तराई–मधेसको भुगोलमा अहिले दलित तथा पिछडवा वर्गका घर घरमा पुगेर पानी पिउदै भात खाँदै ‘क्षमायाचना अभियान’ चलाइरहेका छन् । मुख्यत: बरिष्ठ बिश्लेषक सिके लाल, अधिवक्ता दिपेन्द्र झा, पत्रकार प्रशान्त झा, राजनीतिक विश्लेषक तुला साह, पुर्वराजदूत विजयकान्त कर्ण लगायत केही सिमित ब्यक्तिहरु यसरी घरघरमा पुगेर, फेसबुक / ट्विटरमा लेखेर, फोटो देखाएर, पत्रपत्रिका र अनलाइनहरुमा समाचार लेखेर/लेखाएर सो अभियानको चर्चा गराइएको छ। दिपेन्द्र झाले त दलितहरुको बस्तीमा गएर खाना खाएको तस्विर राखेपछि भाइरल नै भयो, तुला साहले त कान्तिपुरमा लेख नै छापेर त्यसलाई मार्केटिङ नै गरे, सिके लालले मैथली र अंग्रेजी दुवैमा लेखरे सामाजिक सञ्जालमा पोष्ट गरे। उच्च जातीहरुको पार्टी भनिएको तमलोपाले त उक्त अभियानलाई समर्थन जनाउँदै संकल्प प्रस्ताव नै पारित गर्यो । त्यसकारण पनि दलित समुदायसम्म पुगेर चलाएको उक्त क्षमायाचना अभियानको अहिले सर्वत्र चर्चा र परिचर्चा भइरहेको छ ।
तर, उक्त समुहमा तिनै व्यक्तिहरु संलग्न छन्, जो युरोपियन युनियन र अमेरिकी आइ एन जि ओ को फण्डबाट आफ्ना एनजिओहरु चलाउछन्। तिनैले चलाएको उक्त अभियानलाई भने मधेसका बुद्धिजीवि र पत्रकारहरुले भने ब्यापक आलोचना गर्न सुरु गरेका छन् । उनिहरुको तर्क छ, साम्प्रादायिक दंगा भडकाउन डलरबादीहरुले चलाएको यो अभियान प्रायोजित हो, यसले तराई मधेसको सद्भाव बिथोल्दै छ।