Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, April 6, 2013

‘लिङ्ग काट्न माग गर्ने थरुनी’का भर्नाइ नै गज्जब


शिवानी सिंह थारु कुनै बेला नेपाल टेलिभिजनमा 'मेरो गीत मेरो सन्देश" नामक सांगेतिक कार्यक्रम चलाउँथिन । थारुको छोरीले चलाएको सो कार्यक्रम निकै नै चर्चित भयो, सवैले उनलाई सोही कार्यक्रमवाट नै चिने । ‘कथा मिठो सारंगी’ कार्यक्रममा ब्यस्त उनै थारु पछिल्लो समय भने निकै चर्चा÷परिचर्चामा छिन् । खासगरी, सामाजिक सञ्जाल फेसबुकवाट ‘बलात्कारीको लिङ्ग काटन महिला स्कवाइड’ गठन गर्नु पर्ने धारणा अभिब्यक्त गरे पछि । 
जे होस, आज उनै थारुकी छोरी शिवानीको पछि लाग्ने काम गरियो, उनको फेसबुक स्टाटस र गरेका टिवट हेर्दा लाग्छ, उनी मुलुकमा हुने हरेक घटनामा निकै नै सचेत रहि छिन । गलत कार्यको विरोध गर्दै, राम्रा कार्यको समर्थन गर्न पनि उनी पछि परेकी छैनन् । ‘नेपालका प्रधानमन्त्री को हो ?’ भन्दा उत्तर दिन नसक्ने रेखा थापा जस्तो कलाकार भएको यो मुलुकमा शिवानी जस्ता सचेत कलाकार/ नागरिक पनि छन भन्ने उनको टिवट र फेसबुक स्टाटसले देखाउँछ ।

संगित, रंगमञ्च, कलाकारिता, बैद्धिक समाज सबै तिर छाएकी शिवानीले राज्यको निमार्ण तहमा त खासै प्रभाव पार्न सक्दिनन् तर उनको स्टाटस भने एउटा नागरिकको हैसियतमा भने निकै नै महत्वपुर्ण छन् । आखिर एउटा नागरिकले असहमति जनाउने यस्तै सामाजिक सञ्जालवाट त हुन्, जबकी अरु यति बोल्न र लेख्न पनि त सक्दैनन् ।
शिवानीको फेसबुकका स्टाटस र टिवट पढे पछि एउटा प्रश्न तपाई माथी पनि उठन सक्छ, के तपाई शिवानी जति सचेत हुनुहुन्छ ? उनका स्टाटसमा सवै सहमत हुनुपर्छ भन्ने चाँही छैन तर शिवानीको सचेततना प्रति भने एउटा नागरिक हुनुको कर्तब्य देखिन्छ । 
आज हेरौ न त कस्ता स्टाटस शिवानीले  लेखिकी रहे छिन् त ? 

यी स्टाटस फेसबुक वाट साभार गरिएको हो, 



लथालिङ्ग देशका भताभुङ्ग प्रधानमन्त्रीसित के सुरक्षा मगाई भो ! बलात्कारीहरुको लिङ्ग काट्ने महिला स्क्वाड बनाउन पाए, बरु राहत हुन्थ्यो ।  


भो हाम्लाई थाहा भो । लोकमानलाई रायमाझी आयोग र अदालतले के भन्छ । सुन्न खोजेको ‘गौरवशाली’ पार्टीको ‘क्रान्तिकारी’को मुखबाट, जबजको ब्याज खानेहरुबाट, बिपीका टुहुराहरुबाट, मधेसी अनुहार पाएर नै भाग्यमानी भएकाहरुबाट ।

पार्टीसँग सम्बद्ध बुद्धिजिवीहरुको राजनैतिक विश्लेषण ‘जनता’ को लागी मात्र हो की । तिनका नेताहरुको कानमा तातो पार्न लेखेका हुन् । नत्र ती लेख पढ्दा बढी छटपट्टी हामी जनतालाई नै हुन्छ ।

हिजोआज बाबुले छोरीलाई बलात्कार गरेको घटना दिनहु जसो पत्रिकामा छापिन्छ । अचम्म हैन अब त बोर लाग्न थालेछ । सोच्छु कस्तो संवेदनाहीन भईएछ ।

म त अप्रील फुल भएछु । तिम्रो नाममा भोट खसालेर । तिम्रो विपक्षीलाई घुक्र्याउन म तिम्रो जनता भएछु । अघिल्लो चुनाव अप्रिल फुल रहेछ भन्ने थाहा पाउँदै पनि । दोस्रोमा पनि फेरी अप्रिल फुल बन्न जाँदैछु ।

देशलाई चारवटा ठुल्ठुलो पिलोले सताएकै थिए । खिल ननिक्लिंदा बाईसवटा खटिरा पनि थपिए । झन् लोकमानहरु नियुत्ति भएसि त देशलाई लुतो नि लाग्ने भो ।

लोकमानसिंह कार्की अख्तियार प्रमुखमा सिफारिश भएसि । देशको लोकतन्त्र पनि ‘मलाई बचाउनुस’ भन्दै पाठक प्रतिक्रियाको कोलममा अपिल गरिरहेको पिडित झैं भएको छ ।

‘भरत मिलाप’ को सिन आएको छ राजनैतिक नौटंकीमा । काईते विभाजनले सिन्कुटे हुंदै गएका पार्टीहरु मिले जस्तो गर्ने रे चुनावको लागी । 
हामीले पनि भोट दिए जस्तो मात्र गर्नु पर्छ कि क्यो हो ।

कुन चाहीं संस्था हो की निम्छरो जनता । शहरभरी बालकृष्ण ढुंगेलको पोस्टर टाँसेर न्यायको माग गरीरहेछ । हिरोको पोस्टर भनेर हेल्मेटको माउजर खोलेको त । रियल भिलेनको पो परेछ ।

सत्य निरुपणमा आममाफी विरुद्धको अडान लिने दल र नेताहरुले न्याय पर्खिरहेका धेरैलाई राहत दिएका छन् । माखो नमार्ने नेताहरुले गर्नैपर्ने कुरा गर्दा पनि जयजयकार गर्नुपर्ने स्थिती छ । के गर्ने रु

सिस्टम नहुंदा एक्लो भगवानले पनि केही गर्न नसक्ने रैछन् नी । हाम्रा नेताहरु राज्य चलाउने सिस्टम बिगारेर हर क्षण परिक्षण गरिरहे छन् ।

सत्य निरुपण आयोगमा आममाफीको प्रावधान हुनु अगावै मानव अधिकार उल्लंघनका दोषीमाथि मुद्दा चलाउनैपर्ने सर्वोच्चको आदेश साँच्चिकै स्वागतयोग्य छ ।

हिमालमा देश खोज्नेहरु, मधेसको रापमा पनि डढि हेर । झण्डाको सुर्य त्यहाँ पो चर्किन्छ ।

हाम्रो देशमा रणनिती, कार्यनिती, कार्यदिशा माओका नातीहरुले बनाउँछन् । किशोर बिष्ट जस्ता सच्चा नेपालीले आफ्नो लगानीमा गाउँमा मोटर बाटो बनाउँछन् । यस्ता सपुतलाई हरेक नेपालीको सलाम १

लाग्छ पत्रिकाका केही स्तभकारहरुलाई भन्नलाई केही बाँकी छैन । विशेषगरी पहिचान राजनितीको सेरोफेरोमा लेखिरहने बुद्धिजिवीहरुलाई । लेखको शुरुवात नै ‘एक सय फलाना वर्षसम्मको सामन्ती राज।।।’बाट शुरु भएर, अन्त हुन्छ नेताहरुको सत्तोसरापमा । त्यसैले स्तम्भ भन्दा पाठक प्रतिक्रिया रोजक बन्दै गएको छ ।

मुगुमा गाडी पुग्यो । विदेशी दाताको पैसाले हो वा नेपाली जनताले कर तिरेको पैसाले हो । थाहा पाए देखिन कर तिर्न साँच्चै जाँगर चल्थ्यो की १

तलका भनाई चाँही उनको टिवटवाटसाभार गरिएको हो
 https://twitter.com/https://twitter.com/shivanitharushivanitharu 




प्रन्या प्रम भए फरक पर्दैन भनेर वकालत गर्ने बुद्धिजिवी हुन् वा कानुनविद। अरु दलका नेता प्रम हुन लायक छैनन् भनुन् न बरु। कोलाहाल कम हुन्थ्यो कि


आममाफी विरुद्ध अडान लिने दल र नेताहरुले न्याय पर्खिरहेकालाई राहत दिएका छन्।माखो नमार्ने नेताहरुले गर्नैपर्ने काममा पनि जयजयकार गर्नु परीरहेछ

सत्य निरुपण आयोगमा आममाफीको प्रावधान हुनु अगावै मानव अधिकार उल्लंघनका दोषीमाथि मुद्दा चलाउनैपर्ने सर्वोच्चको आदेश साँच्चिकै स्वागतयोग्य छ ।


फोब्र्सले चौधरीको विदेशी सम्पत्ती क्यालकुलेट गरी नेपाली अर्बपति भनेर घोषण गरेको सम्म ठिकै हो।तर आफैंले ‘मुलुककै पनि गर्व हो’ भनेको सुहाएन है


भारतले चालीस प्रतिशत अनुदान बढाउने रे। भारतको नुन खान नपरे नि हुन्थो । चालीस प्रतिशत हेपाई, हस्तक्षेप र दिल्लीको हिच्की नेताहरुलाई थप हुने भो।

राजनैतिक ईमान्दारी गरी कांग्रेसलाई पालो दिनु। सुशील बाले झेल्ली गरे,‘क्रान्ति चाहियो’ भन्दै आफुहरु भारत,असुन्तुष्ट लडाकुलाई रोल्पा पठाए भो ।


रु ६०लाख बाबुराम(सरकार)ले बाबुरामकै नेतृत्वको माक्र्सवादी स्टडी सेन्टरलाई ‘सहायता’ दिने रे ।हाम्रै देवकोटाको जीर्ण घरलाई कसले ‘सहायता’ गर्ने


बाबुराम चालीसा भट्टाऔं है साथी हो । नत्र चीनमा जस्तो सामाजिक सञ्जालहरु पनि ब्लक गरिनेछ । एकद्धार निती अख्तियार गरेको त कास्टिङ्ग मात्र होला !


बधशालालाई ‘जनयुद्ध’ बुझेका प्रमले सहयोग गरिदिन्छन् की भन्ने आश गरिएको रहेछ। डेकेन्द्र हत्यामा बाल दिनेले पहल गरेमा प्रोपोगान्डा फिल्म भन्लान्


सुराकी भनेर जिउँदै गाड्ने कम्युनिष्टका तेत्तीस कोटी देउताहरुले दैलेखका पत्रकारहरुलाई विस्थापित गर्दा मजा आए होला !


जिउँदै गाडेर मार्नेहरुलाई संरक्षित गर्ने प्रधानमन्त्रीलाई,
महिला हिंसा विरुद्धका नारा साह्रै सुकिलो लाग्या होला । अनि के को तातो परोस कानमा ।


खबरदार ! महिला हिंसाका पिडितहरुलाई एनजीओकरण गर्न पाईंदैन । सुन्तली धामीको केस जस्तो । कि राज्य अगाडि बढोस् कि हामी खुंडा लिएर अगाडि बढ्छौं ।

#  डा. बाबुराम हैन । जिउँदै गाडेर मार्नेहरुका डन बाबुराम हुन् !


लेनिन माओका कार्यनिती कार्यदिशा जस्ता जारगनहरु देखि हामी वाक्क भईसक्यौ । लि क्यान यु र मोहम्मद महाथिरका कुराहरु सुन्न चाहन्छौं बरु ।


सके काग्रेंसी नेताले यो–यो कारणले #खुम बहादुर भ्रष्ट हैन भनेर देखाउन । नत्र अदालतको निर्णयलाई शङ्का नगरुन ।


ईगोको लागी पार्टी फुटाउनेहरु नयाँ पार्टी खोल्दा–समाजवादि,लोकतान्त्रिक नामको खोल ओढ्छन् । कन्डम लगाए झैं नैतिक स्खलनलाई रोक्न ।


नोटः शिवानीले माथीका फेसबुक स्टाटस र टिवटमा तात्तातो प्रतिक्रिया दिएकी हुन् । प्रसङ्ग जोडन नसकेकोमा क्षमापार्थी छु ।




2 comments:

  1. मलाई मन पर्यो है!

    ReplyDelete
  2. She has been an appreciable talent queen from the days when she was on TV show. She is great.

    ReplyDelete