Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, November 14, 2014

बैठक छाडेर हिडेका दाहालको रोल्पा भ्रमणको तस्बिर कथा

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले यो साता गरेको रोल्पा भ्रमणले निकै चर्चा पायो । संविधान लेखनको प्रक्रिया छाडेर रोल्पा गएको भन्दै सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका नेताले मात्रै आपत्ति जनाएनन, एमाओवादीका नेताद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पनि असन्तुष्टी प्रकट गरे । दाहाल रोल्पा गएकै बखतमा भट्टराई र श्रेष्ठले छुट्टै पत्रकार सम्मेलन गरेर संविधान लेखनवारे पार्टी धारणा पनि सार्वजनिक गरे । संविधानका बिबादित बिषयमा सहमति जुटाउने प्रयास अनवरत भइरहेको बेला अध्यक्ष दाहालले ‘कांग्रेस–एमाले बातले माननेन, अब लातले मान्छन’ तथा ‘फेरी पनि बंकरमा लुक्न मन छ’ जस्ता अभिब्यक्ति दाहालको चर्चित अभिब्यक्तिका रुपमा रहे । त्यसको धेरै आलोचना र समर्थन हुन पुग्यो । हिजो अपरान्ह दाहाल काठमाडौं फर्केका छन, बैठक छाडेर रोल्पा गएको बारेमा सायद उनलाई अन्य दलका नेताले रयाखरयाख्ती पनि पारे होलान । तर, यो ब्लगमा दाहालको रोल्पा भ्रमणको केही तस्बिर राखिएका छन् ।
"युद्धकालिन हेडक्वाटर" मा बर्षौ पछि पुगेका अध्यक्ष दाहालसँग महासचिव कृष्णबहादुर महरा, सचिव बर्षमान पुन, स्थायी समिति सदस्य नन्दकिशोर पुन, पत्रकार ओम शर्मा, पत्नि सीता दाहाल, पुत्र प्रकाश दाहाललगायत रोल्पा भ्रमण दलमा सहभागी थिए । हेर्नुहोस, दाहालको रोल्पा भ्रमण: 













यी तस्बिरहरु दाहाल पुत्र प्रकाश दाहाल, एस दाहाल र क. प्रचण्ड भन्ने फेसबुक पेजवाट साभार गरिएका हुन ।

1 comment:

  1. pesha lai vanda rastalai pahilo parthamikta ma parnu hola parkash ji?tapaiko jindagi ma kei ramro gare vanne pani hosh,tapaiharu jasto yuba patrakar harule sochnu paro ni yo desh ma
    sharmjibi yen kasle liya vanera.

    ReplyDelete