३० असोज, काठमाण्डौ । युद्धकालका सबैभन्दा मोस्ट वाण्टेड अर्थात माओवादी
अध्यक्ष प्रचण्डको सुरक्षा गरेका बीरेन्द्र बीएम यतिखेर नेपाली सेनाको
मेजर बनेका छन् ।दश बर्ष लामो जनयुद्धमा आफ्नै परिवारका तीन सदस्य गुमाएका बीरेन्द्रको जीवनमा युद्धले निकै ठूल्ठूला घाउ पारेको छ । तत्कालिन शाही नेपाली सेनाको गोलीबाट बुबा र दुई बहिनी गुमाएका बीरेन्द्र अर्थात कमरेड मञ्जिल यतिखेर नेपाली सेनाको मेजर पदको नियुक्ति लिएर ४५ दिने घरबिदामा छन् । उनीसागै ७१ जना लडाकू कमाण्डर नेपाली सेनाको अधिकृतका लागि छनौट भइसकेका छन् ।
बीरेन्द्रले २०६० सालपछि प्रचण्डको अंगरक्षकका रुपमा सुरक्षाको जिम्मेवारी लिएका थिए । जतिबेला प्रचण्ड सुरक्षाको खतरा देखाउँदै भारतबाट रोल्पा आएका थिए । राज्यले तोकेको सबैभन्दा महंगो टाउको र आफ्नो पार्टी सुपि्रम कमाण्डरको सुरक्षा गर्नु तत्कालिन जनमुक्ति सेनालाई निकै चुनौतीपूर्ण थियो । जसका कारण पीएलएले बिश्वाशिलो लडाकूको खोजी गरेको थियो ।
६ बर्ष जनसेनामा काम गरिसकेका रुकुमका बीरेन्द्रले प्रचण्डको सुरक्षागार्डको जिम्मेवारी पाए । त्यतिबेला प्रचण्डको सुरक्षा कमाण्डर तत्कालिन डेपुटी कमाण्डर पासाङ थिए भने मञ्जिलले उनी अन्र्तगत रहेको प्रचण्डको सुरक्षा हेरेका थिए । माओवादी युद्ध सकिएर उनी काठमाण्डौं आउँदा मञ्जिले थप जिम्मेवारी पाए । त्यतिबेला उनकै कमाण्डमा प्रचण्डका लागि सुरक्षा दस्ता थियो । संबिधानसभा चुनाव जितेर प्रचण्ड प्रधानमन्त्री नहुँदासम्म मञ्जिल प्रचण्डको सुरक्षामै थिए ।
४४ बषिर्य बीरेन्द्र नेपाली सेनामा आउनुअघि डिभिजन सहकमाण्डरको भूमिकामा थिए ।
नयाँ भूमिकाबारे मञ्जिलले भने- अहिले म बिल्कुलै नयाँ भूमिकामा छु, यो भूमिका पुरा गर्न मलाई मेरो बिगतको अनुभवले पनि सघाउने छ ।’ युद्धकाल र शान्ति प्रकृयाका दौरानमा पनि सुरक्षा क्षेत्रमै बसेर काम गरेको हुनाले मेजरका रुपमा मुलुकको सुरक्षामा आफुलाई अझै सहज हुने मञ्जिल बताउँछन् ।
Source: onlinekhabar
No comments:
Post a Comment