yo bato vane hoien hai |
मुलुकको
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार वरपरका क्षेत्रमा हुँदैआएको सवारी
चापलाई व्यवस्थित तुल्याउन माइतीघरदेखि भद्रकालीसम्म नेपाली सेनाको
मुख्यालय पूर्वपट्टीबाट नयाँ बाटो खोलेर सञ्चालनमा ल्याउने सरकारले अघिल्लो
वर्ष नै निर्णय गरेको थियो ।
प्रधानमन्त्री
डा बाबुराम भट्टराईले सरकारको नेतृत्व गरेलगत्तै बाटो खुलाउन नेपाली
सेनालाई निर्देशन दिनुभएको हो । सरकारले नयाँ बाटो निर्माण गर्न नेपाली
सेनालाई ४५ लाख उपलब्ध गराएको थियो ।
करिब
६१८ मिटर लम्बाइ रहेको नयाँ बाटोको चौडाइ हाल १० मिटर रहेको छ । बाटोको
दायाँबायाँ पर्खाल लगाउने काम भइरहेको छ भने ग्राभेल गर्ने काम पूरा
भइसकेको छ । अहिले उक्त बाटो ग्राभेल अवस्थामा नै सञ्चालन सुरु गर्न
लागिएको हो ।
तिहारपछि
भने बाटोलाई कालोपत्र गर्ने र चौडाइ विस्तार गरेर १४ मिटर पुर्याइने छ ।
भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठीले
बाटोको निरीक्षण गरी सञ्चालन खुल्ला गरिनुअघि ध्यान दिनुपर्ने विषयवस्तुका
बारेमा मन्त्रालयका पदाधिकारी र नेपाली सेनाका अधिकारीको ध्यानाकर्षण
गराउनुभएको थियो ।
नयाँ बाटो सञ्चालनमा आएपछि भद्रकालीबाट माइतीघर पुग्ने यातायातका सवारी साधन र पैदलयात्रुलाई यात्रा छोटो र सहज हुनेछ । रासस
No comments:
Post a Comment