ मा झार्ने कुरा आफैंमा कम चुनौतीपूर्ण थिएन । अर्को हाउसमा १ हजार ७ जना प्रतिनिधि छन् । तिनको पनि सबैको आकांक्षा छ केन्द्रीय समितिमा आउने । राष्ट्रिय सम्ेमलनको प्रतिनिधि भइसकेपछि ती सबै केन्द्रीय समितिका लागि योग्य पनि भए । राष्ट्रिय सम्मेलनमा जो कोही पनि चुन्न र चुनिन पाउने भएपछि १ हजार ७ लाई ९९ मा झार्नुपर्ने भयो । यो कम जलिट र चुनौतीपूर्ण कुरा होइन । मैले प्यानल लिष्ट तयार पार्ने काम विराटनगर जानु अगाडि काठमाण्डु बाटै सुरु गरेको थिएँ । तत्कालीन हेर्डक्वाटरमा रहेका बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीसँग त्यस बारेमा अलग–अलग छलफल गर्दै आएको थिएँ । अध्यक्षले एकैचोटि देखाएछ क्यारे भन्ने कसैलाई परेको छ भने त्यो गलत हो । केही छुटेका छन् जस्तो लागे पनि एकदमै नमिल्ने आयो भनेर हामी कसैलाई पनि लागेको थिएन । मैले जुन प्यालन तयार पार्दै थिएँ त्यसमा बाबुरामजीसहित हेर्डक्वाटरमा रहेका र अन्य कमरेडहरुसँग पनि कुरा गर्दा चुस्त–दुरुस्त र कामकाजी बनाउनेतिरै यो आएको छ । एकदुई जनामा मिलाउन सकिन्छ भने अझै मिलाउनुपर्छ भन्ने कुरा दुई तीन दिनदेखि नै चल्दै आएको थियो । अप्रत्याशित रुपमा अध्यक्षले हाउसमा पेश गरेको अनि बाबुरामजीहरुको चित्त नबुझेको भन्ने होइन ।
तर मलाई पनि आफूले पेश गरेको प्यालन सयमा सय ठीक भयो भन्ने लाग्दैन । कयौं ‘सिनियर’ र ‘एक्टिभ’ छुटिरहेको हुन्छ । फेरि अहिले समावेशी समानुपातिकको जमाना छ । त्यसलाई पनि मिलाउनुपर्‍यो । समावेशी मिलाउँछु भन्दा योग्य छुटिरहेको हुन्छ । नयाँ ल्याउँछु भन्दा पूरानो छुटिरहेको हुन्छ ।
छलफल गरियो, तर पूराका पूरै सबैलाई ठीक भो भन्ने बनाउन गाह्रो भएपछि हामी अन्तिममा आयोजक समितिले प्यालन फाइनल गर्नुपर्‍यो भन्ने बेलामा हेर्डक्वाटरको (बाबुराम, नारायणकाजी र पोष्टबहादुर) ले मलाई एउटा जिम्मा दिनुभयो । अझ बाबुरामजीले एकदम ठीक छ भनेर खुसीसाथ भन्नुभयो कि सबै एउटा–एउटा मान्छे मिलाएर साध्य पनि हुँदैन । त्यसो भएपछि अध्यक्षलाई त्यो अधिकार छँदैछ । अध्यक्षले सकेसम्म मिलाएर प्यानल पेश गर्ने, हरेक मान्छेका बारेमा अहिले छलफल गरेर साध्य हुँदैन । त्यसैले हामीले अध्यक्षको प्यानललाई पास गरेर जाऔं । हामी चारजना हेर्डक्वाटरको टिममा छलफल भयो । सदस्तावेजमा सहमति भएकै थियो, संगठनात्मक एजेण्डामा पनि सहमति भएपछि म खुसी हुँदै हलमा गएँ । बाबुरामजीले अध्यक्षले पेश गर्नुस् म समर्थन गर्छु भनेपछि त राम्रो भयो । हामी त्यही भनेर आयोजक समितिमा गयौं ।
आयोजक समितिमा मैले आफ्नो विवेकले देखेको, सबै पक्ष समेटेको प्यालन लिष्ट कार्यालयको सहमतिसहित पेश गरें । पेश गरेपछि टोपबहादुर रायमाझी उठ्नुभयो । उहाँले आफूलाई केन्द्रीय समितिमा राखेकामा मलाई बढो राम्रोसँग धन्यवाद दिनुभयो । अध्यक्षले मेरो नाम केन्द्रीय समितिमा राख्नुभयो, त्यसका लागि आभार, धन्यवाद भन्दै मीठो भाषामा बोल्दै जानुभयो । मैले त केही सुझाव दिनुहोला भन्ने ठानेको थिएँ । पछि गएर त म चाहिं नबस्ने भएँ भन्नुभो । त्यो चाहिं मलाई र हेर्डक्वाटरको टिमलाई नै ‘सरप्राइज्ड’ भयो । कमरेड प्रकाश (नारायणकाजी) ले त माथि त्यस्तो हुँदा पनि कस्तो बुझिएनछ भनिरहनुभयो । त्यसपछि लाइन लागेर आठ जना साथीहरुले मचाहिं बस्दिन भन्नुभयो । सबैले केन्द्रीय समितिमा राखेकामा अध्यक्षलाई आभार, धन्यवाद भन्नुहुन्छ, त्यसपछि म बस्दिन भन्नुहुन्छ ।
अब समस्या आयो । त्यतिखेर बाबुरामजीले चाहिं म बस्दिन भन्नुभएन । किन भने उहाँले म बस्छु नै भन्नुभएको थियो । उहाँको नबस्ने होइन, बस्ने नै ‘स्प्रिट’ थियो । अब साथीहरुलाई सम्झाएर मिलाउनुपर्ने भयो भनेर हामी बेलुका ती साथीहरुसहित हेर्डक्वाटरको टिम बसियो । पूर्वस्थायी समितिका सबै थियौं । मिलिसकेको कुरामा फेरि गाँठो पर्‍यो । यो गाँठो फुकाउनुपर्‍यो भनेर हामी बस्यौं । सामान्य सैद्धान्तिक छलफल भयो । भोलिपल्ट ‘फ्रेसआवर’ मा सोच्ने भनेर उठियो । बिहान फेरि बसियो । बिहान बस्दा चाहिं बाबुरामजीसँग मैले भनें यो कुरा मिलेन । धेरै मान्छेका नाममा झगडा भएको पनि छैन । एक–दुईजना मान्छे जो पर्नुपर्ने थियो, परेनन् भन्ने बाबुरामजीलाई मात्र होइन हामी सबैलाई लागेको थियो । तै पनि मिलाएर लाने भनेर तयारी गरिएको हो । नमिलेपछि मैले अन्तिममा फेरि अर्को प्रस्ताव लगें । मेरो काम त जहिले पनि मिलाउने हो । अहिलेसम्म मेरो भूमिका भनेकै सहमति गराउने, मिलाएर लैजाने भयो । त्यो नयाँ भनेको के भने ९९ मात्र केन्द्रीय समिति भन्ने थियो ।
९९ मा कैद हुन खोज्दा गाह्रो पर्‍यो । त्यसो भएपछि हेटौंडा महाधिवेशनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति भन्ने त हामीलाई जिम्मा दिएकै छ । १ सय ५१ मा जाऔं, त्यसो भइसकेपछि त बाबुरामजीलगायत अन्य कमरेडहरुले भनेका कतिपय नाम समावेश गर्न पनि सकिने भयो । अन्य कतिपय नयाँ–पुराना साथीहरुलाई पनि मिलाएर ‘एड्जस्ट’ गर्न सकिने भयो । त्यसो भएपछि मैले नयाँ प्रस्ताव ल्याएँ । बाबुरामजीले भन्नुभयो कि नयाँ ल्याउनुभो, मिल्ने कुरा आयो । राम्रै वातावरणमा फेरि हामीले कुरा गरियो । तर १ सय ५१ मा को–को राख्ने भन्ने गृहकार्य गर्न त फेरि ५–७ घण्टा लाग्छ । एकैछिनमा हाउसमा जान परिसक्यो । छाटै समयमा ल यो–यो राखौं भन्ने त हुँदैन । ५२ जना थप्ने गृहकार्यका लागि काठमाण्डु जाऔं, अहिले त्यही ९९ पारित गरौं, काठमाण्डुमा गएर राम्रो गृहकार्य गरेर छुटेका साथीहरुलाई पनि राखौं भनियो । बाबुरामजीले पनि त्यसो भए उतै गएर गरौंला नि त भन्यो ।
हो त्यो दिन बाबुरामजीले नयाँ कुरा गर्नुभयो । त्यो नयाँ के भने पहिला आफू त बस्ने नै कुरा थियो । भोलिपल्ट म पनि नबस्ने भएँ, साथीहरु नबस्ने भन्नुहुन्छ, म पनि बस्न नमिल्ने भयो भन्नुभयो । मैले तपाईं नबसी त हुँदै भएन भने । उहाँले भन्ने काठमाण्डुमा गएर १ सय ५१ मा कुरा मिलाऔं । मचाहिं १ सय ५१ बनाउने भएपछि तपाईं अहिले नै बस्नुस् । १ सय ५१ मा कुरा मिलेन भने बरु पछि नबस्नु होला भनें । अन्तिमा सहमतिजस्तो के गरियो त भने मचाहिं तपाईंहरु भन्दा बाहिरको केन्द्रीय समिति पेश गर्दिन । किनभने भएको केही छैन, यति राम्रो छलफल भइरहेको छ । अनि बाबुरामजीबिनाको केन्द्रीय समितिको नाम किन पेश गर्ने ? उहाँले मेरो हटाएर गर्नुस, पछि कुरा गरेर मिलाउँला भन्नुभएको थियो । मैले भनें यो मेरो लागि असम्भव कुरा हो । बाबुरामजी, टोपबहादुरजीसहित बस्दिन भनेका सबै साथीहरुलाई राखेर बनाउने भए म प्यालन प्रस्ताव लैजान्छु, नत्र भने असम्भव छ भनें ।
त्यसपछि सहमति केमा भयो भने अध्यक्षले आफ्नो इच्छाअनुसार बाबुरामजीसहितको प्यालन प्रस्ताव पेश गर्ने । त्यसपछि बाबुरामजीले फूल हाउसमा अहिले हामी बस्दैनौं । पछि सल्लाह गरेर विचार गरौंला तर नकारात्मक कुरा हुँदैन भनेर राख्ने भन्ने भयो । त्यहीअनुसार भयो । मैले बाबुरामजीहरुको भावनाको सम्मान गर्दै अहिलेका लागि केन्द्रीय समितिको प्यालनबाट नाम हटाउने कुरा राखें । यो सबै सल्लाहले नै भएको हो । अब अहिले कताकताबाट जुरो हाल्यो र सिङ पलायो भने त म जान्दिन । तर हाम्रो भएको कुरा यस्तो हो । उहाँले त्यतिखेर अध्यक्षले मिलाउन धेरै कोसिस गर्नुभएको हो, त्यसका लागि धन्यवाद भन्नुभयो र तत्कालका लागि केन्द्रीय समितिमा नबस्ने, तलै बस्ने घोषणा गर्नुभयो । अन्तत: केन्द्रीय समिति पनि एक मतले पारित यो ।
बाबुरामलाई पार्टीमा ल्याएकामा पछुतो छैन
नेपालको कम्युनिष्ट आन्दोलनमा ०४६ सालको आन्दोलन अगाडि असाध्यै संकीर्ण प्रवृत्ति हाबी थियो । बुद्धिजिवी भन्ने मान्छेलाई देख्नै हुँदैन भन्ने थियो । र बाबुरामलाइृ जिल्लाभन्दा माथि ल्याउनु गल्ती हुन्छ । पछि धोका हुन्छ भन्थे मलाई । तर मैले  गलत हो । बाबुरामजस्तो साथी युवा बुद्धिजिवी, सक्रिय, क्रान्तिकारी ढंगले आउन खोज्नेलाई त झन ल्याउन पो पर्छ भनेर मैले निकै ठूलो संघर्ष गरेको थिएँ । त्यसरी उहाँलाई ल्याएकामा मलाई गर्व छ, कुनै पछुतो छैन । अहिले मतभेद भयो वा संघर्ष भयो भने पनि मलाई पछुतो हुने छैन । मैले इतिहासमा जे गरेको हो, ठीक गरेको हो ।
प्रकाशजी (नारायणकाजी श्रेष्ठ) हरुसँग एकता गर्दा र पछि कार्यनीतिमा अलिकति नमिल्दा पनि हामी भावुक हुँदै विभाजित पनि भयौं र अहिले हामी फेरि एकीकृत छौं । हामी धेरै समूह एकीकृत भएका छौं, मलाई गर्व छ । मैले बाबुरामजीलाई २२ वर्ष एउटै कमिटीमा राखेर काम गरें । हाम्रो कहिले एकता, संघर्ष र रुपान्तरणको प्रक्रिया चलिनै राख्यो तपाईंहरुलाई थाहा छ । तर म पार्टी प्रमुख हुँदा नै उहाँसँग २२/२३ वर्षसम्म लगातार एउटै कमिटीमा बस्यौं हामी ।
सम्मेलन सफल र ऐतिहासिक
यो पटकको सम्मेलन साँच्चै सफल र ऐतिहासिक दुवै भयो । सफल यस अर्थमा कि विचारलाई बहसतिर लैजाने र कार्यदिशालाई परिमार्जनसहित स्पष्ट गर्ने काम भयो । संगठन चुस्त बनाउने काम भयो । अर्को पार्टी एकता बचाएरै आइयो । अब यो गइसक्यो भन्ने तपाईंहरुलाई लागेको होला । तपाईंहरुले लेख्ने बोल्ने गर्नुभएको छ नि जसरी त्यो होइन । पार्टी एकता बचाएरै आएको छ । संगठनलाई बचाउने थोरै जमर्को यसले गर्‍यो ।
र अर्को कुरा संगठन सानो बनाउने भन्ने थियो । देशैभरि संगठन सानो भयो । राष्ट्रिय सम्ेमलनमा पनि सानो संगठन बनाएर हामी फेरि सकुशल आइपुग्यौं । यस हिसाबले सम्मेलन सफल भयो । अर्को सबैले नोट गर्नुपर्ने कुरा विधि र प्रक्रिया हो । अहिले हामी सबैले विधिलाई दह्रोसँग समात्यौं । विगतमा २ हजार प्रपितनिधि ल्याउने भनियो भने तीन हजार हुन्थ्यो । तीन हजार भन्यो भने चार/पाँच हजार हुन्थ्यो ।

प्रेसर गरेर कताकताबाट छिर्ने चलन थियो । तर एकपटक ११ सयभन्दा कुनै हालतमा बढी हुन नदिने अठोट सुरुमै गरिएको थियो । लेबी, चन्दा कोटा नतिरेकालाई मान्यता नदिने नदिने कार्यविधि जो एक मतले पहिल्यै बनाइएको थियो । कार्यविधि उल्लंघन गरेर सम्मेलनमा छिर्न कसैलाई दिइएन । ११ सयबाट माथि जान नदिने भनिएको थियो हामीले १ हजार ५० जना मात्र राख्यौं । लेबी, कोटा, चन्दा जो दिनुपर्ने सिस्टम हुन्छ कम्युनिष्टको त्यो सिस्टम कायम गरिछाडियो । केही जटिलता आउन खोजेको थियो त्यसलाई पनि मिलाइयो ।
यस अर्थमा राष्ट्रिय सम्मेलन विचार, संगठन र विधि प्रक्रियाको दृष्टिाले ऐतिहासिक रुपमा सम्पन्न भएको छ । यो सम्मेलन पार्टी पुननिर्माणको दिशामा र महाधिवेशनतिर अगाडि जाने दिशामा एउटा कोशेढुंगा भयो । मैले त बाबुरामजीलाई अन्तिममा धन्यावाद पनि दिएँ । यद्यपि उहाँ केन्द्रीय समितिमा बस्नुपथ्र्यो भन्ने हाम्रो विचार त थियो । तर पनि उहाँले पार्टी पुनर्निर्माणलाई सहयोग पुर्‍याउन हामी तल बस्छौं केही समय भनेको हुनाले पनि त्यसले सबैमा नयाँ जिम्मेवारी, जागरुकता र चासो बढाउने काम गर्‍यो । त्यसो भएको हुनाले मैले बाबुरामजीलाई धन्यावाद भनें, जे भए पनि यो ऐतिहासिक भयो ।
 भारत बिस्तारवादी शक्ति नै हो
दक्षिण एसियाको चर्चा गर्दा भारत, चीन र नेपालको सम्बन्धका बारेमा    प्रस्तावमा विशेष रुपले चर्चा गरिएको छ । प्रस्तावमा नयाँ परिवर्तनलाई संकेत गरिएको छ । एउटा कुरा के हो भने भारतीय एकाधिकार पुँजिवादसँग विगतमा भएका असमान सन्धि सम्झौताहरुको कुरा हेटौंडा महाधिवेशन, हाम्रो अघिल्लो केन्द्रीय समितिको बैठक र यहाँसम्म आउँदा हामीले आफ्नो पोजिशन क्लियर गर्दै आएका छौं । सम्मेलनको प्रस्तावमा पनि भारतीय एकाधिकार पुँजिवाद, जसको चरित्र विस्तारवादी हुन्छ, जसलाई भारतीय विस्तारवाद पनि हामीले भन्दै आएका छौं । साभार : काठमाडौं टुडे डटकम

No comments:

Post a Comment