प्रकाश तिमल्सिना, काठमाडौं, कात्तिक ३- एकीकृत माओवादीले अमिक शेरचन
नेतृत्वमा गठन गरेको आर्थिक अनियमिता तथा सम्पत्ति छानविन आयोगले पूर्व
प्रतिबद्धता अनुसार आफ्नो प्रतिवेदन सार्वजनिक नगर्ने भएको छ। सदस्यको
ब्यस्तताका कारण देखाउँदै शेरचन नेतृत्वको सो आयोगले आफ्नो प्रतिवेदन
सार्वजनिक नगर्ने भएको हो।
'पार्टीको कामले उपत्यका बाहिर नै ब्यस्त हुनु परेकाले प्रतिवद्धता अनुसार आज प्रतिवेदन सार्वजनिक गर्न सकिएन्' शेरचनले भने। उनका अनुसार दशैंपछि सदस्यहरुको वैठक सम्पन्न गरेर प्रतिवेदन सार्वजनिक गरिनेछ।
दुई साता अघि संयोजक शेरचनले पत्रकार सम्मेलन नै गरेर कात्तिक ३ गते पार्टी नेतृत्व र अन्य नेतामाथि परेको उजुरी छानविन गरी सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिए। ६५ वटा उजुरी आएको बताएको सो आयोगले तीन महिना नाघिसक्दा पनि प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन्।
सातौं विस्तारित वैठकमा पार्टी नेतृत्व र कार्यकर्ता आर्थिक अनियमिततामा संलग्न भएको भन्दै नारावाजी गरे पछि शेरचन नेतृत्वमा छानविन समिति बनाइएको थियो। ४ साउनमा गठन भएको सो समितिलाई १ महिना भित्र प्रतिवेदन वुझाउन निर्देशन दिइएको भएपनि तीन महिना नाघिसक्दा पनि सार्वजनिक नभएपछि पार्टी भित्र असन्तुष्टी बढ्न सुरु गरेको छ।

No comments:
Post a Comment