काठमाडौं, माघ २७ (नागरिक)-९९ सदस्यीय केन्द्रीय समितिमा दर्जन बढी विवादित
र विभिन्न अपराधमा आरोपी छन्। चिनियाँ व्यापारीसँग रकम मागी सभासद
किनबेचमा संलग्न टेप सार्वजनिक भएपछि गुमनामजस्तै रहेका कृष्णवहादुर
महरालाई केन्द्रीय समितिमा निरन्तरता दिइएको छ।
उनलाई मर्यादाक्रममा छैठौं स्थानमा राखिएको छ।
समाजसेवी अर्जुन लामाको हत्याका आरोपी अग्नि सापकोटा पनि केन्द्रीय समितिमा पुनः चयन भएका छन्। उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, काभ्रेमा ज्यानमुद्दा विचाराधीन छ।
व्यापारी रामहरि श्रेष्ठको हत्या तथा चिनियाँ व्यापारीसँग फिरौतीमा संलग्न कालीबहादुर खाम पनि केन्द्रीय समितिमा छुटेनन्। सापकोटा मर्यादाक्रममा १३ र खाम ५६ औं नम्बरमा छन्।
विश्व हिन्दु युवासंघका अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोग लागेका प्रभु साह ६६औं स्थानमा राखिएका छन् भने माओवादी स्वयंले गौर हत्याकाण्डमा संलग्न आरोप लगाएका रामकुमार शर्मा पनि केन्द्रीय समितिमा चयन भएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीबाट माओवादी प्रवेश गरेका शर्मा मर्यादाक्रमको ९५ औं स्थानमा छन्।
त्यसैगरी लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिनको दायरामा परेका धनबहादुर मास्की, तेजबहादुर ओलीलगायत पूर्वलडाकु कमान्डर पनि केन्द्रीय समितिमा आएका छन्। उनीहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै अन्तिम दिनको बन्दसत्रमा नाराबाजी भए पनि अध्यक्ष दाहालको प्रस्तावमा उनीहरु केन्द्रीय समितिमा पुनः आएका छन्।
भाग्यमानी दम्पती
महाधिवेशनबाट ४० जनाजति केन्द्रीय सदस्यबाट घटुवा भए पनि पाँच दम्पती केन्द्रीय समितिमा चयन भएका छन्।
प्रधानमन्त्री तथा उपाध्यक्ष बाबुराम भट्टराई (दोस्रो) र श्रीमती हिसिला यमी (१६औं) स्थानमा केन्द्रीय सदस्य छिन्। पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेल (१० औं) र उनकी श्रीमती शशि श्रेष्ठ (७५औं) मर्यादाक्रममा चयन भए। वर्षमान पुन (नवौं) र उनकी श्रीमती ओनसरी घर्तीमगर (५७ औं) पनि केन्द्रीय समितिमा दोहोरिए। गणेशमान पुन (४२औं) र श्रीमती कमला रोक्का (५४ औं) पनि केन्द्रीय समितिमा आउने भाग्यमानी दम्पती बने।
सम्बन्धविच्छेद भइसकेका विश्वभक्त दुलाल (२९औंंं) र अन्जना विशंखे (८२औं) मर्यादामा केन्द्रीय सदस्य भए।
महिला र मधेसी न्यून
महाधिवेशनबाट हिसिला यमी, कमला रोक्का, ओनसरी घर्तीमगर, अञ्जना विशंखे, शशी श्रेष्ठ, अञ्जना विशंखे, सबिना अर्यालमात्रै केन्द्रीय समितिमा परेका छन्। समावेशीको सबैभन्दा चर्को नारा लगाउने तथा संविधानले समेत महिलालाई ३३ प्रतिशत हिस्साको ग्यारेन्टी गरे पनि माओवादीले भने आफ्नो केन्द्रीय समितिमा ६ प्रतिशतमात्र महिलालाई ल्याएको छ।
त्यसैगरी, केन्द्रीय समितिमा विश्वनाथ साह, प्रभु साह, रामकुमार शर्मा, रामरिझन यादव, रामकुमार यादवसहित पाँच मधेसी नेता परेका छन.। मुसलमान समुदायबाट एकजना हकिकुल्लाह खाँमात्रै परे। थारु समुदायबाट रामचरण चौधरीमात्रै परे भने यी तीनै समुदायवाट एकजना पनि महिला परेनन्। थप सदस्य चयन गर्दा समावेशी बनाइने नेता अग्नि सापकोटाले जनाए।

No comments:
Post a Comment