Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Featured Posts

Tuesday, April 9, 2019

सांसद फकाउन ह्यातका सञ्चालक फाइल बोकेर घरघरमा

ह्यात होटलमा अनियमितता प्रकरणः

संसदीय समितिको निर्णय प्रभावित बनाउन अनेक चलखेल 

संसदीय समितिका छानबिनलाई प्रभावित बनाउनका लागि भित्र भित्र कतिसम्म चलखेल हुन सक्छ ? भन्ने उदाहरण अन्तर्राष्ट्रिय संवन्ध समन्वय समितिमा देखा परेको छ ।

तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी ह्यात होटल्स लिमिटेड विच भएको सम्झौताले राष्ट्रका लागि करोडौं घाटा पु¥याएको भन्ने सवालमा छानबिन गर्ने क्रममा चलखेल प्रयासका दृश्य देखा परेको हो । 

सार्बभौम सम्पन्न संसदीय समितिलाई समेत कुनै पनि निर्णयमा पुग्नका लागि कतिसम्म गा¥हो हुदोँरहेछ ? भन्ने घटना अग्निप्रसाद सापकोटाको नेतृत्वको उपसमितिले छानबिन गर्ने क्रममा प्रस्ट देखियो । ‘पुर्व मन्त्रीसमेत रहेका जितु गौतमजी ह्यात्त होटेलको परामर्शदाता हुनुहुदोँ रहेछ, सञ्चालकहरु सरार्फजी र श्रेष्ठसँग एकल बार्ता गर्न जितुजीले पटक पटक आग्रह र एसएमएस गर्नुभयो,’ समिति संयोजक सापकोटाले अनुभव सुनाए, ‘तर मैले उहाँहरुसँग एक्लै बार्ता गर्दिन, गर्ने भए उपसमितिका सवै सदस्यसँग सामुहिक बार्ता गरौ, त्यसका लागि तपाई सिंहदरवारस्थित समितिको बैठकमा आउनु भयो भने हुन्छ, नत्र हुदैन भनेर जवाफ दिए पछि मात्र फोन र एसएमएस आउन छाडयो ।’ 

ह्यातका परामर्शदाता गौतमले सञ्चालक राधेश्याम सरार्फ र रामलाल श्रेष्ठले पटक पटक भेटन खोजेको र बार्तामार्फत समस्या समाधान गर्नका लागि दबाब र आग्रह गरे पनि अस्विकार गरेकाले प्रतिवेदन तयार पार्न सकिएको हो । ‘ह्यात र तारागाउँ विकास समितिका दुवै पक्षलाई संयुक्त रुपमा राखेर छलफल भई सकेकाले फेरी फेरी भेटन आवाश्यक थिएन्’ सापकोटाले भने, ‘कतिसम्म दबाब, चलखेल र आग्रह आउँदो रहेछ भन्ने मज्जैसँग अनुभुत गरियो ।’

संयोजक सापकोटालाई मात्रै होइन, शक्ति केन्द्रहरुले सांसदहरुलाई प्रभावित बनाउनका लागि अलग अलग भेट गरेकोसमेत खुलेको छ । ‘समितिले ह्यात्तमा छानबिन गरे पछि उनीहरुका बिभिन्न मानिसहरु फाइल बोकेर समितिका सदस्य सांसद समक्ष आएका थिएँ, यस समितिका सवैजसो सांसद कहाँ पुगेको हुनुपर्छ,’ किराँतीले भने, ‘निर्णय प्रक्रियालाई प्रभावित बनाउनका लागि उनीहरुले हामीलाई ‘कन्भिन्स’ गराउने प्रयास निकै गरे तर सकेनन ।’ किराँतीले बैठकमा नाम उल्लेख नगरे पनि केही बरिष्ठ अधिवक्ता र पत्रकारहरु पनि समितिमा रहेका सांसदहरुलाई भेटेर ‘कन्भिन्स’ गराउन कोशिशमा घरघर र ‘गोप्य स्थान’ पुगेका थिएँ ।

उपसमिति संयोजक, समितिका सांसदहरुलाई पनि मनाउन नसकेको उक्त शक्ति केन्द्रले समिति सभापति पवित्रा निरौला खरेललाई तत्काल निर्णय नलिनका लागि आग्रह गरेकोसमेत खुलेको छ । ‘ह्यातका बारेमा थप ‘कन्भिन्स’ गर्न भनेर पटक पटक समय माग्ने देखी निर्णय प्रक्रियालाई पर धकेल्नका लागि कोशिश यस बिचमा भए,’ सभापति निरौलाले भनिन, ‘तर, यी सब इन्कार गर्र्दै छानबिनवाट सत्यतथ्य पत्ता लगाउँछौं भनेर टाढिने काम गर्नु प¥यो ।’ यदी ‘कन्भिन्स’ गर्ने र दबाब दिने समुहवाट प्रभावित भएको भए, उपसमितिले सत्यतथ्य प्रतिवेदन ल्याउन गा¥हो हुने निष्कर्ष सभापति निरौलाको छ । 

गत मंशिर १९ गते सापकोटाको नेतृत्वमा गठन भई झन्डै ४ महिना लगाएर स्थलगत, सरोकारवाला छलफल, बिभिन्न कागजको अध्ययन गरेको थियो । सो उपसमितिले १४ वटा बैठकवाट छलफल गरेको देखी होटल हाता बौद्ध, नगरकोट, ककनी, न्युरोड र पोखरा गरी ६ स्थानमा पुगेर स्थलगत अध्ययन मात्रै गरेन, झन्डै एक दर्जन बढी अधिवक्ता र बिभिन्न बिषयका विज्ञहरुसँग राय लिएर उक्त प्रतिवेदन पा¥यो, जसलाई समितिमा औपचारिक रुपमा आइतवार प्रस्तुत गरिएको हो ।

झन्डै ४ महिना भन्दा बढी समय लगाएर छानबिन गरी तयार पारिएको उक्त प्रतिवेदन माथी आइतवार नै निर्णय नगरे पुनः ‘चलखेल र गडबढ’ हुने सन्त्रास सांसदमा देखियो, सवैजसो सांसदले सभापति निरौलालाई ‘आजै निर्णय गर्नुपर्छ’ भन्दै दबाब बढाउनु परेको दृश्यसमेत देखा परेको छ ।

नेकपाका सांसद भीम रावलले प्रतिवेदन उत्कृष्ट रहेको भन्दै थप छलफल नगरी निर्णय प्रक्रियामा जान सुझाए । ‘उपसमितिले निकै मेहनत गरेर प्रतिवेदन तयार पारेको छ, यसलाई आजै निर्णय प्रक्रियामा लैजाऊँ, नत्र भोली समस्या आउँन सक्छ’ रावलको सुरुमा प्रस्ताव गयो । 

सांसद दिब्यमणीराज भण्डारीले समितिले ४८ घन्टा भन्दा बढी समय राखे निर्णय प्रक्रियामा पुग्न नसकिने भन्दै दबाब बढाए, सांसद सुजता शाक्य, सरला यादवले पनि तत्कालै निर्णयमा पुग्न सुझाए । सांसद दिप्तप्रकाश भट्टले ह्यात्त प्रकरणमा एशियाली विकास बैंक र विश्व बैंकसमेत घोटलामा रहेको देखिएकाले निर्णय चाँडो गर्नुपर्ने सुझाव दिए ।

‘यो घटनाले एडिबी र वल्र्ड बैंकको आर्थिक पारदर्शितामा पनि प्रश्न उठेको छ’ भट्टले भने, ‘त्यसैले निर्णय आजै गर्न सकियो भने सफल भईन्छ, नत्र प्रतिवेदनको अर्थ रहन्न ।’ कांग्रेस सांसद प्रकाशमान सिंहले पनि उपसमितिको छानबिन सत्यतथ्यमा आधारित देखिएको भन्दै आइतवार नै टुंग्याउनु पर्नेमा सहमति जनाए । ‘यो प्रतिवेदन पढे पछि सरोकारवाला गम्भिर हुनेछन भने सुशाषनमा पनि योगदान पुग्नेछ,’ सिंहको भनाई थियो । 
संयोजक सापकोटाले भने छानबिन सकिए पछि ह्यात्त सञ्चालकले झन्डै १ करोड १७ लाख रुपैयाँ खर्चेर प्रेस विज्ञप्ति भन्दै बिज्ञापन छापेर प्रभावित बनाउन खोजेकोसमेत स्मरण गरेका छन । त्यसो त, आइतवार नै सो समितिलाई निर्णयमा पुग्नलाई दबाबमा पनुको अर्को कारण थियो– सार्वजनिक लेखा समिति ।

लेखा समितिले हस्तक्षेप गरी ‘वाइडवडी जहाज प्रकरण’मा हस्तक्षेप गरे झै ह्यात्तमा पनि हस्तक्षेप गर्ने भय समितिका अधिकांस सदस्यमा देखा परेको थियो । जसकाकारण, उपसमितिको प्रतिवेनद औपचारिक रुपमा टेबुल भएकै दिनमा समितिले १३ बुदेँ निर्णय गरी निर्देशन दिएको हो ।

Monday, January 8, 2018

नेपालमा ‘भारत नीति’ निरन्तर असफल

कार्तिक १५ गते भारतीय राजदुत मञ्जिप सिंह पुरी देखी भारतीय खुफिया संस्थामा आवद्धहरुले राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोलाई धनुषा–३ वाट निर्वाचनमा नउठनका लागि चर्र्कै दबाब दिए ।

यसको कारण थियो, सोही दिनको अघिल्लो रात अर्थात मंगलवार नै वालुवाटारमा वोलाएर कांग्रेस सभापति शेरवहादुर देउवा देखी नेता विमलेन्द्र निधिले दिएको दवावलाई अस्विकार गर्दै जसरी पनि धनुषा–३ वाट उठने अडान लिएपछि नेता महतोमाथी ‘लैनचौर’ ले यस्तो दबाब बढायो । कारण, धनुषा–३ कांग्रेस नेता निधिको निर्वाचन क्षेत्र हो ।

बबरमहलस्थित मधेस हाउसमा प्रतिनिधिसभा र प्रदेश सभाको टिकट फाइनल गर्न वसेका राजपा अध्यक्ष मण्डललाई ‘लैनचौर र दिल्ली’ दुवैले तारान्तर फोन गरी महतोलाई धनुषा–३ छाडन दबाब दिए तर महतोले मान्दै मानेनन् । उनले नमाने पछि राजपा अध्यक्ष मण्डलका नेताहरुलाई लैनचौरको दबाबमा पुनः वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पठाइयो । तर, निम्तो पाएर पनि नेता महतो भने गएनन, वरु त्यसलाई ठाडै बहिस्कार गरे । र, भोलीपल्ट वालुवाटार, लैनचौर र दिल्लीकोसमेत आग्रह र दवाव दुवैलाई अस्विकार गर्दै महतोले धनुषा–३ वाट आफनो उम्मेदवारी दर्ता गराए ।

Wednesday, November 8, 2017

"कांग्रेससँग राष्ट्र निमार्ण गर्ने इच्छाशक्ति र भिजन छैन"

एमाले र माओवादीसहितको. वामपन्थी गठबन्धनले मंगलवार साँझा चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन । साझा घोषणा पत्रमा अन्य दलका वारेमा दुवै पार्टीले धाराणा पनि राखेका छन् । घोषणापत्र मस्यौदा गर्दा कांग्रेस देखी राजपा, संघीय फोरम, बैद्य माओवादी, नयाँ शक्ति संघीय फोरमका वारेमा पनि धारणा उल्लेख गरेका थिए । तर, फाइनल घोषणा पत्र आउँदा भने कांग्रेसको चरित्र उल्लेख गर्दै चर्को आलोचना गरे पनि अन्य दलका वारेमा मौन वसेका छन । अन्य दलका वारेमा मौन वसेर कांग्रेसको मात्रै किन आलोचना गरे ? त्यो समयले वताउने नै छ । तर, वाम गठबन्धनले यतिसम्म भने भ्याएका छन– "बहुमत प्राप्त गरेको समयमा स्थीर सरकार दिन नसक्ने र प्रतिगमनलाई बढावा दिने कांग्रेसले निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरू समाप्त पारेको छ ।"  विस्तृतमा थप पढौ, जस्ताको तस्तैः

Friday, October 27, 2017

मञ्जिप सिंहले कांग्रेसका ४ नेता रोजेपछि राजपामा तनाव

भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्।

लैनचौरस्थित दुतावासमा बोलाएर तथा टेलिफोनमार्फत निरन्तर दबाब बढाए पनि राजपाका शीर्ष नेताले भारतीय संस्थापन पक्षको दबाबलाई भने अस्वीकार गरेका छन्। प्रदेश नम्बर २ को राजमार्ग क्षेत्र र अन्य प्रदेशमा सहकार्य÷तालमेल गर्न सकिने विकल्प भने राजपा नेताले खुल्ला राखेका छन्।

‘मतपत्रमा प्रधानमन्त्री र रामचन्द्रजी क्लिएर हुनुहुन्थ्यो’

बाम गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतपत्र संवन्धि पछिल्लो विवादको वारेमा केही खुलासा गरेका छन । सर्वोच्च अदालतको मतपत्र संवन्धि आदेश र त्यसैलाई टेकेर निर्वाचन सार्ने सरकारी दाउ भएको आंशका व्यक्त गरे पछि आयोजित पत्रकार सम्मेलनमा सो मतपत्रका बारेमा भएको आंशका, विवाद र समाधानका वारेमा समेत सवै कुराकानी भएको जानकारी दिएका हुन । मतपत्रका वारेमा भएको कन्फयुजन नरहे पछि प्रधानमन्त्री शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड स्वयंको सहमतिमा मतपत्र छाप्ने काम गरिएको प्रचण्डले प्रस्टाएका हुन । आउनुहोस– पढौं, मतपत्र संवन्धका वारेमा तीन दलमा के के कुुराकानी भएको थियो र कसरी मत पत्र छापिएको थियो ? भन्ने वारेमा प्रचण्डका अभिब्यक्तिवाट बुझौं ।

Tuesday, September 12, 2017

वाँदरको यो एउटा यस्तो सेल्फी, जसले विश्व हल्लाई दियो

क्यामेरा सामु दाँत देखाएको र आँखा चम्काएको एउटा वाँदरको मशहुर सेल्फी तपाईलाई याद हुनुपर्छ ।

सो सेल्फीका वारेमा भएको दुई बर्ष लामो कानुनी विवाद अव अन्त्य भएको छ।

देउवा मन्त्रीमण्डलः वाहुन क्षेत्रीलाई काखामा, अन्य पाखामा

इतिहासकै जम्बो ५४ सदस्यीय मन्त्रिमण्डल बनाएर कीर्तिमान कायम गरेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा आधाभन्दा बढी संख्यामा बाहुनक्षेत्रीले मौका पाएका छन् । देउवा मन्त्रिमण्डलका ३ु मन्त्री र २४ राज्यमन्त्रीमध्ये २८ जना बाहुनक्षेत्री समुदायका छन् ।

संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई स्वीकार गरे पनि देउवाले मन्त्रिमण्डल गठन र विस्तार गर्दा त्यसलाई ध्यान दिएका छैनन् । यसअघि २ु५२ सालमा आफैंले गठन गरेको ५२ सदस्यीय मन्त्रिमण्डलको कीर्तिमान तोड्दै सोमबार ५४ सदस्यीय मन्त्रिमण्डल बनाउँदा प्रधानमन्त्री देउवाले समावेशी समानुपातिक ‘क्लस्टर’ को अवज्ञा गरेका हुन् ।

Monday, April 3, 2017

कांग्रेस झाडीमा सिंग अडकेको बाह्रसिंगेःओली, गुप्ता गदगद

जयप्रकाशप्रसाद गुप्ता, तराई मधेस राष्ट्रिय अभियानका संयोजक हुन् । नेपाली कांग्रेसको लामो समयसम्म राजनीति गरे पनि राष्ट्रिय राजनीति छाडेर मधेस केन्द्रित दलतिर लागेर क्षेत्रीय राजनीतिमा सिमित भएका छन् । राजनीतिक सुझबुझ र मुद्धामा अब्बल भए पनि पछिल्लो समयमा राजनीतिक बेरोजगार र प्रभावहिन हुदैँ आएका गुप्ता बेला बेलामा राष्ट्रिय राजनीतिका बारेमा धारणा पोखिरहेका हुन्छन । केपी ओलीले कांग्रेसलाई झाङमा सिंग अडकेकोको बाह्रसिंगा भने पछि त्यसमा केही टिप्पणी फेसबुकमा लेखेका छन् । आउनुहोस, गुप्ताको स्मरणसहितको टिप्पणी अध्ययन गरौं ।