Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, December 1, 2014

पोखरा र चन्द्रनिगाहपुरका बैंक लुटका बारेमा जारी प्रेस बिज्ञप्ति

मेघा बचत तथा ऋण सहकारीमा गोली प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ :-
१) घटना विवरण:-
मिति २०७१।०१।१५ गते दिनको अ.१६:०५ बजेको समयमा कास्की जिल्ला पोखरा उ.म.न.पा. वडा नं- ०९ न्युरोडमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय रहेको भवनको हाताभित्रको भुईं तलामा यती डेभलपमैण्ट बैंक का कर्मचारी भगवान बराल र सुरक्षा गार्ड गोविन्द थापा उक्त मेघा सहकारीबाट संकलन हुन आएको नगद रकम रु. ३१,४२,०००।- लिई खातामा जम्मा गर्ने प्रयोजनको लागी मेगा सहकारीको सिंडीबाट झर्दै गर्दा उक्त भवनको तल्लो तलाको सिंडीको साईडमा लुकीछीपि बसिरहेका नकाबधारी ३ जना व्यक्तिहरुको समूहले पैसाको झोला बोकेका सुरक्षा गार्ड गोविन्द थापालाई नियन्त्रणमा लिई हात मुक्काले हानी उक्त रकम सहितको झोला जबरजस्ती लुटेका र यती डेभलपमैण्ट बैंकका कर्मचारी भगवान बरालले प्रतिकार गर्न खोज्दा निजको टाउकोमा गोली प्रहार गरी मरणासन्न अवस्थामा छाडी नगद रु.३१,४२,०००।– जबरजस्ती डाकां गरी लगेको घटना सम्बन्धमा ।

२) घटना अनुसन्धान:-
तत्काल घटनास्थलमा परिचालित प्रहरी टोलीले घाईते भगवान बराललाई घटनास्थलबाट उद्दार गरी अस्पताल पठाएको तथा घटनास्थलको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थल मुचुल्का समेतको अनुसन्धान कार्य पुरा गरी घटनास्थलमा फेला परेका 9 MM लेखिएको गोलीको खोका थान- ०२ तथा 9 MM लेखीएको लाईभ गोली राउण्ड -०१ समेत बरामद गरी परिक्षणको लागी पठाई थप अनुसन्धान कार्य जारी राखी शंकित व्यक्तिहरुको ब्यापक रुपमा अनुसन्धान एवम् खोजतलास गरिरहेकै अबस्थामा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्र.नि. देवी प्रसाद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न रहेका निम्न अभियुक्तहरु मध्येका मुख्य योजनाकार तथा घटनामा संग्लन अभियुक्त शुसिल कुमार दुलाललाई मिति २०७१।०८।१४ गते जिल्ला कास्की पो.उ.न.पा.बडा नम्बर ६ स्थित लेकसाईडबाट निम्न सामान सहित पक्राउ गर्न सफल भएको ।
निम्न:-
३) पक्राउ गरीएको अभियुक्त:
जिल्ला रौतहट चन्द्रनिगाहपुर नगरपालीका वडा नं- ०१ कप्तान टोल घर भै हाल कास्की जिल्ला पोखरा उ.म.पा. वडा नं- ०८ न्युरोडमा सान फर्निचर शोरुम संञ्चालन गरी बस्ने वर्ष- ३३ को शुसिल कुमार दुलाल ।
४) घटनामा संलग्न अभियुक्तहरु :-
१) जिल्ला रोल्पा घोडागांउ गा.वि.स. वडा नं- ०१ बस्ने अ. वर्ष ३५/३६ को पुर्ब माओवादी लडाकु बिकल्प भन्ने बिजय के.सी. ।
२) जिल्ला रौतहट चन्द्रपुर नगरपालीका वडा नं- ०१ कप्तान टोल घर भै हाल कास्की जिल्ला पोखरा उ.म.पा. वडा नं.-०८ दन्द्धको समयमा भूमिगत भई Medical team मा काम गरेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनको पुर्ब अध्यक्ष रहेको हाल न्युरोडमा फर्निचर पसल संञ्चालन गरी बस्ने वर्ष- ३३ को शुसिल कुमार दुलाल ।
३) जिल्ला रुकुम घर भई हाल दाङ बस्ने पुर्ब माओवादी लडाकु अ.बर्ष ३५ को बसन्त गिरी ।
४) जिल्ला सिन्धुली पिपलमाणी गा.वि.स. वडा नं- १ बस्ने टंक प्रसाद राईको छोरा पुर्ब माओवादी लडाकु अं बर्ष ३१ का नारायण राई ।
५) जिल्ला सल्यान घर हुने पुर्ब माओवादी लडाकु अ. बर्ष ३५।३६ का उज्वल रोकाय क्षेत्री ।
५) बरामद सामानहरु:-
9 MM क्यालिवरको Germany Made petro & Beratta No.71119 पेस्तोल थान -१ उक्त पेस्तोलको म्यागजिन थान-१ र पेस्तोलमा लाग्ने गोलि राउण्ड ३-थान
नगद रु. ४,४१,५००।-( अक्षेरुपी चार लाख एकचालिस हजार पाचँ सय मात्र )
बिभिन्न कम्पनीका मोवाईल ६-थान,
एभरेष्ट बैंक,राष्ट्रिय बाणिज्य बैंक र नेपाल एस.वि.आई.बैंकका ATM कार्ड थान-१\१ गरी थान-३,
सुसिल कुमार दुलालको नाममा जारी भएको सवारी चालक अनुमति पत्र-थान-१,
एस.वि.आई.बैंकका दस्तखत गरिएका रकम नखुलाईएका खाली चेक थान-३,
राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय महेन्द्रपुलको सुशिल कुमार दुलालको नाममा मिति २०७१।३।२० गते जारी भएको रु ७,००,०००।- ( अक्षेरुपी सात लाख ) को चेक थान-१,
लु २० प ६२७५ नं.को मिति ज्ञानेन्द्र अटो भिमसेन टोल तानसेन पाल्पाबाट मिति २०७१।८।८ गते रु.१,६९,७००।-(अक्षेरुपी एक लाख उन्नसतरी हजार सात सय) मा खरिद गरेको Yamaha कम्पनीको Alfa स्कुटर थान-१,
मिति २०७१।८।७ गते माडी खहरे झरना सुनचादी पसल तानसेन -२ पाल्पाबाट १७,३९४।- (अक्षेरुपी सत्र हजार तिन सय चौरान्नवे ) मा खरिद गरिएको बिल सहितको सुनको औठी थान-१,
६) अभियुक्तबाट खुल्न आएका कुराहरु:-
- निज शुसिल कुमार दुलाल दन्द्धको समयमा भुमिगत भई Medical team मा काम गरेको र रौतहट जिल्लाको अखिल क्रान्तिकारी विद्यार्थी संगठनको पूर्व अध्यक्ष रहेको, चन्द्रनिगाहपुरबाट विगत २०६३सालमा पोखरा आई न्युरोड स्थितमा रहेको हरी के.सी. को INTERIOR DECORATION मा काम गरेको र २०६५ सालमा पुन: चन्द्रनिगाहपुर फर्की विवाह पश्चात हेटौंडामा गई मोवाईल पसल संञ्चालन गरेकोमा २०६७ साल देखी पोखरा आई न्यूरोड स्थितमा रहेको सान फर्निचर सोरुम संञ्चालन गरी बसेको ।
- निज अभियुक्त शुसिल कुमार दुलालको माओवादी पूर्व लडाकु बिकल्प भन्ने बिजय के.सी. संग बेला-बेलामा भेटघाट र फोन सम्पर्क हुने गरेकोमा २०७० सालको मंसिरमा आई निज बिकल्प भन्ने बिजय के.सी.संग उक्त फर्निचर पसलमा पार्टनरसिपमा काम गरौं भनी संयुक्त रुपमा व्यवसाय संचालन गरेको ।
- २०७० सालको फाल्गुण महिनामा निज सुशिल कुमार दुलाल र विकल्प भन्ने विजय के.सी.भई पोखरामा बैक लुट्ने योजना बनाई २०७० साल चैत्र महिनामा बसन्त गिरीलाई बिकल्पले काठमाण्डौबाट शुसिल दुलाललाई भेट्न पठाएको र सुशिल कुमार दुलालले निज वसन्तलाई १५\२० दिन नगरपालिका पछाडि रहेको आफ्नो कोठामा लगी राखी बिभिन्न बैंकहरुमा संयुक्तरुपमा रेक्की गरेका र निज सुशिल कुमार दुलालको आग्रहमा बिकल्पले नारायण राई र उज्वल रोकायलाई हतियार सहित पोखरा पठाएको र निजहरुलाई समेत सुशिल कुमार दुलालले आफ्नै कोठामा राखेको र बैक लुटपाट गर्ने सम्पुर्ण तयारी गरी विकल्पलाई खबर गरेको ।
- २०७० साल चैत्र महिनामा बिकल्प काठमाण्डौ देखी पोखरा आई सम्पुर्ण योजना बनाई उक्त काम गर्ने निर्णय गरी आफू फर्किएको ।
- बैंकहरुको रेक्की पश्चात कूमारी बैंकमा लुट्ने योजना गरेका तर कूमारी बैंक भन्दा मेघा बचत तथा ऋण सहकारी संस्थामा भाग्न उम्कन सजिलो हुने भएकोले ठाँउ परिवर्तन गरेको ।
- लुट्ने ठाउँ निश्चत भएपछि पटक-पटक Reharsal गरी पछाडीको सानो प्वालबाट भित्र बाहिर गर्ने अभ्यास समेत गरी मिति २०७१ वैशाख १५ गतेमा आक्रमण गरी रकम लुटी लगेको ।
- मिती २०७१ साल बैशाखको सुरुबाटै पटक-पटक डांका गर्न खोजेको अनुकुल नभएकोले बैशाख १५ गते मात्र उक्त काम गर्न सफल भएको ।
- उक्त कारबाहीको क्रममा बसन्त गिरी, नारायण राई र उज्वल आर सी ले मेगा सहकारीबाट रकम लिई ओर्लिई रहेका यती डेभलपमैण्ट बैंकका सुरक्षा गार्ड गोबिन्द थापालाई नियन्त्रणमा लिई नगद सहितको झोला खोस्ने प्रयास गर्दै गर्दा संगै रहेका उक्त बैंकका कर्मचारी भगवान बरालले प्रतिकार गर्न खोज्दा हतियारधारी बसन्त गिरीले भगवान बराल लाई टाउकोमा गोली प्रहार गरे पश्चात तिनै जना अभियुक्तहरु उक्त रकम लुटी सोही सहकारीको पछाडी रहेको पर्खालको प्वालबाट भागेको । उक्त समयमा शुसिल दुलाल र बिकल्प भन्ने विजय के.सी.घटनास्थल मेघा सहकारीमा रही रेक्की गरी बसेका, अन्य अभियुक्तहरु नारायण राई, उज्वल रोकाय र बसन्त गिरीले सुरक्षीत रुपमा रकम लुटी निस्के पछी पाचै जना पछाडिको प्वालको बाटो भई भागेका ।
- उक्त सहकारी लुटी सके पश्चात नारायण राई र बसन्त गिरी दुई जना नारायण राईले नयांबजार स्थितमा राखेको मोटरसाईकलमा चढी गएका र सुशिल कुमार दुलाल , विकल्प भन्ने बिजय के.सी. र उज्वल रोकाय ट्याक्सी लिई रानीपौवा हुदै शितलादेवी स्थितमा रहेको नारायण राईको आफन्त बस्ने कोठामा भेट भएका , सोही दिन उज्जल रोकाय केही पैसा लिई घर तर्फ गएको । वसन्त गिरी,नारायण राई र विकल्प भन्ने बिजय के.सी. सोही स्थानमा बसेका र सुशिल कुमार दुलाल आफ्नै कोठामा फर्केको ।
- मिति २०७१।०१।१६ गते बिहानै शुसिल दुलालले नारायण राई र बसन्त गिरी र विकल्पलाई पुन: शितलदेवीमा भेटी नारायण राई र बसन्त गिरी समेतसंग रहेको नगद मध्ये केही रकम नारायण राईलाई दिएको सोही दिन निज नारायण राई आफ्नै घरतर्फ लागेको , बसन्त गिरी , शुसिल दुलाल र विकल्पले लुटी बाँकी रहेको रकम २६,४२,०००।– र हतियार लिई ट्याक्सीमा चढी शुसिल दुलालको कोठामा आएका र बसन्त गिरी र विकल्पले हतियार र केही पैसा लिई पोखराबाट फर्किएका ।
- तत पश्चात उक्त २६,४२०००।– मध्ये पटक- पटक गरी निज शुसिल दुलालले विकल्पलाई नगद रु. ५,००,०००।– बिजय के.सी.लाई पठाएको रु.७,००,०००।– बसन्त गिरीको श्रीमतीलाई बैंक मार्फत पठाएको बाँकी रकम आफुले राखी केही दिन पश्चात काठमाण्डौमा गई विकल्पलाई भेटी केही रकम दिएको भनी खुल्न आएको ।
- यही समुहले मिती २०७१।०८।०३ गते रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित एस बि. आई बैंकमा सोही हतियारको प्रयोग गरी लुटपाट गरेको, उक्त घटना पश्चात निज शुसिल दुलाल घटनामा प्रयोग भएको हतियार लिई कास्की जिल्ला पोखरा- ६ लेकसाईडमा रहेको होटलबाट रु.४,४१,५००।– नगद तथा 9 MM क्यालिवरको Germany Made petro & Beratta No.71119 पेस्तोल थान -१ उक्त पेस्तोलको म्यागजिन थान-१ र पेस्तोलमा लाग्ने गोलि राउण्ड ३-थान र अन्य माथि उल्लेखित सामान सहित मिति २०७१।०८।१४ गते पक्राउ परेको । घटना पच्छात मिति २०७१।०१।१६ गते सुशिलले आफ्नो भागमा परेको रकम मध्येबाट रु.३,००,०००।-एभरेष्ट बैक पोखरा शाखा न्यूरोडमा जम्मा गरेको समेत बैक स्टेटमेन्टबाट देखिएको । निज अभियुक्तहरु मध्येका नारायण राई एस बि.आई बैंक चन्द्रनिगाहपुर रौतहटको लुटपाट घटनामा रौतहट प्रहरी द्वारा पक्राउमा परी अनुसन्धान भईरहेको, अन्य अभियुक्तहरुको खोजतलास तथा अनुसन्धान कार्य जारी रहेको ।

७)अभियुक्तहरु माथि लगाईने अभियोग:-
- डाँका चोरी,
- ज्यान मार्ने उद्योग,
- हातहतियार खरखजना,
- संगठित अपराध,
८) कानुन अनुसार हुने सजाय :-
डाका चोरीमा :- बिगोको डेढी बढाई जरीवाना पहिलो पटक भए ६ बर्ष दोस्रो पटक भए ९ बर्ष र सो भन्दा वढी भए १२ वर्ष ।
ज्यानमार्ने उधोग :- ५ बर्ष देखी १२ बर्ष सम्म कैद
हातहतियार -७ बर्ष सम्म कैद वा ५०,०००।-जरिवाना
खरखजाना :-६ महिना देखी ३ बर्ष सम्म कैद वा ५ हजार देखी १५ हजार सम्म जरिवाना ।
यि माथि उल्लखित सजाय बाहेक संगठित अपराध गरेकोमा अरु सजायमा डेढी बढाई सजाय हुन्छ ।

मिति २०७१।०८।१५ गते ।

No comments:

Post a Comment