Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, September 12, 2017

वाँदरको यो एउटा यस्तो सेल्फी, जसले विश्व हल्लाई दियो

क्यामेरा सामु दाँत देखाएको र आँखा चम्काएको एउटा वाँदरको मशहुर सेल्फी तपाईलाई याद हुनुपर्छ ।

सो सेल्फीका वारेमा भएको दुई बर्ष लामो कानुनी विवाद अव अन्त्य भएको छ।


फोटोग्राफर र एक पशु अधिकार समुह विच विगतका दूई बर्ष देखी चलेको कानुनी लडाईमा वाँदरले हारेको छ भने क्यामेराका धनीले विजयी हासिल गरेका छन ।
यी दुवै सेल्फी सन २०११ मा इन्डोनेशियाको जंगलमा मकाक प्रजातिको नारुतो नामक वाँदरले लिएको थियो ।
सो वादरले न्यु साउथ वेल्स मोनमाउथसर मा वस्ने डेविड स्लेटरको क्यामेरा चलाएको थियो । सो क्यामेरा चलाउने क्रममा सो सेल्फी खिचिन पुगेको थियो ।

अमेरिकी न्यायधिसले कानुन अनुसार वाँदरलाई कपिराइटको अधिकार हुन सक्दैन भनेर फैसाला सुनाएका छन । पशु अधिकार संवन्धी कार्यरत अन्तर्राष्ट्रिय संस्था पेटाको तर्क थियो, फोटा लिने वाँदरलाई त्यसको कपीराइट दिए जनवारहरुलाई फाइदा पुग्ने थियो, जसले एउटा इतिहाससमेत रच्नेछ ।

अमेरिकी अदालतले पेटाले गरेको निवेदनलाई रद्ध गरिदिएको छ । तर, क्यामेरा धनी डेविडले भने सो तस्विरवाट प्राप्त हुने रोयल्टीको २५ प्रतिशत भने सो वादँरको स्याहार सुसारमा खर्च गर्ने जनाएका छन ।

स्लेटर तथा पेटाको थप माग पनि त्यही थियो । तस्विरको विक्रीवाट हुने कमाईको एक चौथाईरक नारुटो र उ रहने जग्गाको सुरक्षाका लागि खर्च गरियोस वा उसको नाममा एक च्यारिटी संस्था गठन गरेर त्यसमा जम्मा गरियोस ।

पेटाका तर्फवाट वकालत गर्ने वकिल जर्ज कर्रले भनेका छन, ‘कपीराइटको अधिकार वाँदरले नपाए पनि सो तस्विर वेचेर कमाएको २५ प्रतिशत रकम नारुटो ९वाँदर०का लागि खर्च गरिने भएको छ, यो मुद्धाले अन्तर्राष्ट्रियस्तरमा पशुको अधिकार संवन्धी वहस भने गराउन सफल भएको छ, यो ठुलै उपलब्धी हो।

यो प्रकरणलाई नारुटो वादँर, डेभिड स्टेलर नाम दिइएको थियो । तर, यसमा पनि विवाद कायमै छ ।

सो वाँदरको पक्षवाट अदालतमा मुद्धा हाल्ने संस्था पेटाले अदालतको सो फैसाला पछि भनेको छ, यो मुद्धाका कारण इन्डोनेशियाका पशुहरुलाई पनि फाइदा पुगेको छ, मानिसहरु पशु अधिकारमा सचेत हुन थालेका छन, यसले एउटा विश्वव्यापी सन्देश पनि दिएको छ, मानिसका जस्तै पशुका पनि अधिकार हुन्छन्।

(विविसी हिन्दीवाट साभार)

No comments:

Post a Comment