एउटा आमसभाका लागि २० लाख खर्च -
प्रकाश तिमल्सिना, काठमाडौं, माघ ५- माघ १७ गते गर्ने भनिएको सत्तापक्षको आमसभाका लागि साना दललाई पनि खर्च ब्यहोर्न निर्देशन दिएपछि भन्दै उनीहरु असन्तुष्ट भएका छन्। शनिबार बसेको संघीय लोकतान्त्रिक गणतान्त्रिकका गठबन्धन सचिवालय बैठकले सो आमसभाका लागि २० लाख खर्च हुने अनुमान गरेको छ।
एमाओवादी- १० लाख,
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा- ५ लाख,
मन्त्री भएका साना दल- ५० हजार
र, सुविधा र लाभ नलिएका साना दल-२५ हजार
र, त्यसका लागि गठबन्धनमा हुने सबै दलले रकम हाल्नु पर्ने प्रस्ताव एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए।
सरकारमा सहभागी नभएका साना दलले ५० हजार र मन्त्री रहेका दलले १ लाख खर्च जुटाउनु पर्ने भन्दै प्रस्ताव गरे। तर, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष केशवमान श्रेष्ठले भने दाहालको सो प्रस्तावमा आपत्ति जनाए। ‘मन्त्री भएको भन्दै हामीलाई १ लाख भन्ने, नभएका साना दललाई चाँही ५० हजार भन्नु त भयो, तर ब्यहोर्ने आधार के हो?' भन्दै श्रेष्ठले बैठक मै आपत्ति जनाए। उनको आपत्ति पछि माओवादी अध्यक्ष दाहालले मन्त्री भएका साना पार्टीले ५० हजार र नभएकाले २५ हजार ब्यहोर्ने सर्तमा सचिवालयको बैठक टुंगिएको छ।
सो आमसभामा ब्यहोर्नु पर्ने निर्णय गरी सचिवालयको बैठक सकिएको सहभागी स्रोतले बतायो। सो भन्दा खर्च बढी भएमा त्यसको क्षतिपूर्ति माओवादीले नै ब्यहोर्ने भएको छ।
तर, लाभका पद नपाएका एक मधेसवादी साना दलका नेताले भने, ‘खुल्लामञ्चको कुर्सीमा बस्न २५ हजार तिर्नु पर्ने भयो, कहाँबाट ल्याएर तिर्ने?' उनका अनुसार लाभका पद नपाएका साना दललाई पनि सभाका लागि खर्च ब्यहोर्न लगाउने निर्णय अमान्य भएको जानकारी गठबन्धन संयोजक दाहाललाई दिइनेछ।

No comments:
Post a Comment