काँकडभिट्टा, आश्विन २९ -
श्रीमान् नभएको मौका छोपी राति घरमा गएर यौन दुर्व्यवहार प्रयास गर्ने
व्यक्तिलाई झापा महारानीझोडा-५ की एक महिलाले हत्या गरेकी छन् । स्थानीय
कल्पना विकले एमाओवादी महारानीझोडा गाविसका सेक्रेटरी ५१ वर्षीय भीमबहादुर
अधिकारीको हत्या गरेकी हुन् ।
'दुव्र्यवहार गरेपछि खुकुरी प्रहार गरेकी हुँ,' कल्पनाले प्रहरीसँगको बयानमा भनिन् । अधिकारीलाई घाँटीमा दुई ठाउँ र कानमा धारिलो हतियार प्रहार गरिएको देखिन्छ । उनको अत्यधिक रक्तस्रावबाट घटनास्थलमै मृत्यु भएको थियो । घरमा सासू, १२ वर्षे छोरा र जेठानी-देउरानी मात्रै बस्दै आएका थिए । दुवै महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् । शनिबार मध्यराति खुकुरी हानेर अधिकारीको हत्या गरेपछि कल्पना र उनकी देउरानी पर्ने मञ्जु विक करिब ११ किलोमिटर टाढा पैदल हिँडेर इलाका प्रहरी कार्यालय दमकमा आत्मसमर्पण गर्न पुगेका थिए । मञ्जुले समेत अधिकारीको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । माओवादी नेता अधिकारी प्रायः सधैंजसो कल्पनाका घरमा गएर गफगाफ गर्थे । शनिबार भने उनी दिउँसैदेखि मादक पदार्थ पिएर मातेको स्थानीयवासीले बताए । 'उनी साँझसम्म स्कुलचन बजारमा मातेर घुमिरहेका थिए,' एक स्थानीयले भने । माओवादीका क्षेत्रीय सदस्य गणेश कार्कीले भने अधिकारीको हत्या नियोजित रूपमा भएको दाबी गरे । 'घटनाको प्रकृति हेर्दा नियोजित देखिन्छ,' उनले भने । प्रहरीले घटनास्थलबाट अधिकारीको अन टेस्ट मोटरसाइकल बरामद गरेको छ । उनी शनिबार राति विकको घरआँगनमा मोटरसाइकल पार्किङ गरेर कोठामा छिरेका थिए । झापाका एसपी तारिणीप्रसाद लम्सालले दुव्र्यवहारका कारण अधिकारीको हत्या गरेको विकले स्वीकारेको बताए । विकलाई कर्तव्य ज्यानअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । अधिकारीले माओवादी सेक्रेटरीको जिम्मेवारीसँगै घरजग्गासम्बन्धी कारोबार पनि गर्थे । छोटो समयमै उनले निक्कै सम्पत्ति जोडेको उनलाई चिन्नेहरू बताउँछन् । विक परिवार बसोबास गर्दै आएको जमिन उनैले हालै बिक्री गरेका थिए ।
कानुनमा के छ ?
नेपालको कानुनअनुसार जबर्जस्ती गर्न खोज्नेको प्रतिकार गर्दा ज्यान गएमा सजाय लाग्दैन । मुलुकी ऐनको 'जबर्जस्ती करणी' महलको ८ नम्बरमा यो व्यवस्था छ । 'आफूलाई जबर्जस्ती करणी गर्ने मनसाय लिई उद्योग गरी हातपात, छेकथुन, बाँधछाद इत्यादि जोरजुलुम गर्न लाग्यो र त्यसबखत कराई गुहार मागी वा अरू केही उद्योग गरी त्यस्तो जुल्मीको पन्जाबाट उम्की भागी आफ्नो धर्म बचाउन नसक्ने अवस्था परी त्यस्ता जुल्मीलाई आफ्ना अक्कलवर्कतले सक्नेसम्मका कुरा केही नगरे आफ्नो धर्म नष्ट हुनेसम्मको ठूलो डरत्रास परी करणी लिन नपाउँदै वा उसै बखत आफ्नो जोडबल पुग्न नसक्नेमा करणी लिइसकेपछि पनि सोही कुराको रिस थाम्न नसकी उसै बखत करणी लिएकै थलामा वा त्यहींदेखि लपेट्दै गई एक घन्टाभित्र हतियार, लाठो, ढुंगा इत्यादि केही चलाई ज्यान मर्न गएको ठहरे बात लाग्दैन ।' उक्त महलमा भनिएको छ, 'एक घन्टाउप्रान्त मारेमा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दस वर्षसम्म कैद हुन्छ ।
source: ekantipur

No comments:
Post a Comment