Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !
Showing posts with label सिमापारी. Show all posts
Showing posts with label सिमापारी. Show all posts

Tuesday, September 12, 2017

वाँदरको यो एउटा यस्तो सेल्फी, जसले विश्व हल्लाई दियो

क्यामेरा सामु दाँत देखाएको र आँखा चम्काएको एउटा वाँदरको मशहुर सेल्फी तपाईलाई याद हुनुपर्छ ।

सो सेल्फीका वारेमा भएको दुई बर्ष लामो कानुनी विवाद अव अन्त्य भएको छ।

Friday, August 5, 2016

गान्धि देश टुक्राएको आरोप तथा ५० करोडको भगडामा मारिए !


महात्मा गान्धी, भारतको सुप्रसिद्ध राजनीतिज्ञ हुन । मुख्यतः अहिसात्मक राजनीतिक आन्दोलनका पर्यावाची गान्धीको जन्म जयन्तीको अवसरमा संयुक्त राष्ट्र संघले अहिसात्मक दिवस (शान्ति दिवस)को घोषणा गरिसकेको छ । गान्धीको राजनीतिक मान्यता र सिद्धान्तलाई पछयाउनेहरु विश्वभरमा धेरै नै छन तर भारतीय नागरिक नाथुराम गोडसेले उनको हत्या गरिदिए । भारतका महान नेतालाई किन आफनै नागरिकले हत्या गरे त ? यो प्रश्नको उत्तर धेरैलाई थाहा नहुन सक्छ, यदी थाहा छ भने थप जानकारी मिलोस भनेर यो ब्लग एक भारतीय अनलाइनवाट साभार गरेर यहाँ राखेको छु ताकी गान्धी र उनको हत्याका बारेमा अधिकत्तम जानकारी यस ब्लगका पाठकलाई मिलोस ।

Monday, August 1, 2016

मुटु कमजोर नपार्नुहोस, आउनुहोस सिसाको पुलमा सयर गरौं

चिनको युनान प्रान्तको डाली भन्ने ठाउँमा चीनियाँ सरकारले सिसाको पुल बनाएर विश्वलाई आश्चर्य चकित बनाएको छ । जुलाई २९, २०१६ देखी खुल्ला गरिएको यो पुल ८० मिटर लामो छ र १७० मिटर अग्लो स्थानमा बनाइएको छ । यो पुलमा चढनेले पहिला मुटु द¥हो बनाउनु पर्ने सर्त रहेछ । आउनुहोस, हामी पनि हेरौं, चीनले हालै निमार्ण गरेको चमात्कारिक पुलको तस्विरहरु र बोनसमा चीनका अन्य भागमा बनेका सिसाका पुलहरु पनि हेर्नुहोस ।

Wednesday, July 6, 2016

विश्वभरी नै चर्चा पाइरहेका ओबामाका ब्यक्तिगत तस्विरहरु

अमेरिकी राष्ट्रपति बाराक ओबामको जीवनशैली र उनले अपनाउने तरिकाका कारण उनी सद्यै चर्चामा रहने गर्छन । सामान्य स्तरको उनको जीवनशैली र राष्ट्रपति निवासमा बिताएका पलहरुको बारेमा ह्वाइट हाउसका अफिसियल फोटोग्राफरले केही यस्ता तस्विर खिचेका रहेछन, जुन अहिले सार्वजनिक गरिएको छ ।

Wednesday, September 23, 2015

संविधान जारी पछिको भारत : कतै जुत्ता प्रहार त कतै दिपावली

दोस्रो विश्वयुद्ध सकिएपछि जुलाई १९४५ मा बेलायतमा नयाँ सरकार बन्यो । त्यो नयाँ सरकारले भारतमा संविधान निर्माणका लागि नयाँ नीतिको घोषणा ग¥यो । भारत स्वतन्त्रताको समस्या समाधान गर्न बेलायतले नयाँ नीति घोषणा गरेको थियो । त्यसबेला बेलायतले तीनजना क्याबिनेट मन्त्री भारत पठाएको थियो । जसलाई इतिहासमा क्याबिनेट मिसन भनेर चिनिन्छ । १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भएको घोषणा गरिएको थियो । त्यसपछि पूर्ण सम्प्रभू सम्पन्न संविधानसभा गठन गरिएको थियो । त्यो संविधानसभाले ९ डिसेम्बर १९४७ बाट काम गर्न सुरु ग¥यो ।

Wednesday, August 26, 2015

थारु आन्दोलनकारीले भने, ‘बार्तामा बोलाइएन्’

दुई साता देखी तराई–मधेसमा आन्दोलनरत रहेका थारु समुदायलाई औपचारिक रुपमा सरकारले अझै पनि बार्ता र छलफलका लागि बोलाएको छैन् ।
तराई–मधेसका २२ जिल्लालाई ठप्प पार्दै आएका र सोमवार टिकापुर, कैलालीमा घटनामा सुरक्षाकर्मीको ज्यान जाँदासम्म आन्दोलनरत पक्षलाई सरकारले औपचारिक रुपमा वार्तामा नबोलाएको हो । जसको गुनासो आन्दोलनरत थारु अगुवा र सभासदकहरुले गरेका छन् ।
‘हामी बार्ता र बिरोधी होइन तर बिभिन्न माग राखी आन्दोलन गरिरहेका थारु समुदायलाई सरकारले बार्ता र छलफलका लागि अहिलेसम्म बोलाएको छैन,’ कैलालीका सभासद जनकराज चौधरीले भने, ‘सरकार आफै हिंसा भडकाउन र स्थीतिलाई काबु बाहिर लान खोजिरहेको यो एउटा उदाहरण हो ।’ बार्तावाट नै सबै समस्याको समाधान निकाल्नु पर्छ भन्ने पक्षमा रहेको जनाउँदै सभासद चौधरीले आगमी दिन हुन सक्ने सबै खाले घटनाको जिम्मेवार सरकार हुने चेतावनी पनि दिए ।

Tuesday, July 28, 2015

एक अविवाहित मुस्लिम आमा, जो पछि सफल भएरै छाडिन्

निरुसा निखत मुम्बईकी चर्चित फेसन डिजाइनर हुन् । इलाहावादको निम्न मध्यमवर्गीय मुस्लिम परिवारकी निरुसाको मुम्बईसम्मको यात्रा कठोर र संघर्षपूर्ण छ । तिनै संघर्षको कथाले यतिबेला निरुसा मुम्बईमा स्थापित फेसन डिजाइनर भएकी हुन् ।मुम्बईमा उनी स्थापित मात्र होइन, सबै पक्षबाट बलियो पनि छिन् । यद्यपि आर्थिक रूपले सबल भए पनि अविवाहित आमा बन्ने उनको निर्णय समाजका लागि चुनौतीपूर्ण थियो । मुस्लिम समुदायमा एकल आमा बन्ने निर्णय नै आफैंमा कठोर थियो, यद्यपि निरुसाले त्यस्तो निर्णय किन लिनुप¥यो ? निक्कै रोचक र संघर्षपूर्ण कथा निरुसाले यसरी सुनाइन् ।
‘सन् २००५ तिरको कुरा हो, म त्यसबेला लिभ इन रिलेसनसिपमा थिएँ । हाम्रो सम्बन्धले निरन्तरता पाउँछ भन्ने कुरामा मलाई पटक्कै विश्वास थिएन । रहँदै बस्दै जाँदा म गर्भवती भएछु, गर्भपतन गराउन मलाई राम्रो लागेन । किन भने यो मेरो सम्बन्धको नतिजा थियो, यसको जिम्मेवार म हुँ, मेरो पेटभित्र हुर्किएको भ्रुणको के कसुर थियो र म उसलाई मिल्काउँ ? मेरो पेटको भ्रुणको कुनै दोष नभएकाले मैले उसलाई मिल्काउन चाहिनँ ।"

Thursday, July 9, 2015

भारतमा नयाँ बहस: भारतले आफनो राष्ट्रिय गान बदल्नु पर्छ ?

नोबेल पुरस्कार बिजेता रविन्द्रनाथ टैगोरले लेखेको भारतीय राष्ट्रिय गान पुनः बिबादित बन्न पुगेको छ । मुख्यतः त्यसमा उल्लेख भएको ‘अधिनायकवाद’ शब्दले सो गानालाई फेरी एक पटक बिबादित बनाएर बहसमा ल्याएको होे ।  ‘जन गण मन अधिनायक जय हे’ भन्ने वाक्यांशमार्फत तत्कालिन अंग्रेज सरकारको गुलामी गरिएको र गद्धारका गीत भन्ने भन्ने आरोप टैगौरमाथी लगाउँदै राष्ट्रिय गान फेर्नु पर्ने आवाज पनि उत्तिकै उठेको छ । सन १९५० देखी टैगोरको सो गानलाई भारतले राष्ट्रिय गानको रुपमा बजाउँदै आएको थियो र छ । आधा शताब्दी भन्दा लामो इतिहास बोकेको सो गानका बारेमा अहिले पुनः नयाँ शिरावाट बहस सुरु भएको हो । दुई देश (बंगलादेश र भारत) को राष्ट्रिय गान लेख्ने सौभाग्य पाउने विश्वका एक मात्र कवि तथा गीतकार टैगौरले के त्यो गीतमार्फत अंग्रेजको गुलाम गरेका थिए ? वा अहिले आरोप लगाए जस्तो के टैगोर गद्धार थिए त ? आउनुहोस, एउटा रिर्पोट पढौ ।  

Friday, June 12, 2015

आयो प्रतिवेदनः राष्ट्रसंघका शान्ति सेना यौन लेनदेनमा संलग्न

सहयोगका लागि खटाइएका क्षेत्रमा राष्ट्रसंघको शान्ति सेनाले ती क्षेत्रका महिलाहरूसँग नियमित रूपमा यौनजन्य कार्य गरेको राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ ।
राष्ट्रसंघको कार्यालयका इन्टरनल ओभरसाइट सर्भिस (ओआईओएस) ले भोक र गरिबीले ग्रस्त हैटी र लाइबेरियाका महिलासँग यौनजन्य गतिविधिमा लिप्त भई त्यसको सट्टा मूल्यवान् सामान दिने गरेका छन् । यौन सेवा लिएबापत उनीहरूलाई रकम, गरहना, मोबाइल फोन र अन्य उपयोगी वस्तुहरू शान्ति सेनाले दिएको खुलासा भएको हो ।
सन् २००८ देखि सन् २०१३ को अवधिमा ४ सय ८० ओटा यौन शोषण र दुर्वव्यवहारका घटना भएको समेत प्रतिवेदनमा उल्लेख छ । यौन शोषण हुनेमा एक तिहाइ बालिका रहेको जनाइएको छ ।

Tuesday, June 9, 2015

आउनुहोस, १६ बुदेँ सहमतिबारे उपेन्द्र यादवको धारणा पढौं

प्रमुख चार राजनीतिक शक्ति बिच भएको सहमतिका बिरुद्धमा उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महत्तो उभिन पुगेका छन् । सो सहमतिका बिरुद्ध अरु केही साना दल देखिए पनि खुलिसकेको अवस्था भने छैन । आज सिंहदरवारमा एमाओवादी अध्यक्ष प्रचण्डले बोलाएको संविधानसभा भित्र रहेका १९ दलको बैठकमा यादव, ठाकुर र महत्तोका पार्टीको कोही पनि उपस्थित भएनन । उनीहरुको भाषामा प्रचण्डले गम्भिर धोका दिए, त्यकारण सो बैठकमा सहभागि हुन सकिएन । एउटै भवनको चौथो तल्लामा प्रचण्डको नेतृत्वको बैठक बसिरहदाँ सिंहदरवारको दोस्रो तल्लामा भने उपेन्द्र, ठाकुर र महत्ताको पार्टीको अगुवाईमा अर्को बैठक बस्यो । सो बैठकवाट निस्केका उपेन्द्र यादवले आफनो फेसबुक पेजमा असहमति जनाउँदै आफनो प्रतिक्रिया लेखेका छन, जसलाई यहाँ उल्लेख गरिएको छ । आउनुहोस पढौं, उपेन्द्र यादव के भन्छन त ?

Wednesday, June 3, 2015

नेताको काटुर्न बनाउने इरानी युवतीलाई १२ बर्ष जेल सजायँ

जेल पुगेकी इरानी कलाकार अतेना फरगदानी
आफनै देशका नेताको काटुर्न बनाउने एक जना इरानी महिला कलाकारलाई १२ बर्षको सजायँ दिइएको छ । उनले त्यही नेताको काटुर्न बनाएको थिइन, जसले परिवार नियोजनको फैसाला लिन सक्ने इरानी जनताको अधिकार प्रति रोक लगाउने काम गरेका थिए । त्यसवाट चित्त नबुझेर इरानी कलाकार अतेना फरगदानी ती नेताको कार्टुन बनाएकी थिइन, तर त्यही कार्टुनले उनलाई १२ बर्ष बढी समयका लागि जेल पु¥याउने काम गरेको छ ।तेहरानको कथित रेब्युशनरी कोर्टमा फरगदानी बिरुद्ध ‘पेन्टिङको माध्यमवाट सांसदको बेइज्जती’ गरेको भन्दै मुद्धा दायर भएको थियो ।

Friday, March 20, 2015

बिहार,चीट चोराउने भीडको तस्बिरले विश्व तहल्का #लाजमर्दो

हिजो देखी भारत, बिहारमा जारी मैट्रिक परिक्षामा चीट चोराउने समुहको भीडका तस्बिरहरु सार्वजनिक भए पछि त्यो सामाजिक सञ्जालमा भाइरल नै बन्यो । त्यसले बिहारमा कुन शिक्षा नीति चलेको छ र त्यहाँको शिक्षाको अवस्था कस्तो छ ? भन्ने कुरा पनि देखाउने काम गरेको छ । भारतका मुलधारका मिडियामा समेत आएका ती तस्बिर पछि त्यहाँका मुख्य मन्त्री नितिशकुमारले भने त्यसको जवाफ दिएका छन् । मुख्यमन्त्रीको नाताले उनले भनेका छन, ‘सबै बिहारी बिद्यार्थीहरु कमजोर छैनन, यहाँ तेजाबी र उत्कृष्ट बिद्याथीहरु पनि छन् ।’ मलाई लाग्यो, उनका कुरा पनि बुझौ, एकोहोरो बिहार र बिहारीलाई गाली नगरौ किनकी त्यहाँ पनि गम्भिर अध्ययन गरी पढने बिद्यार्थीहरु पनि प्रशष्त छन्, तीनलाई सम्मान गर्न मुख्यमन्न्त्रीको कुरा बुझन जरुरी छ ।

Monday, January 5, 2015

योगगुरु रामदेव कुस्ती खेल्दै,कृपया हाँस्न चाँही मनाही छ है :)

योग गुरु रामदेृब बेला बेलामा चर्चामा आउँछन । केही ने केही गरेर भए पनि चर्चामा आउने रामदेव गुरु केही समय पहिला राजकुमारी हिरानीको निर्देशनमा बनेको र अमिर खान अभिनित फिल्म पिकेको बिरोध गरेका कारण चर्चामा रहे । उनले सो फिल्म हिन्दुको बिरुद्धमा भएको भन्दै धेरै आलोचना गरे । रामदेव जस्तै अन्य भारतीय गुरुको बिरोधका कारण सो फिल्म खुब चर्चामा आयो र ३०० करोड क्लबमा पुग्ने पहिलो हिन्दी चलचित्रको रेकर्ड बनायो । सद्यै योग सिकाउने दृश्यमा देखिदै आएका उनै उनै रामदेव भने सोमवार कुस्ती खेलिरहेको अवस्थामा देखा परेका छन् । हरीद्धारस्थित आफनो संस्था पतञ्जली योगपिठले आयोजना गरेको राष्ट्रिय कवडडी और कुस्ती प्रतियोगितामा पुगेका रामदेवले कुस्ती खेलेका हुन ।

एक चाइनीज कार्पेन्टरले बनाएको काठको कार, गज्जब रहेछ !

विश्व अर्थतन्त्रमा एक छत्र राज गरेको अमेरिकालाई १ सय ५० बर्ष पछि पछि पार्दै उत्तरी छिमेकी चीन विश्वको एक नम्बर अर्थतन्त्र भएको देशको रुपमा आफनो परिचय दिलायो । विश्वको कम विकसित राष्ट्रका बासिन्दा हामी भने त्यो समाचार सुनेर दंग परिरहेका छौ । र, हाम्रो देशका ताल र अवस्था सम्झेर कयौं युवाले दिक्क मान्दै थकथक मानिरहेका पनि छौ । इशापुर्वमा नै विश्वको सात आश्चर्य मध्य एक आश्चर्य ग्रेटवाल बनाएर देखाएको चीनले हरेक साल र हरेक पल नयाँ नयाँ कुरा विश्वलाई देखाइरहेको छ । १४ सय किलोमिटर लामो कृतिम नदी होस वा घरको छत छतै पुग्ने आकाशे पुल अथवा २२ हजार मेगावट क्षमताको बिजुली भण्डार । चीनले देखाएका आश्चर्यजनक कुराले हाम्रो दिमाग र मन दुवैलाई तरंगित गरिरहेको छ, गरिरहन्छ । यसै सन्दर्भमा एक चीनियाँले काठको कार बनाएर विश्वलाई चकित बनाउने काम गरेका छन, जसलाई चिनियाँ मिडियाहरुले महत्वका साथ प्रसारण गरिरहेका छन । उनले बनाएको काठको कार तपाईका लागि पनि यो ब्लगमार्फत उपलब्ध गराएको छु ।

Sunday, January 4, 2015

रक्सीको बोत्तलमा गान्धी नाँच्ने, काम गरेछन खुट्टा भाँच्ने !!

बियरको क्यान बोत्तलमा माहात्मा गान्धीको तस्बिर राख्ने एक अमेरिकी रक्सी कम्पनिले माफी मागेको छ । ‘गान्धी(बोट’ नाम राखेर बियरको क्यान बजारमा ल्याए लगत्तै हैदरावादस्थित अदालतमा बियर कम्पनिको बिरुद्ध मुद्धा दर्ता गरिएको थियो । सो कम्पनि बिरुद्ध रक्सीको बोत्तलमा गान्धीको तस्बिर राखेको अपमान गरेको भन्दै सो मुद्धा दर्ता गरिएको थियो ।  कनेक्टिकट स्थित न्यु इंग्लैण्ड ब्रुइङ नामक सो कम्पनिले भने बियरको क्यान बोत्तलमा गान्धीको तस्बिर राखेर सम्मान ब्यक्त गरेको जिकिर गरेको थियो ।

Tuesday, December 23, 2014

कट्रिना पनि सन्नी लियोन जस्तै पहिला ब्लु फिल्म खेल्थिन ?

ब्लु फिल्म उद्योगका चर्चित निर्माता टेरी स्टिफेन्ससँग कटरिना
भारतीय फिल्म उद्योगका चर्चित अभिनेता रणवीर कपुर र कैटरिना कैफको प्रेम प्रसङ्ग अहिले भारतीय मिडिया देखी अन्तराष्टिय मिडियामा निकै गसिप बनिरहेका छन् । भनिएको छ, ‘उनीहरु चाँडै बिबाह गर्दैछन् ।’ त्यसका लागि दुवैका घर परिवारमा यो कुरा चलिसकेको छ । मिडियाले रणवीर कपुर र कटरिनाको फोटोहरु प्रकाशन गरिदिए पछि त्यो भाइरल पनि भयो । त्यसपछि दुवैले मुख फोरे कि 'हो हामी प्रेममा छौ ।' दिपिका पादुकोणसँग ट्रेजडीमा परेका रणवीर र सलमानसँग ट्रेजडीमा परेकी कटरिना बिच पछिल्लो समयमा हांगिएको प्रेमका बहस चलिरहदाँ अहिले कटरिनाको विगतलाई लिएर एउटा सनसनी मच्चिन पुगेको छ । यो सनसनी यही बेला मच्चिएको छ, जुन बेला रणवीर र कट्रिनाको बिबाह हुने तयारी भइरहेको सञ्चार माध्यममा आइरहेको छ । भनिएको छ कि, पोर्न स्टार सन्नी लियोन जस्तै कटरिना पनि एक समय ब्लु फिल्म इन्ड्रष्टीमा आबद्य थिइन, यद्धपी कटरिनाको ब्लु फिल्म भने अझै सार्वजनिक भइसकेको अवस्था भने छैनन् । तर, ब्लु फिल्म बनाउने विश्वका चर्चित प्रोडुसर टेरी स्टीफेन्ससँग उनको सामिप्यता र आत्मियता झल्किएको तस्बिर सार्वजनिक भए पछि अहिले त्यो तस्बिर भाइरल बन्न पुगेको छ ।

Monday, December 22, 2014

एकै ठाऊँमा यति धेरै साइकल, हेर्दा नै दंग परियो भन्या !

Meet the 'bicycle graveyard' in Hunan: A large number of abandoned bikes were piled high at a campus in Hunan Province. Since it was unclear why so many bikes were piled here, students said the campus should recycle them for public use or donate to poor students.

Sunday, December 14, 2014

मोदी सबलाई लडडु बाटने, लालुजी चाँही उनको उछित्तो काटने

भारत, केन्द्र सरकारमा पुर्व मन्त्री समेत भइसकेका (रेल) लालुप्रसाद यादव बिहार र समग्र भारतका प्रख्यात नेता हुन । राष्ट्रिय जनता दलका अध्यक्षसमेत रहेका लालु अरु नेता भन्दा यसकारण चर्चित रहेका छन कि उनको ठट्यौली स्वभाव छ । ठटयौली स्वभावले गर्दा लालु कहिल्यै गुमनाम पनि हुदैनन् । लालुजीको ठटयौली कलाका धेरै फयान छन, जहाँ जहाँ लालु जान्छन, त्यहाँ त्यहाँ रमाईलो हुन्छ, यो कुरा उनलाई जान्ने सबैलाई थाहा छ । भारतीय नेता लालुको बारेमा एउटा भनाई कुनै जमानामा निकै चर्चित उक्ती थियो र अझै पनि छ । त्यो हो – ‘जब तक रहेगा समोसा मे आलु, तब तक रहेगा बिहार मे लालु ।’  तर, करिब तीन दशकसम्म लोकसभामा सदस्य रहेका लालुको सो भनाईलाई नितिश कुमारले आधा दशक अघि भने खारेज गरि दिए । बिहारमा लालुलाई हराउँदै नितिश मुख्य मन्त्री भए, अहिले बिहारमा नितिश कै सरकार छ । केही समय अघि भ्रष्टचार काण्डमा लालु जेल पनि गए र अहिले मुक्त भएका छन । अहिले भारतमा नरेन्द्र मोदीको जगजगी छ, तर उनै लालु भने मोदीलाई देखि सहदैन । टेलिभिजन होस वा पत्रपत्रिका, जताततैवाट लालु एकोहोरो मोदीलाई प्रहार गरिरहन्छन । हिजो पनि ‘आजतक अजेन्डा’ मार्फत लालुले मोदीको धुलो चटाउने काम गरे । लालुको तर्क छ, मोदी भन्ने नेता ढोंगी हो, मोदी बोल्छन मात्रै काम गर्दैनन । जस्तो कि उनले मोदीका बारेमा टिवट गर्दै यसो भनेका छन– 'कितनों को उल्लू बनायेगा जी ? हरियाणा गए, बोला नं-1 बनाएंगे, महाराष्ट्र गए बोला नं-1 बनाएंगे, झारखण्ड गए बोला नं-1 बनाएंगे, युपी मे में बोला नं 1 बनाएंगे, मोदी को एक के बाद की गिनती भी नहीं आती, हर राज्य में जाकर कहते है इसको भी नं-1 बनाएंगे। भूल जाते है नं-1 तो एक ही होता है 1 से 100 तक में. मोदीबारे लालुको थप टिप्पणी र तर्क पढन चाहनेलाई उनको फेसबुकटिवटरवाट साभार गरेर यो ब्लगमा साभार गरिएको छ । 

Thursday, December 11, 2014

८१ बर्षे हजुरआमाले ‘स्काईजम्प’ गरे पछि चीनमा तहल्का !!!

एक ८१ बर्षिया चीनिया महिला (हजुरआमा)ले अष्ट्रेलियामा स्काईजम्प गरेको भिडियो अहिले विश्वभर भाइरल भएको छ । अष्ट्रेलियाको ‘हाई जम्प’ खेलका बारेमा जानकारी पाए पछि ती हजुरआमाले आफु पनि हाइजम्प गर्ने इच्छा छोरा सामु प्रकट गरेकी थिइन् । आमाको इच्छालाई छोराले पुरा गराई दिएका थिए । सामाजिक सञ्जाल फेसबुक, टिवटरहरुमा ती हजुरआमाको हाइजम्प तस्बिर भाइरल बने पछि त्यसलाई चिनियाँ मिडियाले पनि महत्वका साथ उल्लेख गर्न सुरु गरेका छन् । नाम उल्लेख नगरीएकी ती महिलाको तस्बिरहरुलाई चिनियाँ समाचार संस्था सिसिटीभीन्यूजले पनि महत्वका साथ प्रशारण र प्रकाशित गरेको छ । भनेको छ, एउटा साहसी चिनियाँ महिला ।

Saturday, December 6, 2014

भारतको चर्चित घटनाः बाबरी मस्जिद प्रकरण सम्झनामा

भारतीय इतिहासमा कालो दिन: सन १९९२ डिसेम्बर ६ अर्थात आजको मितिमा नै बाबरी मस्जिद ध्वस्त गरिएको थियो,


भारतीय इतिहासमा बाबरी मस्जिद निकै चर्चित घटना र प्रसङ्ग हो । ६ डिसेम्बर १९९२ मा यसलाई पुरै ध्वस्त गरिएको थियो । र, यो मस्जिद ध्वस्त बनाएको आज २२ बर्ष पुरा भएको छ । मुख्यतः हिन्दु र मुसलमान बिचको बैमन्यसता कारण यो मस्जिद ध्वस्त हुन पुगेको थियो । यो दिनलाई केही मुसलमान संगठनहरुले कालो दिनको रुपमा सम्झदै कालो झन्डा फहराउन अपिल गरेका छन भने हिन्दु समुदायले बिजय उत्सबको रुपमा मनाउन । जसका कारण अहिले अहमदवाद, जहाँ यो मस्जिद ढालिएको थियो, त्यहाँ सुरक्षा ब्यवस्था कडा पारिएको छ र १० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । सरकारले फेरी पनि दंगा हुन सक्ने खतरा देखेर सो ब्यवस्था गरिएको जनाएको छ । 
रामको जन्मभुमीमा सो मस्जिद बनाइएको भन्दै त्यहाँका हिन्दुहरुले चर्को बिरोध गर्दै आएका थिए । तत्कालिन राष्ट्रिय स्वयसेवक संघका कार्यकर्ताले सो मस्जिद ढालेका थिए, उनीहरुको तर्क थियो, मस्जिद रामभुमीमा बनाइएको छ । सन १९४९ मा सो मस्जिद भित्र रामको मुर्तिहरु फेला परे पछि बिबाद सुरु भएको थियो, जसका कारण त्यहाँ नमाज पढन छाडेको पनि ४० बर्ष भइसकेको थियो । र, सन १९८४, जुन बेला इन्दिरा गान्धी भारतको प्रधानमन्त्री थिइन, त्यो बेला कसैले बोल्न सकेन तर राजिब गान्धीका पालामा राम जन्मभुमी (बाबरी मस्जिद रहेको ठाउँ) को मुक्ति र मन्दिर निमार्णका लागि कुरा उठन सुरु गरेको थियो । जब बिहारको भागलपुरमा हिन्दु र मुसलमानको दंगा भयो, तव त्यसको असर राम जन्मभुमी अर्थात बाबरी मस्जिद रहेको स्थानमा समेत परयो । परिणाम, हिन्दुहरुले बाबरी मस्जिद ढालेरै छाडे । जुन घटना भारतीय इतिहासमा कालो दिनको रुपमा सद्यै रहिरहेको छ ।