‘क्या बोर गर्छे भन्या क्या, कम से कम ब्रा त लगाउनुपर्छ नी ! लाज घिन केही पनि मान्दिन । मान्छेलाई यहाँ कत्रो चिन्ता छ । तँ भने छात्ति उदाङ्गो पारेर बोर गर्छे ।’
उसले यसो भने पछि मेरो कान ठाडो हुन्छ । उत्सुकताका साथ आफुलाई चनाखो वनाउँछु र कान थाप्छु । यो वाक्य सुन्दा चाँही हल्ला गरे पनि राम्रा कुरा सुनाउन गरे भने झै लाग्यो । नत्र म हल्ला गर्दै निंद्रा विगारीदिए भनेर रिसाइरहेको थिए । यसो पर्दा सारेर झयाल वाहिर हेर्छु त चुक घोप्टाएको अध्याँरो छ । केही आवाज आउदैन । झयाउँकिरी एकतमास कराएको वाहेक चरो मुसो सुनिदैन ।
मेरो कोठाको समिपमा जमुना नाम गरेकी केटी वस्छे तर आजसम्म उसँग मेरो वोलचाल भएको छैन । त्यसको मुल एउटै कारण छ, उ गतिली लाग्दैन मलाई । अझ भनौ उ दुई नम्वरी धन्दा गर्छे । त्यसकारण पनि वोल्न मन लाग्दैन मलाई । सायद उ ठमेलको कुनै डान्सवार वा मसाजतिर काम गर्छे । उसको हाउभाउ र उसको व्योहोरा देख्दा म त्यसमा विश्वस्त छु । फेरी यो चाँही पक्का हो कि पैसाको लागि उ हाँसीखुसि शरीर वेच्ने गर्छे ।
‘ह्या त पनि के भन्छेस । साला, भुसतिघ्रेले ब्रा खोल्न नजान्दा चुडालीदियो त, यसमा मेरो के दोष ?’ उ दोष जति भुसतिघ्रेलाई दिन्छे ।
‘ब्रा खोल्न पनि नजान्नेले सुत्न किन आउनु ?’ जमुना रिसाउदै अगाडी भन्दै थिई, –‘अनि तैले पैसा तिराइनस् त ?’
‘कहाँ तिराउनु नि ! झन आज त उसले दुई हजार दिएको थियो । उसको कता ठेक्का मिलेको रे ! नेतालाई ख्वाएँ । व्यापारीलाई ख्वाएँ । पुलिसलाई ख्वाएँ । तिमीलाई चाँही किन छोडने भन्दै कहिल्यै यति धेरै नदिने कञ्जुसले उल्टै दुई हजार पो दिएर गयो’ अर्कीले गर्व साथ सुनाई ।
‘साले, तँ त आज छोइ नसक्ने भइस नि !’ जमुनाले डाह गर्दै भनि र लामो सास फेर्दै पलङमा उत्तानो परेर पल्टिएको आवाज सुनियो ।
‘ओई सुन न जमुना, भुसतिघ्रेलाई मैले फेरी सुत्ने हो ? भनेको त के भन्यो थाहा छ ?’ उसले कुरो थप्न थालि । म पनि कान ठाडो पारेर उसको कुरा सुन्न आत्तुर भए ।
‘भन न भन्, के भन्यो ?’ कुनै विलम्ब नगरी जमुनाले सोधीहाली । पलङवाट जुरुक्क उठेको आवाज सुनियो र सायद सिरानी पनि च्यापी होली, मैले अनुमान लगाएँ ।
‘के भन्नु नि, यार । भुसतिघ्रे त तिमीले मलाई आज थकायौ भन्दै ज्याकेट समातेर हिडिहाल्यो ।’ दुवैजना गलल हाँसे र सँगसँगै म पनि ।
उसले यसो भने पछि मेरो कान ठाडो हुन्छ । उत्सुकताका साथ आफुलाई चनाखो वनाउँछु र कान थाप्छु । यो वाक्य सुन्दा चाँही हल्ला गरे पनि राम्रा कुरा सुनाउन गरे भने झै लाग्यो । नत्र म हल्ला गर्दै निंद्रा विगारीदिए भनेर रिसाइरहेको थिए । यसो पर्दा सारेर झयाल वाहिर हेर्छु त चुक घोप्टाएको अध्याँरो छ । केही आवाज आउदैन । झयाउँकिरी एकतमास कराएको वाहेक चरो मुसो सुनिदैन ।
मेरो कोठाको समिपमा जमुना नाम गरेकी केटी वस्छे तर आजसम्म उसँग मेरो वोलचाल भएको छैन । त्यसको मुल एउटै कारण छ, उ गतिली लाग्दैन मलाई । अझ भनौ उ दुई नम्वरी धन्दा गर्छे । त्यसकारण पनि वोल्न मन लाग्दैन मलाई । सायद उ ठमेलको कुनै डान्सवार वा मसाजतिर काम गर्छे । उसको हाउभाउ र उसको व्योहोरा देख्दा म त्यसमा विश्वस्त छु । फेरी यो चाँही पक्का हो कि पैसाको लागि उ हाँसीखुसि शरीर वेच्ने गर्छे ।
‘ह्या त पनि के भन्छेस । साला, भुसतिघ्रेले ब्रा खोल्न नजान्दा चुडालीदियो त, यसमा मेरो के दोष ?’ उ दोष जति भुसतिघ्रेलाई दिन्छे ।
‘ब्रा खोल्न पनि नजान्नेले सुत्न किन आउनु ?’ जमुना रिसाउदै अगाडी भन्दै थिई, –‘अनि तैले पैसा तिराइनस् त ?’
‘कहाँ तिराउनु नि ! झन आज त उसले दुई हजार दिएको थियो । उसको कता ठेक्का मिलेको रे ! नेतालाई ख्वाएँ । व्यापारीलाई ख्वाएँ । पुलिसलाई ख्वाएँ । तिमीलाई चाँही किन छोडने भन्दै कहिल्यै यति धेरै नदिने कञ्जुसले उल्टै दुई हजार पो दिएर गयो’ अर्कीले गर्व साथ सुनाई ।
‘साले, तँ त आज छोइ नसक्ने भइस नि !’ जमुनाले डाह गर्दै भनि र लामो सास फेर्दै पलङमा उत्तानो परेर पल्टिएको आवाज सुनियो ।
‘ओई सुन न जमुना, भुसतिघ्रेलाई मैले फेरी सुत्ने हो ? भनेको त के भन्यो थाहा छ ?’ उसले कुरो थप्न थालि । म पनि कान ठाडो पारेर उसको कुरा सुन्न आत्तुर भए ।
‘भन न भन्, के भन्यो ?’ कुनै विलम्ब नगरी जमुनाले सोधीहाली । पलङवाट जुरुक्क उठेको आवाज सुनियो र सायद सिरानी पनि च्यापी होली, मैले अनुमान लगाएँ ।
‘के भन्नु नि, यार । भुसतिघ्रे त तिमीले मलाई आज थकायौ भन्दै ज्याकेट समातेर हिडिहाल्यो ।’ दुवैजना गलल हाँसे र सँगसँगै म पनि ।
‘ल ल नहास । नानी चाँही रुने अनि हामी चाँही हाँस्ने ? सुहाउदैन ।’ जमुनाले यो प्रसङको विट मार्दै भनि । तर उनीहरुको कुरो सुनेर मलाई पनि मज्जासँग हाँस्न त मन नलागेको होइन तर आवाज भने कुनै हालतमा निकालिन ।
‘नानीलाई सारहै पीर परेको छ, तँ सम्झाउदै गर है । म चाँही वाथरुम गएर आउँछु । हेर न, केटाहरु पैसा तिरे पछि जे पनि गर्छन भन्या, कस्तो फोहोर लागेको छ’ भन्दै ढोका उघारेर जमुना वाहिर निस्की ।
जमुना वाहिर गइसकेपछि यता रुनेलाई जमुनाको साथीले सम्झाई, ‘नानी कति रुन्छेस । न रो’ न, है ।’
त्यही केटी थिई । जसको रुवाईले म विउँझिएको थिएँ । समिपको कोठामा कोही रोएको आवाजले मलाई विउँझाएको थियो । तर नानी भन्ने किन रोएकी हो ? त्यो मलाई थाहा छैन तर पनि उसलाई गहिरो चोट परेको छ भन्ने कुरो थाहा पाउन मलाई कुनै गारहो परको थिएन किनभने नानीको रुवाई कारुणिक थियो । लगातार उ हिक्क हिक्क गर्दै रोइरहेकी थिई । म रुनेलाई चाँही चिन्दिन । हुनसक्छ, उसलाई मैले कहिल्यै देखेको छुईन । सायद नानी भन्ने त्यो केटी पहिलो पटक जमुनाको यो कोठामा आएकी हो ।
पटक पटक नरुन अनुरोध गरेकी उसले फेरी पनि भनि, ‘के रुन्छेस तँ ? हेर नानी, तँ हामी कसैलाई प्रेम गदैनौ । जसले हामीलाई पैसा दिन्छ । हामी उसैलाई प्रेम गर्छौ । त्यसमा पनि जति जति पैसा, उति उतिको प्रेम । तँ यो कुरा वुझ कि तँ हामी पैसालाई प्रेम गर्छौ, मान्छेलाई होइन ।’
मलाई उनीहरुको वार्तालाप सुन्नु वाध्यता छ, कि निदाउन सक्नुपरयो । एक त उनीहरुको हल्लाले निंद्रा लाग्दैन अर्को उसको मेरो कोठाको दुरी एउटा पातलो प्लाई उडले मात्र छुटाएको छ । यदी त्यो प्लाई उड विचमा नहुँदो हो त, उसको र मेरो कोठा एउटै नै हुने थियो ।
‘तँ त भर्खर भर्खर नयाँ छे’स । पहिला पहिला त तँ जस्तै म पनि निकै रोए तर मेरो आँखामा त अहिले त आँशु नै छैन, रुनलाई । हेर त मेरो आँखामा आँशु छ ? छैन । जव मुल नै सुकिसकेको छ भने त्यहाँवाट कसरी आँशु आउँछ । तैले यो दुनिया नै वुझेकी छैनस नानी, यो त एकदम स्वार्थी छ ।’ उसले अगाडी भन्दै गई, ‘धन्दावाल केटीले कसैलाई प्रेम गर्दैनन, न त सक्छन नै । कस्तो वाहियात कुरा गर्छे बा ! यस्तो पनि कही हुन्छ ? त्यसैले तँ रुनुको कुनै अर्थ छैन । नरो र दरहो मुटु वनाएर आफुलाई सम्हाल ।’
रुने नानी भन्ने केटी झन भक्कानिएर रुन थाल्छे । उसको रुवाई यति दर्दानाक छ कि सामान्य संवेदना भएको मानिसको मुटु पनि भक्कानिन्थ्यो । म त यति आवेगमा आइछु कि सिरानको खुकरीमा अचानक हात पुगेछ । हिक्क हिक्क गर्दै रोइरहेकी उ कसैगरी पनि सम्हालिन्न । न कुनै जवाफ नै फर्काउछे, उल्टै एकोहोरो रोइरहन्छे । फेरी उ सम्झाउन थाल्छे, ‘हेर नानी, यो रुवाई धुवाई सव छोड् । नहुने कुरो पनि सम्झेर कहि हुन्छ ? जव रुनुको कुनै अर्थ छैन भने किन रुनु परयो भन त ? अरुले थाहा पाए भने पनि लाज हुन्छ । त्यसै त हामीलाई कसैले निको मान्दैन । झन व्वाईफ्रेन्डले धोका दियो भनेर रोएको भन्यो भने त हामीलाई उल्टै उल्लु वनाउँछन । न्याय माग्न जाँदा पनि पाइन्न । वेश्याहरु पनि प्रेम गर्छन ? भन्दै हामीलाई गिज्याउँछन ।’
तर नानी किन रुन छाडथी र ? उल्टै झन ठुलो ठुलो स्वर पार्दै रोइरहेकी छे, मानौ उसलाई सम्झाउनु भनेको उसको घाउमा नुन हाल्नु वरावर झै गरी ।
यसो मोवाइलमा घडी हेर्छु त रातको तीन वजेको छ । फेरी झयालवाट वाहिर आँखा हुत्याउँछु । अझै पनि निष्पट अध्याँरो छ । चकमन्नतामा कुनै परिवर्तन भएको छैन ।
‘ह्या, मलाई त लास्टै वोर भइसक्यो भन्या । यसो गर भन्दा पनि हुन्न, उसो गर भन्दा पनि हुन्न । क्या पागल केटीको फेला परिएछ आज । ननस्टप पाँच घन्टा भइसक्यो, रुन थालेको पनि । तैले नै गर्दी रहिछेस कसैले नगरेको प्रेम । काले गएँ गोरे आउछ, के चिन्ता गर्छेस । केटाहरु त भुस्याहा कुकुर भन्दा वढी पाईन्छ नि हो !’ भुतभुताउदै पलङमा डयाङ्ग लडेको आवाज आयो । उ थप के–के भन्दै थिई, सवै त मैले पनि वुझ्न सकिन ।
लगत्तै, वाथरुम गएकी जमुना कोठामा पसी । अनी नानीलाई गालि गरेको चाल पाएपछि जमुनाले सात्तो खाने गरी कराउन थाली, ‘सुमीना, नानीसँग किन झर्केर वोलेकी हँ । सम्झाउनु पर्नेमा उल्टै गाली गरेर झर्की र फर्की गरेर वसिस, हैन ?’ त्यसपछि नानी भन्नेलाई भन्न थालि, ‘त्यसको कुरामा चित्त नदुखा । त्यो वौलाही जे पनि भन्छे, आफुलाई परेको भए पो त्यो पीडा थाहा पाउँथी । हेर, भोली तेरो व्वाईफ्रेन्ड वोलाएर म कुरो टुंगाई दिउला । अव न’रो ।’
एकछिन शान्त भएको कोठामा फेरी जमुनाको वोलि सुनियो, ‘मान्छे रहरले कहिल्यै रुदैन । न त तँ रहरले नै यो पेशामा लागेकी नै होस, न म नै । सहरवाट ठग्न गाउँमा आएको भन्दै तेरो लोग्नेलाई माओवादीले नमारेको भए । सायद तँ पनि तेरो लोग्ने झै गाउँमै स्कुल चलाएर वस्थिस होला नि ! तर तँ त किरिया वस्दा वस्दै लखेटिएकी होइन र ? के तेरो रहर थियो र शरीर वेचेर खानलाई ? थिएन नी ।’ जमुनाको यो कुरो सुनेर सुमिना नाजावाफ भई । निकैवेरसम्म त्यो कोठावाट केही आवाज आएन । म भने नतमस्तक भएको थिएँ । अचानक कहिल्यै ठिक नमानेको जमुना प्रति मेरो सदभाव वढेको थियो ।
तर लामो मौनता चिर्दै सुमिनाले मुख फोरी, ‘जमुना ल भन, अव के उपाय हुनसक्छ ? त्यो गर्न म तयार छु । भोली यसको व्वाईफ्रेन्डलाई खुट्टा ढोग्न लगाउनै पर्छ ।’
एकछिन उनीहरु दुवै सोचमा परे । तर विलम्व नगरी सुमिनाले नै उपाय फुरे झै गरी भनिहाली, ‘नानी भन त तेरो व्वाईफ्रेन्डको मोवाइल नम्वर कति हो ? अहिले नै म वार कि पार गराउँछु ।’ भन्दै रोइरहेकीसँग मोवाइल नम्वर मागी ।
‘उठाउदै उठाउदैन त के फोन गर्छेस ?’ जमुनाले अप्ठयारो सुनाई ।
‘नानीको नम्वरवाट उठाएन त मेरो नम्वर छैन ? म मेरो वाटै गर्छु । पहिला नम्वर त भन् ।’
‘सुमीना, ल ठिक छ । त्यही गरौला तर कुरा नवुझिकन गर्नुहुन्न । पहिला कुरा त सुन । आज भएको चाँही के हो ? त्यो वुझेपछि मात्र फोन गर ।’ जमुनाले आक्रामण गर्नुभन्दा पहिला सेनाको कमाण्डरले वुझ्नु पर्ने कुरा झै गरी सुमीनालाई सम्झाई ।
‘हो त नि ! साच्ची भएको चाँही के हो ? मलाई त्यो पनि राम्ररी थाहा छैन । म त कहाँ वतासमा पो उड्न थालेछु । तैले खवर गर्दा त म मेरै डान्सवारमा पो थिएँ ।’ सुमिनाले उत्सुकताका साथ सोधी ।
‘त्यही भएर त पहिला सुन भनेको । नानी, वारमा व्रा र पेन्टीमा नाच्दै थिई । त्यतिवेला साले एउटा जड्याहा मन थाम्नै नसकेर वारमा उक्लिन खोजेछ अनि हाम्रो बन्सरहरुले समातेर तानेछन । तर उसले त मलाई किन तानिस भन्दै कराएर ववाल गर्न थाल्यो । त्यो फेरी डिआजीको छोरो रहेछ । बबाल गर्न थालेपछि हल्लाखल्ला त भईहाल्ने नै भयो । संयोगवस नानीको व्वाईफ्रेन्ड सरोज पनि त्यही आएको रहेछ । उ त्यो बबाल हेर्न वार नजिक आउँदा जड्याहाले समाउन खोजेको डान्सर त आफ्नै गर्लफ्रेन्ड हो भनेर चिनिहाल्यो । अनि नानीलाई तथानाम गाली गर्दै जड्याहाले भन्दा पनि वढी गालि गलौज गर्न थालेछ । म त ड्रेसरुममा थिए, पछि साथीले वारमा बबाल भएको कुरा सुनाएपछि त्यहाँ जाँदा नानी रोइरहेकी थिइ भने यसको व्वाईफ्रेन्ड सरोज गालि गर्दै हिडिसकेको रहेछ । यता नानी भने नमज्जाले रोइरही अनि मेरो मनले पनि मानेन र आज नानीलाई मेरै कोठामा लाने भनेर तँलाई वोलाएको हुँ । नत्र तलाई किन वोलाउँथे ?’ जमुनाले वेली विस्तार लगाई ।
‘नानीको व्याईफ्रेन्डलाई नानी डान्सवारमा काम गर्छे भन्ने थाहा थिएन र ?’ सुमीनाले जिज्ञासा राखी ।
‘थिएन । नानीले पनि भनेकी थिइन । उसको व्वाईफ्रेन्डलाई त नानी अस्कलमा साइन्स पढ्छे भन्ने मात्र थाहा थियो । पहिलाको व्वाईफ्रेन्डले पनि यसले प्रेम गरेको नाटक गरयो र जागिर लाउने भन्दै नानीलाई दोहोरीमा लगेर जाकिदियो । यसको डान्स ट्यालेन्ट देखेको त्यसले वढी पैसा पाईन्छ भन्दै मैले काम गर्ने डान्सवारमा लगायो र केही पैसा वोकेर उ वेपत्ता भयो । दोहोरीमा त्यति नराम्रो व्यावहार नभोगेकी नानीलाई यहाँ नराम्रो काममा लगाउन खोजपछि मलाई सधै, ‘दिदी, मलाई कुनै अर्को ठाउँमा काम लगाईदिनुहोस न !’ भन्थी । त्यसैले मैले नै हाम्रो डान्सबारमा सधै आइरहने एकजनालाई अनुरोध गरेर नानीलाई पुतलीसडकको एउटा कन्स्यालट्यान्सीमा जागिर लगाईदिएको पनि थिएँ । नानी, भोलीदेखी त्यहाँ काम गर्न जान लागेकी पनि थिई तर आजै यो घटना भयो ।’ जमुनाले खुइय लामो सास फेरी अनि अगाडी भनि, ‘नानीले यो सवै त्यही केटाका लागि गरेकी थिई ।’
जमुनाले सवै कुरा वताएपछि सुमिना तात्तिदै भन्न थालि, ‘साले, त्यो चाँही केटीलाई अंगालो नमारीकन डान्स हेर्नै नसक्ने तर नानीले केही पनि नगर्दा तथानाम गालि गर्दै छोडेर जाने ? भन त जमुना, त्यसको नम्वर कति हो, त्यसलाई म त्यसै कहाँ छोडछु र ?’ उ रीसले आगो भएकी थाहा पाउन मलाई कुनै गारहो भएन किनकी उसको स्वरमा यतिखेर अलि नै दम आएको छ ।
‘ल डायल गर, ९८४१..........’ जमुनाले नम्वर दिदै सुमिनालाई यो पनि भनि, ‘लाउड स्पिकर गर है । के भन्दो रहेछ म पनि सुनु ।’
‘ल ल घन्टि गयो । एकछिन कोही पनि नवोल है ।’ सुमीनाले यसो भने पछि सवै जना चुपचाप वसे, नानीको रुवाई पनि रोकिएको थियो । उनीहरुलाई जस्तै मलाई पनि उत्सुकता जाग्यो कि नानी भन्नेको व्वाईफ्रेन्डले के भन्दो रहेछ भनेर, मैले आफुलाई निकै चनाखो वनाए र कान थापे ।
तीन घन्टी गए लगत्तै उतावाट आवाज आयो, ‘सुमीना, यति राती किन फोन गरयौ ।’ मोवाईलमा घडी हेर्छु त रातको चार वजिसकेको रहेछ । यतावाट सुमीनाको आवाज नगएपछि फेरी उत्ता वाटै आवाज आयो, ‘केही अप्ठयारो परयो र सुमीना । भन, तिमिलाई केही भयो र ? तिम्रो सुजन त यही अप्ठयारो लागेको वेला काम पर्ने त हो नी, भन के भयो।’ भन्दै कोठामा जाँदा पनि सुमीनालाई नभेटेको कुरा सुनायो ।
‘किन फोन काटीस ? के यसको व्वाईफ्रेन्डलाई तँ पनि चिन्छेस र ? तेरो नम्वर जाने वितिक्कै तेरो नाम पो लियो त त्यसले ।’ सुमीनाले अचानक फोन काटेपछि जमुनाले सोधेकी थिई तर सुमीना भने केही वोलिन । जमुनालाई जस्तै मलाई पनि अचम्म लाग्यो कि थर्काउला झै गरी मोवाइल नम्वर मागेर फोन गरेको उसले थर्काउनको सट्टा केही नवोलिकन फोन काटीदिई ।
त्यसको रहस्य पर्खनुको कनै गुञ्जाइस मेरो सामु रहेन ।
‘जमुना, यो त वदमास पो रहेछ ।’ सुमीनाले यतिमात्र उच्चारण गरी । सवै जना चुपचाप भए । म त झन वोल्ने कुरै थिएन । सोध्न त मन लागेको थियो, के भयो सुमीना भनेर ? एकछिन सम्म त के भयो त्यो मैले पनि चाल पाईन अनि ओडिरहेको सिरक फयाकेर ओच्छ्यानवाट निस्के । उता सुमीनाको नम्वरमा भने एकोहोरो घन्टि वज्न थाल्यो तर सुमिनाले लगातार काटीमात्र रही– किचिक्क, किचिक्क ।
‘जुन कारणले नानी रोइ नि ! त्यसरी नै म पनि रुनु पर्ने थियो तर आज तैले मलाई वोलाएर एकदम ठिक गरिस, जमुना ।’ उसले उल्टै जमुनालाई धन्यवाद दिदै पो भनि तर जमुना झै म पनि विलखवन्द भएँ ।
‘के भन्छे यो सुमीना, मैले त तेरो केही कुरा वुभ्न सकिन ।’ मेरो प्रश्न नै जमुनाले राखिदिए पछि अलिकति भए पनि म शान्त भए ।
एकछिन पछि शान्त भएकी सुमिनाले लामो सास फेरी र रहस्य खोल्दै भनि, ‘मलाई पनि उसले प्रेम गर्छु भनेको थियो र म उसँग कति पटक डेटिङ पनि गएको थिएँ । मलाई पनि नानी झै उसको प्रेममा अति नै विश्वास थियो तर त्यो त प्लेव्वाय रहेछ । हेर् जमुना, त्यसले त नानीलाई पनि घुमाएछ र मलाई पनि ।’ सवै जना छाँगावाट खसे जस्तो भएँ, मलाई पनि कौतुहलता लाग्यो र दुःख पनि ।
यता नानी र सुमिनालाई घुमाउने केटा एउटै भएको भेद खुल्ने वितिक्कै उता जमुना रिसाउदै सुमिनालाई भन्न थालि, ‘ले त त्यसको नम्वर । साला, एउटा दापमा दुईवटा खुकुरी हाल्न खोज्ने ? कहाँ त्यसै वाँकी राख्छु र, त्यसलाई म । त्यसलाई त हेर म काँचै खाईदिन्छु ।’
‘छोडदे यार, लोग्ने मानिसको विश्वास नै हुदोरहेछ । फरक फरक नम्वर वाडेर यस्तोसम्म हर्कत गरयो जमुना त्यसले । हामी पनि कति लाटी छौ है ! हामीजस्ता केटीलाई पनि प्रेम गर्छन भनेर कति सजिलै विश्वास गरिदिन्छौ’ सुमिनाले लामो सास तान्दै भनि । उ एकदम थकित भएकी छे तर पनि उसको वोलीमा गहिरो संवेदना भने देखिन्छ ।
‘त्यसो नभन सुमिना । यस्तालाई त तह लगाउनुपर्छ । कहाँ त्यसै छोड्ने कुरा गरेकी तैले । तँ जे सुकै गर हेर तर म त एक छोड्दिन, दुई छोडदिन । त्यसले हाम्रो उग्रचन्डी रुप नै देखेको रहेनछ । अव त्यसले सिता पनि रिसाउन सक्छे भन्ने कुरा थाहा पाउने भयो ।’ उसले दाहा किटदै एकदम ठुलो स्वरमा भनि, मानौ यतिखेर उसका दुईजना साथीको पाशविक तरिकाले हत्या गरेको थियो उसले ।
वाहिर हेर्छु त उज्यालो उज्यालो हुन थालिसकेको रहेछ । कलेज जानुपर्ने त छ मलाई तर फेरी यता म उनीहरुलाई छोड्न सक्दिन । तर आज जानै पर्ने भएकाले मुख धुन र व्रस गर्न तयारीमा लाग्छु ।
यतिकैमा जमुनाले सुमिनासँग भएको नम्वर माग्दै भन्छे, ‘नानीलाई होइन, तलाई दिएको चाँही नम्वरले त ! अहिले भर्खर म कुरो छिनिदिन्छु । के चाँहादो रहेछ त्यो, हेरौन हामी पनि ।’
र, सुमिना नम्वर दिन्छे, ‘९८०३०.................’
मोवाइल नम्वर मागेर कुरो छिन्न उसको नम्वरमा डायल गरेकी जमुनाले अचानक एक घन्टि पनि नजादै फोन काटी । र, मज्जासँग हाँस्न थालि अनि व्रस गर्न छोडेर म सोफामा थ्याच्च वसे ।
जति जति रात ढल्दै गयो, उनीहरुको कुरो त्यति त्यति रहस्यमय वन्दै गएको छ । घटना त तिलस्मी मात्रै होइन, रोचक पनि वन्दै गयो । साच्चै अघिसम्म रिसाएर जर्जर भएकी जमुना यतिखेर दिल खोलेर पो हाँस्न थालेकी छे । त्यसैले म कल्पना गरेको भन्दा वढी नमज्जासँग छक्क परे ।
यतिक्कैमा सुमिनाले सोधी, ‘ओई जमुना तँ किन हासेकी ?’
‘हेर्न सुमिना, मेरो मोवाईलको स्क्रिनमा त राज भनेर पो आयो ।’ जमुना झन खित्का छोडेर हाँस्न थालेपछि मैले त यतिसम्म सोचे कि जमुना पागल भई र म एक पागल्नीको छिमेकी हुने भएँ ।
‘अव के भयो त ? के तँ उसलाई चिन्छेस र ! हैन भने किन हाँसेकी ?’ सुमिनाले फेरी सोध्दा पनि जमुनाले केही वोलिन, झन झन लाटी हाँसे झै लगातार हाँसीरही । सवैलाई नतमस्तक र अकमक्क पार्दै हाँसेको हाँसो उसले कुनै हालतमा रोक्न सकिन ।
यता नानी भन्ने केटी न रोएकी नै छे, न त हाँसेकी नै छे । मानौ, नानी त्यस कोठामा नै छैन । उसको कुनै आवाज आएको छैन । यता नानी र सुमिनालाई गहिरो पीर परेको थाहा पाउदा पाउदै पनि जमुना भने मज्जासँग हाँसिरहेकी छे । कता कता मलाई पनि रीस उठयो, सायद सुमिना र नानीलाई पनि होला । तर पनि उनीहरुको जस्तै मसँग पनि जमुनाको आगामी कुराको प्रतिक्षा गरेर वस्नुको दोस्रो विकल्प थिएन ।
‘के भन्नु सुमिना, लाज पनि लाग्छ । हाँसो पनि उठ्छ र सँगसँगै पीडा भएर यो छात्ति भरिएर आउँछ ।’ लगभग पाँच छ मिनेट पछि हाँसो रोक्दै जमुना वोल्न थालि, ‘के ढाट्नु यार, यो मोवाईल नम्वरवालासँग त मेरो मंशिरमा विवाह हुदै थियो । तर आज............’
जमुनाले पनि त्यो केटा पनि आफनो प्रेमी भएको मात्र वताईन, अझ विवाह हुन लागेको कुरासम्म वताए पछि सवैजना छाँगावाट खसे वरावर भए र म पनि । तर पनि मलाई भने उनीहरु प्रति कता–कता त्यसै–त्यसै दया लाग्यो र मेरो गहिरो सहानभुति रहन पुग्यो किनभने पछिल्लो जमुनाको कुरोले मलाई निकै स्तव्ध वनाएको थियो ।
अव चाँही नानीले आश्चर्य मान्दै वल्ल आएर मुख फोरी, ‘के भन्नु भएको दिदी ?’
‘हेर सुमिना र नानी, तिमीहरुलाई जस्तै मलाई पनि यसले घुमाएछ । फेरी उसले त मैले ओच्छयानमै ग्राहकको रुपमा भेटेको हुँ तर उसले त मलाई केटा मानिसले तिर्खा मेटाउन जोसँग पनि सुत्दा पनि इज्जत नजाने, विवाह गर्न पाउने । केटीहरुले चाँही वाध्यतामा सुत्दा पनि अपमान गर्ने र हेप्ने, किन ? हेर जमुना, यस्तो सामाजिक परम्परा तोड्न कै लागि भएपनि म तिमीलाई विवाह गरेर उदाहरण हुन चाहान्छु, भन्थ्यो ।’
फेरी उसका साथीहरुसँग प्रश्न उभ्याएर वोलि, ‘तँ हामी जस्ता केटीलाई पनि कसैले प्रेम गर्छ र ? गर्दैन नि ! थाहा हुदाँ हुदै पनि मैले विश्वास गरे । फेरी हेरन, विश्वास पनि मैले कसरी नगरु, कहिल्यै अविश्वास गर्ने ठाउँ दिएन मलाई र मलाई यति माया गरयो कि यायवत सवै कुरा मलाई विर्सन वाध्य वनाइदियो । केही सम्झन र शंका गर्ने ठाउँ नै दिएको थिएन, यार । त्यसो त पहिला त मैले कति दिन र महिना दिनसम्म पनि उसको कुरो पत्याइन तर मैले यो काम गर्छु भन्ने थाहा पाउदा पाउदै पनि महिनौ पछि लागेर विश्वास गर्न कर नै लगायो । म के नै गर्न सक्थे भन त ?’
जमुनाको कुरो सुनेर सवै मौन भए र म पनि एकदम भारी भएँ ।
वाहिर हेर्छु त पुरै उज्यालो भइसकेको छ । मानिसहरुको चहलपहल देखिन थालेको छ । तरकारी वेच्न आउने डोकेहरु, पत्रिका वोकेर दौडीरहेको हकरहरु, खर्पनमा दही वोकेर आउने भक्तपुरेहरु, कलेज जाने केटाकेटीहरु सडकमा उत्रिन थालेका छन । भ्यालवाहिरवाट पुर्वको सडक हेर्छु त सडकमा माइक्रो, कार, ट्याक्सी, बस र मिनीटाटाहरु तछाडमछाड गरेर दौडीरहेका थिए । पुर्वको क्षितिज राताम्मे भइसकेको थियो । सोच्छु, केही छिनमै त्यो क्षितिजमा सुर्य देखा पर्नेछ र धर्तिलाई उज्यालो वनाउनेछ । अध्याँरोमा लुकेकाहरुलाई विउझाएर निद्रा भंग पारिदिने छ, धर्ति छर्लङ्गै हुनेछ ।
‘झुक्याएको मात्र होइन, सुमिना । उसले एक वर्षसम्म प्रेम गरेको नाटक गरेर सित्तैमा मेरो शरीरमा मोज गरयो । मैले एक पैसा पनि लिइन र अरु भन्दा वढी उसको स्याहार पनि गरे । पैसा लिउ भनेर कर चाँही उसले सधै गरयो । तँ आफै भन न, आएर सुत्यो भन्दैमा कसैले पनि आप्नो व्याइफ्रेन्डसँग पैसा लिन्छ त ? लिदैन नि । मैले पनि लिइन । अझ त्यो भन्दा अर्को कुरा छ, सुमिना ।’
एकतमास वोलीरहेकी जमुनासँग अर्को प्रश्न गर्ने आँट सुमिनालाई आएन होला र त, के छ अर्को कुरा ? भनेर सोध्न सकिन । जव कोही पनि नवोलेपछि जमुनाले नै अगाडी भन्नथाली, ‘विवाह गर्छु भनेर झुक्याएको मात्र होइन । मैले त विश्वास गरेर कमाएको पैसा जति सवै उसैलाई राख्न दिएको छु, आखिर विवाह नै गर्ने त हो भनेर.........’
जमुनाको कुरो टुंगिन नपाउदै नानी र सुमिनाले पनि आफुले पनि कमाएको पैसा उसैलाई राख्न दिएको रहस्य खोले ।
नानी त निकै आत्तिएर, ‘ला अव के गर्ने होला ?’ भन्दै डराई ।
‘नानी, गरी हालिस नि प्रेम । एक पैसा पनि नतिरिकन हामीसँग पालैपालो सित्त्तैमा सुत्यो र कमाएको पैसा पनि लगिसकेछ । हामी चाँही उसको प्रेममा फस्यौ, ठुलो फल खाने लोभमा तर विताइसकेको थाहा पाएनौ ।’ भन्दै जमुना नानी र सुमिनालाई गिज्याउँदै हाँस्न थालि, जवाफमा सुमिना र नानी पनि । एक अर्कालाई गिज्याउँदै र छेडछाड गर्दै हाँस्न थाले र सँगसगै म पनि ।
सुमिनाले भनि पनि, ‘नानी तेरो व्वाइफ्रेन्ड सरोज, मेरो सुजन अनि जमुनाको राज हैन त ?’
‘हो त नानी पनि कहाँ एउटै परयो भनेर टोलाएकी, नटोला । मान्छे एउटै कहाँ हो र ? सरोज, सुजन राज........ ’ के के भन्दै उनीहरु हाँस्दै थिएँ ।
तर मलाई कलेज जान एकदम हतार भइसकेको थियो किनभने वाहिर त छर्लङ्गै भइसकेको छ । पुर्वमा देखिएको सुर्यले सवैलाई विउझिन करै लगाइसकेको थियो ।
(पुनश्चः चार बर्ष अघि लेखिएको यो कथा, पहिलो पटक ब्लग मार्फत सार्वजनिक गरेको हुँ, पहिला साहित्य खुबै लेखिन्थ्यो, छापिन्थ्यो पनि, तर पत्रकारितामा ब्यस्त भए पछि अहिले बानी नै हराउन थालेको छ । #आफैलाई पुनः जागृत बनाउने सानो कोशिश# )
No comments:
Post a Comment