काठमाडौं, फागुन १२ (नागरिक)- सत्तारुढ
एकीकृत माओवादी र सोसँगै मोहन वैद्य नेतृत्वमा विभाजित नेकपा-माओवादी विच
चितवन पार्टी कार्यालयको स्वामित्वको विषयलाई लिएर फेरि विवाद चर्केको छ।
पार्टी विभाजनलगत्तै गत असार १६ गते भएको द्धिपक्षीय झडपमा संलग्न भएका
वैद्य माओवादी आबद्ध रामराज भुर्तेललाई काठमाडौं सुन्धाराबाट गिरफ्तार
गरेपछि विवाद फेरि बल्झेको हो। भुर्तेललाई गत बुधबार पक्राउ गरिएको थियो।
माओवादीका ताम्सालिङ राज्य इन्चार्ज कुलप्रसाद केसी र सेक्रेटरी सुर्य सुवेदीले एक विज्ञप्ती जारी गर्दै भुर्तेललाई बाबुराम भट्टराई सरकारले पक्राउ गरी तेजोबोध गर्ने प्रयास गरेको आरोप लगाएका छन्।
'बुधबार साँझ चितवन पार्टी कार्यालयमा असारमा भएको उक्त झडपसँग सम्बन्धित बनाएर हाम्रा पार्टी नेकपा-माओवादी समर्थक एवम् चितवन मङ्गलपुर निवासी रामराज भुर्तेललाई काठमाडौं सुन्धाराबाट गिरफ्तार गरी झुठा मुद्दामा फसाउने गम्भीर षड्यन्त्र गरिएको छ,' हाम्रो पार्टी उक्त गिरफ्तारीप्रति घोर आपत्ति एवं भर्त्सना गर्छ,' केसी र सुवेदीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'हामी उहाँको ससम्मान रिहाइ गरियोस् भनी जोडदार माग गर्दछौं, यदि राज्य तथा एनेकपा माओवादीले सुनुवाई गरेनन् भने हामी कडा सङ्घर्षमा जान बाध्य हुने छौं।'
चितवन पार्टी कार्यालय स्वामित्वलाई लिएर एमाओवादी तथा स्थानीय प्रशासनले समेत दुःख दिएको उनीहरुको भनाई छ। पार्टी कार्यालयको विवादलाई लिएर कार्यादल बनाई छलफल जारी राखेको र कार्यान्वयन गर्ने प्रक्रियामा रहेको बेला भुर्तेलको पक्राउ गम्भिर षड्यन्त्र भएको ताम्सालिङ माओवादीको आरोप छ।

प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment