Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, August 26, 2015

थारु आन्दोलनकारीले भने, ‘बार्तामा बोलाइएन्’

दुई साता देखी तराई–मधेसमा आन्दोलनरत रहेका थारु समुदायलाई औपचारिक रुपमा सरकारले अझै पनि बार्ता र छलफलका लागि बोलाएको छैन् ।
तराई–मधेसका २२ जिल्लालाई ठप्प पार्दै आएका र सोमवार टिकापुर, कैलालीमा घटनामा सुरक्षाकर्मीको ज्यान जाँदासम्म आन्दोलनरत पक्षलाई सरकारले औपचारिक रुपमा वार्तामा नबोलाएको हो । जसको गुनासो आन्दोलनरत थारु अगुवा र सभासदकहरुले गरेका छन् ।
‘हामी बार्ता र बिरोधी होइन तर बिभिन्न माग राखी आन्दोलन गरिरहेका थारु समुदायलाई सरकारले बार्ता र छलफलका लागि अहिलेसम्म बोलाएको छैन,’ कैलालीका सभासद जनकराज चौधरीले भने, ‘सरकार आफै हिंसा भडकाउन र स्थीतिलाई काबु बाहिर लान खोजिरहेको यो एउटा उदाहरण हो ।’ बार्तावाट नै सबै समस्याको समाधान निकाल्नु पर्छ भन्ने पक्षमा रहेको जनाउँदै सभासद चौधरीले आगमी दिन हुन सक्ने सबै खाले घटनाको जिम्मेवार सरकार हुने चेतावनी पनि दिए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट पार्टीकी अध्यक्ष तथा सभासद रुक्मिणी चौधरीले थारु समुदाय वार्तावाट नै उत्पन्न समस्याको समाधान गर्ने पक्षमा रहे पनि सरकार त्यसका लागि तयार नभएको बताईन । ‘बार्ताका बारेमा राज्य आफै क्लियर छैन,’ चौधरीले भनिन, ‘बार्ता र संबादका लागि तयार नभएको सरकार आन्दोलनमा घुसपैठ गराउन उद्यत देखिएको छ ।’ उनका अनुसार टिकापुर कैलाली घटनाको सरकारको अक्षमताले घटेको हो । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिकाको केन्द्रीय संयोजक धनीराम चौधरीले थारु आन्दोलनमा घुसपैठ हुदाँ टिकापुर घटना घटेको आरोप लगाएका छन् । ‘त्यो घटनालाई म कालो कंलकको रुपमा लिएको छु, सो आन्दोलनमा घुसपैठ भएको छ, यद्धपी आन्दोलन नेतृत्वकर्ताको हैसियतले म क्षमा याचना गर्दछु,’ धनीरामले भनेका छन, ‘तर, हाम्रा आन्दोलनकारी खुडाँ खुकुरी लिएर आन्दोलनमा गएका छैनन्, जारी आन्दोलनलाई ब्यवस्थित र शान्तिपुर्ण रुपमा उचाईमा लैजान मैले आग्रह गरेको छु, आन्दोलनकारीलाई निर्देशन गर्दै आएको पनि छु ।’ उनका अनुसार आन्दोलन सभ्य र शान्तिपुर्ण रुपमा निरन्तर रुपमा जारी रहनेछ ।
कांग्रेस सभासद सुरेन्द्र चौधरीले थारु आन्दोलनमा घुसपैठ भई कैलालीमा सो घटना भएको दावी गर्दै संसदीय छानविन समिति गठनको माग गरेका छन् । ‘घुसपैठ गराएर आन्दोलनलाई हिंसात्मक बनाउने काम भएको छ र सिंगो थारु समुदायलाई बदनाम गराउने काम भइरहेकोे छ,’ चौधरीले भने, ‘त्यसैले, तुरुन्त संसदीय छानबिन समिति गठन गरेर सत्य÷तथ्य बाहिर ल्याउनु पर्छ ।’ सरकारको अक्षमताका कारण कैलाली, टिकापुर घटना घटेको भन्दै त्यसको सम्पुर्ण जिम्मेवार वर्तमान सरकार रहको आरोप लगाए ।
यसैगरी, संघर्ष समितिले टिकापुर, कैलाली क्षेत्रका सभासद जनकराज चौधरीसहित अन्य थारु समुदायका ब्यक्तिकोे घरमा मंगलवार भएको तोडफोड र आगजानीको भत्सर्ना गरेको छ । दंगा क्षेत्रग्रस्त घोषणासहित कप्mर्यु लागेको अवस्थामा सो घटना भएको र सरकारले सुरक्षा दिन नसकेको भन्दै असन्तुष्टी जनाएका छन् ।




सेना परिचालनमा मधेसी मोर्चाको आपत्ति
नागरिक संबाददाता
काठमाडौं, भदौं ८
आन्दोलनरत तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध ४ तराई–मधेस केन्द्रितसहित आठ दलले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने सरकारी निर्णयमा आपत्ति जनाएका छन् ।
आज तीनकुनेमा बसेका ८ दलको संयुक्त बैठकले तराई–मधेसका केही जिल्लामा सेना परिचालन गर्ने घोषणा गर्ने सरकारी निर्णय प्रति आपत्ति जनाएको सदभावना नेता उपेन्द्र महत्तोले बताए ।
‘जायज माग राखेर भइरहेको शान्तिपुर्ण आन्दोलनलाई दमन गर्नका लागि सरकारले सेना परिचालन गर्ने निर्णय प्रति हाम्रो आपत्ति छ,’ महत्तोले भने, ‘सेना, प्रहरी लगाएर आन्दोलनरत माथी दमन गर्ने सरकारी निर्णयको हामी बिरोध गर्दछौ ।’ उनका अनुसार उक्त निर्णय फिर्ता लिएर आन्दोलनरत पक्षको माग सम्वोधन गर्न आठ दलको आग्रह छ ।
यसैगरी, दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने सरकारी निर्णय प्रति पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी र  मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले पनि आपत्ति जनाएको छ ।
टिकापुर, कैलालीमा सोमवार र मंगलवार भएको घटना प्रति ध्यानाकषर्ण भएको जनाउँदै उक्त घटनालाई सुनियोजित घटनाको रुपमा उक्त दलले लिएको महत्तोले जनाएका छन् ।



𭛻  




No comments:

Post a Comment