प्रकाश तिमल्सिना
प्रमुख नेताहरुले भनेको यो पटक झुट नभई यदी सत्य सावित भयो भने प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकाल सम्भवतः भोली सम्म मात्रै रहनेछ । उनको कार्यकालमा धेरै रेकर्ड कायम भएका छन, जो यसअघि निकै चर्चामा रहन पुगे । ती इतिहासका पानामा सयौं बर्ष रेकर्डमा रहने खालका छन, तत्काल मेटिने वाला पनि छैन ।
जस्तो कि भट्टराई कै मन्त्रीपरिषद इतिहास मै जम्बो (४९ सदस्सीय) बन्यो । एक कार्यकालमा उनको सरकार बिघटन र गठन हुन पुग्यो । भट्टराईको प्रधानमन्त्री कार्यकालमा ऐतिहासिक संबिधानसभा बिघटन भयो । निर्वाचनको मिति दुई–दुई पटक घोषणा भए पनि त्यो घोषणा गरे अनुरुप हुन नसकेको अर्को रेकर्ड पनि उनकै खातामा गयो । उनकै कार्यकालमा बहालवाला मन्त्री (जेपी गुप्ता) जेल गए भने अर्का मन्त्री (प्रभु साह) हत्याको आरोपमा वर्खास्त भए । त्यस्तै, अर्का मन्त्री (सरिता गिरी) भ्रष्टचारको अभियोगमा मन्त्री परिषद सदस्यवाट वर्खास्तमा परिन भने अर्का मन्त्री (शरदसिंह भण्डारी) राष्ट्रियताको मुद्धामा राजिनामा दिन वाध्य भए । उनकै कार्यकालमा दलीय नेतृत्व असफल भएको पुष्टी गर्ने गरी न्यायपालिका क्षेत्रका प्रधान न्यायधिसको नेतृत्वमा चुनावी सरकारको बहस भयो । सायद भोली नै गैर दलिय नेतृत्वमा चुनावी सरकार पनि बन्न सक्छ । पुर्ण बजेट पेश गर्न नसक्ने सरकारको रेकर्ड पनि उनको खातामा सुरक्षित हुन पुग्यो ।

पार्टीको आन्तरिक राजनीतिको क्षेत्रमा उनी प्रधानमन्त्री भए पछि माओवादी बिभाजनमा पुग्यो । र, साथ रहदै आएका मोहन वैद्यहरुले अर्को पार्टी खोले । पहिलो पल्ट आफ्नै पार्टी कार्यकर्ताको मशाल जुलुस र पुत्ला दहनलाई खेप्नु मात्रै परेन, कालो झन्डा पनि पटक पटक ब्योहोर्नु प¥यो । आफ्नी श्रीमति (हिसिला यमी)को पक्षमा पत्रकार सम्मेलन गर्ने पहिलो प्रधानमन्त्रीको रुपमा पनि भट्टराई दर्ज हुन पुगे ।
आफनै पार्टी अध्यक्ष प्रचण्डका छोरा प्रकाशलाई दिएरे छबिमा आँच आउने काम गरे । तर, त्यसलाई पछि फिर्ता लिए । ग्याँसको भाउ वढाए तर त्यसलाई २४ घन्टा पनि टिकाउन सकेनन र फिर्ता लिन बाध्य भए । भेनुजुएलाका राष्ट्रपति ह्युगो चाभेजले १२ वर्ष अघि नै थालनी गरेको ‘हेल्लो प्रेसिडेन्ट’को नक्कल गरेर ‘हेल्लो सरकार’ र ‘जनतासँग प्रधानमन्त्री’ जस्ता कार्यक्रम लागु गरे । पहिलो पल्ट जनताको घरमा पुगेर वाँस वस्ने कार्यको थालनी उनै भट्टराईले गरे ।
प्रधानमन्त्री हुनु भन्दा अघिको उनको चाम सरकारमा गए पछि अबश्य नै घटेको छ । उनले पेश गरेका नीति तथा कार्यक्रम धेरै जसो लागु हुन सकेको छैन् । जो जो लागु भएका छन्, ती उल्लेखनीय छैनन् ।
तर, जे–जे नराम्रारेकर्ड कायम गरे पनि दुईवटा कार्य चाँही उनको मुक्त कण्ठले प्रशंशा गर्नु पर्नेछ । त्यो हो, कयौं वर्ष देखी सडक कब्जा गरेर बसेकाहरुको घर भत्काएर त्यहाँ चिल्ला सडक बनाउने काममा भट्टराईले दिलो ज्यान दिएर लागे । सरसर्ती देखिने र सबै जनताले वुझ्ने यो जति प्रंशनीय कार्य उनको कार्यकालमा सायद अरु भएनन् । दोस्रो, शिविरमा रहेका माओवादी लडाकुलाई समायोजन प्रक्रियामा पु¥याए, हाल उनीहरु तालिमरत छन् ।
धेरै बिबादस्पद र थोरै राम्रा काम गरेको भट्टराई कार्यकाल समग्रमा सन्तुष्ट हुने खालको छैन् । जो जनताले वुझेका पनि छन् । मलाई काम गर्न दिएन भनेर उनले भन्न नै पाउँदैनन किनकी कांग्रेस÷एमालेलाई उनले ९÷९ महिना बाहिर राख्न सफल भएका छन् । ‘कांग्रेस एमालेलाई सरकार बाहिर राख्नु प्रमुख उपलब्धी हो’ भनेर हेटौडा महाधिवेसनको यो अभिब्यक्तिले भट्टराईले चाहेको भए जे पनि गर्न सक्थे भन्ने देखाउँछ् । जे होस, एक विद्धान नेता प्रधानमन्त्री भएपछि देशले के पायो त ? यो प्रश्न उनलाई सदैव उठिरहन्छ । यसको जवाफ उनले जनतालाई दिनु पर्छ नै ।
तर प्रधानमन्त्रीले आफुलाई बदनाम गराउन गोयबल्स शैलीमा कु–प्रचार गरेको भन्दै केही विषयको खण्डन गरेका छन् । उनले भनेको एउटा र बाहिर आएको अर्को कुरा के रहेछ त ? त्यो थाहा पाउन उनका प्रमुख स्वकिय सचिव विश्वद्धिप पाण्डेले उल्लेख गरेका केही कुरा यहाँ राखिएको छ । विश्वास गर्नु/नगर्नु एउटा कुरा हो तर प्रधानमन्त्री को कुरा सुनि दिनु अर्को कुरा हो । त्यसैले प्रधानमन्त्रीलाई लागेका कुरा तल राखिएको छ ।
१) दुवै छिमेकी देशहरुको तीव्र आर्थिक
विकासको गतिसंग हामीले पनि विकासको गतिको कदम मिलाउन नसक्ने हो भने छिमेकको
विकासको वाढीेले हाम्रो देशको अर्थतन्त्र ‘सवमर्ज’ हुन सक्छ भन्ने भनाईलाई
वंग्याएर देशको नै ‘मर्ज’ हुन्छ भनेर निरन्तर कु–प्रचार गरियो ।
२) देशको ‘साँचो अन्तै रहेछ’ भन्ने
कपोकल्पित भनाई आविस्कार गरी प्र.म.बाबुराम भट्टराईको देशभक्तिमाथि प्रश्न
उठाउन खोजियो । जवकि प्र.म.ले त्यसो भनेको भन्ने आजसम्म कुनै तथ्यप्रमाण
कसैले पेश गर्न सकेको छैन ।
३) त्रिभुवन विमानस्थलको स्तरोन्नति र
सुदृढीकरण गर्ने योजनालाई विमानस्थल भारतलाई बुझाउन खोजेको भन्दै कपोकल्पित
प्रचार गरियो । स्तर बृद्धिका लागि कुनै बिदेशी कम्पनीको लगानि भित्रयाउनु
र एयरपोर्ट नै जिम्मा लगाउनु नितान्त फरक कुरा हुन भन्ने जान्दा जान्दै
गोयवल्स शैलीमा तथ्य लुकाउन र भ्रम छर्न खोजियो ।
४) ‘यमी फाउण्डेसनलाई तीन करोड सरकारले
दिएको’ भन्दै मित्थ्या प्रचार गरियो । जवकि यमि फाउण्डेसन भन्ने संस्थानै
छैन र मन्त्रिपरिषद्ले त्यो नाम गरेको फाउण्डेसनलाई एक पैसा पनि दिएको छैन
।
५) प्रधानमन्त्रीपत्नीको अगुवाइमा वालाजुको
२२ धारा उद्यान मासियो भनियो । जवकि त्यहाँ विधिसम्मत ढंगले र स्थानीय
वासिन्दा सवैको सहमतिमा यो सरकार बन्नुभन्दा अघि नै वैकल्पिक बाटो खोलिएको
थियो ।
६) नातेदारहरुलाई विभिन्न पदमा नियुक्ति
गरियो भन्ने प्रचार भयो । अझ केयूकेएलमा प्रा.तिमीला यमीलाई नियुक्ति दिएको
भन्नै प्रचार भयो जवकि उहाँ ५ बर्ष पहिलानै केयूकेएलमा हुनुहुन्थ्यो र
वरिष्ठताका आधारमा साधारणसभा गर्ने प्रयोजनकालागि केयूकेएल ले नै वहांलाई
कार्यवाहक प्रमुख वनाएको थियो ।
७) सहमतिको प्रधानमन्त्रीको लागि सुशिल
कोइरालालाई प्रचण्डले माने पनि बावुराम भट्टराईले स्विकार नगरी सरकार
लम्वाउन खोजेको भन्ने प्रचार गरियो । जव कि त्यस्तो कुनै सहमतिनै भएको थिएन
र त्यो दुष्प्रचारको हावा आफै फुस्कियो ।
८) प्रधानमन्त्रीले गत जेठमा संबिधानसभा
बचाउन म्याद थप्न खोज्दा अदालतको अपहेलनाको मुद्दा खेप्नुप¥यो । तर
संविधानसभा बचाउन खोज्नेलाई नै उल्टो संविधानसभा भंग गराएको भन्दै धुंवाधार
प्रचार गरियो ।
९) त्रिशुलि–३ ‘ए’ जलविद्युत योजनाको
क्षमता बढाएर कमिसान खान खोजेको भन्दै दुष्प्रचार गरियो, तरक्षमता बढाउँदा
सस्तो र सुगम विजुली मार्फत् मुलुकलाई धेरै फाइदा हुने तथ्यलाई लुकाउन
खोजियो ।
१०) मन्त्रालयलाई वाइपास गरेर सेनालाई खुशि
पार्न हेलिकप्टर ल्याउन लागेको भन्ने प्रचार गरियो, तर हेलिकोप्टर किन्ने
समितिमा रक्षा, अर्थ, नागरिक उड्डयन आदि मन्त्रालय रहेको तथ्य लुकाउन
खोजियो ।
११) वाँदरमुढे घटनाका पिडितलाई सरकारले
रु.६० लाख शान्ति मन्त्रालय मार्फत् द्वन्द पिडितलाई विशेष राहत प्याकेजको
कार्यक्रम अन्तर्गत मन्त्रालयको प्रक्रियामा दिइसक्दा पनि नदिएको भन्दै
पार्टी र अध्यक्ष सँग अन्तरविरोध पार्ने किसिमवाट प्रचार गरियो ।
१२). ‘गड्यौला दिन नसकेर केशव स्थापितलाई
हटाइयो’ भन्ने प्रचार गरियो । जवकि स्थापितले सम्वन्धित निकायहरुसंग समन्वय
गरेर काम गर्न नसकेका कारण विधिवत स्पष्टीकरण सोधेर, छानविन गरेर
चित्तबुझ्दो जवाफ नआएपछि प्रकृयासम्मत ढंगले उनलाई बिदा गरिएको थियो ।
विश्वदीप पाण्डे
२०६९ फागुन २५
No comments:
Post a Comment