Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, February 23, 2013

बैद्य माओवादीलाई किन अप्ठयारो ?

काठमाडौं, फागुन ११ (नागरिक)- युरोपियन युनियनआबद्ध मुलुकले मोहन वैद्य नेतृत्व नेकपा-माओवादीलाई संविधान सभाको चुनावमा सहभागी हुन सुझाव दिएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा माओवादी र युरोपियन युनियनबीचको भेटमा सो सुझाव दिएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।
'उहाँहरुले माओवादी पार्टी तुरुन्तै चुनाव बहिस्कार गरेर सशष्त्र संघर्ष वा छापामार युद्धमा जाने नीति नभएकोबारे आफू प्रस्ट भएको बताउनुभयो,' भुषालले भनिन्, 'नयाँ निर्वाचनको बाटोबाटै समस्याको समाधान खोज्नको निम्ति माओवादी पार्टीलाई अनुरोध पनि गर्नुभयो।' शान्त र समृद्ध नेपालको सपनालाई साकार पार्न युरोपियन युनियन सदैव साथ रहेको विश्वास रहेको बताएको जानकारी दिइन्।
माओवादीले प्रमुख तीन दलका कारण समस्या रहेको भन्दै गोलमेच सभामार्फत् समस्याको समाधान खोज्नुपर्नेमा जोड गरेको थियो। सो भेटमा माओवादीका तर्फबाट उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापालगायतका पदाधिकारी थिए भने युरोपियन युनियन आबद्ध बेलायत, जर्मन, फ्रान्स, डेनमार्क, फिनल्याण्ड, नर्वे र स्विटजरल्याण्डका राजदूत र प्रतिनिधिको सहभागिता थियो।

No comments:

Post a Comment